Skip to main content

मुगु अनुभव- प्रवेश

...विमानबाट निस्कने बित्तिकै मन्द चलेको चिसो हिमाली बतासको झोँका सँगै म यथार्थको धरातलमा आउँछु । सुर्खेततिर झर्न लाम लागेर बसेका यात्रुहरु र सुरक्षाकर्मी प्रहरीहरुको सानो भिड जम्मा भएको छ वरपर । छेउछाउमा बिभिन्न निर्माण सामाग्रीहरु यत्रतत्र छरिएका छन शायद मुगूका विभिन्न निर्माण योजना सम्पन्न गर्न जहाज मार्फत ल्याइएका होलान । सुरक्षाकर्मिले आगन्तुक रजिस्टरमा नाम टिप्दै गर्दा जहाज पुन: स्टार्ट हुन्छ र बिमानस्थलको धावनमार्गमा बेपत्ता धुलो उडाउँदै केही यात्रु र केही बोरा जडिबुटी बोकेर सुर्खेत तिर लाग्छ । त्यो कर्कश आवाज गर्ने यन्त्र उडेर गैसकेपछी बिमानस्थल एकदमै शान्त अनुभव हुन्छ ।

रारा बिमानस्थल कल्पनाको बिमानस्थलभन्दा एकदमै फरक छ । वरीपरी बारबन्देजले घेरिएको र आधुनिक संचार सुबिधा सहितको धुले भएपनी ब्यबस्थित होला भनेर कल्पना गरेको थिएँ । तर यहाँ बिमानस्थलको पश्चिम तर्फ माथि पुराना र धुवाँले कालो पारेको सिसाका झ्यालहरुले घेरिएको सानो कोठाबाट बिमानसँग संचार संपर्क हुन्छ र त्यहाँ एक दुई होटल र बिमान कम्पनिका कार्यालयबाहेक फाट्टफुट्ट घरहरु मात्रै छन । बारबन्देजको त कुरै छोडौ । जहाज आउनेबेला साइरनको आवाजसँगै प्रहरिले धावनमार्ग खाली गराउँछन ।

बिमानस्थलको एक छेउमा अघिल्लो बिमानमा आएका केही बोरा चामल मिलाएर राखिएको छ । सेतो बोरामाथि 'बिश्व खाध्य कार्यक्रम' र यसको लोगो प्रस्ट देखिएको छ । केही तल त्यस्तै बोराहरु खच्चरमा लादिँदैछ । बिमान उडेपछी खच्चर, मान्छे र सुरक्षाकर्मी धावनमार्ग वरपर बेपर्वाह छरिन्छन ।

डाँडामा रहेको बिमानस्थलमा चलेको चिसो हावाले शरीर चिस्याउँदै लान्छ । उत्तर र पुर्वतिर देखिने हिमालहरुमा फाट्टफुट्ट सेता हिउँ देखिन्छन । दक्षिण तिर भने घुच्ची लेकको तालुखुइले डाँडो लमतन्न पसारिएको छ । ३५ मिनेटको मात्रै यो छोटो यात्राबाट म कती फरक संसारमा आइपुगेको छु । न मोटरको घाइँघुइँ, न बिजुलिको झिलिमिली, न क्यासेट र रेडियोमा बजेका उत्ताल संगीतहरु न त मान्छेहरुको अनावश्यक भिडभाड । चारैतिर जता हेरे पनि बिशाल पर्खालजस्ता लाग्ने डाँडाहरुको बिचमा एउटा प्राकृतिक कारागार मा परेको कैदी जस्तो म...

