Skip to main content

Posts

कसो-कसो कता-कता मलाई जिन्दगीको बाटो देखाईदिने ति पुराना दिन याद आयो .. धेरै दिनपछि , सम्झनाका तरेलीहरुमा , चाैर-बिचको बाटो धुसुरका मुन्टाहरुले बढार्दै गाईबाच्छा खेलेको याद आयो .. सर्कस हेर्न   क्लास बंक गरेको भोलिपल्ट , ब्ल्याकबोर्डमा  इक्वेसन सल्भ गर्न लाउने , गणित सरको याद आयो .. “किटा ! प्राक्टिस पुगेन है तेरो” भन्दै ट्वाकसिङ् लाउने , अंकगणित सरको याद आयो .. गाईबस्तु चराउन जाँदा , अंगेरि खाएर कालोनिलो भएको एकअर्काको मुख हेर्दै , गलल्ल हाँसेको याद आयो .. दाँई गर्ने गोरु धपाउदै परालमा गुडुल्कि खेलेको याद आयो , आहा ! कस्तो मिठो हुन्थ्यो मस्याम र चिउराको खाजा , साँधेको गुन्द्रुकसँगै खाएको याद आयो ... के याद आएन भन्नु धेरै कुरा झल्झलि याद आयो मलाई जिन्दगीको बाटो देखाइदिने ति पुराना दिनको याद आयो ... Contributed by: A friend! Image courtesy: 4to40.com

पृथ्वी जयन्ती तथा एकता दिवसको शुभकामना। नयाँ नेपालको निहुँमा केही वर्ष यता, पृथ्वीनारायण शाह र उनको योगदानलाई अवमुल्यन गरिए झैँ लाग्दैछ, पृथ्वी जयन्ती तथा एकता दिवस मान्न छोडिएकोछ । कसैले मानुन् वा नमानुन् तर २० वर्षको उमेरमा गोरखाका राजा बनेर, नेपाल एकिकरणको अभियान चलाएर, विशाल नेपालको निर्माण गर्ने श्रेय उनैलाई जान्छ । वि. सं १७७९ पौष २७ मा गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले नुवाकोट आक्रमण गरेर गोरखा राज्य विस्तार गर्ने कार्यको सुरुवात गरेकाथिए । त्यही राज्य विस्तारको अभियानबाट विशाल 'नेपाल'को निर्माण भएको हो, त्यसैले त आज सगर्व 'नेपाल' र 'नेपाली' भन्न पाइएकोछ । उनले आफ्नो शासनकालमै १८२५ मा काठमाडौँ र ललितपुर अनि १८२६ मा भक्तपुरमाथि बिजय प्राप्त गरेकाथिए ।  त्यसअघि काठमाडौँका राजा जयप्रकाश मल्लको आग्रहमा, अंग्रेजी सेनाका कप्तान किन्लाकको नेतृत्वमा आएको टोलीलाई गोरखाली फौजले परास्त गरेर सिन्धुलीगढीबाट नै फर्काइदिएका थियो । हामीले पृथ्वीनारायण शाहलाई बिर्सदैँ गएको अवस्थामा, पृथ्वी जयन्तीको अवसर पारेर  ग्राफ नेपालले आफ्नो नयाँ इन्फोग्राफिक  (तलको फोटो)

नेपालमा सरकारी जागिर'को क्रेजको बारेमा मैले केही बताउन पर्दैन। केही वर्ष अघि 'डक्टर पाइलट' ब्यान्डका, क्रान्ति आले'ले गित नै बनाएकाथिए, "छोरी माग्न जाँदा, बिहे गर्छु भन्दा, ससुरा परे दोधारे, भन्छन् - तिम्रो छ र के भर, खोजिआउ पहिले सरकारी जागिर..." । सरकारी सेवामा प्रवेश गर्न खुट्टो उचालिरहेकालाई, लोकसेवा आयोगले लिने परिक्षाको खड्गो पार गर्नुपर्छ । एउटा पदका लागि निकालिएको सूचनामा, हजारौँले आवेदन दिन्छन्, कडा प्रतिस्पर्धा हुन्छ, केहीलाई परिश्रम र भाग्य दुबैले साथ दिन्छ, अनि सरकारी सेवामा छिर्छन् । लोकसेवाको परिक्षाको तयारीका लागि, विषय अनुसारको किताब नि किन्नुपर्यो, त्यसमाथि पत्रिकामा निरन्तर सूचना पनि पच्छ्याउनु पर्यो, कतिपय अवस्थामा लोकसेवा परिक्षाको तयारी कक्षामा नि भर्ना हुनुपर्छ, त्यसका लागि काठमाडौँ नै धाउनुपर्छ ।  यही विविध झन्झट्हरुबाट परिक्षार्थीलाई छुटकारा दिलाउन र लोकसेवा परिक्षालाई अझ सजिलो र सुलभ बनाउन 'मन्त्र आइडियाज'ले 'लोकसेवा नेपाल' नामक मोबाइल एप निर्माण गरेकोछ । गुगल प्लेस्टोर तथा एप्सझोला मा उपलब्ध लोकसेवा नेपालको एन्ड

