Skip to main content

पागल

लाग्छ मेरो हालत पनि पागलको जस्तै छ । कता-कता रिस उठिरहेको छ, आँफैदेखि । एकदम बेग्लै सोच आउनलागेको छ , डर लाग्छ कतै पागल त भइने हैन ! घनचक्कर लेख्ने सञ्जिव उप्रेती ले मात्र नभै हिजो-आज सबै नै आफूलाई(आफूमा) परिवर्तन आएको आभाष गरिरहेकाछन् । साँच्चै हो - म कहिले काँही सोच्दा-सोच्दै कहाँ पुग्छु आफैँलाई थाहा हुँदैन । यो संसार देखि नै विरक्त लाग्छ । हामी के-को लागि यस्तो मारामार गरिरहेका छौँ , आखिर मरेर के लानु छ, अनि बाँचेर के गर्नु छ । फेरी सोच्छु, यो त गर्नै पर्छ । तर के-का लागि प्रस्ट हुन सकिरहेको छैन । के साँच्चै म पनि पागल हुन लागेको हुँ । हैन भने फेरी किन नानाथरिका तर्कना आऊँछन् । किन केही गर्ने जाँगर आउँदैन ।

लेख्ने मन थियो ब्लगमा दिनहुँ - तर खै किन लेख्न सक्दिन , मात्र तर्कना आउँछ । कहिलेकाँही म फेरी सोच्छु,म किन ब्लग मा लेख्ने गर्छु,लेखेर के फाइदा । तर हैन मैले लेख्नै पर्छ र लेख्छु पनि । अनि अनायासै हाम्रा महाकवि लक्ष्मी प्रसाद देवकोटा को "पागल" कविता सम्झन्छु, उनले के पाए र यो सब लेखेर - केहि न केही,उनलाइ पनि त पागल नै त प्रमाणित गरियो । अनि अहिलेकाले मलाई के पागल बनाउन सक्दैनन र ?

म नेपाली हुँ,नेपाली भएर नै बाँच्न चाहन्छु तर किन हो, मलाई कता-कता शंका लाग्नेगर्छ, के-को अनि कस्तो प्रष्ट छैन,कतै राष्ट्रियता नै बदलिनुपर्ने त हैन ।

साँच्चै भन्ने हो भने काठमाडौँ भन्ने ठाँउ पनि मन पर्दैन,(अचम्म म काठमाडौँमा भने छैन)-सबैतिर अभाव मात्रै छ, कस्तो जंगली युगमा बाँचिरहेका छौँ हामी । तर पनि आदर्शका कुरा छाँट्न पछि हट्दैनौँ - सजिलै भन्छौँ संक्रमणकाल हो, यस्तै हुन्छ । खै, यतिन्जेल के भयो र अब के हुन्छ ??? मात्र पागल कविता पढ्न मन लाग्छ,जतिखेर पनि, तर किन थाहा छैन । मात्र देवकोटा को कविता पागल:

जरुर साथी म पागल !
यस्तै छ मेरो हाल ।
म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बासनालाई संबाद लिन्छु ।
आकाशभन्दा पतला कुरालाई छुन्छु ।
ती कुरा,
जसको अस्तित्व लोक मान्दैंन
जसको आकार संसार जान्दैन !
म देख्दछु, ढुङ्गालाई फूल !
जब, जलकिनारका जल चिप्ला ती,
कोमलाकार, पाषाण,
चाँदनीमा,
स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर, उठ्दछन् मूक पागलझैँ,
फूलझैँ- एक किसिमका चकोर फूल !
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी !
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न ।
जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा
साथी ! छाल छाल !
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !
तिमी चतुर छौ, वाचाल !
तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले काम गर्छौ,
म छैटौँले !
तिम्रो गिदी छ साथी !
मेरो मुटु ।
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ !
म तरल पद्य छु !
तिमी जम्दछौ जब म पग्लन्छु,
तिमी सँग्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैका उल्टो !
तिम्रो संसार ठोस छ ।
मेरो बाफ !
तिम्रो बाक्लो, मेरो पातलो !
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढीकीको बाटुलो सत्यलाई !
मेरो छ वेग काँडाको साथी !
तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल ।
जरुर साथी ।
मेरो एक नशा ढिलो छ ।
यस्तै छ मेरो हाल !

