Skip to main content

Posts

Showing posts with the label Religion n Belief

हामी सबै स्वतन्त्र छौँ, आफ्ना विचार अभिव्यक्त गर्न र हामी आफूलाई विभिन्न माध्यमबाट अभिव्यक्त गर्न सक्छौँ । म आफूलाई अभिव्यक्त गर्न स्वतन्त्र छु, मनलागेको काम गर्न स्वतन्त्र छु, अनि जान चाहेको ठाउँमा जान स्वतन्त्र छु । म आफूलाई जुनसुकै माध्यमबाट अभिव्यक्त गर्न सक्छु, चाहे लेखाइबाट होस्, चाहे गित संगितबाट होस्, वा कलाका माध्यमबाटै किन नहोस्, एक नागरिक’को हैसियतले यी कुराहरु मैले नेपालमा गर्न पाउँछु । अहिले एउटा कलाकारले बनाएको ‘पेन्टिङ’ अनि त्यसको प्रतिकारमा ‘हिन्दु संगठन’ ले कलाकारलाई दिएको धम्की, अनि कलाकारले बनाएको ‘पेन्टिङ’ को पक्ष अनि विपक्षमा बहस भइरहेकोछ । ती बहसहरु हेर्दा मलाई लाग्यो, हामी सबैजना आफ्नो अनुकुल हुने ‘स्वतन्त्रता’को वकालत गरिरहेकाछौँ । यही ब्लगमा पनि मैले ‘आफू अनुकुल स्वतन्त्रताको वकालत’ गरेको तपाईहरुलाई लाग्न सक्छ । हामीहरु आफूलाई अभिव्यक्त गर्न स्वतन्त्र भएका कारण कलाकारले आफ्नो स्वतन्त्रताको उपभोग गर्दै, आफूलाई उक्त चित्रहरु मार्फत व्यक्त गरे, आफ्ना बुझाइ चित्रमार्फत देखाउने कोशिस गरे । यो उनको स्वतन्त्रता थियो । चित्रहरुको प्रदर्शनी पछि रुष्ट बनेको एउटा समूहमा

असोज ११ गते बुधवार प्रतिपदा तिथि, आज घटस्थापना । आज को दिन १० बजेर २७ मिनेट मा जमरा राख्न को लागि साइत उत्तम रहेको कुरा पञ्चांग निर्णायक समितिले जनाएको छ । आज बाट बिधिवत रुपमा दशैँ भित्रिएको छ । आज राखिएको जमरा विजयादशमी को दिन प्रसाद को रुपमा मान्यजन बाट लगाइने गरिन्छ । घटस्थापना कसरी गरिन्छ? दशैँघर वा पुजाकोठामा बालुवा र माटो मिलाएर बनाएको सम्मिश्रणमा जमरा राखिन्छ । दियो, कलश, गणेश आदि स्थापना गरेर विधिवत रुपमा घटस्थापना गरिन्छ ।घर को पुजा कोठा वा दशैँघरमा घडामा बाहिरबाट माटो र गोबर टाँसेर त्यसमा गहुँ,जौ, मकै आदि छरिन्छ । उक्त घडालाई टपरी मा राखिएको चामल माथि राखिन्छ । घडा को बाहिर गहुँ,जौ आदि छरिन्छ भने, भित्र चाँही पानी राखिन्छ र माथिबाट आँप, पिपल लगायत का पात र फूल राखिन्छ । साथै, आफ्नो देवीदेउता, कुल आदिलाई चढाउनुपर्ने स्थानअनुसार दुनामा पनि जमरा राखिन्छ । अष्टमीको दिनमा भने खुँडा,खुकुरी,चुलेसी,चक्कु आदि लगायतका हतियारहरु को पनि पुजा गरिन्छ । घटस्थापना गरेपछि ९ दिन सम्म शक्ति की प्रतिमुर्ती देवीको आराधना गरिन्छ । आफ्नो परम्परा र रितिस्थिति अनुसार दशैँ सबैले आ-आफ्नै रुपमा