...... अघिसम्म बिमानस्थलछेउमा चुपचाप बसिरहेका मैला लुगा लगाएका, हातहातमा नाम्लो बोकेका र काला महिला र केटाकेटिको हुल एक्कासी ओर्लिएका यात्रुहरुको सामानमाथि जाइलाग्छन् । 'सामान गुमगढी लिन्या हौ?' सबैको यौटै प्रश्न... केही प्रहरी तिनिहरुलाई हकार्दै लघार्छन । मैले आजभन्दा अघी अनुभव नगरेका अनुहार चालढाल, आभुषण र लवज भएका उनिहरु देखेर मलाई एकैछिन रमाइलो लाग्छ । ति प्रतिक्षारत आँखाहरुको एक दुई तस्बिर लिएपछी म उनिहरुलाई मेरो सामान सदरमुकामसम्म लगिदिन भन्छु । सदरमुकाम अझै ओह्रालै ओह्रालो २ घण्टा को पैदल दुरिमा छ । "कती दिन्या हौ? " मेरो सामान बोक्न साह्रै मैलो फरिया र पछ्यौरा ओढेर आएकी एउटी काली महिलाले सोध्छिन । तपाईं कती लिनुहुन्छ ? म उल्टो प्रश्न गर्छु । "तिम्मो सामान तिमीनै भन कती दिन्या हौ ?" म मेरा सहयोगिसँग सल्लाह लिएर उनलाई १५० रुपैयाँ दिन राजी हुन्छु । "आ.... !" म यत्ती मात्र बुझ्छु उनी त अरु के के पनि भन्दै थिइन् । उनको लवज बुझ्न नसकेर मैले मेरा स्थानिय सहयोगिलाइ सोधेर उनले भनेजतिनै दिन तयार भएँ । उनी आफ्नो पछ्यौरा फुकाएर मेरो झोला भारी बनाएर बोक्न तयार पारीन् । म भने त्यो अनौठो बातावरण नियालिरहेँ...

अब यहाँबाट लगातार २ घण्टाको ओरालो ओर्लनु छ । सामानको भारी बोकेकी महिलालाई मेरो कार्यालयको ठेगाना दिएर म अगाडि लाग्छु तर उनी एकैछिन पछी हाम्रो अघी देखापर्छिन । उनको पछ्यौरामा पोको पारेर नाम्लो लगाएको भारी माथि १ बर्ष पनि नपुगेको जस्तो देखिने उनको बच्चा पनि छ । त्यो देखेर मन अमिलो हुन्छ तर गर्न के नै सकिन्छ र ? अघी एअरहोस्टेसले दिएकी चकलेट बच्चाको हातमा दिन्छु । ऊ मिठो मानेर चकलेट खान्छ तर उसको कैँयौँ दिनदेखी सफा नगरेको जस्तो देखिने फोहरी अनुहार, कपडाहरु देखेर मलाई दिगमिग लाग्छ । महिला र बालअधिकारको बारेमा काठमाडौंमा कुरा गरेर कहिल्यै नथाक्ने गैरसरकारी संस्थाहरुलाई यो द्रिश्यले कहिले छुने होला ।

एअरपोर्टको उत्तरी छेउबाट झर्दै गर्दा एउटा ट्र्याक्टर बिमानस्थल निर्माणको काम गर्दै गरेको देखिन्छ । म सोच्छु हेलिकोप्टर चढेर आइपुगेको यो ट्र्याक्टर मुगू जिल्लाकै पहिलो मोटर होला । माथि सेतो कमेरोले पोतेका र थेप्चो छाना भएका घर वरपर सिवकथ्रोनको जङ्गल खैरो देखिन्छ । जिवनमा पहिलोपटक स्याउ, ओखर र सिवकथ्रोन (डालेचुक)का बुटाहरुलाई मैले यती नजिकैबाट देखेको छु । माघ को महिना हुनाले बारीमा खासै बालिहरु देखिन्नन । एअरपोर्टको छेउबाट गमगढी बजार नजिकै जस्तो देखिन्छ ।

गोरेटो बाटोबाट तलतिर झर्दै गर्दा सिवकथ्रोनका बुटाहरु फाट्टफुट्ट देखिँदै हराउँदै जान्छन । गमगढिलाई रारा बिमानस्थलसम्म जोड्न बर्षौअघी शुरु भएको सडक खनिरहेका स्थानिय मजदुरहरु सावेल, कोदालो र हम्मर चलाइरहेका देखिन्छन । भर्खरै सडक बनाउन फोरिएका पहराका सेता चट्टानहरु दिउँसोको घाममा टल्किरहेका छन । बाटैमा पानीको मुल भेटिएपछि मलाई एक्कासी तिर्खा लागेर आउछ । आच्छु !!! कती चिसो पानी ! मेरो हात पर पुग्दा सम्म पनि ठिहिर्याइरहन्छ । सडकै सडक हिंड्न लामो पर्ने हुँदा त्यसलाई छोडेर गोरेटो बाटो तिर लम्कन्छु । चामलका भारी बोकेका एक हुल खच्चरले उडाएको धुलोले बातावरण नै धमिलो हुन्छ म हतार हतार खच्चरहरुभन्दा अघी लाग्छु ।

