Skip to main content

Trip To Makwanpur Gadhi

मकवानपुर गढी, इतिहासमा ठूलो प्रभाव रहेको तर अहिले एउटा भग्नावशेष मात्र । करिब १ महिना अघि जति मकवानपुर गढि सम्म पुगिएकोथियो, ख्यालख्याल मै ! हेटौँडा बाट करिब १५-१६ किलोमिटर पूर्वमा महाभारत डाँडा को टुप्पामा मकवानपुर गढि रहेको छ । नेपाल को एकिकरण हुनुपुर्व को एक शक्तिशाली राज्य, अनि त्यहाँ का सेन वंशीहरुले राज्य गर्थे भनेर खुबै पढिएको थियो । अस्ति को छुट्टि मा हेटौँडा पुग्दा, भाइ विवेक ले गढि जाउँ भन्यो, उसले भन्नेबित्तिकै मलाई हतार लागिहाल्यो, धेरै पहिलेदेखि जान मन लागेर पनि नगएको ठाउँ भएकोले, अनि अझ दरबार, ब्यारेक भनेपछि शनिबार को दिन गइयो, मकवानपुर गढिमा, एउटा भग्नावशेष भित्र हाम्रो इतिहास हेर्न ! बिहान खाना खाएर राजदेवी बाट जंगलै जंगल उकालो चढियो ! बाँकी कुरा फोटोहरुबाट प्रस्ट पार्ने कोशीस गर्छु है त !

मकवानपुर गढि प्रवेशव्दार

यो, माटो को ढिस्को मुनि चाँहि उहिले राजा को 'सेतो हात्ति' गाडिएको थियो रे । पहिले त्यहाँमाथि एउटा साइनबोर्डमा लेखिएको थियो रे ।

दरबार प्रवेशव्दार, चारैतिर अग्ला पर्खाल, अनि पर्खाल बाहिर ठूला ठूला, गहिरा खाडलहरु । दरवार प्रवेश गर्ने यही एउटै मात्र ढोका, अनि यो काठेपुल । उहिले चाँहि, यो पुल पनि डोरी लगाएर उठाएर राखिन्थ्यो रे, यसोगरेपछि दरबार भित्र को छिर्न सक्थे र ? अहिलेचाँहि, यो काठ को पुल यत्तिकैबस्छ है, मान्छे आउजाउ गर्नुपर्‍यो नि ! तर हामी पुग्दा, यो ढोका बन्द थियो, बडो बिजोक ले भित्र छिरिएको थियो ।

गढि दरबार भित्र मुख्यरुपमा, मान्छेहरु मन्दिरमा दर्शन गर्न र पुजाआजा गर्न जाँदारहेछन् । दरबार क्षेत्रभित्र कृष्ण को मन्दिर रहेछ । हामी पुगेको समय, एकहुल यही मन्दिरमा पुजा का लागि आएका थिए । सुन को जलप भएको पुरानो मुर्तिको टाउको चाँहि ३-४ वर्ष अगाडि चोरहरुले टप्काएछन्, पछि गाउँलेहरु मिलेर कृष्णलाई यो नयाँ टाउको हालिदिएछन् । मुर्ति निकै आकर्षक छ, अनि चोर ले भगवान भनेर कहाँ छोड्थे त ? फेरी सुरक्षा को नाउँमा केही त छैन, न पुलिस न आर्मी, न पुजारी नै मुर्ति रुँगेर बस्छन् ।

मर्मत सम्भार नगर्ने नि हैनन्, गर्दारहेछन् । यो रातो देखिएको चाँहि, भत्केको ठाउँमा भर्खर नयाँ पर्खाल बनाएकारहेछन् ।

दरबार भित्र लिइएको एउटा क्लोजसट्, यसरी दरबारका पर्खालहरु चिरा चिरा परेर भत्किँदैछन् । सायद, अर्कोपटक पुग्दा यो ढलिसकेको हुनेछ ।

उहिले, उ त्यो पर को ढुंगाका गाह्रो भित्र सैनिक सेन्ट्रि बस्थे रे ! दरबारलाई, राजालाई सुरक्षा दिनुपर्‍यो नि !

