Skip to main content

Posts

Showing posts with the label Experience

जनवरी १८ लाई इन्टरनेटमा कालो दिनको रुपमा मनाइएकोछ ! “पाइरेसी रोक्न” अर्थात “स्टप अनलाइन पाइरेसी” (Stop Online Piracy Act –SOPA) “सोपा” नामक विधेक अमेरिकी संसदले “पास” गर्न लागेका कारण, इन्टरनेटका हजारौँ साइटहरुले, “सोपा” को विरोध गर्दै उक्त दिनलाई कालो दिनको रुपमा मनाएका थिए ! विरोध स्वरुप विकिपेडिया, रेडिट, बोइबोइङ लगायतका साइटहरुले आफ्नो पेजलाई कालो बनाएका थिए भने अन्य हजारौँ साइटहरुले “स्टप सोपा” सहितका व्यानर आफ्नो साइटमा राखेका थिए ! इन्टरनेटका कारण गितसंगित, चलचित्र लगायतका कुराहरुको पाइरेसी बढिरहेको कुरामा दुइमत नहोला ! यसर्थ अमेरिकी सरकारले ल्याउन लागेको कुरा, “पाइरेसी” का विरुद्ध भनेकाले राम्रो झैँ देखिएपनि, यथार्थमा यो नियम लागु भएको खण्डमा प्राय सबै साइटहरु बन्द हुनेछन् ! साइटहरु बन्द भएको खण्डमा इन्टरनेट कस्तो हुन्छ भन्ने कुरा त, हिजो गरिएको “इन्टरनेट ब्ल्याकआउट” ले पनि प्रस्ट पारेकोछ ! खोजेका सबै कुराहरु पाइने, विकीपेडियाका पेजहरुमा हिजो केही भेटिँदैन थियो ! बोइङबोईङ नेट, वायर्ड म्यागजिनहरुमा लेखिएका कुराहरु पढ्न पाइएको थिएन ! सोपा लागु भएको खण्डमा, विकिपेडिया, फेसबुक ,

राजु, मिना अनि उनीहरुको मोती नाम गरेको कुकुर ! उनीहरुको जिविका धान्न कुकुरले ठूलो मद्दत गरेको छ, उनीहरु सडकमा गएर तमासा देखाउँछन्, कुकुरले विभिन्न खेल देखाउँछ, उनीहरु यसैबाट आम्दानी गर्छन् । उनीहरुको घरको अभिन्न सदस्य मोती पनि हो । केही समयपछि राजु र मिनाको जोडीले कवाली देखाउने काम पाउँछन् । उनीहरु सडकबाट अब घरघरमा पुगिरहेका हुन्छन्, जसले बोलाउँछ उसकोमा गएर नाच देखाउँछन् । उनीहरुको आम्दानीको स्रोत अब नाचगान हुन्छ । एकदिन नगरपालिकाको गाडी आएर उनीहरुको कुकुरलाई लिएर जान्छ । नगरपालिकाले कुकुर लगेकोमा राजु दुख मनाउ गर्छ तर मिना “अब हामी नाचगानबाट कमाइ गर्छौँ, त्यो कुकुरको के जरुरत” भनेर प्रश्न गर्छे । “जरुरत” भन्ने शब्दले राजु झस्किन्छ ! मिना भन्छे अब त्यस कुकुर को कुनै जरुरत छैन, हामी कवाली नाचेर आम्दानी गरिरहेकाछौँ । केही समयपछि उनीहरुलाई थिएटरमा नाच्ने प्रस्ताव आउँछ । मिना भन्छे, अब हामी थिएटरमा नाच्ने भइसक्यौँ, कवालीको के जरुरत ! अब मिना थिएटरबाट चलचित्रमा पुग्छे, केही समय पहिले उसको आवश्यकता रहेको त्यही थिएटर अब जरुरत बन्न पुग्छ । मिनालाई साथ दिँदै आएको राजु आफ्नै पुरानो बाटोमा

