चुनाव त आइसक्यो,देशै चुनावमय भएको छ तर अब मलाई चुनाव प्रति रूची छैन,मलाई चुनाव को कुनै मतलब छैन भन्न मन लागेको छ । तर आफ्नो अधिकार को प्रयोग त सबैले गर्नैपर्छ अर्थात चुनाव मा भोट हाल्नै पर्छ । अन्यथा साँच्चै हो मलाई चुनाव चाहिएन,मलाई किन चाहियो र ? पहिले के भएको थियो अनि अब के नै हुन्छ र ? “जति जोगी आएपनि कानै चिरेका” जो आएपनि केही हुनेवाला छैन । जो आएपनि,जो गएपनि के मतलब ? रेडियो र टिभि ले चुनाव आयो,भोट हाल्नुपर्छ भनेर फुकेको फुकेकै छ अनि आचारसंहिता सबैलाई पालन गर्न पनि आग्रह गरिरहेको छ । तर अफसोच देशमा लोकतन्त्र न’भै मनपरितन्त्र छ,जसले जे गर्दा पनि हुन्छ अनि जे भने पनि हुन्छ,यहाँ कानुन नाम को केही चिज पनि छैन जस्तो छ । लगातार घटिरहेका घटना ले यीनै कुराहरुको संकेत गर्छ साथमा भविष्यमा यसले ठूलै दुर्घटना ल्याउने पक्का छ ।
हिजो भर्खर पनि चुनावी सिलसिलामा हिँडेका नेकपा एमालेका रामेछाप का उम्मेदवार देवशंकर पौडेल लगायत १ दर्जनलाई माओवादी कार्यकर्ता ले कुटपिट गरेका छन् । त्यस्तै हिजै राप्रपा को चितवन को चुनावी कार्यक्रमबाट केही राप्रपा कार्यकर्तालाई पनि अपहरण गरिएको छ । त्यस्तै सूर्यबहादुर थापा,पशुपति राणा लगायतलाई पनि अबरोध गरिएको छ । केही महिना अघिपनि कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडु माथि पनि सांघातिक हमला भएको थियो । साथै दिनैपिच्छे कोही पिटिएकै छन् अनि अपहरणमा परेकै छन् । यस्ता घटना त कति छन् कति छन्,गनेर र भनेर पनि संकिदैन – कहिले वासियल को नाउँमा त कहिले विद्यार्थी को नाउँमा,कहिले यसको नाउँमा त कहिले उसको नाउँमा । साथै “भित्ते राष्ट्रपति” भन्दा त चित्त दुखाउने प्रचण्डले किन अरुको बारेमा सोच्न नसकेकाहोलान् ? किन यहाँ अरु पनि छन् भन्ने कुरा पचाउन नसकेका होलान् ? कुरा प्रष्ट छ,चुनाव धाँधलिरहित हुने छैन । विडम्बना अब चाँहि,यदी धाँधलि भएन भने माओवादिले चुनाव जित्ने पनि छैन ।
“गर्ने भन्दा हेर्नेलाई लाज” भनेजस्तै भा’छ ! स्वघोषित राष्ट्रपति को पार्टि नै यहाँ नियम-कानुन तोड्न माहिर छ,अहिले नै यहाँ यस्तो दुर्दशा छ भने भोलि यिनिहरुबाट के आशा राख्ने ? अनि के राम्रो हुन्छ भन्ने ? आफ्नो बाहेक अरुको भलो नहेर्ने प्रवृति भएका उनीहरुबाट खै के आश गर्ने ? अनि नेपाली जनता को अधिकार र रक्षाको लागि क्रान्ति गरेको पार्टि भनेर कसरी पत्याउने ? भाषणमा यो गर्छु र त्यो गर्छु भन्दैमा र सबैकुरा को अगाडि “जन” भन्ने शब्द जोड्दैमा के जनप्रिय बन्न सकिन्छ र ? जसरी एउटा कुवाको भ्यगुतो ले त्यो कुवा भन्दा बाहेक अरु संसार छैन भन्छ त्यसरी नै माओवादी पनि बाहिर के कस्तो छ भन्ने सोच्दैनन् मात्र लिंडेढिपि गर्छन,चुनाव जितिन्छ अनि बुथ-बुथ मा युथ राखिन्छ भनेर फलाक्छन्,अनि गफमा सबैलाई समान व्यबहार गर्छन् तर काम भने त्यही त हो लुट्ने र कुट्ने । सरी है,माओवादी साथीभाइ नरिसाउनुस् ! तर एकफेर सुर्यबहादुर थापा,पशुपति राणा,देवशंकर पौडेल आदिका लागि पनि सोच्नुस । के उनीहरु चुनाव मा उठ्न पाउँदैनन् ? आफ्नो ठाउँमा जान पाउँदैनन् ? अरु कसैले बोल्न पाउँदैनन् ? यदी पाउँदैनन् भने माओवादीलाई हामी किन संविधान बनाउन भोट दिने ? उनीहरु ले हाम्रो भलो गर्छन् भन्ने के ग्यारेन्टि ?