Happy New Year 2010.
नयाँ वर्ष २०१० को हार्दिक मंगलमय शुभकामना ! यहाँहरु को हरेक पल सुखमय रहोस् ।
शब्द ले जे भन्न सक्दैन त्यो फोटो ले भन्छ रे ! एउटा फोटो ले हजारौँ शब्दहरु बोकेको हुन्छ रे ! अत: आज केही यताउता बाट ल्याइएका फोटोहरु यहाँ राख्दैछु, सन् २०१० को शुभकामना सहित । अब यहाँ राखेका फोटोहरु को अर्थ आफ्नै हिसाबले लगाउनुहोला है त !
ईकान्तिपुर वा अनलाइन खबर कुन चाँहि साइट ले हामीलाई उल्लु बनाउन खोजेका हुन्, छुट्याउनै गाह्रो पर्यो । एपी बाट दुइटै साइट ले एउटै फोटो तानेछन्, अनि आफ्नै क्याप्सन ठोकिदिएछन्, त्यसैले भन्या होला, फोटो ले हजार कुराहरु भन्न सक्छ भनेर ! हा हा हा
यो फोटो देख्दा म नि खुब हाँस्या थिँए तर यो साँच्चिकै हो है पर्सा तिर को ! उहिले नागरिक न्युज बाट तानेर राखेको थिँए । मैले यो फोटोलाई क्याप्सन दिएँ, सन् २००९ मा नेपाल मा प्रयोग गरिएको नयाँ प्रविधि ! हा हा हा ! (जे बुझ्नुस् )
यी दुइटा फोटा चाँहि हिजो ट्विटर बाट तानेको हुँ है ! युद्ध ले कति सम्म विनाश गर्दोरहेछ भन्ने कुरा माथि को फोटो ले भनिरहेको छ । के गर्ने, विकास र विनास सँगसँगै अघि बढिरहेकाछन् ।
* यो फोटो बाहेक मैले अरु कुरा नि थपिदिएँ, मेरो सन् २०१० को पहिलो ब्लग पोस्ट ! हा हा हा