Skip to main content

Posts

थाहा हुंदा हुंदै पनि मनले धिक्कार्दा धिक्कार्दै पनि मान्यतालाई फाल्नलाई नयां बिचार पाल्नलाई भ्यागुताहरु थुपारियो धार्नि पुर्याउनलाई ! मौसमलाई अनुकुल बनाई रछ्यान मा मुला सप्रेझैं सप्रेका पहेंला पहेँला काला काला झ्वाँक झ्वाँक भै कक्रेका भ्यागुताहरु थुपारियो धार्नि पुर्याउनलाई ! घांटीको गांड नै च्यात्तिनेगरि कराउन सक्ने अर्कोलाई लात्ताले बजारि नमज्जाले हराउन सक्ने मान्छेका खुट्टामा पिसाब फेर्दै मान्छेकै सामु दगुर्न सक्ने भ्यागुताहरु थुपारियो धार्नि पुर्याउनलाई ! सेतो कालो दुब्लो पातलो मोटो घाटो भाले पोथी दुलामा बस्ने काठमा बस्ने पानीमा बस्ने समान अनुपातमा भ्यागुताहरु थुपारियो धार्नि पुर्याउनलाई ! तै! पुगिहाल्छ कि भन्दै दुई सय पाँच को ठाउंमा छ सय एक नै ल्याईयो अनि थुपारियो प्रतिनिधि भ्यागुताहरु धार्नि पुर्याउनलाई !!!               - घिमिरे सुनिल

माओवादी देखि कति जनालाई रिस उठेको होला, बेला न कुबेला थाल्न लागेको आन्दोलन ले ! निर्णायक आन्दोलन को लागि भन्दै, विभिन्न ठाउँमा माओवादी ले सैन्य तालिम सञ्चालन गरिरहेको छ । निजी  विद्यालय को शुल्क को निहुँ मा, माओवादी को विद्यार्थी संगठन ले अनिश्चितकालिन स्कुल बन्द गरिरहेको छ । शान्ति प्रक्रिया मा पनि माओवादी ले भाँजो हाल्दैछ, विभिन्न निहुँहरु निकालेर । संविधान समय मा नबन्ने भइसकेको छ, उनीहरुको एकोहोरो रटले गर्दा, संविधान सभा पनि उनीहरुले गर्दा स्थगित भएको छ । माओवादी का कारण स्कुल, कारखाना बन्द छ । अरु दल का कार्यकर्ताहरुलाई पिटिरहेकाछन् । यसले गर्दा भन्न सकिन्छ कि, माओवादी रचनात्मक शक्ति हुँदै होइन । तर यो कुराहरु म भन्दै छैन, यी सबै कुराहरु प्रधानमन्त्री माधव कुमार नेपाल भन्दैछन् यो तलको भिडियो मा । भिडियो मा निकै आक्रोशित देखिएका प्रधानमन्त्री नेपाल ले माओवादी को खोइरो खनेकाछन् । उनी भन्दैछन्, माओवादी शान्ती को पक्ष मा छैन, युद्ध मा लाग्न खोजिरहेको छ, सहमति को राजनितिलाई समाप्त गर्न खोज्दैछ । जसले सारा देशमा युद्ध  मच्चायो, त्यो मान्छे कसरी मान्य हुन्छ ? उनको प्रतिप्रश्न छ ! उनक

Listen to 4th Episode of “ Pyaas Bhitra Ko Bidroha” आज को यो अंक मा हामी नेपाली मा अनुदित एउटा बंगाली उपन्यास “प्यास भित्र को विद्रोह” लिएर आएका छौँ । प्रख्यात बंगाली लेखिका तसलिमा नसरीन को चर्चित उपन्यास “प्यास भित्र को विद्रोह” लाई नेपाली मा महेन्द्र मोहक ले अनुवाद गर्नुभएको हो । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् । विवाद र चर्चा को शिखर मा रहेकी बंगाली लेखिका ‘तसलिमा नसरीन’ को यो उपन्यास मा नारी भित्र को यौनकुण्ठा को विश्लेषण गरिएको छ । “प्यास भित्र को विद्रोह” को उपन्यास मा एक महिला को बिहे पछि को, यौन जिवन को चर्चा गरिएको छ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ । माथि को अडियो डाउनलोड गर्नुहोस् !

