आइटि पार्क वनेपा काभ्रे मा, माननिय सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेल, विज्ञान तथा प्रविधि राज्य मन्त्री इन्द्र प्रसाद ढुंगेल तथा काठमाडौँ विश्वविदयालय का उपकुलपति प्रोफेसर डा सुरेशराज शर्मा ले संयुक्त रुप मा पानस मा दिप प्रज्वलन गरेर आइटि मिट २०१० को उद्घाटन गर्नु भयो । त्यसअघि माननिय सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेल, विज्ञान तथा प्रविधि राज्य मन्त्री इन्द्र प्रसाद ढुंगेल ले संयुक्त रुपमा रिवन काटेर आइटि मिट २०१० को शुभारम्भ गर्नु भएको थियो । उद्घाटन का अवसर मा काठमाडौँ विश्वविदयालय का रजिष्ट्रार प्रोफेसर डा भद्रमान तुलाधर, स्कुल अफ इन्जिनियरिङ का डिन भोला थापा, विद्यार्थी कल्याण का जंगम चौहान, काठमाडौँ विश्वविद्यालय का शिक्षक तथा पदाधिकारीहरु, पत्रकार तथा विदयार्थीहरु को उपस्थिति रहेको थियो । शुभेच्छा विष्ट ले सञ्चालन गर्नु भएको कार्यक्रम मा क्लब का तर्फबाट सुवास न्यौपाने ले स्वागत मन्तव्य दिँदै, कार्यक्रम को बारेमा बताउनुभएको थियो । कार्यक्रम मा काठमाडौँ विश्वविदयालय का उपकुलपति प्रोफेसर डा सुरेशराज शर्मा ले विद्यार्थी ले आफ्नै मेहेनत मा आयोजना गरेको कार्यक्रम आइटि