पछिल्लो हप्ता काठमाडौँमा साझा यातायातको पुनरागमनले ठूलै चर्चा पायो । साझाले सर्वसाधारणको ताली र यातायात व्यवसायीको गाली दुबै पायो । यो ब्लगले भने, साझाको बारेमा केही कुरा गर्दैन । मेरो यातायातको साधन भनेको सार्वजनिक बस, माइक्रो, टेम्पुहरु आदि हुन् । जानुपर्ने ठाउँ नजिकै रहेछ भने, हिँडेरै जान रुचाउँछु, यद्दपी धुँवा, धुलोले सँधै सास्ति दिइरहन्छ ।बसमा भाडामा किचकिच गरेको खासै मन पर्दैन। दुई हप्ता अघि एक बिहान एकान्तकुनाबाट कलंकी हुँदै बालाजु जान बसमा २० रुपैयाँ तिरेँ, कन्डक्टरले चुपचाप भाडा लिए। भाडाको लिष्ट टाँसिएको थिएन, सायद २० रुपैयाँ नै भाडा होला भन्ने लाग्यो । दिउँसो सोही रुटबाट फर्किँए, धोबीघाट कटेपछि २० रुपैँया दिँए, बालाजुबाट एकान्तकुना सम्म भनेर । कन्डक्टरले भाडा पुगेन भने, मलाई लाग्यो सायद मैले बिहान थोरै तिरेको रहेछु । मैले ५ रुपैँयाको नोट बढाएँ, उसले एकछिन हातमा लियो र फिर्ता दियो, उसले भाडा पुगेन भन्यो । मैले भाडा कति हो भनेर सोधेँ, उसले रुखो स्वरमा ३० रुपैँया भन्यो । उसले यति भनेको मात्र के थियो, मेरो मगज अकस्मात तात्यो ।३० रुपैँया त भाडा हुनैसक्दैन भन्ने मेरो अनुमान