यो खाडल चाँहि बडो डेन्जर छ है । यहाँ भित्र कैयौँ मरेकाछन् विगतमा । कैदी, अपराधी तथा शत्रुहरुलाई यही खाल्टोमा धकेलिन्थ्यो रे , त्यहाँ परेपछि निस्कने उपाय छैन । अहिले त माटो भरिँदै आएको छ, तर यत्तिकै अनुमान गर्न सकिन्छ, पहिले यो झनै गहिरो थियो ।

दरबारका भित्तामा घाँस उम्रेको छ । संरक्षण को अभाव प्रस्ट देखिन्छ । साँच्चै, यो भग्नावशेष को अवशेष अब केही समय पछि नै बाँकि रहँदैन ।

दरबारका भत्किएका पर्खाल, घाँस र झार उम्रिएका छन् । अहिले सम्म केही भाग त उभिइरहेकाछन्, तर छानो छैन, अनि यति पुरानो कुरा, संरक्षण नभएपछि कसरी सहिसलामत हुन्थ्यो त ।

दरबार खासै, ठूलो भन्न त मिल्दैन । दरबार एरिया पनि सानो नै हो, काठमाडौँ, भक्तपुर को हेरी ! तर पनि डाँडा को टुप्पा मा चाँही यही दरबार नै रहेको छ । लगभग दरबार को लम्बाइ चाँहि यत्ति नै हो । तर धेरै भत्किसकेकोले, एकिन गरेरै भन्न त गाह्रै पर्छ ।

यहाँबाट हेर्दा हेर्दै केही टुक्राहरु भुँइमा खसे । पानी सिमसिम परिरहेकोथियो, मन्द हावा थियो, उसै त महाभारत को टुप्पामा चिसो हुन्छ । कहिले घाम, कहिले पानी हुँदा, बिस्तारै बिस्तारै यसैगरि भत्किरहेकाछन्, पर्खालहरु ।

यो पनि भत्केर, अवशेष भइसकेको दरबार नै हो । यो भित्री रुप हो, दरबार को ।

कस्तो धराप ले अडिएको छ । तर यो पनि सम्भवत केही दिनमै खस्नेछ ।

आँखिझ्याल पनि सहिसलामत छ , अनि पर्खालभरि, घाँसहरु । यो नि दरबार हो र ?

यो पनि भित्री भाग हो, दरबार को ।

दरबार को मुख्य ढोका, यसै ढोकाबाट दरबार प्रवेश गरिन्थ्यो उहिले । अहिले त जता बाट छिरे नि हुन्छ । हाहाहा

हामी पुग्दा, बाहिर को मुख्य ढोका मा ताल्चा लागेको, अनि हामीलाई भित्र छिरेर नहेरी नहुने भएको ले, जिर्ण भइसकेको को, दरबार को वरिपरि रहेको पर्खाल बाट हामी यसरी भित्र छिरेका थियौँ । चोरबुद्धिमा त हामीलाई नि कसले भेट्ने र ? हामी, पर्खाल बाहिर को खाडल मा ओर्लेर, यो पर्खाल नाघेर भित्र गएका हौँ । साँच्चै, भनेको त्यताका मान्छेहरु पनि, ढोका नखुलेको बेला, यसरी यहीँबाट जाँदारहेछन् । मुलढोका को साँचो, पुजारीले राख्ने, तर पुजारी को घर, हामीले कसरी खोज्नु ! अनि चढियो, यसरी जोखिम मोल्दै । बेलाबेलामा, ढुंगा खुस्किने हो कि भन्ने खुब डर लाग्थ्यो ।

