लाग्छ मेरो हालत पनि पागलको जस्तै छ । कता-कता रिस उठिरहेको छ, आँफैदेखि । एकदम बेग्लै सोच आउनलागेको छ , डर लाग्छ कतै पागल त भइने हैन ! घनचक्कर लेख्ने सञ्जिव उप्रेती ले मात्र नभै हिजो-आज सबै नै आफूलाई(आफूमा) परिवर्तन आएको आभाष गरिरहेकाछन् । साँच्चै हो - म कहिले काँही सोच्दा-सोच्दै कहाँ पुग्छु आफैँलाई थाहा हुँदैन । यो संसार देखि नै विरक्त लाग्छ । हामी के-को लागि यस्तो मारामार गरिरहेका छौँ , आखिर मरेर के लानु छ, अनि बाँचेर के गर्नु छ । फेरी सोच्छु, यो त गर्नै पर्छ । तर के-का लागि प्रस्ट हुन सकिरहेको छैन । के साँच्चै म पनि पागल हुन लागेको हुँ । हैन भने फेरी किन नानाथरिका तर्कना आऊँछन् । किन केही गर्ने जाँगर आउँदैन ।
लेख्ने मन थियो ब्लगमा दिनहुँ - तर खै किन लेख्न सक्दिन , मात्र तर्कना आउँछ । कहिलेकाँही म फेरी सोच्छु,म किन ब्लग मा लेख्ने गर्छु,लेखेर के फाइदा । तर हैन मैले लेख्नै पर्छ र लेख्छु पनि । अनि अनायासै हाम्रा महाकवि लक्ष्मी प्रसाद देवकोटा को "पागल" कविता सम्झन्छु, उनले के पाए र यो सब लेखेर - केहि न केही,उनलाइ पनि त पागल नै त प्रमाणित गरियो । अनि अहिलेकाले मलाई के पागल बनाउन सक्दैनन र ?
म नेपाली हुँ,नेपाली भएर नै बाँच्न चाहन्छु तर किन हो, मलाई कता-कता शंका लाग्नेगर्छ, के-को अनि कस्तो प्रष्ट छैन,कतै राष्ट्रियता नै बदलिनुपर्ने त हैन ।
साँच्चै भन्ने हो भने काठमाडौँ भन्ने ठाँउ पनि मन पर्दैन,(अचम्म म काठमाडौँमा भने छैन)-सबैतिर अभाव मात्रै छ, कस्तो जंगली युगमा बाँचिरहेका छौँ हामी । तर पनि आदर्शका कुरा छाँट्न पछि हट्दैनौँ - सजिलै भन्छौँ संक्रमणकाल हो, यस्तै हुन्छ । खै, यतिन्जेल के भयो र अब के हुन्छ ??? मात्र पागल कविता पढ्न मन लाग्छ,जतिखेर पनि, तर किन थाहा छैन । मात्र देवकोटा को कविता पागल:
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल ।
म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बासनालाई संबाद लिन्छु ।
आकाशभन्दा पतला कुरालाई छुन्छु ।
ती कुरा,
जसको अस्तित्व लोक मान्दैंन
जसको आकार संसार जान्दैन !
म देख्दछु, ढुङ्गालाई फूल !
जब, जलकिनारका जल चिप्ला ती,
कोमलाकार, पाषाण,
चाँदनीमा,
स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर, उठ्दछन् मूक पागलझैँ,
फूलझैँ- एक किसिमका चकोर फूल !
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी !
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न ।
जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा
साथी ! छाल छाल !
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !
तिमी चतुर छौ, वाचाल !
तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले काम गर्छौ,
म छैटौँले !
तिम्रो गिदी छ साथी !
मेरो मुटु ।
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ !
म तरल पद्य छु !
तिमी जम्दछौ जब म पग्लन्छु,
तिमी सँग्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैका उल्टो !
तिम्रो संसार ठोस छ ।
मेरो बाफ !
तिम्रो बाक्लो, मेरो पातलो !
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढीकीको बाटुलो सत्यलाई !
मेरो छ वेग काँडाको साथी !
तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल ।
जरुर साथी ।
मेरो एक नशा ढिलो छ ।