Skip to main content

बम विस्फोटन को असर

यहाँ म बम को कुरा गर्दैछैन, तर बम विस्फोटनले पारेको असर फोटो मार्फत देखाउँदैछु । हुन त फोटो को लागि भनेर छुट्टै ब्लग बनाएको छु, अनि कम्प्युटर टेक्नोलोजी को लागि अर्को बनाएको छु । तर अहिले एउटै ब्लगमा पनि समय दिन गाह्रो बैरहेको छ, अत: सबै ब्लग अपडेट गर्नु भनेको काम गाह्रै हुँदोरहेछ । हुन त म समय यही ब्लगलाई दिने गर्छु, अनि खासमा भन्ने हो भने, अरु ब्लगलाई प्रमोट पनि गरेको छैन तर पनि नतिजा सन्तोषजनक नै छ । यहाँ म दिनहुँजसो झुल्कन्छु भने अरु ब्लगमा महिनौँ पनि रेगुलर नहुन सक्छु, यसका आफ्नै कथाहरु छन् । खैर, आज को पोष्ट को प्रसंगमा जाउँ होला ।

यहाँ फोटोहरु राखिएको छ, करिब महिना दिन अघि रौतहटको चन्द्रनिगाहपुर मा बम पड्किएको स्थल को । बाँकि कुरा त यही फोटो अनि क्याप्सन ले भन्नेछ ।


एक महिना अघि दुई जना बालबालिका को मृत्‍यु हुने गरी चपुर चोक मा भएको बिस्फोटको कारणले सुकेको रुख ।





मध्यमाञ्चल महोत्सब को प्रचार को लागि राखिएको ब्यानर। गौरमा भएको उक्त महोत्सबमा भएको बिस्फोट ले गर्दा पुरै महोत्सब नै असफल भएको थियो।

सबै फोटोहरु दाजु "मेलोडियस मिलन"ले अस्ति रौतहट जाँदा खिच्नुभएको हो । आजै केहि भिन्न प्रसंगका फोटोहरु पनि अपलोड गरेको छु फोटो ब्लग मा । आज अपलोड गरिएका फोटोहरु यहाँ हेर्न सक्नुहुन्छ ।

Comments

  1. आकार जी - के गर्ने वमको असर -मनमा भएको छ नि !
    यस्तै त्रासदीहरूले गर्दा -मनका सिर्जनाहरु पनि त्यो रुखको पातहरु जस्तै ओइलाएका छन । कहिले नापलाउने गरी । महोसबहरु मात्र हैन देशका सबै क्षेत्र र विकाश मा असर पारेको छ ।

    ReplyDelete
  2. nice pictures
    good posting

    ReplyDelete
  3. So Sad To know about Bombing, at chapur chauk.
    I will also check your Photo blog, i didnot know you had it.

    ReplyDelete
  4. Nepal ma bomb padkida marne haru ma dherai jahile nai bachha haru nai parchan ..des ko vabisya nai yasari bilauna thalyo bhane ..mahotsav matra haina pura des nai chaya ma parcha jasto lagcha malai.

    ReplyDelete
  5. Today some of my relatives were going to the Terai for a marriage. (keta patti ko janti) They also asked me to go along with them and one of them added, "Come to Terai, boy. You don't know the culture of Terai." I said, "I know. The culture of terai is to shoot and kill the people from the hills." A pretty harsh remark (prejudiced and racist as well) but isn't it also somewhat true considering everything that's been going on in the terai.

    ReplyDelete
  6. दाभिन्ची !
    हुन त एउटा जटिल समस्या बनको छ, तराई मा ! तर पनि सबै ठाउँ एकैनासका हुँदैनन् नि । अपराध का घटना त जहाँ पनि घटिरहेकै छन् । विशेष सतर्क हुन भने आवश्यक छ ।

    ReplyDelete
  7. I agree with you Aakar, but the problem here is not crime in general, but crime that is targeted against a specific group of people within their own country. And, since it's not prevalent everywhere it's such a big risk - it's hard to know who you should be careful of!

    ReplyDelete
  8. कुरा सहि छ ! एउटा कुनै समुदाय, सम्प्रदाय टार्गेट भइरहेको छ । बाँच्न गाह्रो छ, के हुन्छ केही भन्न सकिँदैन ।

    ReplyDelete
  9. हाम्रो देशबाट यी सब कुराहरु कहिले सकिएलान् ? हिमाल, पहाड, तराइ जहाँ भए पनि आखिरमा रुने त नेपाली नै हुन् नि !!! :(

    ReplyDelete
  10. माथिको विचार मेरो हो है ! Its computer's fault... k garne!!

    ReplyDelete
  11. माथिको विचार मेरो हो है ! Its computer's fault... k garne!!

    ReplyDelete
  12. I agree with you Aakar, but the problem here is not crime in general, but crime that is targeted against a specific group of people within their own country. And, since it's not prevalent everywhere it's such a big risk - it's hard to know who you should be careful of!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Subscribe to Aakar Post