Skip to main content

Posts

थ्रि इडियटस् (3 Idiots), बलिउड बक्स अफिसमा सुपरहिट सावित भइसक्यो । विधु विनोड चोप्डा प्रोडक्सन को ब्यानर मा राजकुमार हिरानी ले निर्माण गरेको चलचित्र थ्रि इडियटस् संसार भर का हलहरु मा हाउसफुल का साथ चलिरहेको छ । सर्वत्र यो चलचित्र को कुरा चलिरहेको छ । कोही भन्छन्, आमिर खान को हात मा अर्को सफल चलचित्र पर्‌यो । चलचित्र त एभरेज भन्दा निकै राम्रो छ । पक्कै चलचित्र धेरै राम्रो बनेको छ, धेरै पछि हल मै गएर चलचित्र हेरेर पनि आइयो । सबैको मुख मा 'All is Well' भन्ने शब्द झुन्डिरहेको छ, त्यसबाहेक 'Give me some sun shine, give me some rain' भन्ने गित पनि धेरै को मुख मा झून्डिरहेको छ । कुनै चलचित्र सफल हुनलाई अभिनय देखि लगानि, निर्देशन, संगित, कथा, पटकथा सम्म राम्रो र स्तरिय हुनुपर्छ । चलचित्र ले उठान गरेको विषय हाम्रो आफ्नै समस्या हो भन्दा फरक पर्दैन । पुरातन शिक्षा प्रणाली लाई त्यागेर नयाँ शिक्षा प्रणाली अंगाल्नुपर्छ भन्ने चलचित्र को सन्देशलाई सबैभन्दा सकरात्मक पाटो मान्नुपर्छ । यो चलचित्र सुपरहिट सावित हुँदै गर्दा, यसका अभिनेता देखि निर्देशक सम्म ले वाह वाही बटुलिरहेकाछन्, तर ...

Listen to Bulbul Episode-18 [December 30,2009]. 'सम्झने ले बिर्से सायद, मैले मात्र के सम्झनु, डोली चढि जाने सानू, तिम्रो बाटो के पर्खनु'... यही गजल वाचन सँगै आज को बुलबुल या भनौँ सन् २००९ कै अन्तिम बुलबुल लिएर सदा झैँ हामी उपस्थित भइसकेकाछौँ। आउँदै गरेको सन् २०१० को उपलक्ष्य मा सम्पूर्ण बुलबुलियनहरुलाई हार्दिक मंगलमय शूभकामना व्यक्त गर्दछौँ, यहाँहरु को हरक्षण हरपल सुखमय रहोस् । रात्री बसाइ को यो अठारौँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे  र उत्पादन सहयोगी दिनेश निरौला उपस्थित हुनुभएको छ । सन् २००९ को अन्तिम कार्यक्रम बुलबुल, तपाई कै शुभकामनाहरु ले भरिएकाछन् । आउनुहोस् सन् २०१० लाई बुलबुल को साथ मा स्वागत गरौँ । यहाँका हरपल हरक्षण सुखमय बनोस हाम्रो शुभकामना यही छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bul...