जब जमिन हल्लिँदै थियो, हामी (म र इश्वर ) नेपाल वायुसेवा निगम सुन्धारा अगाडि सडक को बिच बाटो मा थियौँ । पानी परेको कारण सयौँ मानिसहरु गाडी को पर्खाइमा थिए । नेपाल वायुसेवा निगम अगाडि पुग्दा ड्याम्म केही पड्केको आवाज झैँ आयो, आफू तल को जमिन हल्लिरहेको थियो, आफू अगाडि को विजुली को खम्बा अनि वायुसेवा को बिल्डिङ हल्लिरहेथ्यो । हल्लीखल्ली मच्चीहाल्यो, भूकम्प आयो, भुइँचालो आयो, उ हल्लिँदैछ, घर अझै हल्लिँदै छ । हामी रोडको बिचमा थियौँ । रोड को पश्चिमतिर रोड को आधि बाटो ढाकेका थिए मान्छेहरुले । हामी रोड को बिचमा थियौँ, खुल्ला आकाशमुनी थियौँ । मन मा कुनै किसिम को डर थिएन । सम्भवत पहिलोपटक भुँइचालो को आभास गर्दै थियौँ । सडक को बिचमा उभिएको हुँदा यता र उता कुद्नुपर्ने कुनै जरुरी थिएन ।  याद आयो अरु केही नभएपनि ट्विट गरिहाल्नुपर्छ । मोवाइलमा ब्राउजर मा ट्विटर नै खुलिरहेको थियो, हतार हतार भूकम्प आएको कुरा ट्विट गरियो, आफू मुनि को जमिन हल्लिनै रहेजस्तो लागिरहेथ्यो । तर त्यो ट्विट प्रकाशित हुन सकेन, जिपीआरएस चलेन, मेरो र इश्वर दुवैको । ६.९ रेक्टर स्केल को नेपाल को पूर्वी सिमानमा आएको भुइँचालो ले क

ख्यालख्याल मै ४ वर्ष बितिसकेछ, “आकार” को नामबाट “आकार पोष्ट” मा लेख्न थालेको । ४ वर्ष पहिले काठमाडौँ विश्वविद्यालय प्रवेश सँगै ब्लग सुरु भएको थियो । अनि ६ वर्ष पहिले, लगनखेल को एउटा साइबरबाट मेरो “साइबर/कम्प्युटर” जिवन सुरु भएको थियो । मलाई त्यो पहिलो दिन को सम्झना सँधै भइरहन्छ र सँधै भइरहने छ । मलाई “ईमेल” चलाउनु सिक्नु थियो, त्यसै अभिप्रायले म लगनखेल को एउटा साइवर छिरेर, साइवर सञ्चालकलाई अनुरोध गरेको थिँए, “दाइ मैले कम्प्युटर अहिलेसम्म चलाएको छैन, तर मलाई आफ्नो ईमेल बनाउनुछ, मलाई ईमेल बनाउन सिकाइदिनुस्न” । ल यो कम्प्युटरमा बस् भनेर, एउटा कम्प्युटरमा राखिदिए, अनि कता कता थिचेर याहुमेल को साइनअप पेजमा पुर्याइदिएछन्, तर मलाई “काला अक्षर भैँस बराबर” भनेझैँ, मेरो दिमागले केही भेउ पाउन सकेन । २-३ घन्टा साइबरमा बिताएर घर गइयो ! त्यसबेला आफूलाई थाहा भा’को साइट भनेको “गुगल, डामाडोल डटकम, कान्तिपुरअनलाइन र साइबरनेपाल” थियो । म हप्तामा २-३ पटक साइबर धाउँथे, तर मलाई ईन्टरनेट को एकछेउ पनि थाहा थिएन । मलाई इन्टरनेट सिकाइदिने, र यसरी चलाउनुपर्छ, यहाँ एकाउन्ट बनाउनुपर्छ, यहाँ यसो गर्ने, त्यहाँ त

