Skip to main content

Posts

हिजोआज विभेद विरुद्ध जहिँकहिँ आवाज उठ्ने गरेकोछ । तर हामीकहाँ केही संयन्त्रहरु यस्ता छन्, जहाँ विभेद विरुद्धका आवाज बाहिरसम्म आइपुग्दैनन्, माथिल्लो निकायसम्म पुग्दैनन्, ती आवाजहरु त्यसै दबाइन्छन्, त्यसै दबिएर जान्छन् । अपवादका रुपमा कहिलेकाँही ती विभेद विरुद्धका आवाजहरु विस्फोट हुन्छन् । ती आवाजहरु विस्फोटन हुँदा पनि अंधिकाश समय, 'सत्य के हो' भनेर खोज्ने प्रयत्न गरिँदैन । तर थिएटर भिलेज, उत्तरढोका, काठमाडौँमा चलिरहेको अनुप बराल निर्देशित नाटक 'कोर्ट मार्शल'ले भने 'सैनिक संगठन' भित्र दबिएका आवाज र त्यसले निम्त्याएको अकल्पनिय परिणाम पछि, सत्यको खोजी गर्ने प्रयास गरेकोछ । सत्यको खोजी गर्ने टोलीको नेतृत्व नायक सुवास थापा उर्फ क्याप्टेन विकास पोखरेलले गरेकाछन् भने नायक राजेश हमाल उर्फ कर्नेल रुपक सिंहले 'कोर्ट मार्शल'कै नेतृत्व गरेकाछन् । एक सिनियर अफिसरलाई गोली हानेर हत्या गरेको र अर्को एकजनालाई घाइते बनाएको अभियोगमा रामबहादुर (सुदाम सिके) माथि कोर्ट मार्शल गरिन्छ । रामबहादुरले आफ्ना सिनियरको हत्या गरेको स्विकार गरिसकेको अवस्थामा यस विषयलाई अगाडी लानु...

सोसल मिडियाको प्रयोगबाट अहिले नै कसैले नेपालमा चुनाव जिते भनेर भन्नु गलत प्रचार हुन्छ । तर सोसल मिडियाको अधिकतम प्रयोग भएको यो नेपालकै पहिलो चुनाव भने "संविधान सभाको दोस्रो चुनाव" हो। उम्मेदवार तथा मतदाताहरुले आफ्नो कुरा राख्न, सोसल मिडियाको राम्रैसँग प्रयोग गरे । सोसल मिडिया एनालिटिक्स कम्पनी सिम्लिफाई ३६० ले चुनावको समयमा सोसल मिडियाको अनुगमन गरेको थियो । सिम्लिफाइको रिपोर्ट अनुसार संविधान सभा निर्वाचनबारे सबैभन्दा धेरै बहस ट्विटरमा भएको थियो । त्यसो त #NepalVotes लेखिएका ट्विट मात्रै पनि ५० औँ हजार भन्दा धेरै गरिए, पछिल्लो १ महिनामा । रिपोर्टको सन्दर्भमा सिम्प्लिफाइ ३६० का सिइओ, भुपेन्द्र खनाल भन्छन् ,"सबैभन्दा धेरै डिस्कसन ट्विटरमा भएबाट पनि, ट्विटरको प्रयोग र महत्व नेपालीहरु माझ बढ्दै गएको प्रस्ट हुन्छ । त्यसबाहेक अन्तराष्ट्रिय क्षेत्रबाट पनि संविधान सभा निर्वाचनलाई निकै महत्वसाथ हेरिएको पाइयो।" Read: Nepal CA Election Happened Both in Ballot And in Social Media [Buzz Analysis Report] चुनाव अघि वैद्य समूहले नेपाल बन्द गरेको थियो भने ठाउँ ठाउँमा ...

