Skip to main content

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ?


फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लगमार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ ।

अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भएको भन्दै #MassiveFacebookFail भन्ने शब्द लेखेर Twitter मा ट्विट गरिएको थियो ।


“जो बितिसकेको छ, जसका आफन्त, अनि आफ्ना साथि अब यस संसार मा छैनन् तर बारम्बार फेसबुक ले साथि बन्न सल्लाह दिइरहन्छ, बितिसकेको मान्छे, कोही नजिक को मान्छे बारम्बार फेसबुक मा झुल्किन्छ भने, बाँचिरहेका नजिक का आफन्त अनि साथिहरुलाई निश्चय नै गाह्रो हुन्छ र यो हाम्रो लागि सहनयोग्य कुरा पनि होइन । अत: हामी भन्छौँ कसैको मृत्यु भइसकेको छ भने, त्यसको जानकारी हामीलाई दिनुहोस्, त्यस्ता प्रोफाइलहरुलाई स्मृति को रुपमा मात्र फेसबुक मा राखिनेछ, अनि कसैलाई ‘suggestion’ वा ‘reconnect’ भनिने छैन्” – फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले बताए ।

तर यसको लागि, फेसबुकलाई आफन्त वा साथिहरु ले प्रमाण देखाउनुपर्नेछ । फेसबुक मा भएको फर्म भरेर, यस व्यक्ति को मृत्यु यो दिन भयो भनेर कोही साथि वा आफन्त ले, प्रमाणित गर्छ भने, त्यस्ता प्रोफाइलहरु सर्च मा वा ‘suggestion’ र ‘reconnect’ मा देखाइने छैन । साथै, लाइभ फिड या स्टाटस अपडेट मा पनि, उक्त व्यक्तिलाई देखाइनेछैन । यदि, उक्त मृत्यु भइसकेको व्यक्ति को आफन्त ले, ‘स्मृति’ को रुपमा पनि उक्त व्यक्ति को प्रोफाइल फेसबुक मा राख्न चाहँदैन भने, फेसबुक ले त्यस्ता प्रोफाइलहरु आफ्ना सर्भरबाट हटाइदिने जनाएको छ ।

यस्ता सोसल नेटवर्किङ साइटका सम्बन्ध मा विभिन्न देशबाट यस्ता आवाजहरु उठिरहेका कारण फेसबुक ले आफ्नो नयाँ निति सार्वजनिक गर्नुपरेको हो । कुरा सुन्दा, निकै मिठो र राम्रो सुनिएको छ, तर यसको कार्यान्वायन पक्ष भने फितलो हुनसक्ने अनुमान गरिएको छ । कोही व्यक्ति को मृत्यु भए या नभएको प्रमाणित गर्न फेसबुकलाई समस्या पर्ने देखिन्छ । साथै, कोही साथि ले जिस्केर वा रिसिवि साँध्न पनि यस्तो गम्भिर कुरा माथि खेलवाड गर्न सक्ने कुरालाई पनि नकार्न सकिँदैन । फेसबुक को नयाँ निति को सार्वजनिकिकरण सँगै, मृत्यु भएको भनेर प्रमाणितहरु भइसकेका प्रोफाइलहरु त देखिने छैन तर पनि यो निति को व्यापक दुरुपयोग हुनसक्ने कुरालाई नकार्न मिल्दैन । फेसबुक ले यो निति, ल्याइसकेको भएकोले, फेसबुकलाई पनि हामीले सानो आँक्न त मिल्दैन, सोचेरै र अध्ययन गरेरै फेसबुक ले यस्तो निति सार्वजनिक गरेको छ । खैर, जे होस्, फेसबुक को यो नयाँ नितिको सरहाना गर्नैपर्छ ।

*This article is inspired by Time's article: "What Happens to Your Facebook After You Die?"

Comments

  1. मलाई के लागेको थियो भने त्यो हाम्रो उमेरको आधारमा र फेस बुक ७-८ वर्ष नचालाएपछि त मान्छे मेरको भन्ने अलि अलि गेस गर्न सकिन्छ नि त , त्यसको आधारमा मरेको थाँहा पाउँछ की भन्ने मेरो अनुमान थियो तर मिलेन ।

    ReplyDelete
  2. Thanks for more information regarding FB AAKAR jee , its useful for me being a user of FB .