तपाईले गुगलको होमपेज याद गर्नुभएको छ? गुगलले केही दिन देखि आफ्नो होमपेजमा सर्चबक्सको तलपट्टि 'एन्ड्रोइड वान' को विज्ञापन (Introducing Android One. A new kind of smartphone) राखेकोछ । विज्ञापनमा राखिएको लिंक क्लिक गर्नुभयो भने, तपाई एन्ड्रोइड वानको नेपाल पेज मा पुग्नुहुन्छ । गुगलले सार्वजनिक रुपमा नेपालमा एन्ड्रोइड वान कहिले उपलब्ध हुन्छ नभनेपनि, विज्ञापन मार्फत जनवरी दोस्रो साता (माघ पहिलो साता) भित्रै उपलब्ध हुने संकेत दिएकोछ । बाहिर १०० डलर भनेर चर्चा गरिएको फोनको नेपाली मूल्य निर्धारण गरिएको छैन, तर इन्टरनेटमा चलेको हल्ला अनुसार एन्ड्रोइड वान फोन ५ देखि १० हजार नेपाली रुपैयाँमा नेपाली बजारमा उपलब्ध हुनेछ । त्यसो त नेपालमा एन्ड्रोइड वान भन्दा कम मुल्यमा विभिन्न ब्रान्डका एन्ड्रोइड फोनहरु पहिले नै उपलब्धछन् । तर अपरेटिङ सिस्टम, डिजाइन अनि हार्डवेयरका कारण ती सेटहरु भन्दा गुगलको एन्ड्रोइड वान उत्कृष्ट भएका कारण, धेरैको रोजाइ हुनजानेछ । एन्ड्रोइड किटक्याट अपरेटिङ सिस्टम सहित नेपाली बजार छिर्ने योजनामा रहेको एन्ड्रोइड वानले, तुरुन्तै एन्ड्रोइडको ललिपप अपडेट पाउनेछ, य

अल्छे भइएको हो, वा व्यस्त भइएको हो, यसै भन्न सक्दिन तर ब्लगमा भने सोचेजस्तो र भनेजस्तो रहेन । तरपनि वर्षको अन्त्यमा भने सँधै अघिल्लो वर्षको समिक्षा गर्ने हुटहुटी चल्छ, हुन त महिनै पिच्छे गरे हुने हो आत्मसमिक्षा। एउटा प्रयोग २०१३ को डिसेम्बर अन्तिमतिर एकजना साथीले 'नेपालको राजनैतिक/सामाजिक समाचार पढ्नुभनेको, आफ्नो बिपी मात्र बढाउनु हो' भन्ने आशयको ट्विट गरेकाथिए । मलाई उनको कुरा ठिकै लाग्यो, अनि मैले पनि वर्षभरि नै समाचार नपढ्ने/नसुन्ने/नहेर्ने वाचा गरेँ आफैँसँग । आफूले फलो गरिएका र लाइक गरिएका अधिकांश समाचार पोर्टललाई अनफलो र अनलाइक गरियो। हरेक रात ८ बजेको टिभी समाचार हेर्ने बानी परेको मैले, यो वर्ष मुस्किलले ५-६ वटा समाचार हेरेँ होला टिभीमा । बिहानको रेडियोको समाचार पनि सुन्न छोडियो । पत्रिका पढ्न छोडियो । ट्विटर र फेसबुकमा साथीहरुले सेयर गरेर, पढ्नैपर्ने भनेर रिकमेन्ड नगरेका बाहेक कुनै लेख सायदै पढियो । समाचारबाट सय प्रतिशत नै टाढा बस्न त सकिएन तर पनि कहिले समाचार खोज्दै कुनै समाचार पोर्टल धाइएन । यतिसम्म भयो कि, पश्चिममा पसेको बाढीसमेत मैले पछि मात्र थाहा पाएँ -- फिल द

