Skip to main content

कथा प्रभात ह्याचरी को

वि. सं. २०४९-५० तिर ब्रोइलर को मासु खाँदा एड्स फैलिन्छ भन्ने भ्रामक हल्ला फैलिँदा व्यवसाय नगरौँ झैँ लाग्ने, प्रभात पोल्ट्रि फार्म तथा ह्याचरी उद्योग, बखुन्डोल धुलिखेल का बिष्णु शर्मा आफ्नो व्यवसायले २० वर्ष पार गर्दै गर्दा मख्ख छन् । वि. सं. २०४७ मा एक डेढ लाख को लगानि मा तिन दाजुभाइ ईश्वर, बिष्णु र नवराज ले सुरु गरेको पोल्ट्रि फार्म मा अहिले करोडौँ को लगानि छ भने मासिक चालिस-पचास लाख को कारोबार हुने गरेको छ । करिब ३० रोपनी क्षेत्रफल मा फैलिएको फार्म मा चल्ला उत्पादन का लागि नौ वटा सेड बनाइएको छ । सानो लगानि अनि पारिवारिक स्तर बाट सुरु गरिएको व्यवसाय मा अहिले उनले करिब ३५-४० जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेकाछन् ।

व्यवसाय सुरु गर्दा ताका माउ कुखुरा ल्याउन समस्या परेको बताउँदै फार्म का बिष्णु शर्मा भन्नुहुन्छ,-‘उसबेला कुखुरा कहाँ बाट ल्याउने समस्या थियो, जानेकाहरु र थाहा पाएकाहरु पनि केही सल्लाह दिदैँनथिए, हामीलाई कुखुरा कहाँबाट ल्याउने, कसरी ल्याउने, कति ल्याउने आदि जस्ता कुरामा साह्रै नै समस्या परेको थियो’ । व्यवसाय को सुरुवात का दिन मा भारतबाट वर्षेनि मुस्किलले पाँच छ हजार मात्र माउ कुखुरा ल्याइने गरिएको फार्म मा अहिले चल्ला उत्पादन का लागि वर्षेनि तिस चालिस हजार माउ कुखुराहरु ल्याउने गरिन्छ भने हप्ता मा करिब तिस देखि चालिस हजार चल्लाहरु उत्पादन हुने गरेको छ ।

पहिले पहिले चल्ला उत्पादन का लागि माउ कुखुराहरु भारत, बङ्गलादेश, श्रीलंका आदि छिमेकी देशहरु बाट ल्याइने गरिएको भएपनि बर्डफ्लु जस्ता रोगहरु देखिन थालेपछि, फार्म का लागि माउ कुखुराहरु थाइल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया आदि देशहरु बाट ल्याइने गरिएको छ । फार्म का लागि आवश्यक पर्ने माउ कुखुराहरु तेस्रो मुलुक बाट ल्याउनु परेपछि लगानि बढेको अनुभव छ शर्मा दाजुभाइको । थाइल्यान्ड लगायत तेस्रो देशबाट माउ कुखुरा ल्याउँदा तुलनात्मक रुपमा महंगो पर्ने बताउँदै शर्मा दाजुभाइ भन्नुहुन्छ,-‘तेस्रो मुलुक बाट माउ कुखुराहरु आयात गर्दा प्रति माउ कुखुराको को करिब साँढे तिन सय रुपैँया पर्छ तर यहाँ को हावापानी ती कुखुराहरु को लागि प्रतिकुल भएकोले, चल्ला उत्पादन मा कमि आएकोछ’ । अहिले सम्म नेपाल का ह्याहचरी उद्योगहरु आयातित माउ कुखुरामा नै निर्भर हुँदै आएकाछन् ।

कुखुरापालन व्यवसाय बाट नै वर्षेनि लाखौँ को आम्दानी गर्न सफल शर्मा दाजुभाइ लाई बेलाबेला मा फैलने बर्डफ्लु जस्ता रोगहरु का कारण कहिलेकाँहि धेरै नै समस्या भोग्नुपरेको अनुभव पनि छ । सन् १९९० मा ताइवान मा बर्डफ्लु देखिँदा होस् या विगत का वर्षमा छिमेकी देशहरु मै बर्डफ्लु देखिँदा होस्, माउ कुखुराको अभाव मा ह्याचरी उद्योग बाट माग अनुसार को चल्ला आपुर्ति गर्न सकिएको छैन ।

कृषिप्रधान देश भनिएपनि कृषि मा चाहिँ अनुदान नदिने सरकार को व्यवहार प्रति ह्याचरी व्यवसायीहरु रुष्ट रहेको कुरा प्रभात पोल्ट्रि का विष्णु शर्मा बताउँछन् । उनी भन्छन्-‘सरकारी तबर बाट अहिले सम्म हाम्रा लागि केही भएको छैन, यहाँ त गाडि चढ्न को लागि हायरपर्चेज कर्जा ६-७ प्रतिशत मा दिन्छन् तर कृषि का लागि भने १४ प्रतिशत ब्याज लगाउँछन्’ । भारत लगायत देशहरु मा पोल्ट्रि व्यवसाय को लागि विद्युत, दाना, औषधोउपचार मा सरकार ले प्रशस्त अनुदान दिने गरेको छ तर नेपाल मा भने केही कुरा मा पनि सरकार ले अनुदान दिएको छैन । शर्मा दाजुभाइ थप्छन्-‘नेपाल मा मासु अपुग भयो भनेर, सरकारले ब्राजिल र थाइल्यान्ड बाट कुखुरा ल्याउन अनुमति दिएको छ तर नेपाल मै उत्पादन बढाउन सकिन्छ भनेर यो सरकार अलिकति पनि सोच्दैन’ ।

