अपडेट: काठमाडौँ विश्वविद्यालय एम्नेस्टि इन्टरनेसनल युथ नेटवर्क ले आयोजना गरेको कार्यक्रम "मानवअधिकार र युवाको भूमिका" विषयक कार्यक्रम मा मानवअधिकारकर्मी कृष्ण पहाडीले राख्नुभएको विचार सुन्नुहोस् ।
आज मिति २०६५ मंसिर २२ गते आइतबार का दिन काठमाडौँ विश्वविद्यालय धुलिखेल मा “मानवअधिकार विश्वव्यापी घोषणापत्र,१९४८ डिसेम्बर १०” (Universal Declaration for Human Right) जारी भएको ६० औँ वर्ष को सन्दर्भमा काठमाडौँ विश्वविद्यालय एम्नेस्टि इन्टरनेसनल युथ नेटवर्क (Kathmandu University Amnesty International Youth Network) ले "मानव अधिकार र युवाहरुको भुमिका" विषयक अन्तरकृयात्मक कार्यक्रम गरेको थियो ।
कार्यक्रम मा तीन सय भन्दा बढि युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम तीन बजे सुरु भएर साँझ साँढे पाँच बजे सकिएको थियो । कार्यक्रममा, काठमाडौँ विश्वविद्यालय का भूतपुर्व विद्यार्थीहरुले निर्माण गरेको “उजेली” नामक वृतचित्र समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रम को सभापतित्व काठमाडौँ विश्वविद्यालय एम्नेस्टि इन्टरनेसनल युथ नेटवर्क का संयोजक ओमप्रकाश सापकोटा ले गरेका थिए । कार्यक्रममा, प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रोफेसर डाक्टर पुष्पराज अधिकारीले "मानवअधिकार सम्बर्धन गर्न प्रथमत आफ्नो आचरण सुधार्नुपर्ने" कुरा मा विशेष जोड दिनुभएको थियो । अर्का अतिथि मानवअधिकारवादी नेता कृष्ण पहाडिले “मानव अधिकार के हो, अनि के का लागि भन्दै, मानवअधिकार प्रति सबैजना सजग रहनुपर्ने” कुरा बताउनु भएको थियो । उहाँले "ग्लोबल वार्मिङ र मानवअधिकार" को बारेमा पनि बोल्नु भएको थियो ।
लन्डन बाट आउनु भएकी एम्नेस्टि ईन्टरनेसनल अन्तराष्ट्रिय सचिवालय सदस्य एलेन्डा फोस्ट (Yolanda Foster) ले "महिला हिंसा र यातना का विरुद्ध सबैलाई सचेत रहन आग्रह गर्दै, अब बन्ने नयाँ सविंधान मा महिला अधिकार को पुर्ण ग्यारेन्टि गराउन सम्पुर्ण महिला सभासद र सबै नेपाली महिलाहरुलाई आह्वान गर्नु भएको थियो । त्यस्तै एम्नेस्टि नेपाल सेक्सन का डाइरेक्टर रामेश्वर नेपाल ले “मानवअधिकार को बारेमा युवाहरुले चासो राख्नु सह्रानिय छ भन्दै, मानवअधिकार आन्दोलनमा युवाहरु को सहभागिता" को बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रम मा काठमाडौँ विश्वविद्यालय प्राध्यापक संघ का अध्यक्ष राम प्रसाद घिमिरे ले पनि “मानवअधिकार र युवा को भुमिका” का बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।
माथिको अडियो डाउनलोड गर्नुहोस् ।