Comments

  1. आज बल्ल पस्दैछु यो ब्लगमा । राम्रो लाग्यो ।

    ReplyDelete
  2. Wow. Nice. कुछ दिन पहले मेरी भी ऐसी ही हालात थी पर अब तो इसी कि आदात हो गई है मुझे। पर क्या आपकी कि हालात कि वजह भी वही है जो मै सोच रही हुँ???

    ReplyDelete
  3. I do write sometimes poems but i am too poor in reading poems bcoz they made you PAAGAL, means to understand you have to think and thinking more habit cause you to feel as a PAAGAL. SO aakar ji stop reading poems rather starts to write it(if u r intrested in poems).

    And one thing honestly, this girl DEEPA is making PAAGAL. I haven't commented her but watching her since my blogging and found that she is in Nepali bloggers links mostly. Do she really understands the Nepali language ????

    Understanding Nepali language doesn't mean to understand Nepali writting too bcoz writting contains vast words, which we also be uncapable to understand. If she really understand then from Nepali bloggers we must say a big HIII to her for such good and nice inclination toward Nepal, Nepali and Nepali Bloggers.

    ReplyDelete
  4. Dont' worry so much Aakar bro! Just keep on puring your madness into this blog so that we can have chance to read real good posts like this.

    ReplyDelete
  5. nice one to read, i too feel like " ma pani katia paagal ta bhaina"

    ReplyDelete
  6. I always be wrong. I thought Navin as Kuire, he wasn't. Thought Dipa as an Indian, she isn't and DrDiva as a Doctor, he isn't. I think i always be wrong. Shit to me........

    ReplyDelete
  7. yo kavita ta ekdamai daami ho ni yaar! jay laxmi prasad devkota!

    ReplyDelete
  8. Remember you are born to live.
    Don't live because you are born!
    Don't go the way life takes you..
    take life the way you go........
    article in nice. keep it up blogging.

    ReplyDelete
  9. As i first time enter to this block i found a really nepalipan here and hope same for coming days

    ReplyDelete
  10. I heard this poem when i was in class 10. My teacher,Rajendra Adhikari told us.... He is brillient reader n writer as well... since three years i read this poem... really, its a very nice poem... Thank you n thank you to Laxmi Prasad Devkota...

    ReplyDelete
  11. I heard this poem when i was in class 10. My teacher,Rajendra Adhikari told us.... He is brillient reader n writer as well... since three years i read this poem... really, its a very nice poem... Thank you n thank you to Laxmi Prasad Devkota...

    ReplyDelete
  12. yo kavita ta ekdamai daami ho ni yaar! jay laxmi prasad devkota!

    ReplyDelete
  13. I do write sometimes poems but i am too poor in reading poems bcoz they made you PAAGAL, means to understand you have to think and thinking more habit cause you to feel as a PAAGAL. SO aakar ji stop reading poems rather starts to write it(if u r intrested in poems).

    And one thing honestly, this girl DEEPA is making PAAGAL. I haven't commented her but watching her since my blogging and found that she is in Nepali bloggers links mostly. Do she really understands the Nepali language ????

    Understanding Nepali language doesn't mean to understand Nepali writting too bcoz writting contains vast words, which we also be uncapable to understand. If she really understand then from Nepali bloggers we must say a big HIII to her for such good and nice inclination toward Nepal, Nepali and Nepali Bloggers.

    ReplyDelete
  14. kavita pura chaina jasto cha ne ?

    ReplyDelete
  15. pagaal kavita ma kabivar le manochitran ati nai suchma ra bhawana ma dubera lekheka kabitalai mero salam cha.

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post