Skip to main content

लोडसेडिङ जिन्दावाद !!!

हामी नेपाली को बानी नै नराम्रो, हरेक कुरा मा हामी कमेन्ट गर्छौँ । अझ सरकार को कामकारवाही प्रति त सँधै प्रतिपक्षी कै व्यवहार गर्छौँ, भन्या ! जे मा नि कमेन्ट गर्न हामी साह्रै खप्पिस छौँ के, अब घरमै पनि पहिले खाना खायो, अन्तिम मा कमेन्ट गर्दिहाल्छौँ, यो तरकारी मा नुन चर्को रै’छ । यी त भए, साधारण कुरा अनि प्राय: नोटिस पनि गरिँदैन । तर राष्ट्रिय स्तरमा भए गरेका त हामी हरेक कुरा मा खोट देख्छौँ, कमेन्ट गर्दिहाल्छौँ ।

तपाईहरुलाई थाहा छ, अहिले १६ घन्टे लोडसेडिङ को चर्चा चारैतिर छ, जो सँग भेट भो, कि त्यही कुरा बाट गफ सुरु गर्छ, अनि फेरी उही सरकारलाई धारे हात लाउँछ । ए बाबा ! हैन, सबैको किन दिमाग भ्रष्ट भा’को होला, लोडसेडिङ शब्द सुन्ने बित्तिकै । लोडसेडिङ को फाइदा कति छ, कति , ख्वै कोही पनि बुझ्नै चाहँदैनन् भन्या ! भन्छन् नि, मान्छेहरु “चर्चित हुनु छ भने, कि त राम्रो काम गर्नुपर्छ रे, कि साह्रै नराम्रो काम”, बिचका काम गर्नेहरु त सदा पेन्डुलम नै रहन्छन् । न उनीहरु को कहीँ चर्चा, न कहीँ खोजखबर, अस्तित्व नै नभएजस्तो, या भनौँ डायनोसर का प्रजाती लोप भए जस्तै बिचका त काम गर्ने त लोप नै भएर जान्छन् !


अधिकांश ले भन्छन्, विदेश मा “नेपाल” भन्ने ठाउँ भन्दा प्राय: ले त्यो अर्कै शहर “नेपल्स” भन्ने बुझ्छन् रे ! अनि उनीहरुलाई बुझाउन, उही “सगरमाथा” को कुरा गर्नु पर्छ रे ! तर अब लोडसेडिङ को देश भनेर पनि ठ्याक्क पत्ता लगाउँछन् रे, “नेपाल” भन्दा । लोडसेडिङ त हाम्रो गौरव को कुरा पो हो त !

तपाईहरुलाई थाहा छ, जसरी अँध्यारो पछि, उज्यालो आउँछ हो त्यसरी नै नेपाल पनि “नयाँ नेपाल” बन्ने तरखर मा छ रे ! अब भैरा’को लाई एक्कासी नयाँ भन्दा धेरै नेपाली को मुटु ले नथाम्ला भनेर, नयाँ बनाउनुभन्दा पहिले, एकपटक नेपाललाई अन्धकार मा विचरण गरा’को मात्रै हो रे, यो कुरो कल्ले बुझ्ने ? अनि अहिले अन्धकार भएपछि, पो पछि एकदम नयाँ नेपाल बन्छ त !

जलस्रोत को दोश्रो धनी देश भनेर नेपाल कहलिएको छ, अब त्यो भन्दा बढि गौरब को कुरा, लोडसेडिङ को देश भनेर चिनिएको छ । नेपाल र नेपाली त साह्रै युनिक पो छन् त हो ! याद गर्नु भा’छ, नेपाल को राष्ट्रिय झण्डा पनि विश्वका अरु देशका झण्डा भन्दा पृथक छ या भनौँ युनिक छ । हाम्रो देश युनिक छ नि, विश्व कै अग्लो शिखर सगरमाथा छ । अझ नेपालीहरु को बानी पनि साह्रै युनिक छ के ! युनिक भन्ना को मतलब जस्तो परिस्थिति मा पनि बाँच्न सक्छन् नेपालीहरु । उहीले विर बलभद्र पानी विना युद्ध लडेकै हुन् । हामी पनि बाँचेकै छौँ, पानी बिना, बत्ति बिना । डिजेल र पेट्रोल को अभावमा पनि बाँचिएकै हो ।

