Skip to main content

Captions without Photo

दृश्य – १
काठमाडौँ जानुपर्ने थियो, अफिस ले एकचोटि आउनुपर्यो भनेर खबर गरेको थियो । अत: कलेजमा एउटा म्याथ क्लास लिएर अफिस जाने विचार गरेँ । तर साथी ले भन्यो, अफिस बाट फोन आ’कोथ्यो म्याम को, अफिस जुन २-३ तारीख तिर गए हुन्छ रे ! मैले भैहाल्यो त्यतिनैखेर जाउँला नि त भने । तर काठमाडौँ जान खुट्टो उचालीसकिएको भएर, अफिस नगएपनि काठमाडौँ भने जाने भएँ ।


दृश्य – २
बाटोभरी लाम लागेका गाडिले डिजेल,पेट्रोल को अभाव र’छ भन्ने जानकारी दिए । हाम्रो गाडिमा पनि डिजेल कम र’छ, तर म अचम्म मा परेँ, किनकि हाम्रो गाडिले त सजिलै डिजेल पायो । थाहा पाएँ, पेट्रोल पम्पले आफ्ना गाडिलाई मात्र तेल दिएको र’छ । पेट्रोल पम्प मा डिजेल छैन भनेर बोर्ड झुन्ड्याइएको थियो, भने पम्पलाई पनि सटर लाएर राखिएको थियो । बाहिर बाट हेर्दा पम्प बन्द देखिन्थ्यो तर भित्र पट्टिको पम्प को सटर भने आधा खोलिएको थियो । भन्न को मतलब पम्प (मेसिन) लाई फलामे सटर भित्र राखिएकोथियो, जुन सडक बाट हेर्दा बन्द देखिन्थ्यो,सटर लगाएकोले तर अर्को साइड भने खुल्लै थियो । (सायद स्पष्ट पार्न सकिन होला ?)


दृश्य - ३
काठमाडौँमा सडक विस्तार गर्न बिजुलीका पोलहरु उखेलिएको रहेछ,भने सडक पनि अस्तव्यस्त देखिन्थ्यो । एक जना प्यासेन्जर भन्दै थिए –“चुनाव भएपछि नयाँ नेपाल बन्छ भन्थे, साँच्चै हो पो रै’छ, लौ कस्तो फराकिलो नयाँ बाटो बनाउन लागेको र’छ” । मैले कही प्रतिक्रिया जनाइँन, मात्र मनमनै हाँसे ।


दृश्य – ४
कम्प्युटर पसल मा केही काम थियो । अत: म पुतलिसडक को एक कम्प्युटर पसलमा थिँए । एकछिन पछि एक महिला आइन, उनकी छोरी पनि थिइन है साथमा । त्यही १६-१७ वर्षे छोरीको लागि कम्प्युटर किन्न आएकिरहिछन् ।कोटेसन फर्म पनि, पसले दाइ ले भर्नुभयो, अनि मनिटर कुन राखिदिँउ भनेर सोध्नुपनि भयो । ती महिलाले भनिन् –“१९ इन्च को एलसिडि”, पसले दाइ-“१७ कै लिए हुन्छ नि, अलिकति मात्र ठूलो त हो, १९ भन्दा, बेक्कार मा केलाई पैसा बढिहाल्नुहुन्छ” । त्यसपछि ती महिला ले भनेको कुराले म छक्क परेँ । ती महिलाले भनेकि थिइन् –“त्यो जाबो १७ इन्च त सबैको घरमा छ नि, हाम्रो त्यो सबै छिमेकी को मा पनि १७ को छ, त्यसैले के लानु त्यस्तो १७ इन्चको, हामी त १९ इन्च कै लाने हो” । भन्न त मन लागेको थियो, उसोभए प्रोसेसर केलाई पेन्टियम फोर हाल्नु, कोर टु डियो हाले हुन्छ नि, त्यस्तै लाग्ने भए त । तर भनिँन किनकी उनी मनिटरलाई नै कम्प्युटर हो भन्ने किसिम कि महिला हुन् भन्ने कुरा मैले बुझिसकेको थिँए ।


