अर्को दूर्घटना, मैले कारण सोधेँ ! अनि सरसर्ति आँखा दौडाएँ, पत्रिका मा उसको मृत्यु को खबर छापिएको रहेछ ! हुन त अघिल्लो दिन नै, इन्टरनेट मा त्यही खबर पढेको थिँए, तर मैले याद गरेको थिइन, सायद अरु नै कोही थियो होला, मेरो सरोकार भन्दा बाहिर को भनेर ! तर जब थाहा पाएँ, मैले उसलाई केही भन्न सकिन, फोन समाएर म बसिरहेँ, मलाई त्यो सानो भाइ को याद आयो, मलाई त्यो सानी बहिनी को पनि याद आयो, मैले केही भन्न सकिन ! मैले सम्झेँ, त्यो सानी बहिनी सँग म कति धेरै बोल्थेँ, मैले भेटेको छैन, देखेको पनि छैन, तर उ मेरी साथी कि बहिनी (नजिक को नातेदार) हो । उनीहरु प्राय: साथै हुन्छन् । कहिलेकाहिँ साथिलाई फोन गर्दा उसकी बहिनीले उठाउँथी ! आज धेरै दिन पछि मैले साथिलाई फोन गरेँ, फोन को अर्को छेउ बाट त्यही बहिनी को परिचित आवाज आयो, सुरुमा के भनौँ के भनौँ भयो ! बहिनी ले भनि, लोडसेडिङ ले गर्दा, फोन मा ब्याट्री छैन, उसले आफू सँग पनि मोबाइल छ भन्दै नम्बर टिप्न भनि, मैले उसलाई मिसकल गर्न सुझाएँ । उसले भनि, म मिसकल गर्छु है मेरो मोबाइलबाट, पछि फेरि भनि मेरो बाबा को मोबाइल ! मलाई गाह्रो भएर आयो, उसले बाबा को मोबाइल भ...