ट्विटर, फेसबुक, इन्स्टाग्राम, गुगल प्लस आदि चलाउनेहरुका लागि यो सिम्बोल " # " नयाँ होइन। पहिले नम्बर/पाउन्ड सिम्बोल भनेर चिनिने # लाई ट्विटरमा प्रयोग गर्न थालेसँगै ह्यासट्याग भन्ने गरियो । ट्विटरमा एउटै विषयमा कुरा गर्दा # सिम्बोल सँगै उक्त विषय/शब्द लेखौँ भनेर गरिएको ट्विट बाट ट्विटर ह्यासट्यागको थालनी भएको थियो । how do you feel about using # (pound) for groups. As in #barcamp [ msg ]? — Chris Messina™ (@chrismessina) August 23, 2007 ओपन सोर्स एडभोकेट्, क्रिस मेसिना (Chris Messina) ले सन् २००७ को अगस्टमा ट्विटर ह्यासट्यागको सुरुवात गरेकाथिए ।  न्युयोर्क टाइम्स का अनुसार क्रिसलाई 'ह्यासट्यागको गडफादर' (hash godfather) भन्ने गरिन्छ । ट्विटरमा ह्यासट्यागको सुरुवात सन् २००७ मा भएपनि, यसको व्यापक प्रयोग हुन भने केही समय लागेको थियो। ट्विटरको ह्यासट्यागको शैलीलाई इन्स्टाग्राम, गुगलप्लस, फेसबुक आदिले पनि अनुसरण गरिसकेकाछन् । ट्विटरमा चलाइने 'क्याम्पेन', 'ट्विट च्याट' आदिमा ह्यासट्यागको विशेष महत्व रहन्छ । जनमत बुझ्नका लागि पनि ह्यासट्याग महत्...

गुगलप्लसको प्रोफाइल र पेजमा धेरै समय देखि प्रतिक्षा गरिएको 'कस्टम युजरनेम' राख्ने सुविधा गुगलले गएराती सार्वजनिक गरेकोछ । केही चुनिएका व्यक्ति तथा ब्रान्डहरुलाई यसअघि नै आफ्नो युजरनेम राख्न दिइएको भए पनि, सम्पूर्ण प्रयोगकर्ताहरुको लागि भने गएराती देखि यो सुविधा आएको हो । जस्तो कि आकारपोष्ट गुगल प्लस पेज यस्तो थियो,  https://plus.google.com/111373834639850968132/ तर अब युजरनेम राखिसकेपछि उक्त पेज यस्तो देखिनेछ: https://plus.google.com/+Aakarpostblog/  ! फेसबुक र ट्विटर झैँ अब गुगल प्लसको आफ्नो युजरनेम पनि अब सबैलाई सहज रुपमा सेयर गर्न सकिने भएकोछ । केही समय पहिले गुगलले गुगलप्लसलाई तपाई हाम्रो "आइडेन्टिटी" को रुपमा विकास गर्ने लक्ष्य रहेको बताएको थियो । के थाहा अबको केही वर्षपछि हामी ट्विटर र फेसबुकको युजरनेम भन्दा पनि गुगलको युजरनेम धेरै सेयर गर्छौ होला, आफ्नो बिजनेस कार्डको रुपमा। तर गुगलप्लसमा युजरनेम बनाउन भने निम्न कुराहरु पुरा भएको हुनुपर्छ । १) फ्रोफाइलमा फोटो भएको हुनुपर्ने २) कम्तिमा १० जना साथीहरुले फलो गरेको हुनुपर्ने ३) एकाउन्ट कम्तिमा ३० दिन पु...

गएको दुई-तिन देखि फेसबुकमा अनौठो लहर चलेकोछ । फेसबुक प्रयोगकर्ताहरु धमाधम आफ्नो तस्विर परिवर्तन गरेर 'जिराफ' को फोटोलाई आफ्नो 'प्रोफाइल फोटो' बनाइरहेकाछन् । जिराफ मन परेर वा जिराफ बचाउ अभियान भनेर कसैले पनि जिराफको फोटोलाई आफ्नो 'प्रोफाइल फोटो' बनाएका भने होइनन् । जिराफ किन? फेसबुकमा जिराफको फोटो सहित एउटा प्रश्न देख्न सकिन्छ । प्रश्नकर्ताले उक्त प्रश्नको जवाफ आफूलाई आउँछ भने, 'म्यासेज'मा पठाउन सुझाउँछन् । उत्तर सही भएको खण्डमा केही गर्नुप्रदैन तर उत्तर गलत भएको खण्डमा आफ्नो प्रोफाइल फोटोमा पनि जिराफको तस्विर राख्नुपर्छ । अनि खेलको नियम अनुसार गलत उत्तर दिनेहरुले जिराफको फोटोलाई केही समयको लागि आफ्नो प्रोफाइल फोटो बनाउँछन् र सोही प्रश्न अरुलाई दोहोर्याउँछन् । अत: फेसबुक जिराफमय बनेकोछ । प्रश्न यस्तो छ, "रातको ३ बजेकोछ, ढोकाको घन्टि बज्छ र तपाई उठ्नुहुन्छ । तपाईले नसोचेका पाहुनाहरु (तपाईको आमा-बाबा) ब्रेकफास्टको लागि आइपुगेकाछन् । तपाईसँग स्ट्रवेरी जाम, मह, वाइन, ब्रेड र चिज छ । अब भन्नुस तपाई सबैभन्दा पहिले के खोल्नुहुन्छ?" प्रश्नको ...

