Skip to main content

कथा प्रभात ह्याचरी को

वि. सं. २०४९-५० तिर ब्रोइलर को मासु खाँदा एड्स फैलिन्छ भन्ने भ्रामक हल्ला फैलिँदा व्यवसाय नगरौँ झैँ लाग्ने, प्रभात पोल्ट्रि फार्म तथा ह्याचरी उद्योग, बखुन्डोल धुलिखेल का बिष्णु शर्मा आफ्नो व्यवसायले २० वर्ष पार गर्दै गर्दा मख्ख छन् । वि. सं. २०४७ मा एक डेढ लाख को लगानि मा तिन दाजुभाइ ईश्वर, बिष्णु र नवराज ले सुरु गरेको पोल्ट्रि फार्म मा अहिले करोडौँ को लगानि छ भने मासिक चालिस-पचास लाख को कारोबार हुने गरेको छ । करिब ३० रोपनी क्षेत्रफल मा फैलिएको फार्म मा चल्ला उत्पादन का लागि नौ वटा सेड बनाइएको छ । सानो लगानि अनि पारिवारिक स्तर बाट सुरु गरिएको व्यवसाय मा अहिले उनले करिब ३५-४० जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेकाछन् ।

व्यवसाय सुरु गर्दा ताका माउ कुखुरा ल्याउन समस्या परेको बताउँदै फार्म का बिष्णु शर्मा भन्नुहुन्छ,-‘उसबेला कुखुरा कहाँ बाट ल्याउने समस्या थियो, जानेकाहरु र थाहा पाएकाहरु पनि केही सल्लाह दिदैँनथिए, हामीलाई कुखुरा कहाँबाट ल्याउने, कसरी ल्याउने, कति ल्याउने आदि जस्ता कुरामा साह्रै नै समस्या परेको थियो’ । व्यवसाय को सुरुवात का दिन मा भारतबाट वर्षेनि मुस्किलले पाँच छ हजार मात्र माउ कुखुरा ल्याइने गरिएको फार्म मा अहिले चल्ला उत्पादन का लागि वर्षेनि तिस चालिस हजार माउ कुखुराहरु ल्याउने गरिन्छ भने हप्ता मा करिब तिस देखि चालिस हजार चल्लाहरु उत्पादन हुने गरेको छ ।

पहिले पहिले चल्ला उत्पादन का लागि माउ कुखुराहरु भारत, बङ्गलादेश, श्रीलंका आदि छिमेकी देशहरु बाट ल्याइने गरिएको भएपनि बर्डफ्लु जस्ता रोगहरु देखिन थालेपछि, फार्म का लागि माउ कुखुराहरु थाइल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया आदि देशहरु बाट ल्याइने गरिएको छ । फार्म का लागि आवश्यक पर्ने माउ कुखुराहरु तेस्रो मुलुक बाट ल्याउनु परेपछि लगानि बढेको अनुभव छ शर्मा दाजुभाइको । थाइल्यान्ड लगायत तेस्रो देशबाट माउ कुखुरा ल्याउँदा तुलनात्मक रुपमा महंगो पर्ने बताउँदै शर्मा दाजुभाइ भन्नुहुन्छ,-‘तेस्रो मुलुक बाट माउ कुखुराहरु आयात गर्दा प्रति माउ कुखुराको को करिब साँढे तिन सय रुपैँया पर्छ तर यहाँ को हावापानी ती कुखुराहरु को लागि प्रतिकुल भएकोले, चल्ला उत्पादन मा कमि आएकोछ’ । अहिले सम्म नेपाल का ह्याहचरी उद्योगहरु आयातित माउ कुखुरामा नै निर्भर हुँदै आएकाछन् ।

कुखुरापालन व्यवसाय बाट नै वर्षेनि लाखौँ को आम्दानी गर्न सफल शर्मा दाजुभाइ लाई बेलाबेला मा फैलने बर्डफ्लु जस्ता रोगहरु का कारण कहिलेकाँहि धेरै नै समस्या भोग्नुपरेको अनुभव पनि छ । सन् १९९० मा ताइवान मा बर्डफ्लु देखिँदा होस् या विगत का वर्षमा छिमेकी देशहरु मै बर्डफ्लु देखिँदा होस्, माउ कुखुराको अभाव मा ह्याचरी उद्योग बाट माग अनुसार को चल्ला आपुर्ति गर्न सकिएको छैन ।