I just watched a documentary named ‘Where in the world is Osama Bin Laden’ [2007], directed & hosted by Morgan Spurlock, a married man whose wife is pregnant and expecting their first child in November. Morgan visited some Middle East countries including Egypt , Morocco , Palestinian Territories , Israel , Jordan , Saudi Arabia , Afghanistan & Pakistan in search of information about Osama Bin Laden during his wife’s pregnancy. The documentary was an average show. The title sounded like an American parody chat show but when I watched it, I saw few noticeable scenes with touching conversation so I noted them. 1 In Tel Aviv, Morgan asks one person what was his thought on the Palestinian conflict? The man answered in his Middle East accent, ‘You know when we were kids, there was this game where you play music and there’s a circle of chairs’ Morgan, ‘Yeah, Musical Chairs.’ The man, ‘Musical Chairs. This is a bit like a musical chair tragedy. Somebody is left withou

दिनमा उज्यालो नै छ र रात अँध्यारो नै छ ! बत्ति अघि भर्खर गएर आयो ! आज राति बिजुली बत्ति आउने पक्का छ तर पनि विश्वास गरिहाल्ने ठाउँ छैन । बिजुली बत्ति को आउने र जाने को ठेगान छैन । तिहार को झिलिमिली मा काठमाडौँ को एकपाटो धपक्क बलेको छ अनि अलिपर्तिर अर्को पाटो मा कालो अँध्यारो छ, सायद त्यहाँ लोडसेडिङ भइरहेको छ । पटाका, आलु बम निरन्तर पड्कि नै रहेछन्, रकेट, गमला सबै आकाश नै छोउँला झैँ आक्कासीरहेका छन् । एक झूण्ड भर्खर  देउसी खेलेर गयो, अब अर्को समूह को प्रतिक्षा रहेनछ । देउसी नि हिजोआज त कस्तो हो, पैसैका लागि मात्र आउँछन्, आउनेबित्तिकै ‘दिने भए देउ, नदिने भए बिदा देउ’ अनि यति र उति देउ भनेर तोक्छन् । सानो कुचुक्क परेको आँगन मा उभिएर भट्याउने ले भट्याउँछ ‘यो आँगन कत्रो, टुँडिखेल जत्रो’, सायद भट्याउने ले पनि, चेपिँदै गएको ‘टुँडिखेल’ को उपहास गरेको हुनुपर्छ या त उसले टुँडिखेल के हो भनेर जान्ने प्रयत्न नगरेको हुनुपर्छ । एउटै कोठामा ५ जना को परिवार अट्नुपर्ने सानो घरमा गएर भट्याइदिन्छ, ‘यो घर कत्रो सिंहदरवार जत्रो’, सुन्दा सहज र सरल लागे पनि, थाहै नदिइ सायद सानो घरलाई सिंहदरवार भनेर उपाहस गर

यस वर्ष दसैंको टीकाको साइत आज असोज ३१ गते आइतबार बिहान १०:४३ बजे परेको छ। आज बिहान को १० बजेर ४३ मिनेट जाँदा टीका सुरु गर्नु उत्तम हुने पञ्चांग निर्णायक समितिले जनाएको छ । मुख्य साइत १०:४३ मा भएपनि दिनभरी नै टीका ग्रहणको लागि साइत शुभ रहेको छ । शुभकाम गर्नलाई साइत जुराउने चलन छ । नौ दिन अघि दशैँघर,पुजाकोठा मा राखिएको जमरा र टीका आजको दिन मान्यजन बाट देवी को प्रसाद को रुपमा ग्रहण गर्ने चलन छ । विजया दशमी को शुभअवसर मा पुन: एकपटक यहाँहरु सबैलाई हार्दिक मंगलमय शुभकामना ! यहाँ को दशैँ शुभरहोस् । imgsrc: Anuma Sharma Bhattarai