दैनिक १६ घन्टा लोडसेडिङ हुने देश नेपाल हो, आहा ! कति पृथक छ हाम्रो पहिचान । अनि लोडसेडिङ भो भनेर, सरकारलाई गाली गर्नेहरुको जत्था देख्दा पनि साह्रै कन्सिरी नै तातेर आउँछ भन्या । अस्ति केही सित गोप्य वार्ता भा’थ्यो के, लोडसेडिङ को बारेमा । अनि लोडसेडिङ को फाइदा थाहा पाएर म त तिन छक् नै परेँ नि ।

अब देश नयाँ बनाउने बेला, पहिले नै उज्यालो भयो भने, नेपाल नयाँ बन्दै बन्दैन । अनि अर्को कुरा, काम गर्नुपर्ने बेलामा नेपालीहरु चाँहि टिभि हेर्न मै व्यस्त हुन्छन् । अब बिजुली नभएपछि, उनीहरु टिभि हेर्दैनन्, कम्प्युटर चलाउँदैनन्, व्यर्थमा जाने समय अब काम मा उपयोग हुने भो । तपाईलाई थाहा छ, लोडसेडिङ ले गर्दा बेरोजगारी समस्या त पुरै हल नै पो भएको छ त ! पहिले पो, केही ले जागिर खान्थे, अफिस, कलकारखाना जान्थे, अनि जान नपाउनेहरु चाँहि हामी बेरोजगार भनेर कुर्लन्थे । तर अब त हामी सबै बराबरी हौँ नि, सबै बेरोजगारी भएपछि, कसको रिस गर्ने हैन त ? उही सत्ता बाहिर बस्दा, फुर्ति हाँक्ने अनि सत्ता मा गएपछि लुरुक्क पर्ने जस्तै त हौँ नि हामी नेपाली पनि । अब कोहि पनि अफिस नजाने भएपछि, पहिले काम पाइएन भनेर कराउनेहरु पनि चुप भैहाले नि । अनि थाहा छ, पहिले चोर डाका लाई कति गाह्रो पर्थ्यो लुट्न, तर अहिले कति सजिलो छ उनीहरुलाई । चारैतिर अन्धकार हुन्छ, उनीहरु आनन्द ले जान्छन् अनि घर फोरेर निस्कन्छन् । उनीहरुको माग प्रति सरकार कति सजग छ, १२ घन्टा मा चोर्न नभ्याउलान भनेर १६ घन्टा नै लोडसेडिङ गर्देका छन् । कम्ति मा सरकारमा बस्नेले कम्तिमा चोर फटाहा का कुरा त सुनेकाछन् । अत: उनीहरुले हाम्रा लागि केही गरेनन् भनेर कराउनु व्यर्थ छ है !

लोडसेडिङ को फाइदा र महिमा भन्दै जाने हो भने, यहाँ नै नअटाउला भन्ने पिर छ आफूलाई चाँहि । धेरैलाई थाहा नहोला, यही लोडसेडिङ गराएर जनतालाई राहत दिनको लागि, उहिले मर्मत गर्नुपर्ने टर्वाइनहरु अहिले सम्म पनि मर्मत गरिएको छैन । मर्मत खर्च करोडौँ लाग्दोरहेछ, अत: मर्मत गरेन भने यहाँ को पैसा विदेश नजाने भो, अनि सोचौँ त नेपाल कति धनि हुन्छ । आजको पत्रिका मा नै छापिएको छ नि, कुलेखानी को मिसिन मर्मत गर्न भारत लाने भइयो रे, मर्मत खर्च १ करोड भन्दा बढि लाग्छ रे । कम्ति मितव्ययी छौँ त हामी खर्च गर्ने सिलसिला मा, त्यही त उहिले देखि बिग्रिएका मिसिनहरु मर्मत गरिएको छैन, पैसो विदेशिने भय ले । यहाँहरु कत्ति को जानकार हुनुहुन्छ, कालीगण्डकी को मिसिन मा गडबढि आएको धेरै महिना भैसक्यो, कुलेखानी मा पनि ४ वटा जति मिसिन ले काम नै गर्दैनन्, ४६-४७ सालतिरै अरुण बनाउने कुरा उठेर अलिकति काम पनि गरिसकेको रहेछ, अनि पछि आयोजना त्यसै तुहाइएछ । अस्ति भर्खर उद्‍घाटन गरिएको मध्यमर्स्याङ्दि पनि दोब्बर समय लगाएर बनाइएको रहेछ । पोहोर, तामाकोशी लामा बगर को पनि धेरै चर्चा चलेको थियो, काम उही कछुवाको गति मा हुँदैछ रे ।

