फेसबुकमा कत्तिको च्याट गर्नुहुन्छ? गुगल प्लेस्टोरका अनुसार, अहिले फेसबुक मेसेन्जर नेपालमा सबैभन्दा धेरै प्रयोग हुने मोबाइल च्याट/मेसेजिङ एप हो। केही अघिसम्म नेपालमा फेसबुक मेसेन्जर भन्दा भाइबर सबैभन्दा धेरै प्रयोग हुन्थ्यो। कम्प्युटरबाट धेरै फेसबुक च्याट गर्नुहुनेहरुलाई खुसीको खबर छ, रिकोडका अनुसार फेसबुक'ले बुधबार देखि मेसेन्जरको लागि छुट्टै वेबसाइट सार्वजनिक गरेको छ । भन्नको मतलब, फेसबुकमा च्याट गर्नको लागि, अब फेसबुकमा लग इन गर्नुको सट्टा, छुट्टै मेसेन्जर डटकम 'मा सिधै लगइन गरेर च्याट गर्न सकिन्छ । हाललाई थोरै प्रयोगकर्ताहरुलाई मात्र यो सुविधा उपलब्ध भएको भएपनि, बिस्तारै यो सेवा सबैलाई उपलब्ध हुँदै जानेछ । मोबाइलमा फेसबुक र मेसेन्जर छुट्टाछुट्टै एपको रुपमा उपलब्ध भएजस्तै अब वेबमा पनि फेसबुक र मेसेन्जर छुट्टाछुट्टै रुपमा उपलब्ध भएको छ । फेसबुकको न्युज फिड नहेर्ने, च्याट मात्र गर्नेलाई मेसेन्जर डटकम उपयोगी हुनसक्छ । मोबाइलमा उपलब्ध सम्पूर्ण 'फिचर'हरु मेसेन्जरको वेब भर्सनमा उपलब्ध हुने जनाइएको छ । ➤ Install Aakar Post Android app from Google PlayStore or Ap