दृश्य – ५
रत्नपार्क का प्रचण्डका होर्डिङ बोर्डहरु तोडिँदै थिए, मलाई यतीखेर मात्र महसुस भयो कि, प्रचण्ड पनि सस्तो लोकप्रियता का पछि लागेका रहेछन् । जसरी राजा ज्ञानेन्द्रका पालामा उनका होर्डिङ बोर्डहरु जुनशैली मा सडक छेउ मा टाँगिएका थिए, त्यसरी नै प्रचण्ड को बोर्डहरु पनि राखिएको छ सडक किनारामा, पहिलो राष्ट्रपति र महान् पार्टि भन्दै । अनि जसरी राजा ज्ञानेन्द्रका होर्डिङ बोर्डहरु तोडिएको थियो त्यसरी नै,त्यही शैली प्रचण्ड का होर्डिङ बोर्डहरु तोडिँदै थिए । अनि ति बोर्डहरु तोड्दै थिए कांग्रेस, एमाले लगायतका युवाहरुले, जसमा माओवादीबाट मारिएका कोटेश्वरका रामहरि श्रेष्ठका परिवारले पनि साथ दिइरहेका थियो । लाग्यो माओवादी को पाप को घडाहरु भरिइसकेकाछन् र अब ति पापका घडाहरु फुट्न मात्र बाँकी छन् ।



दृश्य – ६
बाटो काट्नै लागेको थिंए, पुतलिसडक चोकै मा मोटरसाइकल ले एकजना ११-१२ वर्षे बालक लाई ठक्कर दियो, बालक को खुट्टालाई छोएको थियो मोटरसाइकल ले, तर मोटरसाइकल रोक्नलाई ट्राफिकले नै थर्काउनुपर्यो भन्न को मतलब मोटरसाइकल हाँक्ने ले मोटरसाइकल झनै पो कुदाउन थालेको थियो । बालकलाई २-३ जनाले उठाएर छेउमा ल्याए, एउटा वटुवाले मोटरसाइकल चलाउनेलाई एक चड्कन दि’हाल्यो । साँच्चै कुरा गर्ने हो भने, मोटरसाइकल चालक को गल्ति भने थिएन, यद्यपी ठक्कर दिइसकेर पनि नरोक्नु चाँही मिचाहा प्रवृति थियो । यस्ता प्रकृतिका घटनाहरुमा सवारी साधनहरु नै जिम्मेवार ठहरिने गरेकाछन् ।

यो आँखै अगाडि देखेको दुर्घटना ले ५-६ वर्ष अगाडि घटेको अर्को घटना याद आयो, जसको एक्लो साक्षी म थिँए । जहाँ एउटा टाटा-सुमो ले बाटो काट्दैगरेको एक बालकलाई ठक्कर दिएको थियो, त्यो बालक रोडमा बजारियो र ३-४ फन्का गुड्यो, अनि हिक्क-हिक्क गर्दागर्दै एकैछिन मा प्राण त्याग्यो । उसले लगाएका चप्पलहरु टाढा-टाढा उछिट्टिएका थिए भने उसलाई ठक्कर दिँदा केही पड्केको झैँ आवाज आएको थियो । त्यो टाटा-सुमो रोकिएन झन् बेग ले बत्तिँदै अगाडि बढ्यो । म १३-१४ वर्षे फूच्चेलाई थाहा थियो गाडि नम्बर नोट गर्नुपर्छ भन्ने तर अहँ सकिन, मेरो जिन्दगी मा यस्तो दुर्घटना पहिलो थियो र २ मिटर वर बाट देख्ने म एक्लो थिँए, गाडि नम्बर नोट गर्न सकिन, किनकी म धेरै तर्सेको थिँए उक्त घटना देखेर जसरी माओवादीले सर्लाही को लालबन्दि मा गरेको चौकी आक्रमणमा मरेका प्रहरी तथा माओवादीका छरपष्ट गिदि तथा लाशहरु देखेर म तर्सेको थिँए र हिँड्न पनि नसक्ने अवस्थामा पुगेको थिँए । मेरो घाँटि सुकिरहेको थियो, अनि मेरो शरीर पुरै सेतो भएको थियो, अनि म थरथर काँपिरहेको थिँए । तर जम्मा भएका मान्छेहरुलाई भने टाटा-सुमो ले हानेको र त्यो गाडि अगाडि हुँइकिदै गएको बताएँ, केही बेरमै उक्त गाडिलाई वर्दिवास तिर पक्राउ गरियो पनि । म कामना गर्छु त्यस्तो दुर्घटना घट्दै नघटोस्, अनि मेरा आँखा ले देख्नु नपरोस्, म ती सबै कुरा हेर्न सक्दिन । अत: पुतलीसडक मा पनि अलि भिड बढेपछि म आफ्नो बाटो लागेँ ।


