Skip to main content

Story: 18th December ( अठार डिसेम्बर)

घडि हेरेँ ३ बजिसकेछ, आज डिसेम्बर १८ मलाई एयरपोर्ट पुग्न हतार भइरहेको छ । क्लास भए पनि आशालाई भेट्ने हतार ले म होस्टेल बाट आफ्नो सानो झोला लिएर निस्किँए, होस्टल मा भनिदिएँ, ‘आज म आउँदिन है, बाहिरै बस्छु’ । के गर्नु होस्टल बसेपछि कहाँ जान्छु, के गर्छु नभने पनि बाहिरै बस्ने भएपछि त भन्नै पर्यो नि, फेरी हाम्रो होस्टल मा यो जाडो महिना मा बेलुका साँढे छ बजे भित्र नै भित्र छिरिसक्नुपर्छ । हप्ता मा एकपटक बाहिर बस्न जान पाइन्छ अनि यसमा नि कुनै गडबढ भयो भने, होस्टल बाट फस्ट टाइम लास्ट वार्निङ पाइन्छ । आशा भन्दैथिइ साँढे चार बजेको फ्लाइट छ । कति वर्ष पछि म भेट्दैथिएँ, मेरो सबैभन्दा मिल्ने साथि, मेरी फुपुकी छोरी, मेरी दिदी आशालाई ।

म पुल्चोक क्याम्पस को गेटबाट हतार हतार निस्किएँ हिमालयन होटललाई दाहिने पारेर । हतार मा छु म, यो अफिसबाट फर्कने टाइम त हैन तर पनि थापाथली पुल मा जाम लागेको छ गाडिहरुको । जहिले आफूलाई हतार हुन्छ त्यहिले नै किन यस्तो जाम साम हुनु परेको होला, कहिले काँहि त यो हाम्रो देश को सिस्टम देखेर पनि दिक्क लाग्छ, मलाई नि आशा जस्तै बाहिर जाउँ जाउँ लाग्छ । सायद अब को २-३ वर्ष पछि चाँहि म नि बाहिरै जान्छु होला । यहाँ बसेर के नै गर्न सकिएला जस्तो छ र ? सँधै को अव्यवस्था, सँधै अस्तव्यस्त ।

थापाथलि बाट देखिन्छ हामीले ‍+२ पढेको कलेज, आशा र म सँधै सँगै जान्थ्यौँ । एस एल सी दिएर पहिलो पल्ट काठमाडौँ आएकी म, त्यसबेला देखि को मेरी साथि, दिदी जे भनेपनि त्यही आशा त थिइ नि । म ति दिन सम्झेर आफैँ मख्ख पर्छु अनि मुसुक्क हाँस्छु, माइक्रो का सबै प्यासेन्जर मलाई पुलुक्क हेर्छन् । म आफैँलाई लाज लागेर आउँछ, सबैले मलाई नै हेरेको देखेर । घडि हेर्छु, अघि सम्म ढिलो चलेको जस्तो लाग्ने घडि को सुइ अब धेरै चाँडो चलिरहेको जस्तो लाग्छ । मन त्यसै त्यसै फुरुङ्ग छ, मन उडेर गएर आशालाई भेटिसक्यो तर म अझै जाम खुल्ने आशामा माइक्रो मै बसिराको छु । बल्लतल्ल ५ बजे पुगेँ एयरपोर्ट, आशाले साँढे चार बजे को फ्लाइट भनेकी थिइ तर आफू ५ बजे आइपुगेँ, अब के गर्ने अलमल मा परेँ । त्यही नै पर्खेर नै बसेँ, हाम्रो मा फ्लाइट को नि ठेगान हुँदैन । साँढे ५ बजेसम्म पनि आशा को केही सुँइको पाउन सकिन, साँझ पर्दैछ फेरी लोडसेडिङ यही हो । धेरै अधैर्य भएपछि, मैले त्यहाँ सोधे, साँढे ४ बजे को फ्लाइट आइसक्यो, ‘आइसक्यो त बैनी’ एक कर्मचारी ले जवाफ दिए ।

