Skip to main content

कुरुप शब्दहरुको लाश



सुन्नुहोस्, 'लाशहरुको हुलमा सबैभन्दा कुरुप हुन्छ, शब्दहरुको लाश !'

के शब्दहरु को लाश सबैभन्दा कुरुप हुन्छन् ? मैले बुझिँन यसको अर्थ के हो ? अनि कवि के भन्दैछन् 'लाशहरुको हुलमा सबैभन्दा कुरुप हुन्छ, शब्दहरुको लाश'? सुन्नुहोस त, यहाँ कवि 'रमेश श्रेष्ठ' किन यसो भन्दैछन् ? 'अक्षर को खेत' मा डुलेर हामी अघाएनौँ, कान्तिपुर एफएम का कार्यक्रम सञ्चालक 'हेम भण्डारी' यसै भन्दैथिए, यो 'कविता' कविले वाचन गर्नु अगाडि !

कविता सुन्दा निकै बुझेजस्तो लाग्छ, अहँ तर फेरी के भनेको हो, म आफैँ छक्क पर्छु । सायद, "शब्दहरुको लाश" लेखनी मा रहन्छ क्यार । अनि यस संसार मा मान्छेहरु रहेसम्म, "शब्दहरुको लाश" रहनेछन् । अनि, रहरले कविता लेख्ने, रहर ले गजल लेख्नेहरुले त, कवितालाई, गजललाई मात्रै "शब्दहरु को लाश" बनाएका त हैनन् ? सायद, कविले यसै कुरालाई उठाउन खोजेका हुन् कि ? तपाईलाई के लाग्यो ? यो "शब्दहरुको लाश" भनेको के होला ? कि यो साहित्यमा प्रयोग हुने 'बिम्ब'हरुका कारण ले बुझ्न कठीन भएको त हैन ? आखिर खास मा के हो त यो "कुरुप शब्दहरुको लाश" !

माथिको अडियो डाउनलोड गर्नुहोस् ।

Comments

  1. कस्तो राम्रो कविता !! साँच्चै नै धेरै नराम्रो हुन्छ अक्षरहरूको लास !!

    ReplyDelete
  2. Khai.. sabdaharu jati maanche haru baachna sake kati jaati hunthyo hola bhanera sochhchu ma ta !!

    ReplyDelete
  3. त्यसो त शब्दहरु स्वयँमा कहिल्यै रोगी हुँदैनन न मर्छन र लास नै बन्छन । मैले त निर्लज्ज , फोहोरी र घिनलाग्दो शब्द पनि देखेको छैन । केवल शब्दलाई प्रयोग गर्ने / गराउने नियतहरु भने कुहिएको सिनो झैँ गन्हाउने हुन्छन । यो कवितामा कविले त्यही कुरा उल्लेख गर्नुभए जस्तो लाग्यो । धेरै राम्रो कविता ।

    ReplyDelete
  4. जुन शब्दको कुनै अर्थ हुँदैन जहाँ अर्थ हुनु पर्ने थियो , जुन शब्दमा उर्जा हुँदैन जहाँ उर्जाको आवश्यकता थियो त्यस्तो शब्द खर्च गर्ने हरु प्रती को ब्यङ्ग हो जस्तो लाग्छ 'शब्दहरुको लाश' शब्द ।

    ReplyDelete
  5. Khai.. sabdaharu jati maanche haru baachna sake kati jaati hunthyo hola bhanera sochhchu ma ta !!

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post