कृषिप्रधान देश भनिएपनि कृषि मा चाहिँ अनुदान नदिने सरकार को व्यवहार प्रति ह्याचरी व्यवसायीहरु रुष्ट रहेको कुरा प्रभात पोल्ट्रि का विष्णु शर्मा बताउँछन् । उनी भन्छन्-‘सरकारी तबर बाट अहिले सम्म हाम्रा लागि केही भएको छैन, यहाँ त गाडि चढ्न को लागि हायरपर्चेज कर्जा ६-७ प्रतिशत मा दिन्छन् तर कृषि का लागि भने १४ प्रतिशत ब्याज लगाउँछन्’ । भारत लगायत देशहरु मा पोल्ट्रि व्यवसाय को लागि विद्युत, दाना, औषधोउपचार मा सरकार ले प्रशस्त अनुदान दिने गरेको छ तर नेपाल मा भने केही कुरा मा पनि सरकार ले अनुदान दिएको छैन । शर्मा दाजुभाइ थप्छन्-‘नेपाल मा मासु अपुग भयो भनेर, सरकारले ब्राजिल र थाइल्यान्ड बाट कुखुरा ल्याउन अनुमति दिएको छ तर नेपाल मै उत्पादन बढाउन सकिन्छ भनेर यो सरकार अलिकति पनि सोच्दैन’ ।

माउ कुखुरा को अभाव अनि माउ कुखुरा को चर्को मुल्य पर्न थालेपछि ११ वटा ह्याचरीहरु मिलेर देश मै पहिलो पल्ट काभ्रेमा माउ कुखुरा उत्पादन गर्ने ह्याचरी खोल्न लागिएको कुरा नेपाल ह्याहचरी उद्योग संघ का अध्यक्ष समेत रहनुभएका ईश्वर शर्मा ले जानकारी दिनुभयो । उक्त ह्या चरी २ वर्ष भित्र सञ्चालन मा आउनेछ ।

एड्स को कुरा: उसबेला थोरै मात्र कुखुराहरु खपत हुने गर्थ्यो, त्यही पनि लोकल तर जब केही ले मासु को लागि ब्रोइलर पाल्न थाले अनि यस्ता हल्लाहरु धेरै नै फैलन थाले । ब्रोइलर को मासु केही निश्चित पसल मा मात्र पाइने अनि ब्रोइलर लोकल को दाँजो मा ठूलो देखिने, छाला पनि मोटो मोटो देखिने, अझ भनौँ ब्रोइलर को त खुट्टा पनि मोटो र रसिलो देखिने । अनि त्यही मोटो र रसिलो ब्रोइलर को कारण एड्स को कुरा फैलिएको रहेछ । ब्रोइलर को मासु बिकाउन, आकर्षक देखाउन, ब्रोइलर को मासु मा सुई लाउँछन्, पानी भरेर ! धेरै फाइदा लिन, मासु रसिलो र ठूलो देखाउन, सुई (सिरिन्च) को माध्यमबाट, ब्रोइलर को मासु मा पानी दिन्छन् भन्ने कुरा चल्दोरहेछ । त्यसभन्दा उदेक को कुरा त के भने, हस्पिटल मा प्रयोग भइसकेको सुइहरु को प्रयोग गर्छन् भन्ने हल्ला फैलिएको रहेछ । सुइ, हस्पिटल अनि मासु को कुरा आएपछि मासु खाँदा एड्स लाग्छ भनेर व्यापक प्रचार भएको रहेछ ।

All pics by: Prem Tshering Sherpa

Comments

  1. एउटा नयाँ खाले टाँसोको लागि धन्यबाद आकार भाइ! भविष्यमा पनि नेपाली ब्यवसायीहरुका संघर्ष र सफलताका कथाहरु यसैगरी पढ्न पाउने आशा छ।

    ReplyDelete
  2. हुन् त मलाई पशु पन्छी को मास् प्रोदक्सन जैविक, बाताबर्निय र स्वास्थ को लागि पनि राम्रो हुदैना जस्तो लाग्छ... तर बिस्नु जी को उद्यम्सीलता साचै नै प्रसंसिन्य छ...