देश विदेश मा रहनु भएका समस्त नेपालीहरु मा शुभ विजया दशमी तथा शुभ दिपावली को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ! Hope the festival of Dashain and Tihar showers the blessings of peace, joy and prosperity into your life. Happy Dashain & Tihar. सुनको बिहान सुनको दिन एक उदाउँछ रे, यस देश खुलीकन आउँछ रे, रँगिला सब बादल छाउँछ रे, जल चंचल भैकन गाउँछ रे ! चिडिया बिउँझेर कराउँछ रे सब मन्दिर घंट बजाउँछ रे र हवा पनि बास उडाउँछ रे दिल फूल सबै बिउँझाउँछ रे ! दुनियाँ सब चार्दछ धाउँछ रे र हिमाल उचाँ झलकाउँछ रे जलविन्दु सुशीतल ल्याउँछ रे सब उन्नत झल्ल तुल्याउँछ रे! -  महाकवि लक्ष्मी प्रसाद देवकोटा

असोज २२ गते शुक्रबार प्रतिपदा तिथि, आज घटस्थापना । आज को दिन ९ बजेर ४१ मिनेट मा जमरा राख्न को लागि साइत उत्तम रहेको कुरा पञ्चांग निर्णायक समितिले जनाएको छ । आज बाट बिधिवत रुपमा दशैँ भित्रिएको छ । आज राखिएको जमरा विजयादशमी को दिन प्रसाद को रुपमा मान्यजन बाट लगाइने गरिन्छ । टिका को साइत असोज ३१ गते, आइतबार बिहान १०:४३ मा उत्तम रहेको कुरा पञ्चांग निर्णायक समितिले जनाएको छ । घटस्थापना गर्दा घडामा बाहिरबाट माटो र गोबर टाँसेर त्यसमा गहुँ,जौ आदि छरिन्छ । उक्त घडालाई टपरी मा राखिएको चामल माथि राखिन्छ । घडा को बाहिर गहुँ,जौ आदि छरिएपनि, भित्र भने पानी राखिन्छ र माथिबाट आँप, पिपल लगायत का पात र फूल राखिन्छ । दशैँघर वा पुजाकोठामा बालुवा र माटो मिलाएर बनाएको सम्मिश्रणमा जमरा राखिन्छ । दियो, कलश, गणेश आदि स्थापना गरेर विधिवत रुपमा घटस्थापना गरिन्छ । साथै, आफ्नो देवीदेउता, कुल आदिलाई चढाउनुपर्ने स्थानअनुसार दुनामा पनि जमरा राखिन्छ । अष्टमीको दिनमा भने खुँडा,खुकुरी,चुलेसी,चक्कु आदि लगायतका हतियारहरु को पनि पुजा गरिन्छ । घटस्थापना गरेपछि ९ दिन सम्म शक्ति की प्रतिमुर्ती देवीको आराधना गरिन्छ । आफ

बाह्रवर्षे हरिसिद्धि जात्रा तथा धुलिखेल महोत्सव २०६६ अझै २ दिन लम्बिने हल्ला चलेको छ । महोत्सव मा अवलोकनकर्ता  को चाप नघटेका कारण चैत ११ सम्म भनिएको धुलिखेल महोत्सव चैत १३ सम्म लम्बिन सक्ने भएको हो । आन्तरिक तथा बाह्य पर्यटक अनि स्थानिय उत्पादन को बजार विकास हेतु, महोत्सव चलिरहेको छ, धुलिखेल मा । मंगलबार को दिन साथि इशान सँगै धुलिखेल महोत्वस गइएको थियो । रमणिय धुलिखेल को महोत्सव मा केही बेर हराइयो । महोत्सव मा स्थानिय कृषि उत्पादन का साथै, हस्तकला का सामना तथा इलेक्ट्रोनिक्स सामानहरु को स्टल राखिएको छ । महोत्सव भन्ने बित्तिकै मान्छेहरु को भिड त हुने भइहाल्यो, त्यसबाहेक “मौत का कुवा”, “काला जादु”, “कन्सर्ट” आदि जस्ता कुराहरु ले पनि महोत्सव मा मान्छेहरु को निकै भिड थियो । काठमाडौँ धुलिखेल  रुट मा चल्ने बसहरु का तल माथि मान्छे खचाखच भरिएका छन् । जे होस्, रमाइलो नै छ महोत्सव ! धुलिखेल महोत्सव का केही दृश्यहरु यहाँ राख्दैछु । सबै कुरा त ठिकै हो, तर कन्सर्ट स्थल मा कार्यक्रम सञ्चालकहरु ले “आँच, ब्रो” को शैली मा “कनेर” गरेको उद्घोषण चाँहि साह्रै दिक्क लाग्दो थियो ।              