काठमाडौं विश्वविद्यालयमा बिगत केहि दिनदेखि पठनपाठन ठप्प छ। विश्वविद्यालयको धुलिखेल, काभ्रेस्थित केन्द्रिय हाता लगायत पनौती, काभ्रेमा अवस्थित स्कूल अफ मेडिकल साइन्स तथा ग्वार्को, काठमाडौंमा अवस्थित स्कूल अफ आर्टस्, एजुकेसन र म्यानेजमेन्टमा माओवादी निकट अखिल (क्रान्तिकारी) समर्थित केही विद्यार्थीहरुले तालाबन्दी गरी विश्वविद्यालयको दैनिक क्रियाकलाप तथा पठनपाठन पूर्णरुपमा ठप्प पारेका छन्। अखिल (क्रान्तिकारी) काठमाडौं विश्वविद्यालय समितिका अध्यक्षद्वारा जारी विज्ञप्तिमा विश्वविद्यालय प्रशासनले एकलौटी र मनोमानी रुपमा अखिल (क्रान्तिकारी)लाई परास्त पार्न खोजिएको उल्लेख छ। अखिल (क्रान्तिकारी)को यस विज्ञप्तिले निर्वाचनको सैद्धान्तिक प्रद्दतिलाई नै उपहास गरेको छ, साथै विद्यार्थीहरुको बहुमतको पनि अवहेलना भएको महसुस गरिएको छ। आफ्नो हारलाई सहज रुपमा स्वीकार्न नसक्नु माओवादीको पहिचान बनेको अवस्था छ। धम्की र जबरजस्तीको राजनीतिमा बढी बिश्वास राख्ने माओवादी पार्टी र उसका निकट भातृ-संगठनहरु जस्तै यहाँ पनि अखिल (क्रान्तिकारी) समर्थित प्यानलले पराजय भोगेपछि सबैले जे अनुमान गरेका थिए, आखिर भयो पनि त्यही

केही दिन अघि, नेपाल को ‘आइटि’ क्षेत्र को अवस्था तथा यसले भोग्नुपरेका समस्या र समाधान अनि ‘आइटि’ को भविष्य र यसले देशको अर्थतन्त्र मा पार्ने प्रभाव बारे छलफल गर्न वनेपा को आइटि पार्क मा ‘बिबिसि वर्ल्ड ट्रष्ट’ को निर्माण मा बिबिसि रेडियो तथा कान्तिपुर टिभि ले ‘साझा सवाल’ नामक कार्यक्रम को आयोजना गरेको थियो । एक समयमा स्वर्गिय इन्द्र लोहनी ले चलाउने ‘बहस’ कार्यक्रम खुबै मन पर्थ्यो भने अहिले नारायण श्रेष्ठ ले सञ्चालन गर्ने ‘साझा सवाल’ कार्यक्रम उत्कृष्ट लाग्छ । आदरणिय दाजु, पत्रकार तथा साझा सवाल उत्पादन टिम का सदस्य दिपक भट्टराई को आग्रह स्विकार्दै कार्यक्रम मा सहभागी को रुपमा केही साथीहरु सहित आफूले उपस्थिति जनाइएको थियो । साझा सवाल प्राय: नियमित सुनिने र मन पर्ने कार्यक्रम भएपनि आफ्नो उपस्थिति भने पहिलो पटक थियो । करिब २ घन्टा को छलफल एकैछिन मा सकिएको झैँ भान भएको कार्यक्रम मा सहभागीहरु ले पर्याप्त समय भने नपाएको झैँ लाग्यो । कार्यक्रम को छलफल को केन्दविन्दु ‘आइटि’ भएको र सञ्चालन पनि आइटि पार्क मा आयोजना गरिएको ले, कार्यक्रम आइटि पार्क सँग पनि सम्बन्धित हुनुपर्छ भन्ने धारणा थियो । तर आ

