
Listen to Neelam Karki's Story in RadioBachan.

‘हवन’ कथा संग्रह मा रहेका ४ वटा कथाहरु आज वाचन गरिँदैछ । सुरुमा ‘२०६२ को राजमार्ग’ वाचन हुँदैछ, जुन कथा ले तत्कालिन नेपाल को अवस्था को सजिव चित्रण गरेको छ । कुनै पात्र नभएपनि, यो कथा ले धेरै कुरा भनिरहेको छ, जनयुद्ध, माओवादी, सेना, जनताले खेपेका सकस र सास्ति !
त्यसपछि ‘दोस्रो बिहे’, ‘जन्मिन नपाएका नानीहरु’ र ‘हारजित’ कथा वाचन हुनेछ । निलम कार्कीका कथाहरुले अधिकांशका व्यथाहरु बोकेका छन् । भ्रुण हत्या को विषय ‘जन्मिन नपाएका नानीहरु’ कथा मा समेटिएको छ, भने वैवाहिक सम्बन्ध आदि का बारेमा बाँकि कथा मा लेखिएको छ ।
निलम कार्की ‘निहारिका’ को हवन कथा मा संग्रहित केही कथाहरु आज को बसाइ मा वाचन गरियो भने, केही कथाहरु अर्को बसाइमा वाचन गरिने छ । यहाँहरुलाई यो वाचन कस्तो लाग्दैछ, कथाहरु कस्तो लाग्यो, जान्ने उत्सुकता हामी मा रहेको छ । धन्यवाद अच्युत घिमिरे अनि धन्यवाद लेखिका निलम कार्की ‘निहारिका’ ।
-माथिको अडियो डाउनलोड गर्नुहोस् ।