आइटि पार्क वनेपा काभ्रे मा, माननिय सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेल, विज्ञान तथा प्रविधि राज्य मन्त्री इन्द्र प्रसाद ढुंगेल तथा काठमाडौँ विश्वविदयालय का उपकुलपति प्रोफेसर डा सुरेशराज शर्मा ले संयुक्त रुप मा पानस मा दिप प्रज्वलन गरेर आइटि मिट २०१० को उद्घाटन गर्नु भयो । त्यसअघि माननिय सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेल, विज्ञान तथा प्रविधि राज्य मन्त्री इन्द्र प्रसाद ढुंगेल ले संयुक्त रुपमा रिवन काटेर आइटि मिट २०१० को शुभारम्भ गर्नु भएको थियो ।
उद्घाटन का अवसर मा काठमाडौँ विश्वविदयालय का रजिष्ट्रार प्रोफेसर डा भद्रमान तुलाधर, स्कुल अफ इन्जिनियरिङ का डिन भोला थापा, विद्यार्थी कल्याण का जंगम चौहान, काठमाडौँ विश्वविद्यालय का शिक्षक तथा पदाधिकारीहरु, पत्रकार तथा विदयार्थीहरु को उपस्थिति रहेको थियो ।
शुभेच्छा विष्ट ले सञ्चालन गर्नु भएको कार्यक्रम मा क्लब का तर्फबाट सुवास न्यौपाने ले स्वागत मन्तव्य दिँदै, कार्यक्रम को बारेमा बताउनुभएको थियो ।
कार्यक्रम मा काठमाडौँ विश्वविदयालय का उपकुलपति प्रोफेसर डा सुरेशराज शर्मा ले विद्यार्थी ले आफ्नै मेहेनत मा आयोजना गरेको कार्यक्रम आइटि मिट २०१० लाई सफलता को शुभकामना दिनुभएको थियो । विश्वविद्यालय ले सबै काम आफैँ गर्न नसक्ने र यस्ता कार्यक्रमहरुलाई केही मात्रा मा बजेट छुट्याइने भएपनि, विद्यार्थी आफैँले सानो कामबाट सुरुवात गर्दा कार्यक्रम सफल हुने कुरा बताउनु भएको थियो । विज्ञान तथा प्रविधि राज्य मन्त्री इन्द्र प्रसाद ढुंगेल ले पनि कार्यक्रम लाई सफलता को शूभकामना दिँदै, सरकार ले यस्ता कार्यक्रमलाई सँधै प्रोत्साहन दिँदै आइरहेको बताउनु भयो !
अन्तिम वक्ता का रुप मा आउनुभएका सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेल ले सफ्टवेयर इन्जिनियरिङ को लागि लगानि भन्दा पनि विद्यार्थी को सिप र दक्षता मा भर पर्ने बताउनु भयो । हार्डवेयर को लागि धेरै लगानि चाहिएपनि, सफ्टवेयर का लागि त्यति धेरै आर्थिक लगानि नचाहिने, मन्त्री पोखरेल को धारणा थियो । उहाँ ले भारत को बिहार को GDP को उदाहरण दिँदै, नेपाल मा भइरहेका टेक्नोलोजी कार्यक्रमबाट आफू आशावादी रहेको बताउनुभयो ! हाम्रो जस्तो सानो मुलुक ले साम्राज्य फैलाउने ठाउँ भनेकै, IT को क्षेत्र हो भन्दै मन्त्री पोखरेल ले युवा विद्यार्थीहरुलाई विदेश पलायन हुनु भन्दा पनि, आफ्नै देश मा बसेर देश विकास मा अग्रसर हुन आग्रह गर्नुभयो ।
११ बजे देखि सुरु भएको उद्घाटन कार्यक्रम दिउँसो १२ बजे सकिएको थियो ।
Photo by: Devyani
Comments
Post a Comment