अर्को गज्जब को कुरा, मोबाइल को नेटवर्क ठीक छ, भनेर देखाउन को लागि पनि लोडसेडिङ गरिएको रहेछ । कसरी भन्नुहोला, अब लोडसेडिङ भएपछि, बेलामा मोबाइल को ब्याट्रि चार्ज गर्न पाइँदैन, अनि आधा भन्दा बढि मोबाइलहरु सबै स्विच अफ हुन्छन् । त्यसपछि, बाँकि रहेका मोबाइलमा नेटवर्क को समस्या हुँदैन भन्ने, हाम्रा प्रगतिशील नेताहरुको निष्कर्ष छ ।

त्यस्तै वातावरण जोगाउन को लागि पनि लोडसेडिङ गर्नुपरेको अर्काथरी को भनाइ छ । लोडसेडिङ का कारण वातावारण मा वायुप्रदुषण को मात्रा घटेको छ । अब, लोडसेडिङ नहुँदा, सबै कलकारखाना चलेका थिए, अनि त्यसबाट निस्कने धुँवा धुँलो ले वातावरण मा निकै नकरात्मक असर पारेको थियो । तर अब वातावरण मा धेरै सुधार हुनेछ, किनभने, अधिंकाश उद्योगहरु बन्द भैसकेकाछन् ।

जेहोस् अरु केही नभएपनि, लोडसेडिङ को देश भनेर परिचित हुन पाइएको छ, संसार भर, सायद यही नै हाम्रो लागि नयाँ नेपाल का नेताहरुले दिएको उपहार होला ! साथीहरु लोडसेडिङ भनेर अब गनगन नगरौँ है धेरै, बरु हाम्रो पृथक पहिचान या भनौँ परिचयलाई आत्मसात गरौँ, सरकार को काम कारवाही लाई धेरै कमेन्ट नगरौँ, आखिर कमेन्ट गरेर पनि के फाइदा छ त, हैन र ??? आफ्नै समय को सत्यानाश !!!

Comments

  1. ???????????????
    ????????????????
    ??????????????????
    ???????????????????????????????????????? haha...no comment..............................

    ReplyDelete
  2. Lol.. uff sarai nai unique vayou hami nepali haroo pani hahaha .. Aba ta blogging garna chodera chorna tira po laagnu paryo kya .16 hrs pratidin ma 2-3 ta computer ta kaso haat napariyela ta haha

    ReplyDelete
  3. साँच्चै, मेरो एकजना साथीले 'च्याट'मा भन्दै थीयो "आजकल नेपालमा मानिसहरुको पारिवारीक सम्बन्ध सुध्रीरहेको छ रे" किन भन्दा, बत्ति नभएपछि टीभी, कम्प्युटर केहि नचलेका कारण सबैजना संगै बसेर कुराकानि गरेर समय काट्छन त्यसैले रे ... । अब के गर्ने ?, लोडसेडिङ मु्दावाद भनेपनि गरको बत्ती नबल्ने भएपछि जिन्दावाद! नै त भन्ने होला!!!

    ReplyDelete
  4. "जलस्रोत को दोश्रो धनी देश नेपाल"...this is a wrong statement....I don't know how we were fed with this. A year or two ago (I think) there was discussion on a fellow Nepali blogger's site about how a Nepali student studying in Russia wrote a thesis on the 83,000 MW (not sure abt the exact figure) theoretical hydro potential, and suddenly Nepal was "जलस्रोत को दोश्रो धनी देश"...
    I double checked if we are second in anything related to hydro-power, water resource...we are not.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Subscribe to Aakar Post