Skip to main content

बाँच्नै गाह्रो

देश अस्तव्यस्त,जनजीवन त्रस्त । बर्बाद छ हालत,अब त खान पनि पाइएन । म छक्क परेँ-“अरे ! कस्लाई गफ दि’राछौ यार ?”, “के गफ दिनु,साँच्चै भन्दैछु”-उसले भन्यो । साँच्चै,उसले खाना खाने गरेको होटल त अस्ति को दिन देखि नै बन्द भैसकेछ । पैसा छ नि,पैसा नै खानु भएन । खाने सामल-चामल,दाल,तरकारी सबै छन् तर पनि होटल बन्द छ । के गर्नु ? “मेस (क्यान्टिन) पनि चल्न अझै एक हप्ता लाग्छ होला, कता जाने यार ?” अर्को साथीले पनि थप्यो । “मेस मा चाँही कसरी खान पाइन्छ होला र ! मेस चामल,दाल,तरकारी भएर मात्र चल्ने हैन क्या’र, मेस चलाउन पनि ग्यास र मट्टितेल चाहीयो नि !” – मैले भनेँ । “त्यही त भन्या”, अघिसम्म मौन बसेको अर्को साथी बोल्यो ।

क्याम्पस को वरिपरि यस्तै करिब १ दर्जन होटलहरु छन् तर अधिकांश होटलहरु बन्द छन् । क्याम्पस को क्यान्टिन पनि सञ्चालन मा छैन (करीब १ महिना अघि नै बन्द भएको हो) । होटल कुनै संघ,संगठन र मजदुर ले बन्द गरेको नभै,होटल ग्यास र मट्टितेल को अभाव मा बन्द भएका हुन् । होस्टल मा बस्ने मात्र न’भै क्याम्पस मा आउने सबै शिक्षक तथा विद्यार्थीहरुको खाना खाने ठाँऊहरू बन्द छन् । वरिपरि रहेका १ दर्जन होटलहरुमा करिब ३-४ वटा मात्र होटलहरु सञ्चालन मा छन् , धन्न म खाना खाने ठाँउमा चाँही मट्टितेल रहेछ ( छ के भन्नु,त्यो पनि भरे-भोलि भैसकेको छ) तर ग्यास सकिएको चाँही ४-५ दिन नै भै’सकेछ । म खाना खाने ठाँउको दिदी भन्दै हुनुहुन्थ्यो –“आज कसै-कसैले भने १०० रुपैँया किलो मा ग्यास सिलिण्डरमा भरेर ल्याए’रे ! त्यो पनि ४-५ किलो मात्रै पाइयो रे !”,“मलाई यो कुरो चाँही अलि अनौठो लाग्यो है ! मलाई यसबारे मा थाहा थिएन” , मैले भनेँ । (होला पनि ?) होटलहरु पूर्णरुपमा बन्द भैसकेका को कुरा गर्नैपर्दैन अनि बन्द नभएका मा पनि धेरै भेराइटि भने पाइँदैन, हिजो मात्र ईशान र म म:म खान (भेज मात्र है, भैँसी को मन पर्दैन,चिकेन पनि चाउमिन मा मात्र मिठो अनि खसी को खानै नसकिने-बजेट अलि धेरै लाग्छ के !) क्याम्पस गेट अगाडिको “द किचन” मा गा’का थियौँ, तर म:म नै पाइएन (अति बोर भो) – ग्यास छैन रे ! त्याँ पनि ।
मन त्यसै-त्यसै नराम्ररी दुख्यो , खान पनि नपाउने अवस्था आइसकेछ । अनि झलक्क सम्झेँ अस्ति देखेको ब्यानर , जसमा लेखिएको थियो –“ग्यास छैन,मट्टितेल छैन,डिजेल-पेट्रोल केही छैन । देशमा सरकार छ कि छैन ? देशमा लोकतन्त्र कि भोकतन्त्र आ’को हो ?” हाम्रो मात्र हालत यस्तो हो कि सबैको यस्तै हो । साँच्चै सरकार छ कि छैन ? छ भने किन यस्तो अभाव ? मधेस आन्दोलन को निहुँ मा देशमा दु:ख पाइरहिएको छ, सबैतिर बन्द छ , सरकार किन निरिह अनि लाचार छ ?

कस्तो बिडम्बना, केही पनि छैन यहाँ , न पानी न बिजुली , न डिजल न पेट्रोल , न ग्यास न मट्टितेल , न शान्ती न सुरक्षा !!! सुन्दैछु, आज बिहान केही पेट्रोलियम पदार्थ बोकेका ट्याङकरहरु पनि बाटैबाट अपहरणमा परे रे ! अनि पार्किङ गरी पेट्रोल पम्प मा रोकिराखिएका केही खाली ट्याङकरमा पनि आगो लगाइयो रे ! लगाउ,लगाउ – आगो लगाउ,अपहरण गर,हत्या गर, खतरा नारा देउ, तिम्रा बाउको केही जाँदैन ! तिमीहरु लाशको व्यापार गर्न पल्केका अथवा भनौँ लाश माथि राजनिति गर्ने मान्छेहरु हौ , नभए त तिमीहरुलाई खा’कै पच्दैन। अभाव मा केही-कोही मरुन् तब न तिमीहरु पनि नामी कहलिन्छौ,अनि पो आन्दोलन पनि खतराको हुन्छ,सल्लाह मान्छौ भने –“वार्ता” भन्ने कुरा गर्दैन नगर, वार्ताको कुरै झिकिएपनि नानाभाँति का नचाँहीदा र पूरा हुन-नसक्ने खालको माग राखिदेउ , किनकि तिमीहरु जनताका सेवक हौ नि,जनताको अधिकार त जसरी पनि “लिनैपर्यो नि” हैन र ? जनतालाई यती फाइदा त दिनैपर्छ नि –“अभावको”, “महंगीको” अन्यथा “धारे” हात लाएर तिमीहरुलाई कसले सम्झिन्छ र ? डाक्टरहरुले त अस्तिनै भनिसकेका छन् है, ज्यान बचाउन पनि अब मुश्किल हुँदैगाछ’रे ! मौका यही हो-हान्देउ चौका , अनि लाश माथि गर राज्य ।