सोसल नेटवर्किङ साइट फेसबुक , अब हामी ले सोचेको भन्दा धेरै पर पुगिसकेको छ । के तपाईलाई थाहा छ ? इन्टरनेट जगत मा फेसबुक ले एउटा ठूलो फड्को मार्दैछ, अनि यही फेसबुक कै कुराला‌ई लिएर इन्टरनेट का ब्लग र वेवसाइट मा खैलाबैला छाएको छ । दुई दिन अघि फेसबुक ले, सानफ्रान्सिस्को  मा  ' 3rd Facebook f8 Developer Conference' गरेको थियो । '3rd Facebook f8 Developer Conference' को अनलाइन मा लाइभटेलिकास्ट पनि गरिएको थियो । सोही समारोह मा फेसबुक का CEO Mark Zuckerberg ले सबैलाई अचम्मित पार्दै फेसबुक का योजनाहरु सुनाए । ४ सय मिलियन भन्दा बढि प्रयोगकर्ता रहेको फेसबुक ले सम्भवत: गुगल लाई चुनौती दिएको छ, आफ्ना योजनाहरु मार्फत ! के भनियो 'Facebook f8 Developer Conference'  मा ?   फेसबुक अब समय बिताउने ठाउँ, रमाइलो गर्ने ठाउँ मात्र रहेन । अब Facebook Connect को मार्फत विभिन्न साइट मा लगइन गर्न सकिने भएको छ । Facebook Connect बटन भएका साइटहरु मा अब सिधै फेसबुक कै आफ्नो एकाउन्ट बाट साइन गर्न सकिने छ । तपाई ले अब Hacker News जस्ता साइटहरु मा, फेसबुक कै एकाउन्ट मार्फत साइन गर्न सक्नुहुनेछ

Listen to Bulbul Episode-34 [April 21,2010]. रात्री बसाइ को यो अर्को नयाँ अंक मा आज 'म' सम्बन्धि रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे र उत्पादन सहयोगी दिनेश निरौला उपस्थित हुनुभएको छ । हिमालयको देशमा आज मरभूमीको राप भेँटे आलो रक्तले पोतिएको अमिट छाप भेँटे ! सेती किनारमा हात भेटे, शिर मर्स्याङ्दी तटमा आफन्तमाझ बिद्रोह गर्नेको,धेरै उजन्ड चाप भेँटे !! पाईन्छकी कँही कतै मीठो वचन खोजी हीँडे फुटेका चुरा अनि सेफद वस्त्रहरुको स्राप भेँटे !! स्तब्ध छन् पाइलाहरु, कूँजा सेवक हातहरु किन बन्थ्यो राष्ट्र जब अगूवानै औँठछाप भेँटे ! -किशोर के. सी. कार्यक्रम प्रस्तोता, अच्युत घिमिरे अस्वस्थ हुनुभएकोले, आज हामी ले पहिले नै प्रसारित बुलबुल को अंक १९ पुन: प्रशारण गरेका छौँ । हामी घिमिरे को शिघ्र स्वास्थ्य लाभ को कामना गर्दछौँ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gm

Sunset is the daily disappearance of the sun below the horizon as a result of the Earth's rotation. And sunset is one of the most wonderful moment. Its always feels good to see sunset or sunrise. Today, I’m posting some pictures of sunset here. These pictures were clicked some day back during KU Sports Week 2010. We were watching Football Final Match that day, but clicked pictures of Sunset too as a competition. Competition was between me & Usha . Hope you will like it. And another thing I’m not a poet, otherwise I should have written poem on it. :P                  P.S. Pictures were clicked by myself & Usha .

