नेपालका हाम्रा राजनितिज्ञ/विश्लेषक/बुद्धिजिवीहरु शब्दजाल बनाउन कत्तिको खप्पिस छन् भन्ने कुरा विवेक पौडेलको यो ब्लग बाट थाहा हुन्छ । चुनावको केही समय पहिले, 'चातुर्दिक' शब्द नेपाल भित्रिएको थियो, वा मैले पहिलोपटक सुनेकोथिँए । चुनावपछि 'मतादेश' शब्द पहिलोपटक सुनियो, चुनावमा हार ब्यहोरेका र जनताले नराम्रोसँग झापड लाइदिएकाहरुलाई यो 'मतादेश' शब्द अस्त्र झैँ भएकोछ अहिले। आफूले जिते 'जनादेश' तर आफूले हारे 'मतादेश' हुने भन्ने उनीहरुको बुझाइ अचम्म लाग्दोछ । 'मतादेश' शब्द बारेको हुटहुटि देखेर, यसै सन्दर्भमा विवेक पौडेलले लेख्नुभएको जनादेश, मतादेश, र नेपाली बहसका नयाँ शब्दहरु ब्लगलाई यहाँ पुन प्रकाशित गरेकोछु । विवेक पौडेललाई ट्विटरमा @tistung फलो गर्न सकिन्छ । एकैपटक “मतादेश” भन्ने शब्द निकै सुन्न थालिएको छ। नेपालको सन्दर्भमा मैले यो शब्द प्रथम पटक हालैको चुनावपछि सुनेको हुँ। चुनावको नतिजा आउन शुरुगरेपछि एकजना चर्चित राजनीतिक विश्लेषकले टेलिभिजन र रेडियो कार्यक्रममा माओवादीको अप्रत्याशित नतिजालाई अर्थ्याउन यसको प्रयोग गर्नुभयो र भन्नुभयो,