तराईमा मधेस आन्दोलन भैरा’छ ! भएको चाँही जनताकै अधिकार को लागि रे ! अस्ति त्यस्तै भनेका थिए,भाषणमा । तर कोही भन्छन् यसमा बाहिर को चलखेल छ रे ! त्यही भएर वार्ता पनि उनिहरुकै अड्डामा भैराछ’रे ! तर आज वार्ता भंग भएको चेतावनि पनि दि’सकेरे ! अनि मेरो खाना खाने ठाउँ पनि भोलि देखि बन्द हुन्छ रे ! घर जान पनि सकिँदैन-गाडी चलेका छैनन् रे ! खान पाइँन भनेर खबर पठाउन घरमा फोन गर्न हुन्थ्यो, तर फोन कि मैयाँ पनि सधैँ सम्पर्क हुन सकेन भन्छिन् रे ! के गर्ने खै ???

Comments

  1. too good...byanga hanna hamro aakar ji bhanda kaslai ramrari aaucha ra ....really too good

    ReplyDelete
  2. nepal is sick very sick

    ReplyDelete
  3. aba estai vayo vane sabai nepali jungali yug tira farkanchhan. ramrai hunchha ni. na lauana ko pir na khana ko pir. khurukka kandamul khayo basyo. baalai matlab!

    ReplyDelete
  4. baru jungle lai po baki chha ki chhaina? feri teha pani chure bhawar ley basnai nadine hola. fasaad po paryo ta bhaaaiiii!

    ReplyDelete
  5. aba estai vayo vane sabai nepali jungali yug tira farkanchhan. ramrai hunchha ni. na lauana ko pir na khana ko pir. khurukka kandamul khayo basyo. baalai matlab!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

BarCamp Kathmandu 2011 on 6th August #barcampktm

An ad-hoc ‘un-conference’ BarCamp is being organized on 6 th August at Nepal Administrative Staff College (NASC) Jawalakhel, Lalitpur Nepal. BarCamp is a common ground for like-minded people. It is about change and innovation. BarCamp is a free event, which means everyone is invited. It is participant driven program where discussions are not limited to just one topic, but a wide range of topics. BarCamp offers a favorable environment for young, motivated and talented people to interact. More importantly, it is where ideas get shared, created and advanced. This is not a formal gathering of black suits but an intense camp for those who strive to achieve. “We believe BarCamp Kathmandu 2011 will be a great opportunity to network with likeminded people and interact with potential customers, clients, and maybe even competitors! If you plan to reach out to the young and motivated in Nepal, this is the place to do it” , according to BarCamp Kathmandu 2011 Organizing Committee. The who

प्रविधिले चुसेको मेरो स्मरणशक्ति [Google Knows Everything]

आजभोलि मानिसले सानो सानो कुरा बिर्सन थालेका छन्। जो कसैलाई पनि आजभोलि केहि कुरा सोध्नु बेकार जस्तो हुन्छ। तपाईहरुले दैनिक जीवनमा जो कुनै ब्यक्ति कम्युटरको नजिक धेरै समय बिताएको हुन्छ, उसलाई केहि कुरा सोध्नु भएको खण्डमा उसले त्यसको सहि जवाफ दिनुको साटो त्यसको जवाफ कहाँ छ र कहाँ गएर हेर्नु पर्छ भनेर भन्ने गर्छ। मानिसहरु आजको दिनमा प्रविधिसँग यति बिधि नजिक भइसकेका छन कि त्यो प्रविधि बिना तिनिहरुको जीवन अपुरो जस्तो भइसकेको छ। पहिला जब प्रबिधि सबैको पहुँचको विषय थिएन त्यो बेला मानिसहरु विहान उठेर नित्यकर्म गर्न तिर लाग्थे तर आजभोलि मानिसको दिनचर्यानै बदलि दिएको छ यो प्रविधि भन्ने जातले। तर मैले मानिसको दिनचर्या भन्दा पनि स्मरणशक्तिको कुरा गर्दै छु। प्रविधिले गर्दा कसरि मानिसको स्मरणशक्तिमा अतुलनिय ह्रास हुदै गएको छ भन्ने कुराको लागि अब वैज्ञानिक तथ्याङ्क भन्दा पनि आफुले दैनिक जिवनमा गर्ने कुराहरुले नै बताउने गर्दछ। सबै भन्दा पहिले कुरा गरौँ सबैले सधैजसो प्रयोग गर्ने मोबाईल फोनको। पहिला मानिसले सबैको फोन नम्बर याद गर्नु पर्त्थो या कुनै डायरिमा टिपोट गरेर राख्न पर्थ्यो। तर आजभोलि हात हातम

Subscribe to Aakar Post