खस्रु र सल्लाका रुखहरुको बिचमा सानो गाउँ देखा पर्छ । गाउँको छेउ भएर हिंड्ने गोरेटो असाध्यै फोहोर छ, यत्र तत्र दिसा गरिएको छ भने घरबाट निस्कने अन्य फोहर पनि बाटाभरि फालिएको छ । एकजना महिला अधिकारकर्मिले मुगू भ्रमणपछी लेखेको लेख मैले धेरै समयअघी एउटा पत्रीकामा पढेको थिएँ । मलाई त्यही झल्झली याद आउँछ ।

त्यो गाउँ र खस्रुको पातलो जङ्गल छिचोलेपछी प्रस्ट देखिन्छ, पुर्व तिर ओरालो पर्दै गएको डाँडा मा टक्रक्क अडिएको कारीव ४०० घरधुरी भएको सदरमुकाम गमगढी । ढुङ्गा को बिसौनिमा म एकै छिन सुस्ताउँछु । गमगढी वरपरका थेप्चा छाना भएका झुरुप्प घरहरुले बनेका गाउँहरु फुँग उडेको जस्तो देखिन्छन । बिध्यालय र सदरमुकामका घरहरुमा भने टिनको छाना टल्किरहेको देखिन्छ । तल, थोरै क्षेत्रफल भएको फाँटमा गहुँ, जौ भर्खरै उम्रिएर हरिया भएका छन । गाउँको बिचबिचमा र खेततिर पनी टिनका खम्बाहरु गाडीएका छन । मलाई गमगढिमा बिजुली छैन भन्ने थाहा छ तर चाँडै बिजुली आउने संकेत दिने ति खम्बाहरु देखेर रमाइलो लाग्छ । पर गमगढिको डाँडामा टेलिकमको भु-उपग्रहिय संकेत समात्ने सेतो छाता (डिस्क / disk) र मोबाईल को टावर देखिन्छ । यो चाँही मेरो लागि सबैभन्दा खुशीको बिषय छ ।

लगातारको ओरालो हिँडाइले पिडौलामा मासु गाँठो परेको जस्तो भएर साह्रै गाह्रो भएको छ । गमगढी पुग्नु अघी त्यस्तै फोहर गोरेटो भएको एउटा गाउँ र सानो 'चैन खोला' पार गर्छु । त्यो पुरा ओरालो पार गर्न लगभग साँढे २ घण्टा लागेछ । गमगढी पुगेर हेर्दा भर्खरै हिंडेको बाटो देखेर आँफै अचम्म मान्छु । माओवादी द्वन्दकालमा सामन्ती सरकारका चिन्ह भनी ध्वस्त पारीएको कार्यालयको छेउमै बनाइएको कामचलाउ कार्यालय र त्यसकै आँगनको डिलमा रोपिएका र हिउँदमा पात झरेर जिङ्रिङ्ग परेका उत्तिस र बकाइनोका रुखहरुले मुगू प्रवेशमा स्वागत गरेझै लाग्छ मलाई...... ।

Comments

  1. साह्रै रमाईलो तर मार्मिक यात्रा बर्णन गर्नु भयो। साह्रै प्रष्ट प्रश्तुती। निकै रमाईलो र नौलो रहेछ त्यहाको परिवेश। मलाई त तपाई सगैँ रहे जस्तो लाग्यो। अरु पनि थप लेखहरु लेख्दै गर्नु होला। चारैतिर जता हेरे पनि बिशाल पर्खालजस्ता लाग्ने डाँडाहरुको बिचमा एउटा प्राकृतिक कारागार मा परेको कैदी जस्तो म...जस्ता वजनदार शब्द संजालले लेखलाई निकै मार्मिक र यथार्थपरक बनाएको छ।

    ReplyDelete
  2. मलाई नि कर्णाली नै पुगे झैँ लागिरा'को छ ! अनि अझै यस्ता खुराक पढ्न पाउने आशामा !

    ReplyDelete
  3. राम्रो लाग्यो मुगू अनुभव

    ReplyDelete
  4. राम्रो लाग्यो मुगू अनुभव

    ReplyDelete
  5. साह्रै रमाईलो तर मार्मिक यात्रा बर्णन गर्नु भयो। साह्रै प्रष्ट प्रश्तुती। निकै रमाईलो र नौलो रहेछ त्यहाको परिवेश। मलाई त तपाई सगैँ रहे जस्तो लाग्यो। अरु पनि थप लेखहरु लेख्दै गर्नु होला। चारैतिर जता हेरे पनि बिशाल पर्खालजस्ता लाग्ने डाँडाहरुको बिचमा एउटा प्राकृतिक कारागार मा परेको कैदी जस्तो म...जस्ता वजनदार शब्द संजालले लेखलाई निकै मार्मिक र यथार्थपरक बनाएको छ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

