अहिलेसम्म ‘फेसबुक’ मा ‘डिसलाईक’ बटन छैन है ! #FacebookScam #Dislike

फेसबुक मा ‘डिसलाईक’ बटन ‘इनेबल’ गर्नुस् अर्थात "Enable Dislike Button"  भन्ने म्यासेज ‘वाल’हरुमा फैलिरहेको छ ।

फेसबुक चलाउँदा, कसैलाई ‘डिसलाइक’ गरिदिउँ झैँ लाग्दो हो, कसैको स्टाटस, लिङक, फोटो वा भिडियो मा डिसलाइक गर्न पाए हुन्थ्यो भन्ने लाग्दो हो ।

तर ‘डिसलाइक बटन’ भन्ने बित्तिकै ‘क्लिक’ नगर्नुहोला, किनकी अहिले सम्म फेसबुकमा ‘डिसलाइक’ बटन आएको छैन है ।

सेक्युरिटि एक्सपर्ट ‘सोफोज’ ब्लग ले ‘डिसलाइक बटन’ को म्यासेज फेसबुक मा तिव्र रुपमा फैलिरहेको जनाएको छ ।

सोफोज का अनुसार निम्नानुसार को म्यासेज फेसबुक मा फैलिरहेको छ ।

Facebook now has a dislike button! Click 'Enable Dislike Button' to turn on the new feature!

fb-dislike-button

फेसबुक मा ‘डिसलाईक’ बटन ‘क्लिके’ पछि, तपाई अर्को पेज मा पुग्नुहुन्छ तर त्यतिबेला सम्म तपाईका दर्जनौँ साथीहरु को ‘वाल’ मा अटोमेटिक रुपमा उक्त म्यासेज ‘पोष्ट’ हुन्छ । ‘वाल’ मा ‘म्यासेज’ पोष्ट हुनु को साथै, एकाउन्ट ह्याक हुने, भाइरस लाग्न सक्ने सम्भावना पनि रहन्छ भनेर, सोफोज ले जनाएको छ ।

dislike-button-address-bar

याद गरिराख्नुस् अहिले सम्म फेसबुक ले, आधिकारिक रुपमा ‘डिसलाइक बटन’ बनाएको छैन । तर ‘लाइक’ सँगै ‘डिसलाइक’ को माग पनि बढिरहेको कुरालाई मध्यनजर गर्दै, ‘स्पामर’हरुले फेसबुकमा यस किसिम का म्यासेजहरु फैलाइरहेकाछन् । हाम्रो सुझाव भनेको त्यस्ता शंकास्पद लिंकहरु हत्तपत्त क्लिक नगर्नुहोला, अन्यथा उनीहरुको शिकार तपाई पनि बन्न सक्नुहुन्छ ।

समाचार तथा फोटो स्रोत : सोफोज

3 comments :

  1. जानकारीको लागि हार्दिक धन्यवाद सम्पादक ज्यू! 

    ReplyDelete
  2. Aakarji,
    what sort of benefit these spammers get by spreading such rubbish thing ? wanna know about this from an expert like you :) 

    ReplyDelete
  3. यस्ता किसिम का क्रियाकलाप बाट, उनीहरुले तपाई को पासवर्ड सम्म लिन सक्छन्, तपाई को कम्प्युटरमा 'भाइरस' डाउनलोड गराइदिनसक्छन् । अनि यदि यस्ता अनावश्यक म्यासेजहरु तपाई मार्फत अन्य साथी को फेसबुकमा फैलिए, साथीहरु सँग को सम्बन्ध पनि पनि बिग्रन सक्छ ।  

    ReplyDelete