...विमानबाट निस्कने बित्तिकै मन्द चलेको चिसो हिमाली बतासको झोँका सँगै म यथार्थको धरातलमा आउँछु । सुर्खेततिर झर्न लाम लागेर बसेका यात्रुहरु र सुरक्षाकर्मी प्रहरीहरुको सानो भिड जम्मा भएको छ वरपर । छेउछाउमा बिभिन्न निर्माण सामाग्रीहरु यत्रतत्र छरिएका छन शायद मुगूका विभिन्न निर्माण योजना सम्पन्न गर्न जहाज मार्फत ल्याइएका होलान । सुरक्षाकर्मिले आगन्तुक रजिस्टरमा नाम टिप्दै गर्दा जहाज पुन: स्टार्ट हुन्छ र बिमानस्थलको धावनमार्गमा बेपत्ता धुलो उडाउँदै केही यात्रु र केही बोरा जडिबुटी बोकेर सुर्खेत तिर लाग्छ । त्यो कर्कश आवाज गर्ने यन्त्र उडेर गैसकेपछी बिमानस्थल एकदमै शान्त अनुभव हुन्छ । रारा बिमानस्थल कल्पनाको बिमानस्थलभन्दा एकदमै फरक छ । वरीपरी बारबन्देजले घेरिएको र आधुनिक संचार सुबिधा सहितको धुले भएपनी ब्यबस्थित होला भनेर कल्पना गरेको थिएँ । तर यहाँ बिमानस्थलको पश्चिम तर्फ माथि पुराना र धुवाँले कालो पारेको सिसाका झ्यालहरुले घेरिएको सानो कोठाबाट बिमानसँग संचार संपर्क हुन्छ र त्यहाँ एक दुई होटल र बिमान कम्पनिका कार्यालयबाहेक फाट्टफुट्ट घरहरु मात्रै छन । बारबन्देजको त कुरै छोडौ । जहाज आउनेबेला...

This coming Saturday on 2nd January 2010, Silver Lining Creation - Finland is going to screen their much awaited documentary 'The Third Generation' (तेस्रो पुस्ता) in Kathmandu. Would like to invite you all to watch the documentary. Following is the details of program. Date: 2nd January 2010, Time: 4:30- 6:00 pm Venue: Nepal Tourism Board Auditorium Tickets: Rs. 1000, Rs. 500 and Rs. 150 For tickets, contact Nodan Club Kathmandu or alternatively you can call to 9849028873 (Manoj). It's also possible to confirm your participation and purchase a ticket on the same day before the program begins. This is the only public show Silver Lining Creation (SLC)  is doing in Nepal.If you need more information about the documentary visit www.silcreation.org or call 9849028873. Watch Promo: The Third Generation Plot: The documentary is based on a 19 years old Nepalese boy who leaves his well paid job with the United Nations in order to pursue a higher degree in the west. ...

वि. सं. २०४९-५० तिर ब्रोइलर को मासु खाँदा एड्स फैलिन्छ भन्ने भ्रामक हल्ला फैलिँदा व्यवसाय नगरौँ झैँ लाग्ने, प्रभात पोल्ट्रि फार्म तथा ह्याचरी उद्योग, बखुन्डोल धुलिखेल का बिष्णु शर्मा आफ्नो व्यवसायले २० वर्ष पार गर्दै गर्दा मख्ख छन् । वि. सं. २०४७ मा एक डेढ लाख को लगानि मा तिन दाजुभाइ ईश्वर, बिष्णु र नवराज ले सुरु गरेको पोल्ट्रि फार्म मा अहिले करोडौँ को लगानि छ भने मासिक चालिस-पचास लाख को कारोबार हुने गरेको छ । करिब ३० रोपनी क्षेत्रफल मा फैलिएको फार्म मा चल्ला उत्पादन का लागि नौ वटा सेड बनाइएको छ । सानो लगानि अनि पारिवारिक स्तर बाट सुरु गरिएको व्यवसाय मा अहिले उनले करिब ३५-४० जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेकाछन् । व्यवसाय सुरु गर्दा ताका माउ कुखुरा ल्याउन समस्या परेको बताउँदै फार्म का बिष्णु शर्मा भन्नुहुन्छ,-‘उसबेला कुखुरा कहाँ बाट ल्याउने समस्या थियो, जानेकाहरु र थाहा पाएकाहरु पनि केही सल्लाह दिदैँनथिए, हामीलाई कुखुरा कहाँबाट ल्याउने, कसरी ल्याउने, कति ल्याउने आदि जस्ता कुरामा साह्रै नै समस्या परेको थियो’ । व्यवसाय को सुरुवात का दिन मा भारतबाट वर्षेनि मुस्किलले पाँच छ हजार मात...