एकातिर दरबार सुरक्षाका लागि बनाइएको अग्लो पर्खाल, बिचमा खाडल, अनि खाडलमा सिस्नुघारी ! उसबेला कसले पो, दरबार भित्र छिर्ने हिम्मत गर्थ्यो होला । सुरक्षा को दृष्टिले त, उसबेला को इन्जिनियरिङलाई नै मान्नैपर्छ । तर मलाई लागेको कुरा चाँहि के हो भने, त्यो माहाभारत को डाँडामा, यी मिलेका चेप्टा ढुंगाहरु कसरी आइएपुगेहोलान् ? म आफैँ अचम्मित पर्छु, कहिलेकाँहि, यहाँ नि दरबार थियो, एक समय सेनहरु ले राज्य गर्थे रे, त्यही दुई-अढाइ सय बर्ष अघि त हो नि ! पछि, गोर्खाली ले आक्रमण गरेपछि, सेन राजा, सुरुङ बाट भागेछन् । ओहो, त्यो सुरुङ को फोटो लिन भने बिर्सेछु । राजा भागिएको विश्वास गर्ने त्यो सुरुङ, दरबार भन्दा केही तलबाट सुरु हुन्छ। अनि त्यहाँ एउटा विशाल ढुंगा छ, विर्को लागेजसरी बसेको, त्यसमाथि महादेव को मुर्ति छ । अनि त्यस्तै तल निस्किएको प्वाल चाँहि, थुनिएको छैन है । त्यहाँ गुप्तेश्वर महादेव को नाम मा पुजा हुनेगर्छ । हत्तपत्त तल को सुरुङ को मुख भने देखिँदैन, छाँगा (झरना) ले छेकिएको छ ।

जंगल भित्रभित्र हिँड्दा, धमिरा को गोलो नि भेटियो ।

यही जंगलै जंगल उकालो लागिएको थियो ।

यो चाँहि जंगलमा पाइने विषालु च्याउ । विषालु च्याउहरु छुँदा, छोएको ठाउँमा निलो हुँदोरहेछ । हामीले नि त्यो च्याउलाई झिक्राले घोचेर हेर्‍यौँ, साँच्चै, च्याउ निलो रंगमा बदलियो ।

दरबारबाट २-३ किलोमिटर पश्चिम दक्षिण आएपछि, कान्तिराजपथमा देखिएको पिल्लर । हेटौँडा १३ किलोमिटर । अर्को कुरा पनि, के हो भने, यही कान्तिराजपथ हुँदै काठमाडौँ पुग्न सकिन्छ, सुनेअनुसार, बिचका केही खोला मा पुल नहुँदा सँधै त जान सकिँदैन रे, तर पनि मोटरसाइकलमा हुँकिनेहरु, जानेगर्दारहेछन्, काठमाडौँ यो बाटो भएर । पिल्लर माथि चाँहि, भाइ विवेक बसेको हो है, धेरै थकाइलागेर, फर्किँदा ।

देखियो, घुमियो, बुझियो, जानियो यत्ति हो, यो दरबार क्षेत्र संरक्षण नभएमा केही वर्ष पछि यी भग्नावशेष पनि देख्न सकिँदैन । अनि अर्को कुरा, दरबार मा रहेका तोपहरु, गोलाहरु चाँहि, केहीवर्ष अगाडि नै नेपाल आर्मीले, सुपारिटार ब्यारेकमा लगिसकेको रहेछ ।

Comments

  1. Wow!!!
    I loved it.
    I was there about 15-16 years ago.
    I heard a myth that the Krishna in that gadhi used to go to chitwan ko tori bari to play with the girls (Just a myth). But people there strongly believed it.
    There was another fort, in the dada nearby. Did you also go there?

    In anyways, it must have been a lot of fun!!!
    Thanks for posting!

