Skip to main content

यात्री...


कुनै अघोषित गन्तव्यतर्फ लम्कदैंछ ऊ
लक्ष्यसंग जम्काभेट हुने आशमा
निरन्तर निसन्देह अघि बढ्दैछ यात्री
निरामय अर्थपुर्ण जीवनको खोजमा।

उकालीसंग चढ्छन, ओरालीसंग झर्छन उसका पाइला
तर हार मान्ने छैन साहसी यात्री
उसका पाइलाका डोबले साथ दिने सहयात्री भेटिन्छिन, छुट्टिन्छन्
तर कसैसंग रिस नराखि सबैको बन्छ ऊ प्यारो साथी।

भोलीको कुनै चिन्ता छैन, न त कुनै भय नै छ,
उसका पाइलाहरुले बाटो पहिल्याउने नै छन्,
पुरातन यात्राको धर्म पछ्याउदैं छौं हामी सबै पनि यात्रीझैं
कुनै अपरिचित अन्तिम विन्दुको पर्खाइमा दिन काट्दै।

--अन्जली

Comments

Post a Comment

Subscribe to Aakar Post