डिल्लिबजारको ओरालो झरेका गाडीहरु पुतलीसडक चोकमा रोकिएका थिए, ट्राफिक प्रहरीबाट बाटो खुलेको ईशारा पर्खदैँ। त्यहाँ उडेको धुलो अनि खनिएको सडकमा जमेको पानीले आफू कुनै युद्दभूमीमा भएको आभास दिन्थ्यो। तिनकुने वानेश्वर क्षेत्रको सडक सार्क सम्मेलनको तयारीमा जुटिसक्दा पनि पुतलीसडक चोकमा भने धुलो उडिरहेको थियो। पुतलीसडक चोकको धुलो छल्दै अलि अघि बढेँ, ट्याक्सी कुर्न। दिल्ली जानको लागि एयरपोर्ट तीन, साँढे तिन भित्र पुग्नु पर्ने कुरा भएको थियो, "सेक्युरिटी कडा" छ भन्ने सुनिएको थियो सार्क'का कारण। आफूलाई हतार भएको बेला, सबै कुरा ढिलो भए झैँ लाग्छ। करिब १० मिनेट कुरेपछि बल्ल एउटा खाली ट्याक्सी देखियो, हातले ईशारा गरेँ, केही पर गएर ट्याक्सी रोकियो। ट्याक्सी रोकेर चढ्न पनि कहिलेकाँही महाभारत नै पर्छ, फलाना ठाउँ जाने, चिलाना ठाउँ नजाने, यति भन्दा घटि नजाने भनेर अड्को थाप्ने टन्नै ट्याक्सी गुड्छन् काठमाडौँमा। त्यही ट्याक्सीको महाभारत सोचेर, पहिले कलंकी देखि एयरपोर्टसम्म चल्ने साझा यातायातमा एयरपोर्ट जाने प्लान गरेको थिँए तर आफू पौने ३ बजेसम्म पुतलीसडकमै थिँए। साझाको रुट नमिल्ने भए

गुगल बिजनेस ग्रुप (जिबिजी) काठमाडौं कम्युनिटिको आयोजनामा आज शनिबार, नेपालमा गुगल डे पहिलोपटक मनाइँदैछ। बिहान १० देखि बेलुका ५ बजेसम्म झम्सिखेल स्थित मोक्षमा चल्ने कार्यक्रममा गुगल टेक्नोलोजीबारे छलफल तथा मोबाइल एप्स प्रदर्शनी हुनेछ। भर्खरै अनिश र मनिषाको स्टार्टअप "यल्लो नेपाल" , जिबिजीको बिजनेस स्टोरिज कम्पिटिसनको फाइनलमा पुगेकोछ। कार्यक्रममा आज यही यल्लो नेपाल, एप्स झोला, पिकोभिको, नेपाली पात्रो, एनलोकेट लगायत विविध कम्पनीहरुले आफ्नो कथा सुनाउनेछन् । नेपालमा गुगल बिजनेस ग्रुपले के गर्दैछ, नेपालमा एन्ड्रोइडको अवस्था कस्तो छ, गुगलले अनलाइनमा आएका बिजनेसहरुलाई अघि बढ्न कसरी सहयोग गर्छ, गुगल टेक्नोलोजी प्रयोग गरेर अहिले के के भइरहेकोछ, नेपालमा कुन कुन अनलाइन बिजनेस आएकाछन्/आउँदैछन् आदि विविध विषयहरुमा छलफल हुनेछ। कार्यक्रममा गुगलका तर्फबाट, दक्षिण-पूर्वी एसियाको कार्यक्रम हेर्ने इरिका ह्यान्सनको उपस्थिति हुनेछ । यसका साथै, कार्यक्रममा सर्वसाधारणलाई मोबाइल एप्सहरुको जानकारी दिनको लागि मोबाइल एप्सहरुको प्रदर्शनी राखिएकोछ। कार्यक्रमबारे अधिक जानकारीको लागि जिबिजी काठम

नेपालका खाना/रेष्टुरेन्ट पारखीहरुका लागि लक्षित गरि अनिश श्रेष्ठ र मनिषा कर्माचार्य ले सुरु गरेको ' यल्लो नेपाल ' स्टार्टअप, गुगल बिजनेस स्टोरिज कम्पिटिसनको फाइनलमा पुगेकोछ। यल्लो नेपाल एप मार्फत,  मोबाइलबाटै खानाको मेनु हेर्न, आफ्नो नजिक'को रेष्टुरेन्ट खोज्न, सस्तो डिल्स तथा डिस्काउन्ट भेट्टाउन, काठमाडौमा भइरहेका पार्टि आदि बारेमा थाहा पाउन सकिन्छ । गुगल बिजनेस ग्रुप (जिबिजी)ले केही महिना अघि सुरु गरेको बिजनेस स्टोरी कम्पिटिसनमा ५० भन्दा धेरै देशका सयौँ कम्पनीहरुलाई पछि पार्दै यल्लो नेपाल एप, कम्पिटिसनको फाइनलमा पुगेको हो। यस कम्पिटिसनको फाइनलमा यल्लो नेपाल सँगै अन्य देशका आठवटा स्टार्टअपले प्रतिस्पर्धा गर्दैछन् । गुगल'ले ९ वटा फाइनलिस्टबाट ३ वटा उत्कृष्ट स्टार्टअप पब्लिक भोटिङबाट छान्नेछ । छानिएका ३ उत्कृष्ट स्टार्टअपले गुगलबाट ५ हजार डलरको फन्डिङ पाउनेछन्, जसले स्टार्टअपलाई अघि बढ्न ठूलो भरथेग गर्नेछ । नेपालमा स्टार्टअपको कल्चर भर्खर भर्खर सुरु भएको समयमा, गुगल जस्ता ठूलो कम्पनीले साना लोकल कम्पनीलाई यसरी प्रोत्साहन गर्नु स्वागतयोग्य कुरा हो । तर गुगलका