Bhim Niroula's latest video ' Sunday Morning Love you ' is going viral on the internet. Sunday morning love is popular among Nepalis generating 350K+ views within a week, few are skeptical about his song though. Watch: Hitler Reacts to Sunday Morning Love As usual, our Hitler is not happy with Bhim Niroula, as Saturday has been missing from the song. Hitler becomes furious when an Officer tells him that Nepalis are using a new chemical weapon called 'Sunday Morning Love' to win the world war. Hitler orders Bhim to add Saturday Morning Love in his song. Hitler video is also going viral on the web after Sunday Morning Love. Hitler's reaction to Sunday morning love has been watched more than 30K times within two days.

१२ अक्टोबर २०१३ मा अपलोड गरिएको भिम निरौलाको नयाँ गित " सन्डे मर्निङ लभ यु " ले १९ अक्टोबर देखि अनलाइनमा तहल्का मच्चाएकोछ । गएको ३ दिनमा भिडियो डेढ लाख भन्दा बढि पटक युट्युबमा हेरिएकोछ भने फेसबुक र ट्विटरमा पनि यही नै चर्चाको विषय बनेकोछ । रमाइलो शब्द, लय अनि कम्मर मर्काइ मर्काइ नाचेका कारण भिडियोले अनलाइनमा छोटो समयमै लोकप्रियता हासिल गरेकोहो । सिम्प्लिफाइ ३६० का अनुसार  यो भिडियोबारेमा ६ हजार भन्दा धेरै ट्विट गरिएकोछ।यो गितले कोलाभरी डी तथा ग्याङनाम स्टाइल झैँ अनलाइनमा तहल्का मच्चाउने आकंलन गरिएकोछ । भिडियोको चर्चा १-२ दिन यही गतिमा हुने हो भने संसार भरि यही सन्डे मर्निङको बारेमा चर्चा हुने कुरालाई नकार्न सकिन्न । लगभग ६ सयवटा भिडियो अपलोड गरेका भिम निरौलाको सबैभन्दा चर्चित गित नै यही बन्न पुगेकोछ । भिडियोमा लगातार कमेन्टको वर्षा भइरहेकोछ, अधिकांशले भिडियोबाट भरपुर मनोरन्जन लिएको उल्लेख गरेकाछन् । भिडियो भाइरल भएसँगै, "Sunday Morning Love You" भन्ने पेजहरु फेसबुकमा धमाधम बन्न थालेकाछन् यसका साथै "Bhim was born in Nepal" भन्ने भनाइहरु पनि अनलाइनमा...

यो रित्त्याउने चाड हो… शहर रित्तिन्छन, पसल रित्तिन्छन, गोठ रित्तिन्छन, बोतल रित्तिन्छन, खल्ती रित्तिन्छन! यो मत्त्याउने चाड हो… कोही जितेर मात्तिन्छन, कोही पिएर मात्तिन्छन, कोही खाएर मात्तिन्छन, कोही पाएर मात्तिन्छन, कोही लाएर मात्तिन्छन! यो मार्ने चाड हो… पशु मर्छन, पंक्षि मर्छन, धेरैको घर जाने सपना मर्छन, बाआमाको हातको टिका लगाउने चाहना मर्छन, कोही डाहले मर्छन, कोही पिडाले मर्छन! यो रुवाउने चाड पनि हो… कोही हर्षले रुन्छन, कोही बिस्मातले रुन्छन, कोही पिरेर रुन्छन, कोही कुरेर रुन्छन, कोही फोटो हेर्दै रुन्छन! यो खाली खाली चाड पनि हो… कसैको घरै खाली हुन्छ, कसैको मनै खाली हुन्छ, कसैको निधारै खाली हुन्छ, कसैको पकेट खाली हुन्छ, कसैको त पेटै खाली हुन्छ! - By   N®B    Image via  I nspihive  by  Ananda