‘साँढे ४ बजे को फ्लाइट आइसक्यो रे, म झसङ्ग भए, उसो भए खै त आशा ?’ मेरो आँखा अब एयरपोर्टमा देखिने हरेको गोरो र मोटो अनुहार मा आफ्नी आशा दिदीलाई खोज्न थाल्यो । यहाँ हुँदा, दुब्ली भएपनि उता गएपछि मोटाएकी थिइ, ३ महिना अघि फेसबुक मा फोटो देखाउँदै भन्दै थिइ, म त क्विन्टल नै पुग्न लागेँ त सिमा नानी, त्यसले क्विन्टल नै भन्दा हामी खुब हाँसेका थियौ, कलेज को त्यो मोटे रमेशलाई सम्झेर हा हा हा, हुन नि हामी कलेजमा त्यो रमेशलाई मोटे, हात्ति भनेर कत्ति जिस्क्याउँथ्यौ ।

हैन, खै त आशा ? आशालाई कतै नदेखेपछि सायद म गलत दिन मा त आइन भनेर, मोबाइल हेरेँ, आज डिसेम्बर १८ नै रहेछ । अब मलाई के गरौँ, कसो गरौँ साह्रै उकुसमुकुस भएर आयो । ६ बज्न लागिसकेको छ, आशा कतै देखिँदैन, फोन गरौँ भने कसलाई गरौँ ? तर त्यसले त गर्न सक्छे नि । अब मलाई त आफ्नो चिन्ता हुनथालिसकेको छ, अब कता जाने भनेर, होस्टल आउँदिन भनेर हिँडेको छु, फेरी साँढे ६ बजिसक्यो होस्टल नै फर्के पनि भित्र पस्न पाइने हो कि हैन ? अब फुपू कै घर पनि के जानु, त्यो आशाले मलाई एयरपोर्ट मा चाँहि लिन आइज भनि, तर त्यसको केही सुँइको छैन । फेरी त्यसले घरमा नभन आउँदैछु भनेर, सरप्राइज दिनुपर्छ भन्दै थिइ अस्ति । मन मा नाना तर्कनाहरु खेल्न थाले, के गरौँ, कसो गरौँ भएर आयो । म आइकनै दुइवटा फ्लाइट आइसके तर आशालाई भेटिन, खै त्यसै त्यसै मेरो आँखा मा टलपल आशुँ भरिसकेछ तर यो अँध्यारो मा रोएको कसले देख्छ र ? मज्जा ले रोएँ ।

अब चाँहि होस्टल नै फर्कनु पर्यो भनेर नविनलाई फोन गरेँ । ‘हेर न आशालाई लिन भनेर म एयरपोर्ट आकिथिँए, खै आशा को केही पत्तो पाउनै सकिन, मलाई होस्टल फर्किन पनि हतार भइसक्यो, मलाई लिन आउन,प्लिज’ । तँलाई कस्ले जा भनेको थियो, लिनलाई नविन ले हपार्यो । त्यो अमेरिका पुगेपछि अर्कै भा’कि छ भन्ने थाहा छैन, नविन ले यसो भनेर फोन राख्यो । मेरो मन त्यसै अमिलो भएर आयो, म त्यहीँ एककुना मा थचक्क बसेर रोइरहेँ । करिब सवा सात बजे तिर होस्टल मा पुगेँ । क्याम्पसमा प्रहरीहरु तैनाथ रहेछन्, के भयो भन्ने सोच्दै म होस्टल छिरेँ । खै, कुन चाँहि ले आज दिउँसै क्याम्पस मा खुकुरी मच्चाएको ले पुलिसहरु आएका रहेछन् सुरक्षा दिन को लागि । मलाई यि कुरासँग कुनै मतलब थिएन, जहाँ पनि राजनिति घुसेको छ । म होस्टल को छत मा गएँ, चिसो अँधेरी रात छ, आकाशलाई हेर्दै म धेरै बेर रोइरहेँ । लाग्यो, यो कालो अँधेरी रात ले मलाई नै साथ दिइरहेको छ, रुन को लागि ।