सानोछँदा दशैँ अनि तिहार'ताका मामाघर गएको समयमा खोरखोरे (लंगुरबुर्जा) खेल्ने गरिन्थ्यो । नेपालमा लाग्ने हरेक किसिमका मेलामा यो खेल खेलाइन्छ,  अझ दशैँ तिहारको समयमा सहर अनि गाउँ सबैतिर यो खेल खेलाइन्छ, साँच्चै भन्ने हो भने यो एक प्रकारको जुवा नै हो। तर तिहारको समयमा आफ्नो घरपरिवारमा बस्दा मोबाइलबाट यो खेल खेलेर रमाइलो गर्न सकिने भएको हुँदा, खोरखोरे (लंगुरबुर्जा) एन्ड्रोइड एपको बारेमा यो पोस्ट तयार गरिएको हो । यसअघि हामीले अनलाइन बाघचाल को बारेमा लेखेका थियौँ। ठाउँ अनुसार खोरखोरेलाई लंगुरबुर्जा वा झन्डाबुर्जा पनि भन्ने गरिन्छ, जुन खेल प्राय: दशैँ तिहारमा खेल्ने गरिन्छ  । छ वटा 'डाइस' लाई बाल्टिन वा कुनै भाँडो भित्र राखेर हल्लाइन्छ, खेलाडीहरुले आफूले इच्छा गरेको संकेत रोज्छन्, पैसा राख्छन्, त्यसपछि बाल्टिनलाई उठाइन्छ, डाइसमा माथिपट्टि आएका संकेतहरु हेरेर हारजित फैसला गरिन्छ । तल फोटोमा देखाइए झैँ, खोरखोरेमा छ किसिमका संकेत हुन्छन्, जसमा झन्डा, बुर्जा, इट्टा, पान, हुकुम/सुरत, र चिडी पर्छन् । तिहारमा खोरखोरे खेल्ने रहर छ, तर आफूसँग डाइस छैन भन्दैमा अब खिन्न हुनुपर्दैन । ह

ट्विटरमा हाम्रो किबोर्डको नयाँ भर्सन आयो भन्ने ट्विट देखेपछि, प्लेस्टोरबाट अपडेट गरेर यो ब्लग हाम्रो किबोर्डको परिक्षण गर्न सिधै ट्याबलेटबाट लेख्दैछु। हाम्रो किबोर्ड प्रयोग गरेर छिटोछिटो लेख्ने कसरत गर्दैछु। हेरौँ कत्तिको छिटो लेखिन्छ कत्तिको गल्ति हुन्छ। पहिले मोबाइल/ट्याबलेटमा यो किबोर्ड प्रयोग गरेर लामा लामा लेख लेख्न झन्झटिलो थियो तर माथिका यी ३ लाइन लेख्दा कहिँकुनै ठाउँमा गल्ति भएन, ल्याग भएन। भनेको कुरा मज्जाले लेख्न सकियो। पहिलेको भन्दा छिटो टाइप पनि गर्न सकेँ। २-३ महिना पहिले मैले ट्याबलेटबाटै ब्लग लेख्ने विचार गरेको थिँए। लेखेँ पनि तर दुई प्याराग्राफ टाइप गर्न पनि लगभग १ घन्टा जति लागेको थियो। तर यो  नयाँ अपडेटेड किबोर्ड प्रयोग गरिरहँदा अचम्ममा परेकोछु। "कि" एकपटक थिचिसकेपछि फेरि दोहोर्याएर हेर्नू नपर्ने भएको छ। मदनपुरस्कार पुस्तकालयले बनाएको रोमनाइज्ड युनिकोड मैले २००७ देखि नै प्रयोग गर्न थालेको हुँ, त्यसबेला रोमनाइज्ड किबोर्डबारे ब्लग लेख्दा एमपिपिको साइटबाट करिब २०० पटक उक्त किबोर्ड डाउनलोड भएकोथियो, अहिले पनि आकारपोष्ट्मा त्यही किबोर्ड बारेको