चलचित्र भनेको 'दृश्य' हो भन्ने कुरा चलचित्र मौन हेरेपछि अनुभव भयो । संवाद थोरै छन् (सवटाइटल राखिएकोछ), अत: सबै भार दृश्यमा परेकोछ,  ती संवादहिन दृश्यहरु हामीलाई हलमा सुरु देखि अन्त्य सम्म बाँधेर राख्न सफल छन् । "मौन" नामक किताब र त्यसकी लेखिका वर्षा (नम्रता श्रेष्ठ) को परिचय सँगै चलचित्रको कथा सुरु हुन्छ । सुन्न र बोल्न नसक्ने वर्षा अमेरिकामा आफ्नो बुवासँग बस्छिन् । उनी केही समयको लागि नेपाल फर्केर आएकिछिन् र उनीजस्तै बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि व्यक्तित्व विकासको वर्कसप आयोजना गर्छिन् । व्यक्तित्व विकासको वर्कसपमा वर्षा र अमन (अर्पण थापा)को भेट हुन्छ । यही भेट पछि प्रेमा रुपान्तर हुन्छ, बिचमा केही उतारचढावहरु आउँछन्, साना-साना कुरामा उनीहरु छुट्टिन्छन् अनि फेरि भेटिन्छन् ! वर्षा सबै परिवार सहित अमेरिका फर्कने क्रमा हुन्छिन् तर उनको जिवनमा अकास्मात नसोचिएको घटना घट्न पुग्छ ।अमन सुरुमा देख्दा अलि 'साइको' पाराको लाग्छ तर वर्षासँगको सामिप्यतासँगै उसमा केही परिवर्तनहरु देखिनथाल्छन् ।अमनलाई सँधै एउटा सपनाले बारम्बार सताउने गर्छ, उक्त सपनाको रहस्य फि...

राती ११:३० बजे लेकसाइड पोखरामा आफू बसेको होटलमा बेलुकीको खाना खाँइदैथियो । दुईजना प्रहरी मोटरसाइकलमा आएर, होटलकी दिदीलाई रुखो स्वरमा "अहिलेसम्म होटल किन बन्द गरिनस्, के हुँदैछ याँ" भन्दै हपारे । होटलकी दिदीले भनिन्, "हैन सर अब बन्द गर्न लागेको" । "अहिले फर्केर आउँदा पनि यस्तै रहेछ भने ठिक हुँदैन, छिटो बन्द गर", ती दुई प्रहरीले होटल बन्द गर्न धम्की दिँदै, छेउकै अर्को क्याफेलाई पनि धम्क्याए । होटलकी दिदीले हतार हतार सटर बन्द गरिन, हामीले पनि हतार हतार खाना खायौँ र माथि आफ्नो कोठामा गयौँ । उनीहरुको स्वर यस्तो रुखो थियो कि, जोकोहीलाई सुन्दै पनि रिस उठ्थ्यो । दुई तिन चड्कन लाइदिहाल्नुजस्तो झोक चलेथ्यो, अलिकति नरम भएर बोल्दा तिनीहरुको के जान्थ्यो ? हामीलाई लेकसाइडका रेष्टुरेन्ट, क्याफे आदि मात्रै ११ बजे बन्दहोला, भित्रका लज र गेष्ट हाउसमा त्यस्ता 'पत्रु' नियम छैनन् होला भन्ने लागेथ्यो । तर नचाहिने कुरोमा चाँहि नियम कडा नै रहेछ । बेलुका बिजी बी छिरेर रमाइलो गर्दा गर्दै ११ बजेको पत्तो नै भएन, अझ साथीहरुले आफ्नो "डान्स" स्किलको तारिफ गर्दै ...