म र आशा दिदी खुबै मिल्ने, कुरा गर्न त कसैले भेट्दैनथियो । हाम्रो स्लोगन नै थियो, ‘We are the best, among the rest’, आशा को सबै कुरा मलाई अनि मेरो सबै कुरा आशालाई थाहा थियो । आशा उसको घर अगाडि को त्यो सफल भन्ने केटालाई मन पराउँथि अनि त्यो सफल चाँहि युके मा थियो । दिनहुँ च्याट मा कुरा हुन्थ्यो आशा को सफल सँग । अनि सफल को सानिमा को नविन भन्ने छोरो थियो, ती दुइ दाजुभाइ पनि हामी दुई जस्तै मिल्ने गर्थे । सफल युके मा थियो, त्यही भएर पनि हामी दुबै को साथि नविन बन्यो ।

हाम्रो प्लस टु सकियो, म ईन्जिनियरिङ पढ्ने भएँ, दिदी चाँहि डाक्टर बनेको सपना देख्न थालि । एकवर्ष खेर फालेरै भएपनि ईन्जिनियरिङ मा भर्ना भएँ उता आशा चाँहि अमेरिका जाने भइ । हुन त आशा अमेरिका जाने बेला सफल पनि यहीँ थियो, आशाले धेरै नै मन पराउने भएर पनि उसलाई प्रस्ताव राखिन । आशा अमेरिका गइ, आशा सफललाई मन पराउँथि तर नविन आशालाई मन पराउँथ्यो । तर नविनलाई थाहा थिएन, आशा सफललाई माया गर्छे भनेर ! अनि आशा चाँहि मेरो र नविन को नाम जोडेर जिस्क्याउँथि । साँच्चै, आफैँलाई अनौठो लाग्छ, के सोचिन्छ के भइदिन्छ । नविन र आशा बिच च्याट र ईमेल को दोहोरी नै चल्थ्यो, एकदिन आशाले भनि म सफललाई मन पराउँछु । म र नविन पनि खुब कुरा गर्थ्यौँ । त्यो दिन नविन धेरै नै रोयो, यति का दिन यो कुरा आफूलाई थाहा नदिएको भनेर । नविन ले, आशाले आफूलाई प्रयोग गरि भनेर धेरै नै रोयो ।

पछि कहिलेकाँहि दिदी फोनमा रुन्थि सफल ले ‘yes’ पनि भन्दैन ‘no’ पनि भन्दैन भनेर । तर कस्तो अप्ठेरो यथार्थ भने, सफल ले पनि कहिले भन्न सकेन आशालाई मन पराउँछु भनेर किनकी सफललाई थाहा थियो, नविन आशालाई मन पराउँछ भनेर । यस्तो नसोचेको अपठ्यारो परिस्थिति मा हामी कसैले कसैलाई प्रस्ताव राख्न सकेनौँ । हुन त कहिलेकाँहि आशा नविनलाई भन्थि, सफललाई भनिदेउ न भनेर तर खै ति कुराहरु कहाँ हराए कहाँ ? अनि मेरो कुरा पनि नविनलाई गरिदिन्थि । हुन त मेरो र नविन को क्रस परेको थियो । नविन को फेरि उसको अफिस को एउटी केटी सँग चक्कर थियो तर नविनलाई सोद्धा सँधै हैन भन्थ्यो । हो नि, म मन पराउँथे नि नविनलाई ।

पछि नविन को अफिस को केटी पनि बाहिर गइ, मेरो नविन सँग झगडा पनि पर्यो । यो कुरा दिदीलाई भनेँ, त्यसले मलाई गालि गरि । अनि मेरो लागि भनेर दिदीले त्यो केटी सँग पनि झगडा गरिछे । खै, के भा’को हो थाहा छैन तर जिवन मा अनएक्सपेक्टेड मोडहरु धेरै नै आउँदारहेछन् । आशा पनि एक आइरिस केटासँग गइछ, ईमेल च्याट निकै पातलो हुन थाल्यो । न म सँग नविन थियो, न मेरी दिदी नै थिइ, म नितान्त एक्लो एक्लो भएँ ।

