Skip to main content

Posts

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

केही दिन यता नेपाल स्टक एक्सचेन्ज (नेप्से) को साइटमार्फत सेयर कारोबार हुन सकेको छैन । कान्तिपुरका अनुसार नेप्सले आफ्नो सर्भरमा खराबी आउँदा कारोबार हुन नसकेको जनाएकोछ । समाचार अनुसार,  बुधबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सर्भरमा देखिएको समस्या र सर्किट ब्रेकरका कारण सेयरलगानीकर्ताले २० मिनेट मात्र कारोबार गर्न पाएका थिए । नेप्सेले सर्भरमा खराबी आएको बताइरहँदा आफूलाई ‘ह्याक्टिभिष्ट’ (Hacktivist) भनेर चिनाउने अज्ञात ह्याकर (Anonymous Hackers) हरुको समूहले भने, नेप्सेको साइटलाई आफूहरुले आक्रमण गरेको दावी गरेकाछन् । पेस्टविनमा जारी गरिएको विज्ञप्तिमा आफूहरुले ५ दिन देखि निरन्तर नेप्सेको साइटमा ‘DDoS’ (कम्प्युटरबाट एकैपटक सर्भरमा हजारौँ रिक्वेष्ट पठाएर गरिने आक्रमण) गरिरहेको बताएकाछन् । पैसाको लागि पैसाको  कारोबार गर्नु जुवा खेल्नु हो र यसले सम्पन्नलाई मात्र पक्षपोषण गर्ने भन्दै, धनि अझै धनि भइरहने र गरिब झनै गरिब भइरहने कारण नेप्सेको साइटमा आक्रमण गरेको जनाएकाछन् । नेप्सेको सर्भरमा खराबी नआइ, आफूहरुले नै नेप्सेको साइटमाथि आक्रमण गरेको दावी अज्ञात समूहले गरेको छ । पे...

Listen to Bulbul Episode-142 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com...

पोखराबाट उडेको विमान जोमसोममा दुर्घटना (Agni Air Plane crashed in Jomsom) भएको खबर माइक्रोब्लगिङ साइट ट्विटर (Microblogging site Twitter) मा परालको आगो झैँ फैलियो । अस्ति भर्खर सिन्धुलीमा विमान दूर्घटना भयो भन्ने झुटो खबर फैलिएका कारण खबर झ्वाट्ट सुन्नेले पहिले त पत्याएनन्, तर एकैछिनमा ट्विटर प्रयोगकर्ताहरु र राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार माध्यमले प्लेन दूर्घटना भएको खबर पुष्टि गर्दै ट्विट गर्न थाले । माइक्रो ब्लगिङ साइट ट्विटर समाचार ब्रेक गर्ने तथा समाचार र सूचना छिटो भन्दा छिटो संसारभर फैलाउने टुलको रुपमा परिचित हुँदै आएकोछ । अनि यही शिलशिलाको नियमितता स्वरुप,जोमसोममा भएको विमान दुर्घटनाको खबर पनि क्षणभर मै ट्विटरको माध्यमबाट विश्वभर फैलिएको थियो, यति मात्र होइन नेपाल ट्विटर ट्रेन्डमा पनि केही क्षणका लागि देखिएको थियो । अर्थात भनौँ, नेपाल ट्विटरमा विश्वव्यापी ट्रेन्ड (Nepal Trends Worldwide on Twitter ) भएको थियो, यसको अर्थ हुन्छ नेपाली समयअनुसार दिउँसो ११-१२ बजेतिर नेपाल सम्बन्धि हजारौं ट्विटहरु एकैसाथ संसारभरबाट ट्विटरमा ओइरिएको थियो । निश्चय पनि विमान दुर्घटना हामील...

Listen to Bulbul Episode-141 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulb...

हामीलाई डरलागेको वा गर्न नसक्ने जस्तो कुरा आफ्नो सामुन्ने आउँदा हामी नेपालीको मुखबाट फुत्कने शब्द हो, आबुई ! आबुई वा आब्बुइ वा अबुइ जे भने’पनि मैले भन्न खोज्या कुरा त बुझ्नु भो होला । म चैँ आबुई (Abui) भन्छु है । त्यही हामीभित्र रहको डर जनाउने शब्द ‘आबुई’लाई समेट्दै र हामी भित्रको शब्दको डर हटाउन ‘ आबुई डटकम’ आइपुगेकोछ । कुनै नेपाली शब्दको अर्थ आएन वा उखान टुक्काको अर्थ बुझ्न सकिएन भने अब त्यसको समाधान प्राय आबुई डटकममा भेट्न सकिन्छ । गतसाल पुषदेखि सञ्चालनमा आएको ‘आबुई डटकम’ नै ‘अनलाइन नेपाली शब्दकोष’ (Online Nepali Dictionary) हो। आबुई डटकममा नेपाली शब्दका अर्थका साथै नेपाली उखानहरुका अर्थ भेट्न सकिन्छ । नेपाली ब्लगका ब्लगर नेपाली ले निर्माण गरेको आबुई डटकममा दैनिक रुपमा एउटा शब्दलाई “आजको शब्द” भनेर त्यसको अर्थ दिने गरिएकोछ । आबुई डटकम कसरी चलाउने? आबुई डटकमको गृहपृष्ठमा टेक्स्टबक्स रहेकोछ । टेक्स्टबक्स माथि ‘शब्द कोरे कोरे जस्तो गरौँ’ भन्ने वाक्य राखिएकोछ, त्यहाँ भनिएजस्तै टेक्स्टबक्स भित्र गएर शब्द कोरे जस्तो गर्नुस अर्थात कुनै शब्द लेखेजस्तो गर्नुस्, तपाईले रोमनमा ...