    बिस्नु जी ले भनेजस्तै नेपाल का बैंकहरु लाइ गाडी र बाइक जस्ता विकृत लगानी गर्नु भन्दा कृषि क्षेस्त्र मा लगानी गर्न नेपाल सरकार लाइ म आदेश दिन्छु

    ReplyDelete
  3. Got to learn about a sector with possibilities and someone who did make a difference!

    ReplyDelete
  4. सफलताको कथा पढन रमाईलो लाग्यो ।

    ReplyDelete
  5. ae kura yesto po raicha . aba dekhi ta boiler na khanae

    ReplyDelete
  6. Really innovative idea.....and felt gud in reading that people hav such capability to make difference....



    Cheers...!!

    ReplyDelete
  7. साँच्चैको सफलताको कथा पढ्न पाईयो । यि कथाहरू प्रेरणा बन्न सकुन् देशमै उध्यम गर्ने चाहना भएकाहरूलाई अनि व्यङ्ग्य बन्न सकुन पलायनवादी सोचहरूलाई ।
    साह्रै राम्रो कुरो राख्नुभएछ । मलाई त मज्जा आयो पढ्नलाई ।

    ReplyDelete
  8. बौद्दिक खुराक युक्त रहेछ ।।।। मलाइ त कहिले Bird Flew को हावा आउला र कुखुराको मासु घट्ला अनि मस्त सँग खान पाउला झै भयो ।

    ReplyDelete
  9. ae kura yesto po raicha . aba dekhi ta boiler na khanae

    ReplyDelete
  10. Got to learn about a sector with possibilities and someone who did make a difference!

    ReplyDelete
  11. हुन् त मलाई पशु पन्छी को मास् प्रोदक्सन जैविक, बाताबर्निय र स्वास्थ को लागि पनि राम्रो हुदैना जस्तो लाग्छ... तर बिस्नु जी को उद्यम्सीलता साचै नै प्रसंसिन्य छ...

    बिस्नु जी ले भनेजस्तै नेपाल का बैंकहरु लाइ गाडी र बाइक जस्ता विकृत लगानी गर्नु भन्दा कृषि क्षेस्त्र मा लगानी गर्न नेपाल सरकार लाइ म आदेश दिन्छु

    ReplyDelete
  12. kukhura palak ko dukha kasailai taha hudaina yo bayawasai garne lai matra thaha huncha tara kohi manis birdflu lagos ani sato ma khana paiyos vani kura garchan baru tyasta manche lai nai lagos birdflu.kisan daju vai ko sadhai pragati hos

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

Tsunami Hits Japan, Pray For Japan #prayforjapan #japan #earthquake #tsunami

Massive 8.9 rector scale Earthquake hits Japan this afternoon. And that massive earthquake triggered the Tsunami which has caused extensive damage in Japan. Till now 110 people found dead and according to C N N ,  200 to 300 bodies has just found in Sendai, Japan. Whereas, The official Kyodo news agency is reporting that about 88,000 people are missing. No wonder, Tsunami has caused an extensive damage in Japan. And Tsunami warning has been issued in other countries as well. BBC says, Tsunami warning has been  issued which covers Japan, the Philippines, Hawaii, the Pacific coast of Russia, Indonesia, Taiwan, Australia, New Zealand and also Central and South America, which can cause massive destruction. Till date, it is believed that all Nepalese are safe in Japan. In Facebook , one Friend from Japan Dinesh Raj Gyawali wrote, “Phone is dead, So I’m not 100% sure but till now I’ve not heard any bad news”. He further wrote, “Now Another earthquake of 3.0 rector scale".  

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

Subscribe to Aakar Post