Skip to main content

वनेपा मा बाढि

गएराती देखि बिहान अबेर सम्म लगातार पानी परिरह्‍यो । खडेरी लागेको र गर्मी बढेका कारण पनि धेरै पछि परेको पानीले धेरैलाई आड भरोसा दिएको छ । पर्दा फिटिक्कै नपर्ने अनि पर्दा अत्याधिक पर्ने भएका कारण आज केही ठाउँको जनजिवन प्रभावित रहे । काठमाडौँ मा त थुप्रिएको फोहोर अनि त्यस माथि परेको पानी का कारण सडक मा हिँडिनसक्नु भएको छ । त्यस्तै मनोहरा खोला किनारा मा बसोबास गर्ने सुकुम्बासीहरुलाई पनि बाढि ले प्रभावित गरेको छ । यसैगरि भक्तपुर को ठिमी क्षेत्रमा पनि हनुमन्ते खोला मा आएको बाढिका कारण जनजिवन अस्तव्यस्त बनेको छ । बाढि घरभित्र पसेको छ, अनि रोड बाट पनि बाढि बगेको छ । हिम इलेक्ट्रोनिक्स, श्रद्धा नर्सिङ क्याम्पस, सा:ख टोरस्टिल को डिपो, श्यामा श्यामा धाम जलमग्न देखिन्थे । त्यस्तै वनेपा को पश्चिमी छेउ मा रहेको पुण्यमति खोला मा बाढि आएका कारण दिउँसो केही घन्टा सडक अबरुद्ध भएको थियो । खोला बाट बग्नुपर्ने पानी सडक बाट नै बग्न थालेपछि, यातायात आवागमन ठप्प बनेको थियो । पछि बेलुका ४ बजे तिर देखि एक एक ओटा गर्दै पालै पालो गाडिहरु पास गराइएको थियो । बाढि प्रभावित क्षेत्रमा उल्लेख्य मात्रामा प्रहरी परिचालन गरिएको थियो भने वनेपामा सयौँ को सङ्ख्या मा गाडिहरु लाम लाग्दा, हजारौँ यात्रीहरु जाम मा फस्नुपरेको थियो । यसै मेसोमा वनेपा को बाढि र लाम मा लागेका सवारी साधनहरु को केही दृश्यहरु यहाँ राखेको छु ।




























बाढिले तहल्का मच्चाइरहँदा वनेपा को पुर्वि छेउ मा भने, कुनै नेपाली चलचित्र को सुटिङ हुँदैथियो ।

Comments

  1. आकार जी धन्यबाद फोटोका लागि मेरो केहि बर्ष अगाडिका दिनहरु याद गराइदिनु भो । बनेपा मा जुनबेला पानी ठुलो परेपनि यस्तै हो । म प्रगति प्रभात मा पढ्दा स्कुलनै पानी परेर बन्द हुन्थ्यो पुण्यमति खोलाले प्रत्येक बर्ष दुख दिन्थ्यो । अहिले पनि त्यहि हालत रहेछ ।

    ReplyDelete
  2. लौ कस्तो बाढी आएको रहेछ। बापरे बाप।

    ReplyDelete
  3. ओहो! कस्तो बर्बादै पो भएछ ।

    ReplyDelete
  4. कस्तो बिजोग हिजो सम्म नआउदा बिजोग थियो तर आज पानी आउदा बिजोग छ, कसै गरे पनी सुख नहुने !
    जेहोस देशको अबस्था को अबगत गराइदिनु भएकोमा आकार जी लाइ धन्यबाद !

    ReplyDelete
  5. फोटाहरु र समाचार यहाँ राखेकोमा आकारलाई धन्यबाद! यस्ता कुराले गर्दा हुने क्षति सकेसम्म कम होस् भनेर अलिक पूर्व तयारी गर्ने बानी कहिल्यै लागेन हामी नेपालीलाई, न राज्यलाई न जनतालाई।

    ReplyDelete
  6. यो पानी भन्ने झोल नबर्षे दु:ख बर्षे पनि अझै दु:ख हाम्रो लागी । समयमै नियन्त्रणको निगरानी नगर्दा सबै जलाम्मे । ताजा फोटोहरु बाँडनु भएकोमा धन्यबाद आकार जी ।

    ReplyDelete
  7. Aakar jee, thanks for the photos of flooding. Urban flooding is main problem in Nepal due to insufficient drainage capacity. Preventive measures should be taken against urban flooding.

    ReplyDelete
  8. nice photo-story.... abba jhagada parne bho!! hehe

    ReplyDelete
  9. हे दैव, सधे हाम्रै भागमा किन यस्तो? कहिले अनावृष्टि र हाहाकार,,, कहिले अतिवृष्टि र हाहाकार !

    ReplyDelete
  10. हे दैव, सधे हाम्रै भागमा किन यस्तो? कहिले अनावृष्टि र हाहाकार,,, कहिले अतिवृष्टि र हाहाकार !

    ReplyDelete
  11. nice photo-story.... abba jhagada parne bho!! hehe

    ReplyDelete
  12. यो पानी भन्ने झोल नबर्षे दु:ख बर्षे पनि अझै दु:ख हाम्रो लागी । समयमै नियन्त्रणको निगरानी नगर्दा सबै जलाम्मे । ताजा फोटोहरु बाँडनु भएकोमा धन्यबाद आकार जी ।

    ReplyDelete
  13. लौ कस्तो बाढी आएको रहेछ। बापरे बाप।

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post