माउ कुखुरा को अभाव अनि माउ कुखुरा को चर्को मुल्य पर्न थालेपछि ११ वटा ह्याचरीहरु मिलेर देश मै पहिलो पल्ट काभ्रेमा माउ कुखुरा उत्पादन गर्ने ह्याचरी खोल्न लागिएको कुरा नेपाल ह्याहचरी उद्योग संघ का अध्यक्ष समेत रहनुभएका ईश्वर शर्मा ले जानकारी दिनुभयो । उक्त ह्या चरी २ वर्ष भित्र सञ्चालन मा आउनेछ ।

एड्स को कुरा: उसबेला थोरै मात्र कुखुराहरु खपत हुने गर्थ्यो, त्यही पनि लोकल तर जब केही ले मासु को लागि ब्रोइलर पाल्न थाले अनि यस्ता हल्लाहरु धेरै नै फैलन थाले । ब्रोइलर को मासु केही निश्चित पसल मा मात्र पाइने अनि ब्रोइलर लोकल को दाँजो मा ठूलो देखिने, छाला पनि मोटो मोटो देखिने, अझ भनौँ ब्रोइलर को त खुट्टा पनि मोटो र रसिलो देखिने । अनि त्यही मोटो र रसिलो ब्रोइलर को कारण एड्स को कुरा फैलिएको रहेछ । ब्रोइलर को मासु बिकाउन, आकर्षक देखाउन, ब्रोइलर को मासु मा सुई लाउँछन्, पानी भरेर ! धेरै फाइदा लिन, मासु रसिलो र ठूलो देखाउन, सुई (सिरिन्च) को माध्यमबाट, ब्रोइलर को मासु मा पानी दिन्छन् भन्ने कुरा चल्दोरहेछ । त्यसभन्दा उदेक को कुरा त के भने, हस्पिटल मा प्रयोग भइसकेको सुइहरु को प्रयोग गर्छन् भन्ने हल्ला फैलिएको रहेछ । सुइ, हस्पिटल अनि मासु को कुरा आएपछि मासु खाँदा एड्स लाग्छ भनेर व्यापक प्रचार भएको रहेछ ।

All pics by: Prem Tshering Sherpa

Comments

  1. एउटा नयाँ खाले टाँसोको लागि धन्यबाद आकार भाइ! भविष्यमा पनि नेपाली ब्यवसायीहरुका संघर्ष र सफलताका कथाहरु यसैगरी पढ्न पाउने आशा छ।

    ReplyDelete
  2. हुन् त मलाई पशु पन्छी को मास् प्रोदक्सन जैविक, बाताबर्निय र स्वास्थ को लागि पनि राम्रो हुदैना जस्तो लाग्छ... तर बिस्नु जी को उद्यम्सीलता साचै नै प्रसंसिन्य छ...

    बिस्नु जी ले भनेजस्तै नेपाल का बैंकहरु लाइ गाडी र बाइक जस्ता विकृत लगानी गर्नु भन्दा कृषि क्षेस्त्र मा लगानी गर्न नेपाल सरकार लाइ म आदेश दिन्छु

    ReplyDelete
  3. Got to learn about a sector with possibilities and someone who did make a difference!

    ReplyDelete
  4. सफलताको कथा पढन रमाईलो लाग्यो ।

    ReplyDelete
  5. ae kura yesto po raicha . aba dekhi ta boiler na khanae

    ReplyDelete
  6. Really innovative idea.....and felt gud in reading that people hav such capability to make difference....



    Cheers...!!

    ReplyDelete
  7. साँच्चैको सफलताको कथा पढ्न पाईयो । यि कथाहरू प्रेरणा बन्न सकुन् देशमै उध्यम गर्ने चाहना भएकाहरूलाई अनि व्यङ्ग्य बन्न सकुन पलायनवादी सोचहरूलाई ।
    साह्रै राम्रो कुरो राख्नुभएछ । मलाई त मज्जा आयो पढ्नलाई ।

    ReplyDelete
  8. बौद्दिक खुराक युक्त रहेछ ।।।। मलाइ त कहिले Bird Flew को हावा आउला र कुखुराको मासु घट्ला अनि मस्त सँग खान पाउला झै भयो ।

    ReplyDelete
  9. ae kura yesto po raicha . aba dekhi ta boiler na khanae

    ReplyDelete
  10. Got to learn about a sector with possibilities and someone who did make a difference!

    ReplyDelete
  11. हुन् त मलाई पशु पन्छी को मास् प्रोदक्सन जैविक, बाताबर्निय र स्वास्थ को लागि पनि राम्रो हुदैना जस्तो लाग्छ... तर बिस्नु जी को उद्यम्सीलता साचै नै प्रसंसिन्य छ...

    बिस्नु जी ले भनेजस्तै नेपाल का बैंकहरु लाइ गाडी र बाइक जस्ता विकृत लगानी गर्नु भन्दा कृषि क्षेस्त्र मा लगानी गर्न नेपाल सरकार लाइ म आदेश दिन्छु

    ReplyDelete
  12. kukhura palak ko dukha kasailai taha hudaina yo bayawasai garne lai matra thaha huncha tara kohi manis birdflu lagos ani sato ma khana paiyos vani kura garchan baru tyasta manche lai nai lagos birdflu.kisan daju vai ko sadhai pragati hos

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

Subscribe to Aakar Post