हुन त कुरा समय समय मा उठिरहेको छ , निजी विद्यालयहरुले असुल्ने विद्यार्थी शुल्क को बारेमा । तर 'काग कराउँदैछ, पिना सुक्दैछ' भने झैँ भइरहेछ । अनि हामी सँग शिक्षा नियमावली नभएको पनि होइन, तर त्यो कार्यान्वायन भए-नभएको हेर्ने निकाय कान मा तेल हालेर बसेको आभाष हुन्छ । कुरा, निजी विद्यालय ले असुल्ने विद्यार्थी शुल्क कै बारेमा हो । हिजो राती एभिन्युज टेलिभिजन को रिपोर्ट हेरेको थिँए, निजी विद्यालय ले उठाइरहेको विद्यार्थी शूल्क को विषय मा । आज को कान्तिपुर दैनिक मा पनि "नियमविपरीत भर्ना शुल्क/ ४१ हजारसम्म असुल्छन्" भन्ने शिर्षक मा समाचार छापिएको रहेछ, यही विद्यार्थी शुल्क को बारेमा । समाचार मा लेखिएको छ: विद्यालयले भर्नाबापत १० देखि ४१ हजार रुपैयाँसम्म लिएका छन् । वाषिर्क शुल्कका नाममा उनीहरूले १० देखि १७ हजार र धरौटीबापत १ हजार देखि २० हजार रुपैयाँसम्म लिएका छन् । वाषिर्क, भर्ना र धरौटीबापतको शुल्क सञ्चालकले निजी प्रयोग गर्छन् । मासिक शुल्क करिब २ हजार रहेको राजधानीको चेल्सी एकेडेमीले कक्षा १ को भर्ना शुल्क ३५ हजार लिने गरेको छ भने चाँदबागले २८ हजार रुपैयाँ शुल्क लिने गरेको छ

Listen to 3rd Episode of “ Pyaas Bhitra Ko Bidroha” आज को यो अंक मा हामी नेपाली मा अनुदित एउटा बंगाली उपन्यास “प्यास भित्र को विद्रोह” लिएर आएका छौँ ।  प्रख्यात बंगाली लेखिका तसलिमा नसरीन को चर्चित उपन्यास “प्यास भित्र को विद्रोह” लाई नेपाली मा महेन्द्र मोहक ले अनुवाद गर्नुभएको हो । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् । विवाद र चर्चा को शिखर मा रहेकी बंगाली लेखिका ‘तसलिमा नसरीन’ को यो उपन्यास मा नारी भित्र को यौनकुण्ठा को विश्लेषण गरिएको छ । “प्यास भित्र को विद्रोह” को उपन्यास मा एक महिला को बिहे पछि को, यौन जिवन को चर्चा गरिएको छ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ । माथि को अडियो डाउनलोड गर्नुहोस् !

मध्यपुर्वी राष्ट् इजरायल ले एप्पल को नयाँ ‘आइप्याड’ आयात मा प्रतिबन्ध लगाएको छ । फाइनान्सिएल टाइम्स, इन्डिया का अनुसार ‘iPad’ लाई इजरायल मा प्रतिबन्ध लगाइएको छ, भने एयरपोर्ट मा आइएप्याड सँग भेटिएका व्यक्तिलाई कारवाही गरिएको छ ।   इजरायली सञ्चार मन्त्रालय का प्रवक्ता ले भनेका छन्, ‘आइप्याड’ मा प्रयोग गरिएको ‘wi-fi’ सिस्टम, इजरायल को ‘wi-fi’ सिस्टम सँग अमिल्दो रहेको छ ।  ‘आइप्याड’ मा फरक किसिम को ‘wi-fi’ सिस्टम जडान गरिएकोले, इजरायल को ‘ डोमेस्टिक नेटवर्क’ मा ‘आइप्याड’  ले क्षति पुर्याउन सक्ने दावी उनीहरु ले गरेका छन् । तर ‘आइप्याड’ निर्माता एप्पल ले भने इजरायल को यस कदम को बारेमा केही बताएको छैन । तपाईहरु इजरायल जाँदै हुनुहुन्छ भने ‘आइप्याड’ साथ मा नलग्नु होला, अन्यथा विना मतलब को झमेला मा फस्न सक्नु हुनेछ । English Version: Israel Banned iPads ************************************************************************* प्रविधि सम्बन्धि कुराहरु नेपाली भाषामा लेख्नको लागि आजबाट 'Friday Tech' कोलम सुरु गरेको छु । सूचना प्रविधिका कुराहरु साप्ताहिक रुपमा शुक्रबार यसब्लगमा लेख्दै जाने

Listen to Bulbul Episode-33 [April 14,2010]. रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-33 [April 14, 2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]