अरु त खासै केही लाग्दैनथियो तर मेरो एकदम नजिक को साथि भनेनि दिदी भनेनि त्यही आशा मात्र थिइ तर अब त त्यो पनि टाढा टाढा हुनथालि । एउटा ईमेल को रिप्लाइ को लागि पनि हप्तौँ कुर्नुपर्ने भयो मैले । म सोधिरहन्थेँ दिदी तँ कहिले आउँछेस् । उ भन्थि समर मा, अनि फेरी भन्थि विन्टर मा । अनि लाग्यो सायद, माया मा परेपछि उनीहरु अरु सबैलाई वकवास ठान्छन्, विल्कुल भ्यालुलेस ठानिदिन्छन् । यस्तो हुँदा धेरै नै चित्त दुख्दो रहेछ, आखिर हामी दिदी बहिनी एकदम नजिक का साथि थियौँ । उसले जति नै वास्ता नगरेपनि म सोधिरहन्थेँ । केही दिन अघि नेपाल आउने जस्तो कुरा गरि, तर भनि बुबा मुमा लाई नभन है, एकदम सरप्राइज दिन्छु म । मैले हुन्छ भने, मैले फ्लाइट को डिटेल माग्दा १८ डिसेम्बर ४:३० को फ्लाइट दिल्ली बाट आउँछु भनि । पछि थाहा भयो, उसको आइरिश केटा पनि नेपाल आउन खोजिरहेको रहेछ ।

म उ आउने दिन गन्दै बस्न थाले, १५, १६, १७, १८ सबै बित्यो तर आशाको खबर मैले पाइन । म त्यसरी एयरपोर्ट पुगेको थिँए रिसिभ गर्न, अहँ तर त्यो आइन । भोलिपल्ट उसको घरमा फोन गरेँ, घरमा उसको ममि ले भन्नु भो, त्यसको त जाँच चल्दै छ रे ! अहिले, कहाँ बाट आउनु ? म झसँग भएँ, मलाई त अहिले आउँछु भनेकि थिइ । मलाई त ट्रन्जिट मा केही भयो कि भने जस्तो पनि लाग्यो, दिउँसो उसको भाइलाई अनलाईन भेटेँ । डिसेम्बर १८ मा दिदी आउँछु भनेकीथिइ तर खै, आइन तँलाई थाहा छ उसको बारेमा मैले सोधेँ । भाइले उसलाई फोन गर्यो, आशा त आफ्नै कोठामा पो रहिछे । त्यसपछि म खुब रोएँ, त्यसले म सँग त्यति धेरै झुट बोलि । पछि अफलाईन मेसेज पठाकि रहिछ म आउन पाइन भनेर । मैले अझै सम्म बुझ्न सकेको छैन, सबै कुरा फिक्स भइसकेको तर पछि मलाई आउन पाइन भनि । घरमा जाँच छ भनि । जिवन मा अरु केही सँग रिस उठ्छ त झुटो बोल्ने र बहाना गर्नेहरु सँग । त्यो आउने भइ भनेर कति खुशि भएको थिँए तर त्यसपछि त मैले त्यो सँग आजसम्म च्याट गरेको छैन, एउटा ईमेल पनि गरेको छैन ।

आज डिसेम्बर १८, एक वर्ष भइसकेछ, हामी कन्ट्याक्ट मा नभएको । मेरो ईन्जिनियरिङ सकिने दिनहरु पनि नजिकिँदै छ । खै, किन किन आज यो डिसम्बेर १८ को दिन त्यसलाई सम्झन पुगेछुँ । न कसैसँग लिनु छ न दिनु छ, आफ्नो कथा आफैँसँग छ । यहाँ बुझ्नेहरु ले पनि बुझ पचाइदिन्छन्, थाहा पाउनेहरु पनि थाहा नपाएझैँ गर्छन् । यही कुरा सोच्दा सोच्दै आँखा मा आँशु टलपल गर्न थालिसकेछ । यसो घडि हेरेँ रात को १ बज्दै रहेछ, अब त सुत्नै पर्छ भनेर अर्कोतिर कोल्टे फर्किन्छु ।

