घडि हेरेँ ३ बजिसकेछ, आज डिसेम्बर १८ मलाई एयरपोर्ट पुग्न हतार भइरहेको छ । क्लास भए पनि आशालाई भेट्ने हतार ले म होस्टेल बाट आफ्नो सानो झोला लिएर निस्किँए, होस्टल मा भनिदिएँ, ‘आज म आउँदिन है, बाहिरै बस्छु’ । के गर्नु होस्टल बसेपछि कहाँ जान्छु, के गर्छु नभने पनि बाहिरै बस्ने भएपछि त भन्नै पर्यो नि, फेरी हाम्रो होस्टल मा यो जाडो महिना मा बेलुका साँढे छ बजे भित्र नै भित्र छिरिसक्नुपर्छ । हप्ता मा एकपटक बाहिर बस्न जान पाइन्छ अनि यसमा नि कुनै गडबढ भयो भने, होस्टल बाट फस्ट टाइम लास्ट वार्निङ पाइन्छ । आशा भन्दैथिइ साँढे चार बजेको फ्लाइट छ । कति वर्ष पछि म भेट्दैथिएँ, मेरो सबैभन्दा मिल्ने साथि, मेरी फुपुकी छोरी, मेरी दिदी आशालाई । म पुल्चोक क्याम्पस को गेटबाट हतार हतार निस्किएँ हिमालयन होटललाई दाहिने पारेर । हतार मा छु म, यो अफिसबाट फर्कने टाइम त हैन तर पनि थापाथली पुल मा जाम लागेको छ गाडिहरुको । जहिले आफूलाई हतार हुन्छ त्यहिले नै किन यस्तो जाम साम हुनु परेको होला, कहिले काँहि त यो हाम्रो देश को सिस्टम देखेर पनि दिक्क लाग्छ, मलाई नि आशा जस्तै बाहिर जाउँ जाउँ लाग्छ । सायद अब को २-३ वर्ष पछि चाँह