परीक्षा सकियो, के गर्ने ? एउटा बाहाना त चाहियो, अनि केही साथि सहित लागियो पनौती तिर मकर मेला को नाम गरेर ! १२ वर्ष मा मनाइने मकर मेला देशभर कै प्रख्यात मेला भन्दा फरक नपर्ला । काठमाडौँ, पनौती चल्ने मिनिबस को छत मा बसेर पनौती पुगियो । यति नजिकै रहेर पनि, पनौती मेरा लागि नौलो थियो, पहिलो पटक म पुग्दैथिँए पनौती, दर्जनौँ स्वागत व्दारहरु पार गर्दै । सायद मकर मेला कै कारण होला, भिड धेरै थियो । मान्छेहरु को भिड त थियो नै, उसमाथि हिन्दी, अंग्रेजी र नेपाली गितहरु चर्को स्वरमा घन्किरहेका थिए । पसल पिच्छे नै, फरक फरक गित बजे पछि कस्को के लाग्छ र ? सायद मेला भनेको यही होला, मान्छे को भिड अनि बाटो नै ढाक्ने गरि राखिएका अस्थायी पसलहरु, खाजा नास्ता को लागि खोलिएका अस्थायी टहराहरु । सायद, मेला को रौनक अहिले को समय मिल्दो अलि भएन होला । १२ वर्ष अघि यही मेला को पनि आफ्नो विशिष्ट महत्व थियो होला तर अहिले प्रविधि सँगै बदलिएका हामीहरुलाई, यो मेला संस्कति बचाउने काम भन्दा अरु केही लागेन । सँस्कृति बचाउनु त राम्रो कुरा हो तर अब युग सुहाउँदो तरिका अपनाउँदा राम्रो हुन्थ्यो होला । भिड छिचोल्दै, झोलुङ्गे

Tallest Statue of Lord Shiva stands on a high mountain touching the sky and is the tallest Hindu Religion and Lord Shiva statue in the whole world.The construction was started in 2005 and will  complete in 2010. Statue : Tallest Statue of Lord Shiva Height: 108 ft from Ground [Total 145 ft] Location:  Chittpol (In Between Bhaktapur and Kavre, Nepal)                 विश्व कै अग्लो मानिएको एक हातमा त्रिशूल र अर्कोमा डमरु बोकेको शिवको एक सय ४५ फिट अग्लो मुर्ति भक्तपुर को चित्तपोल मा रहेको छ। मूर्तिमा सिमेन्ट र फलामको छड प्रयोग गरिएको छ । मूर्ति जमिनमाथि मात्र एक सय आठ फिट अग्लो छ । मूर्तिडेढ महिनापछि तयार हुने, मूर्तिको रङरोगन भइरहेको छ । भक्तपुरको नलिन्चोक चित्तपोल गाविस भवन हुँदै तीन किलोमिटरको यात्रा गरेपछि यहाँ आइपुगिन्छ । त्यस्तै भक्तपुर र काभ्रेको सिमाना साँगाबाट १०  मिनेटको पैदलयात्राबाट पनि आउन सकिन्छ । राजधानीका विभिन्न ठाउँबाट यो मूर्ति देखिन्छ । मूर्ति अवलोकन गर्न दैनिक चार सयभन्दा बढी सर्वसाधारण पुग्ने गर्छन् । निर्माणकर्ताको दाबीअनुसार शिवको