सरल शब्द अनि छन्दमा रचित, नवराज लम्साल ज्यु को कवितावाचन सुन्नुहोस्, लम्साल ज्यु बाटै ।
सायद, नवराज लम्साल लाई नचिन्ने, साहित्यप्रेमीहरु कमै होलान । एक कुशल रेडियो प्रस्तोता का अलवा साहित्य सर्जक पनि हुन, नवराज लम्साल ।
आज यहाँ, नवराज लम्साल ले रच्नुभएको, अनि आफैँले वाचन गर्नुभएको 'फर्कन्छु साथी म त' भन्ने कविता लिएर आएका छौँ । केही हप्ता अगाडि गुरुकुल मा भएको पैसो तिरेर सुन्ने, कविता वाचन कार्यक्रम बाट यो कविता रेकर्ड गरिएको हो । स्मरणीय रहोस्, गुरुकुल मा प्रत्येक हप्ता कविता वाचन हुनेगरेको छ ।
"विदेश पुग्दा, साथिहरुले नेपाल नफर्क भनेर आग्रह गर्दा, यो कविता लेखिएको हो", नवराज लम्साल ले यसै नै भन्नु भएको थियो, कार्यक्रम मा । विदेशमा रहेका नेपालीहरुलाई सायद यो कविता ले घोच्न पनि सक्छ, अत: हामी पहिले नै क्षमा माग्न चाहन्छौँ । अनि आग्रह गर्छौँ, यहाँहरुले कवितालाई कसरी लिनुभयो, अनि हाम्रो यो सानो प्रयास यहाँहरुलाई कस्तो लाग्यो ?
माथि को अडियो डाउनलोड गर्नुहोस् ।