Comments

  1. This is life rapidly changing with time. Twists n turns to pass through. Kashai lai bishwas garna mildaina nagari pani hunna. Yesti ho sab ko jeevan katha. Jaha maya hunchha teha nai chitta dukcha. Maya ko artha aru le nabujhi dida aftharo paristhati sirjana hunchha, Emotion khalbalinchha. Bhognai pariyo toyo samaya paar garnai paryo ani saab thk hunchha

    hey good one hai i went into my +12 day there always used to b a new story frens beink linked with frens ani the next day a new link ups. Time n age was only like dat but ko ko had true feling hune tha nai na hune. Wow those gud old days. Ur story remined me of those days. But i am curious to know what had actually hapened. . . . . . .

    ReplyDelete
  2. Aakar Bro really heart touching story...Appreciate ur writing skills too!

    ReplyDelete
  3. once again u created a magic with ur writing skills.....hatts off to u Aakar...:)

    ReplyDelete
  4. धेरै वटा character हरु लाई लिएर सिमाको मनका भावना राम्ररी पोख्न सफल - एक लाजबाब रचना । तर रवि वाला त्यो hospital को अझै पनि मेरो मानसपटलमा घुमिरहन्छ ।।। त्यो त पुरै दामी थियो ।

    ReplyDelete
  5. यथार्थ कथा । दाम्मी लाग्यो आकार । महिला पात्रको भावनालाई पनि यौटा पुरूषले यसरी व्यक्त गर्न सक्छ...म सोच्दै छु....तर मनमा लागेको कुरो भनिहाल्न मन लाग्यो । अलि लेखाई सतही जस्तो महसुस भयो । भाव पक्ष उत्कृष्ट छ तर त्यसलाई व्यक्त गर्ने शैली अझै गहिरो हुनुपर्ने जस्तो खोज्यो मेरो मनले त । लेखकप्रति यो पाठकको expectation अलि धेरै पो भएर हो कि..

    ReplyDelete
  6. उपमा, विजय, शिखा, रविन्द्र, अमित, अशेष सबैलाई धन्यवाद, प्रतिक्रिया को लागि ।
    अनि अशेष दाइ, तपाई ले भन्नुभएको कुरा मैले पनि अनुभव गरेकै हुँ । मैले फ्ल्यासब्याक मा जहाँ देखि सुरु गरेँ, त्यहीँ देखि धेरै सतही भएको छ, कथा ! जेहोस्, आगामी दिनहरु मा अझै सुधार्दै जानेछु ।

    ReplyDelete
  7. उपमा, विजय, शिखा, रविन्द्र, अमित, अशेष सबैलाई धन्यवाद, प्रतिक्रिया को लागि ।
    अनि अशेष दाइ, तपाई ले भन्नुभएको कुरा मैले पनि अनुभव गरेकै हुँ । मैले फ्ल्यासब्याक मा जहाँ देखि सुरु गरेँ, त्यहीँ देखि धेरै सतही भएको छ, कथा ! जेहोस्, आगामी दिनहरु मा अझै सुधार्दै जानेछु ।

    ReplyDelete
  8. This is life rapidly changing with time. Twists n turns to pass through. Kashai lai bishwas garna mildaina nagari pani hunna. Yesti ho sab ko jeevan katha. Jaha maya hunchha teha nai chitta dukcha. Maya ko artha aru le nabujhi dida aftharo paristhati sirjana hunchha, Emotion khalbalinchha. Bhognai pariyo toyo samaya paar garnai paryo ani saab thk hunchha

    hey good one hai i went into my +12 day there always used to b a new story frens beink linked with frens ani the next day a new link ups. Time n age was only like dat but ko ko had true feling hune tha nai na hune. Wow those gud old days. Ur story remined me of those days. But i am curious to know what had actually hapened. . . . . . .

    ReplyDelete
  9. धेरै वटा character हरु लाई लिएर सिमाको मनका भावना राम्ररी पोख्न सफल - एक लाजबाब रचना । तर रवि वाला त्यो hospital को अझै पनि मेरो मानसपटलमा घुमिरहन्छ ।।। त्यो त पुरै दामी थियो ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Subscribe to Aakar Post