    ReplyDelete
  3. रमाईलो कुरा!

    मेरो विचारमा सबैले आफू मर्नुभन्दा आधा घण्टा जति पहिला आफनो एकाऊण्ट आफैंले डिलेट गरे धेरै राम्रो:)) हे हे हे हे!

    ReplyDelete
  4. कुरा चाही ठीकै हो, तर को मरेपछि कसले भन्ने र कसको कुरालाई आधिकारिक मान्ने भने त्यत्ती सजिलो छैन होला ।
    माथी वसन्तजीको कमेण्ट पढेपछी भने साह्रै हाँसो लाग्यो !

    ReplyDelete
  5. Ramailo kura Anil....

    Kahile kai ma yestai soch thiye.....even blog ko bisaya ma pani... :)

    ReplyDelete
  6. राम्रो लाग्यो यो टाँसो । वास्तवमा आकारजीको व्लगमा छिर्यो कि केहि न केहि नयाँ कुरा जान्ने अवसर मिली हाल्छ । माथिको कुरो मनन योग्य नै छ । तर मैले चाहिँ यस्तो कुरा सोचेकै थिइनँ ।

    ReplyDelete
  7. राम्रो जानकारि। प्रष्ट सगं दिनु भयो । धेरै धेरै धन्यवाद।

    ReplyDelete
  8. जानकारीको लागी आकार ब्रो लाइ धन्यबाद :)
    अनि यो कुरो कार्यान्बयन भयो कि भा छैन त?
    १ बर्श भइ सकेछ यो ब्लोग पोस्ट गरेको नि.
    do we have any offices of facebook in nepal?

    ReplyDelete
  9. फेसबुक को अफिस नेपाल मा छैन !

    ReplyDelete
  10. कुरा चाही ठीकै हो, तर को मरेपछि कसले भन्ने र कसको कुरालाई आधिकारिक मान्ने भने त्यत्ती सजिलो छैन होला ।
    माथी वसन्तजीको कमेण्ट पढेपछी भने साह्रै हाँसो लाग्यो !

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Palpasa Cafe [Review]

अपडेट: प्रकाशक'को अाग्रहमा रेडियो वाचनबाट पल्पसा क्याफेको वाचन हटाइएको छ । हामी ले विगतका केही रेडियो वाचन का शृंखला मा नारायण वाग्ले को चर्चित उपन्यास "पल्पसा क्याफे" रेडियोकर्मी अच्युत घिमिरे को आवाजमा सुनाएका थियौँ । ८ अंकमा प्रशारण गरिएको पल्पसा क्याफे का लेखक सँग "पल्पसा क्याफे" को सेरोफेरो मा गरिएको कुराकानी राख्ने योजना हाम्रो थियो तर अन्तरवार्ता को रेकर्ड अहिले फेला पार्न नसकिएकोले प्रशारण गर्न असमर्थ भएका छौँ, पछि भेटिएको खण्डमा हामी अवश्य पनि राख्ने नै छौँ । हामीले भनिरहनुपर्दैन, पल्पसा क्याफे एक उत्कृष्ट उपन्यास हो जसलाई ऐतिहासिक दस्तावेज भन्दा पनि फरक नपर्ला । रेडियोवाचन को शृंखला मा यी सम्पुर्ण अंकहरु उपलब्ध गराइदिनुहुने अच्युत घिमिरेलाई धेरै धेरै धन्यवाद । पल्पसा क्याफे त सुनिसकियो, तर यहाँहरु ले पल्पसा क्याफेलाई कसरी मुल्यांङ्कन गर्नुभयो थाहा छैन । खैर कुरो जेसुकै होस्, आज यहाँ म केही साथिहरुको ब्लगमा प्रकाशित "पल्पसा क्याफे" बारे गरिएको टिप्पणीहरु सहित उपस्थित भएको छु । साथिहरुको ब्लगमा प्रकाशित भइसकेका कुराहरुलाई एकै ठाउँमा समेट्न...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

Subscribe to Aakar Post