The years have passed and now I find myself here in Kathmandu University (KU) in front of the laptop trying to figure out why I love this place. It’s been 3 years and I still adore this place. Now, this might surprise most of you but I had no intentions to join KU in the 1st place. I had more reasons not to join this university. First, it’s really far from Kathmandu 28 KM. That’s a big number. Second, the place is relatively in the remote area deprive of facilities. To get something, you need to go to Banepa. And there were other several reasons. But once here in KU, I realize KU is the best thing that has ever happened to my life Just few months back there were lots of questions in my mind. Studying Computer Engineering was really tough. My grades were not enchanting. Neither did I have great programming skills. I was frustrated as I saw my future ship sinking deep into the sea. I felt trapped as I had wasted my 4 years of my life in KU and I know nothing. I had no idea what will I

घडि ले साँढे ८ बजाइसक्यो, स्टप बाट अझै गाडी हिँडाउने चालचुल छैन । ८ बजे हिँड्ने भनेको टाटा सुमो, करिब ९ बजे रिङरोड, बल्खु छोडेर फर्पिङ जाने बाटो समाउँछ । २०० मिटर जति मात्र हिँडेको हुँदो हो, ड्राइभर ले गाडि घ्याच्च रोक्छन्, कर तिर्नु पर्ने रहेछ, बल्खु मै ! गाडि मा ड्राइभर समेत गरेर १२ जना छन् । पछाडि को सिट मा ४ जना, बिचको सिट मा ४ जना अनि ड्राइभर सँगै अगाडि ३ जना ! यो यात्रा मा आफू चाँहि खलासी बनिएको छ । म नओर्लिसम्म, गाडि का कोही ओर्लिन पाउँदैनन् अनि म नै अन्तिम मा चढ्नुपर्छ । बल्खु बाट हेटौँडा निस्कने यो बाटो म हिँडेको धेरै वर्ष नै भइसक्यो । टाटा सुमोहरु चल्न थालेदेखि, म प्राय: यही बाटो बाट हिँड्न थालेको छु, एक त बाटो छोटो छ, अनि चाँडो पुगिन्छ, त्यसमाथि बाटो छेउछाउ का डाँडाकाँडा पनि रमाइला छन् । अहिले को सिजन मा बाटोभरि नास्पाती फलेका देखिन्छन, अनि आरु पनि पाकिरहेको हुन्छन् । सुन्तला को सिजन मा सुन्तलाहरु ले नै भरिए झैँ लाग्छन सबै डाँडाहरु नै ! यो कति औँ यात्रा हो भन्न त सक्दिन, तर पनि आज रमाइलो लागिरहेको छ, सायद आफ्नो जन्मदिन को दिन मा यात्रा गरिरहेको भएर पनि यस्तो लागेको होला !

"Men always wanted to be women's first love and women always wanted to be men's last love." The very idea of moving on from platonic friendship to a romantic relationship always seemed absurd to me. Little did i know that i would one day end up in the same category, my mind gets hunted with scary thoughts. My maiden attempt, (and the last too), taking that short but risky leap with a friend of three years, failed bitterly. But, wait, there's more- There and then i gave up my intention to mingle and consoled myself that single Dom was far better. The girl with whom I happened to distort my ‘whatsoever remained friendship’ by forcefully dragging her into so called “contemporary love relationship”, was a good friend of mine for more than 3 years. Even today, what strikes my mind is our lengthy chit-chat till my cell-battery goes down. It was funny listening to her giving proxy justification to her dad over alarmingly increasing phone bill in her home. Her end

