Shruti Sambeg : कम्युनिस्ट

Listen to Story by Anbika Giri.

आज को श्रुती संवेग को यो अंक मा हामीले सञ्चारकर्मी तथा लेखिका को रुप मा चिनिनु भएकी आन्विका गिरी को कथा संग्रह ‘कम्युनिष्ट’ का केही कथाहरु लिएर आएका छौँ । Shruti Sambeg

सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ ।

कम्युनिस्ट को बारेमा:

युवा सञ्चारकर्मी आन्विका गिरीका डेढ दर्जन कथा समेटिएको कम्युनिस्ट ले नेपाली साहित्यमा एक सशक्त आख्यानकारलाई चिनाएको छ । पाँच वर्षयता मात्रै कथालेखनमा लागेकी गिरीका कथा पढ्दा उनी नयाँ कथाकार जस्तो लाग्दिनन् । सरल भाषा-शैलीमा लेखिएका उनका कथामा बदलिँदो समाजका विसङ्गति, विभेद, समसामयिक घटनाक्रम र राजनीतिक यथार्थको आकर्ष प्रस्तुति छ ।

communistविशेषगरी माओवादी राजनीति र सशस्त्र व्दन्द तथा व्दन्दरत दुवै पक्षबाट निर्दोष जनतामाथि भएका ज्यादतीको चित्रण गरिएका अधिकांश कथामा व्दन्दकालीन समाज र मानिसले भोगेका पीडाको सूक्ष्म एवं सटिक प्रस्तुति छ । दाइ पार्टिको हुनुभएछ भन्ने कथाले गाउँका सोझा-सिधा जनतालाई सताएर जबरजस्ती माओवादी बन्न बाध्य पारिएको अवस्था दर्शाएको छ । व्दन्दमा दु‍ई छोरा गुमाएका हीराबहादुरको पीडा, सभासद् भएपछि बदलिएका सीताराम जस्ता नेताको व्यवहार र गरिब, निमुखाको विपक्षमा उभिने समाज एवं छेपारो जस्तै बदलिने नेताहरूको चरित्रलाई उदाङ्गो पारेको छ, “कमरेड ! नयाँ नेपालको कम्युनिस्ट हुन सकिनँ” ले । शीर्ष कथा कम्युनिस्ट मा माओवादी छापामारको प्रेम र क्रान्तिको मनोदशा केलाइएको छ ।

अन्य सामाजिक परिवेशका कथामा हिरोहोण्डा ऊ र आमा ले कुमारी आमाको साहस र तिनलाई हेर्ने समाजको अनुहार, विदेशी मित्र ले युवा पुस्तामा बढ्दो लिभर्-इन सम्बन्धको चित्रण गरेका छन् । मनतोर र फूलकुमारी जस्ता छोटा तर सशक्त कथाले नारी शोषणविरुद्ध वकालत गरेका छन् । कथाकारको पत्रकारको परिचयले होला, केहीमा पत्रकारिताकै प्रसङ्ग भेटिन्छ भने केही पत्रिकाका फिचर पढे झैं लाग्छन् । प्रेम, दाम्पत्य र पारिवारिक सम्बन्धका मूल्यमान्यता, गाउँदेखि शहर-बजारका नयाँ पुस्ताका सोच, विचार, जीवनशैली र परिवेश समेटिएका कथाले पाठकको मन छुन्छन् । - हिमालखबर

माथि को अडियो डाउनलोड गर्नुहोस् !

0 प्रतिक्रिया :

Post a Comment