दृश्य – ७
कोटेश्वरमा एक फिल्मी कलाकार ध्वाँस दिदैँ थिए –“अस्ति भा’को फुटबल मा अझै धेरै गोल ठोकिन्थ्यो, पछि अलि राम्रो खेलेनन्” ।


जेठ ६ गते सोमबार को विवरण


Comments

  1. ktm berojgar lai jhur, ani rojgar lai ta jhan maha jhur.......malai ta fittikai man parena ktm ..tara yasko matlab yaha ko life man parena vaneko chai haina hai......

    Our capital must be changed frm ktm to another place..

    ReplyDelete
  2. You had a great day cuz you could experineced in many nonnatural thing on same day...........

    ReplyDelete
  3. मलाई त सँगइ काठमाडौंमा गुमन गये जस्तो लगेयो,

    ReplyDelete
  4. You have depicted the real kathmandu in this post.

    Speaking frankly, not a single "दृश्य" is pleasent but the way you described it is touching and interesting.

    I hope Kathmandu and Kathmanduties will change....

    ReplyDelete
  5. पहिलो दृश्यमा तपाईंले लेखेको कुरा पढेजस्तो लाग्दैथियो । बाँकी छवटै दृश्यहरु आफनै आँखाले देखेझैं लाग्यो । साह्रै राम्रो प्रस्तुती ।

    ReplyDelete
  6. I liked seen 4. Did she buy the computer.

    ReplyDelete
  7. Yeah,she did it.......And monitor was of 19 inch LCD...... hehe... :)

    ReplyDelete
  8. I liked seen 4. Did she buy the computer.

    ReplyDelete
  9. You have depicted the real kathmandu in this post.

    Speaking frankly, not a single "दृश्य" is pleasent but the way you described it is touching and interesting.

    I hope Kathmandu and Kathmanduties will change....

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

KU Holi 2066 [Pictures]

This year also, I’ve celebrated Holi (Fagu Purnima) at Kathmandu University, Dhulikhel Kavre. This is my 3rd Holi at KU. Holi is one of the most interesting event over here. We are preserving KU Holi Culture. HAPPY HOLI !!! We have enjoyed a lot today, hope you are also enjoying the festival of colour HOLI. Once Again Happy Holi To You All. Here,  I’m posting some pictures of KU Holi 2066. Enjoy Holi !!!      11th and 13th Photo: By Shakun

मेरो चिनो जालीरुमाल, सेतीछेउ धुन्छे होली ...

मेरो आउने बाटो हेरी, चौतारीमा कुर्छे होली । मेरो चिनो जालीरुमाल, सेतीछेउ धुन्छे होली ।। आँखाभरि आसुँ लिई, वाटो छेक्न खोज्ने उनी । मेलापात आउँदाजाँदा, लुकिछिपि रुन्छे होली ।। चाँडै आउने वाचा गर, तिम्रो यादले मर्छु भन्थी । फर्की आउला कै'ले भनि, दिन मै'ना गुन्छे होली ।। एक्लो हुँदा कै'लेकाँहि, तस्विर हेरी रुन्छे होली । कै'ले टाँसी छातिभरि, कै'ले ओठ चुम्छे होली ।। -मुकुन्द "अनडेस्टिनी" बायोटेक, दोश्रो वर्ष काठमाडौँ विश्वविद्यालय ।

Subscribe to Aakar Post