    ReplyDelete
  2. लौ आकार जी ... मैले पनी घुमे है ... मकवानपुर गढ़ी ... ( ब्लग मार्फ़त भए पनी )

    अनि कस्लाई फुर्सद छ र ? यस्ता एतिहासिक ठाउको संरक्षण र प्रबद्रन गर्नमा - ज़माना नाफा र नोक्शान को खेल मा चलेको छ |
    ... जेहोस छिटै सम्बंधित निकाय को आखा त्यहा पुगोस |
    तपाइले यसलाई आफ्नो ब्लग मा स्थान दिएर धेरै राम्रो गर्नु भएको छ ... तपाइले घच्घच्याइदिनु भएको छ - उक्त विषय बस्तुलाई |

    ReplyDelete
  3. आकारजी मलाई पनि यस्तो किसिमको यात्रा मन पर्छ | यात्रा रमाईलो मात्र रहेनछ जानकारी मुलक घटनाको संग्रहले महत्वपूर्ण पनि भएछ |
    एकचोटी म पनि जाने नै भएँ लौ |

    ReplyDelete
  4. Wow....kasto ramailo pics haru.....really ypu must ahve enjoyed it a lot rite ;).....

    Loved it .....I wish to travel some day ...like this....

    ReplyDelete
  5. घच्चीको यात्रा रहेछ !
    कुनै आदिम कालको सिनेमा हेरे जस्तो पो भयो, ज्ञानगुनका कुराले पनि भरिभराउ, तस्बिरका झलकले चित्रमय अनुभूति भरेर प्रत्यक्ष भ्रमणको आनन्द दिलायो । म भने पहिले सिन्धुलीगढी जाने, अनि मात्र पालो आउला मकवानपुरको ।
    धन्यवाद है यति जीवन्त कोसेलीको लागि ।

    ReplyDelete
  6. तस्बीरहरु सहितको सुन्दर बयानका लागि धन्यबाद आकार भाइ! आफैं पुगेजस्तो लाग्यो।
    हामी नेपालीहरु भिल्लजस्ता भएका छौं, मकवानपुर गढीजस्ता धेरै मणिहरु यसरीनै कौडीमा मिल्किईरहेछन्। यस्ता सम्पदाको संरक्षण समाजका लागि ऐतिहासिक सांस्कृतिक, आर्थिक लगायत सबै हिसाबले फाईदाजनक हुने थिए। हामी भत्काउने-बिगार्ने कुरामा माहिर भएर निक्लियौं, जोगाउने कुरामा भने अलिकति पनि ध्यान गएन हाम्रो।

    ReplyDelete
  7. ल है, यो यात्रा मेरोलागि पनि जानकारीमूलक र रमाईलो रह्यो । जोखिम नउठाईकनै बसी‍-बसी घुमें म पनि ।

    हुन त आजकल राजाको नाम आउने बित्तिक्कै गाली नै गर्नु पर्छ भन्ने छ क्यार, तर मलाई भने त्यो ऐतिहासीक गढको यो बेहाल भएको देख्दा चित्त दुख्‍यो ।

    ReplyDelete
  8. सुन्दर तस्वीर सहितको प्रस्तुतीले आफैले घुमेको जस्तै बनाई दिनुभयो लौ | धेरै धेरै धन्यवाद ।

    ReplyDelete
  9. Thank you so mcuh for the posting snaps with explanation about the makawanpur gadi.Hope so,in next time u will drop UTTAR MANAKAMANA details.Keep in touch.

    have a nice time.

    ReplyDelete
  10. Thank you so much for the posting snaps with explanation about the makawanpur gadi.Hope so,in next time u will drop UTTAR MANAKAMANA details.Keep in touch.

    have a nice time.

    ReplyDelete
  11. An informative n interesting post! liked it.

    ReplyDelete
  12. An informative n interesting post! liked it.

    ReplyDelete
  13. Thank you so much for the posting snaps with explanation about the makawanpur gadi.Hope so,in next time u will drop UTTAR MANAKAMANA details.Keep in touch.

    have a nice time.

