
माछाहरु
तिम्रो अस्तित्व केबल
सिसा को बन्द घेरा भित्र
मात्र
सिमित छ ।
तिमी रंगिबिरङ्गी छौ
तर केवल
मनोरञ्जनको साधन मात्र
यति नै हो तिम्रो
अस्तित्व
त्यहाँ भन्दा बाहिर तिमी
कहिल्यै आउन सक्दैनौ
किनकी तिमी पानी बिना
बाँच्नै सक्दैनौ
पानी तिम्रो घर हो
खाने भाँडो हो
त्यसैले त होला
तिमी
पानी विमुख
हुनेबित्तिकै
छट्पटाउन थाल्दछौ
उफ्रन थाल्छौ
पुच्छर ले
वरपर हिर्काउन थाल्छौ
किनकी तिमी
आफ्नो मात्र सोच्छौ ।
तिम्रो उफ्राइले
कति किट मरे होलान्
तिम्रो छटपटाइले
कतिलाई पेल्यौ होला
तर तिमी महान छौ
त्यसैले त तिमीलाई
छानि छानि
एक्युरियम मा राखेकाछौँ ।
तिमी मा
उत्पादकत्व छैन
सृजनशिलता छैन
केबल छ त
घमन्ड
सेतो, कालो, हरियो, निलो, रातो
हुनुको ।
परिवर्तन हुनु छ भने
घमन्ड छोड अनि
पानी बिना पनि बाँच्न सिक
अनि तिमी
महान हुनेछौ
विश्वव्यापी हुनेछौ
र
प्रेरणाको स्रोत पनि
नत्र फगत
जन्मनु र मर्नुबाहेक
केही अस्तित्व रहने छैन
केही रहने छैन ।
नोट: एक्युरियम ले संसद/संविधानसभा भवन जनाउँछ भने माछाहरु ले हाम्रा संसद/सभासद जनाउँछ ।
imgsrc:mydigitallife.info