नेपाली गितहरु, साउन्ड क्लाउड, युट्युब आदिमा खोज्दै, सुन्ने गरिएकोछ । तर 'गाना डटकम'मा हिन्दी गितहरु सुन्ने बानी परेकोले, नेपाली गित सुन्नको लागि पनि त्यस्तै एप भइदिए हुन्थ्यो भनेर धेरै पहिले देखि नै लागेको हो। अघिल्लो स्टार्टअप विकेन्ड काठमाडौँमा लिसन् (Lishn) देख्दा रमाइलो लागेको थियो, भन्ने नै हो भने मैले रोहित जोन क्षेत्रीको "बिस्तारै बिस्तारै..." भन्ने गित पहिलो पटक लिसन् मा सुनेको थिएँ (स्टार्टअप विकेन्डमा, परिक्षणको रुपमा लिसन् मा "बिस्तारै बिस्तारै..." सहित अन्य केही नेपाली गितहरु राखिएको थियो)। "बिस्तारै बिस्तारै..." भन्ने गित २०१३ मै आएको भएपनि, मैले ढिलो मात्र सुनेछु, एकपटक सुन्ने बित्तिकै मन पर्यो। सायद युट्युब, साउन्ड क्लाउड आदिमा, आफूले पहिले सुनिसकेका गितहरु मात्रै सुन्दै थिँए । यस्तै कारण पनि, नेपाली गितहरु स्ट्रिमिङ गर्न्ने लिसन् जस्तो साइट भइदिए हुन्थ्यो भन्ने लागेकोथियो । पर्खाइ सकिएको छ, नयाँ वर्षको अवसर पारेर, नेपाली गित-संगित स्ट्रिमिङ साइट लिसन् २५ जना संंगितकर्मीका १ सय २० भन्दा धेरै गित-संगितहरु सहित सुरु भएकोछ । ल...