Shruti Sambeg : प्यास भित्र को विद्रोह [Download]

हामीले विगत का ५ वटा अंक मा नेपाली मा अनुदित एउटा बंगाली उपन्यास “प्यास भित्र को विद्रोह” वाचन गर्यौँ । प्रख्यात बंगाली लेखिका तसलिमा नसरीन को चर्चित उपन्यास “प्यास भित्र को विद्रोह” लाई नेपाली मा महेन्द्र मोहक ले अनुवाद गर्नुभएको हो । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बजेका थिए । विवाद र चर्चा को शिखर मा रहेकी बंगाली लेखिका ‘तसलिमा नसरीन’ को यो उपन्यास मा नारी भित्र को यौनकुण्ठा को विश्लेषण गरिएको छ । “प्यास भित्र को विद्रोह” को उपन्यास मा एक महिला को बिहे पछि को, यौन जिवन को चर्चा गरिएको छ । उपन्यास मा एउटी नारी पात्र हुन्छिन, र उपन्यास फ्ल्यास ब्याक मा अघि बढेको छ । तीनै नारी पात्र मार्फत लेखिकाले, उनको उतारचढाब को बारेमा लेखेकिछिन् । स्कुल पढ्दा देखि, उसको विवाह सम्म को कुरा समेटिएको छ । विवाहपछि यौन असन्तुष्टि बढ्दै गएर, उनीहरु श्रीमान श्रीमती विच को सम्बन्ध चिसिँदै जान्छ । धन, सम्पति प्रशस्त भएपनि, उनीहरुको जिवन मा यौन ले भाँजो हाल्दा, उनीहरुको जिवन निरश बन्दै जान्छ । यस्तै यस्तै,

घन्टाघर को समय ठिक छ तर...

कोटेश्वर को हिलो र वानेश्वर को धुलो खाँदै घन्टाघर पुगेको छु । घन्टाघर पुग्नासाथ, घन्टि बज्छ । घन्टि बजेकोले आफ्नो घडि को समय र घन्टाघरको समय हेर्छु । ठिकै जस्तो लाग्छ, जति बजेको घन्टि लाग्नुपर्ने त्यति नै बजेको छ, मेरो घडिमा पनि ! तर पनि मलाई शंका लागिरहेको छ, घन्टाघर को समय माथि । म अलि फरक महशुश गर्दैछु, समय मिलेको भएपनि मलाइ नमिलेको जस्तो लागिरहेको छ । हुन त प्राय: घन्टाघर को तलबाट हिँड्दा सँधै समय हेर्छु, समय मिलेको जस्तो लाग्छ आफ्नो घडिसँग । अब कहिले काँहि घन्टाघरको आफ्नै घडिहरु को समय नमिल्नु अलग कुरा हो तर पनि मलाई हरेक पटक घडि हेर्दा केही अजिब लाग्छ, केही गडबढ लाग्छ । त्रि चन्द्र कलेज सँगै रहेको घन्टाघर देश को शान अनि पुर्खा को नासो यति हुँदा हुँदै पनि मेरो मगज सड्किरहेको छ, घडि ले ठिक समय दिइरहेको छ, तर पनि लाग्छ केही त गढबढ छ । कस्तो कस्तो, आँखालाई पनि भ्रम भएजस्तो, केही नमिलेको जस्तो लागिरहेको छ । बाटा छेउ का शिरिष का बोटहरु हरिया छन्, शिरिष का फूलहरु बाटो मा छरिएका छैनन्, फूलहरु रुख को टुप्पा मै रहेर आनन्द लिइरहेकाछन् । लाग्दैछ, म धेरै बेर घन्टघर तल घोरिएर बसेकोले ती शिरि