(boo!! to grammar and language...vent whatever comes in your mind...cause you are obsessed with KU) People usually speak at haste to somebody you meet for the first time , get introduced but forget his/her name at first hand but , i won't. There are so many moments in KU where i spoke to so many people, my classmates, students of other faculties and some teachers whose face even i don't remember right now but the moments are very fresh and will always have impact in my thinking. KU is really a place where you have so many people to share, so many people to throw your tantrum, so many people to argue and so many people to get dissatisfied. Time goes in its own pace and we forget what we missed. Later when we remember those moments, they really proved to be worth remembering. My ISC days were totally the most isolated period of my life. My friends circle were limited within few jerks. After i landed at Bachelor in Media Studies, my friend circle along with academic circle e

डर अर्थात Fear. गुगल मा Fear भन्ने शब्द खोज्यो भने १५०,०००,००० वटा नतिजा निस्कन्छन्। तर आफ्नो जिवन मा डर खोज्यो भने, त्यो भन्दा सायद धेरै डरहरु पत्ता लाग्छन् होला ! सबैभन्दा धेरै लाग्ने डर भनेकै 'मर्ने डर' हो । जन्मेपछि मर्नुपर्छ भन्ने थाहा छ, तर अहिले को उमेर मा यही कुरा ले डर लगाउँछ कहिँ सुईकिने त हैन भनेर ! वृद्ध अवस्था मा के हुन्छ थाहा भएन, तर सबैलाई लाग्ने सबैभन्दा ठूलो डर चाँहि मृत्यु कै हो । मृत्यु पछि अन्य डरहरु आउँछन् । विद्यार्थीलाई हरेक परीक्षा मा राम्रो गर्न सक्दिन कि भन्ने डर लाग्छ। अस्ति को दिन पनि पत्रिका मा आएको थियो, एसएलसी को कपी मा विद्यार्थीहरु ले पैसा राखेछन्, पास गराइदिनु भन्दै, किनकी उनीहरुलाई डर छ, फेल भइएला कि भनेर ! व्यापारीलाई आफ्नै किसिम को डर छ, लगानी डुब्ने हो कि, नाफा नहुने हो कि ? नेतालाई आफ्नै डर छ, कतै कुर्सी गुम्ने हो कि, कतै त्यो पो सत्ता मा पुग्ने हो कि ? कसैलाई के को डर, कसैलाई के को डर ? डर सँधै हाम्रै वरिपरि सँधै घुमिरहेको हुन्छ र हरेक क्षण सतर्क गराइरहेको हुन्छ । आज चाँहि म, सुनेका कुराहरुका कारण बालमष्तिस्क मा उब्जिने डर को बारेमा कुरा

पहिलोपटक धरहरा चढेर फटाफट फर्कदैँ गर्दा कसैले पछाडि बाट बोलायो ‘दाइ सुन्नुस् त’ भन्दै । म टक्क रोकिँए, एउटी राम्री केटी मेरो अगाडि आइपुगी । उसले भन्नथाली, ‘दाइ, हामी पश्चिम बाट आएका पढ्न, अनि पैसा को लागि, हामी यो नोटबुक, कलमहरु बेचिरहेका छौँ, हाम्रो ठूलो समूह छ, हामी पढ्नलाई, सामान बेचिरहेका छौँ, तपाई पनि केही लिइदिनु न’ । म अक्क न बक्क परेँ, अनि एकछिन पछि भने, मैले त भर्खर किनेँ भनेर टार्न खोजेँ, तर उसले धेरै अनुनय विनय गर्न थालेपछि, एउटा कलम किनेँ अनि टेम्प चढ्न हिँडे । सोचेँ मैले राम्रै काम गरेछु, सबैले यसै गरे भने त पढिहालछन नि तिनीहरु । करिब ४-५ वर्ष अघि को सुन्धारा अनुभव थियो यो । जुन समय मा म काठमाडौँ भर्खर भर्खर छिरेको थिँए । त्यहाँ बाट कलम किनेर हिँडेको थिएँ म तर सबैतिर काठमाडौँ मा उनीहरु कै भिड पो देखेँ । रत्नपार्क, वानेश्वर, कोटेश्वर सबैतिर उनीहरु त्यसैगरि बाटो हिँड्नेलाई रोकेर, आग्रह गरिरहेकाथिए । लाग्यो २-३ दिन को उनीहरु को अभियान होला । तर के को, २-३ दिन को अभियान हुन्थ्यो त्यो त तिनीहरु को काम नै रहेछ, सामान बेच्ने । उनीहरु को काम नराम्रो भन्न खोजेको हैन । तर काठमाडौ

