प्याँप्याँ र ट्याँट्याँ को दोहोरी
उस्तै छ भिड पनि
फुटपाथ बाट हुँकिदैछन्
बाइकवाला र स्कुटिवालीहरु
सरकारी काम कहिले जाला घाम
उफ झेल्न नसकिने काठमाडौँ को साला जाम !
रातो र हरियो बत्ति एकैचोटि पिलिक्क
बाटो काट्ने को हुल निस्कन्छ फुत्त
न जेब्रा क्रसिङ न ट्राफिक लाइट
गाडि ले हरन लाउँछ झ्वाट्ट !
कोलाहाल धुवाँ र धुलो
फोहोर थुारिएको साँघुरो बाटो
उकुसमुकुस साह्रै सकस
समय को सँधै सत्यानाश !
वाइकवाला र निजी कारलाई सँधै हतार
गाडि बढेपनि बाटो नबढ्दा जाम झेल्न सँधै लाचार
सरकारी काम कहिले जाला घाम
उफ झेल्न नसकिने काठमाडौँ को साला जाम !
(नोट: कथा लेख्ने प्रयास गर्दैथिँए, कविता जस्तो बन्दै गएछ तर यो कविता को व्याकरण मा मिल्यो कि मिलेन थाहा भएन । जे सुकै होस्, आफना मन मा उठेका भाव पोख्ने कोशिस गरेको छु है!)