    ReplyDelete
  14. ल है, यो यात्रा मेरोलागि पनि जानकारीमूलक र रमाईलो रह्यो । जोखिम नउठाईकनै बसी‍-बसी घुमें म पनि ।

    हुन त आजकल राजाको नाम आउने बित्तिक्कै गाली नै गर्नु पर्छ भन्ने छ क्यार, तर मलाई भने त्यो ऐतिहासीक गढको यो बेहाल भएको देख्दा चित्त दुख्‍यो ।

    ReplyDelete
  15. Very professional and beautiful writing.. keep it up bro.. :)

    ReplyDelete
  16. It is a really really shameful for all the Nepalese like us to see our historic places like this in such a conditions. As far as I know the residence around this place is very thin so authorized persons and government must secure and maintain this place. I am really happy to see this beautiful place in world wide web. thank you very much for posting this article.   

    ReplyDelete

Post a Comment

Popular posts from this blog

मुगु अनुभव - यात्रा

...सुर्खेतमा (हुन त नेपालगन्जबाट पनि सिधा हवाइ सम्पर्क छ, मुगुमा) टिकट पाउने लम्बेतान संघर्ष(?) पछी मुगूको लागि उडान निश्चित हुन्छ । कपडा र आवश्यक केही सरसामानहरुको गह्रुङ्गो झोला सहितको काउन्टर चेक इन पछी डिपार्चर रुम मा छिर्न पाउनु खुबै आनन्द लाग्दो हुन्छ किनकी अब टिकटको लागि हिजो जस्तो संघर्ष गर्नुपर्ने छैन । डिपार्चर रुम को बातावरण पनि रोचक छ । बिमान कम्पनिहरुले दिने १५ किलो को तौल सिमिततालाई छल्न कैयनले अनेकौँ पत्र कपडा लगाएका हुन्छन र कोहिले मुगुमा पाइन्न भनेर लहलहाउँदा रायोका साग र कतिले ब्रोइलर कुखुराका मासु कोसेलिका रुपमा बोकेका हुन्छन । ...एउटी जरखरिएकी एअरहोस्टेस औपचारिक स्वागत गर्छे र सबैलाई सिटबेल्ट बाँध्न निर्देश गर्छे अनी नजानेका यात्रुलाई हप्काइको भाषामा बाँध्न पनि सिकाउँछे । म भने सिटको अघिल्तिर राखिएको आपतकालिन सुरक्षा निर्देशिकाको सानो पन्ना पल्टाउँदै एअरहोस्टेसको ब्यबसायिकताको बारेमा सोच्न लाग्छु । एअरहोस्टेस 'यती एअरलाइन्स' लेखिएको खोलले बेरिएको चकलेट र कपासका टुक्राहरु किस्तिमा बोकेर आउँछे । धन्यवाद सहित म एउटा चकलेट र दुई टुक्रा कपास निकालेर कानमा राख्छ

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

My First Post on Blog

LUST : Worldwide Release [Watch Nepali Movie LUST] #Movie

Nepali blog “ Aakar Post ” has released a short Nepali Movie "LUST" in an Internet for the first time on 14th February on the occasion of Valentine’s Day. Watch Nepali Movie LUST Movie name: LUST Run time: 22 minutes 15 seconds Actors: Manisha Bista & Pawan Jha Director: Rajan Kathet Producer: Praveen Samuel Thapa Script/ screenplay: Abhimanyu Mani Acharya Dixit Cinematographer: Shail Shrestha Editor: Bijen Shrestha One line description of the movie: They have different plans for each other. Release Note:  We are happy to release an award wining ( BUDS Film Fiesta - Best Film Award ) Nepali Short Movie ‘LUST’ worldwide on our blog www.aakarpost.com  as a Valentine's Day gift. We hope it will be a perfect gift for you on the occasion of Valentine’s Day. May be, we are the first Nepali Blog to release Nepali Movie officially on Blog. We would like to thank, Film Production Team, our readers and viewers.

Subscribe to Aakar Post