सोसल नेटवर्किङ साइट मार्फत ब्लगका पाठक कसरी बढाउने? #BlogTips #SocialNetworking

फेसबुक अहिलेको समय मा सबैभन्दा धेरै चलाइने र धेरैले चलाउने ‘सोसल नेटवर्किङ साइट’ हो । साथीभाइ विच फेसबुक बाट नै सूचना को आदानप्रदान हुन थालेको छ । कैयौँ फोटो र भिडियोहरु ‘भाइरल’ भएर सबैको फेसबुकमा पुगिरहेकाछन् । फेसबुकमा लेखिएका अधिकांश कुराहरु मा साथीहरुले ‘कमेन्ट’ गर्ने, ‘लाइक’ गर्ने आदि गर्छन् । जस्तोसुकै कुरा किन नहोस्, फेसबुकमा राखिसकेपछि कुनै न कुनै व्यक्तिले जरुर हेरिरहेको हुन्छ । फेसबुकको लोकप्रियता सँगै, ब्लगहरु पहिले को जस्तो रहेनन् भनेर भन्नेहरु धेरै भेटिएकाछन् भने, ब्लगर साथीहरु पनि, आफ्नो ब्लग भिजिट नहुने, कमेन्ट नआउने कुराहरु गर्न थाल्नुभएको छ । भिजिट नहुनु र कमेन्ट न-आउनु अलग कुरा हुन् । कमेन्ट आएको र नआएको आधारमै यो ब्लग हिट भयो, यो ब्लग हिट भएन, कसैले पढेनन् भन्ने कुरा हुँदैन । राम्रो ब्लग छ भने, कुनै कमेन्ट नै नभएपनि, उक्त ब्लग हिट हुनसक्छ,  साथीहरुको फेसबुक र ट्विटरमा उक्त ब्लग ‘सेयर’ भइरहेको हुनसक्छ । साथीहरुको स्टाटस र ट्विटबाट नै तपाईको ब्लगमा मौन पाठकहरु आइरहेकाहुन सक्छन् । कसैले पढ्दै नपढि या भनौँ सरसर्ति हेरेर “साह्रै दामी पोष्ट” भनेर प्रतिक्रिया लेख्नु भन

एउटा साथी को खोजीमा ...

ईन्टरनेटको दुनिँया, आफैँमा रमाइलो दुनियाँ । एउटा सपनाको दुनिँया भन्दा पनि फरक नपर्ला, ईन्टरनेटलाई । अझ ब्लगिङ का दुनियाँ मा छिरिसकेका अनि इन्टरनेटमा देश दुँनिया चहार्न पल्केकालाई त यो इन्टरनेट भनेको अनि ब्लगिङ भनेको त एउटा नशा नै सरह हुन्छ । ब्लगिङ सुरु गरिए पछि, इन्टरनेट नशा सरह त लाग्दै गयो, नयाँ साथीहरु पनि भेटिँदै गए । हुन त ब्लगिङ बाट परिचित भएका कुनैपनि साथीलाई अझसम्म भेटिएको छैन तर पनि उनीहरु किन यती धेरै आत्मिय लागेका हुन्, थाहा छैन । सम्भवत: ब्लगिङ को दुनिँयामा रमाइरहेका ब्लगरहरु सबैलाई, देख्दै नदेखेका अनि संसारको अर्को कुना मा रहेका ब्लगर साथीहरु प्यारा लाग्छन् होला । खै, यो कस्तो भावनात्मक नाता हो ? सायद हामीविच यही ब्लगरको साइनो होला, अथवा हाम्रा कुराहरु आपसमा मिल्ने भएर पनि हो कि ? कहिलेकाँहि सोच्छु अचम्म लागेर आउँछ, हैन सबै ब्लगरहरु एकैकिसिम का विचार राख्ने हुन्छन् कि क्या हो, कारण अधिकाशं विषयबस्तु मिलिरहेका हुन्छन्, अनि अधिकांश कमेन्टहरु पनि हो मा हो मिलाएर आइरहेको हुन्छ, हामी हो मा हो मिलाएर लेखिरहेका हुन्छौँ । अब, भुमिका धेरै नबाँधौ होला । आज म यहाँ एउटा साथीको खोजी

... किन रेट्न सकिएन

रुनु थियो सँधैभरि, हाँस्न सकिएन । उदासि यो जिवनमा खुशि भेटिएन ॥ संगी मेरी गईसकी, चट्टमाया मारी । झरीसरी आशुँ झर्छ, थाम्न सकिएन ॥ तिम्रो याद एकाएकै, आउँछ आजभोलि । सपनीमै भएपनि, भेट्न सकिएन ॥ सपनाका महलहरु, कति थिए यहाँ । भत्के सबै कम्पिएर, रोक्न सकिएन ॥ तिमीबिना एक्लै अब, बाँच्ने छैन मन । आफैँलाई आफैँ किन रेट्न सकिएन ॥ -मुकुन्द अनडेस्टिनि बायोटेक - दोश्रो वर्ष, केयु

Subscribe to Aakar Post