...विमानबाट निस्कने बित्तिकै मन्द चलेको चिसो हिमाली बतासको झोँका सँगै म यथार्थको धरातलमा आउँछु । सुर्खेततिर झर्न लाम लागेर बसेका यात्रुहरु र सुरक्षाकर्मी प्रहरीहरुको सानो भिड जम्मा भएको छ वरपर । छेउछाउमा बिभिन्न निर्माण सामाग्रीहरु यत्रतत्र छरिएका छन शायद मुगूका विभिन्न निर्माण योजना सम्पन्न गर्न जहाज मार्फत ल्याइएका होलान । सुरक्षाकर्मिले आगन्तुक रजिस्टरमा नाम टिप्दै गर्दा जहाज पुन: स्टार्ट हुन्छ र बिमानस्थलको धावनमार्गमा बेपत्ता धुलो उडाउँदै केही यात्रु र केही बोरा जडिबुटी बोकेर सुर्खेत तिर लाग्छ । त्यो कर्कश आवाज गर्ने यन्त्र उडेर गैसकेपछी बिमानस्थल एकदमै शान्त अनुभव हुन्छ । रारा बिमानस्थल कल्पनाको बिमानस्थलभन्दा एकदमै फरक छ । वरीपरी बारबन्देजले घेरिएको र आधुनिक संचार सुबिधा सहितको धुले भएपनी ब्यबस्थित होला भनेर कल्पना गरेको थिएँ । तर यहाँ बिमानस्थलको पश्चिम तर्फ माथि पुराना र धुवाँले कालो पारेको सिसाका झ्यालहरुले घेरिएको सानो कोठाबाट बिमानसँग संचार संपर्क हुन्छ र त्यहाँ एक दुई होटल र बिमान कम्पनिका कार्यालयबाहेक फाट्टफुट्ट घरहरु मात्रै छन । बारबन्देजको त कुरै छोडौ । जहाज आउनेबेला

...सुर्खेतमा (हुन त नेपालगन्जबाट पनि सिधा हवाइ सम्पर्क छ, मुगुमा) टिकट पाउने लम्बेतान संघर्ष(?) पछी मुगूको लागि उडान निश्चित हुन्छ । कपडा र आवश्यक केही सरसामानहरुको गह्रुङ्गो झोला सहितको काउन्टर चेक इन पछी डिपार्चर रुम मा छिर्न पाउनु खुबै आनन्द लाग्दो हुन्छ किनकी अब टिकटको लागि हिजो जस्तो संघर्ष गर्नुपर्ने छैन । डिपार्चर रुम को बातावरण पनि रोचक छ । बिमान कम्पनिहरुले दिने १५ किलो को तौल सिमिततालाई छल्न कैयनले अनेकौँ पत्र कपडा लगाएका हुन्छन र कोहिले मुगुमा पाइन्न भनेर लहलहाउँदा रायोका साग र कतिले ब्रोइलर कुखुराका मासु कोसेलिका रुपमा बोकेका हुन्छन । ...एउटी जरखरिएकी एअरहोस्टेस औपचारिक स्वागत गर्छे र सबैलाई सिटबेल्ट बाँध्न निर्देश गर्छे अनी नजानेका यात्रुलाई हप्काइको भाषामा बाँध्न पनि सिकाउँछे । म भने सिटको अघिल्तिर राखिएको आपतकालिन सुरक्षा निर्देशिकाको सानो पन्ना पल्टाउँदै एअरहोस्टेसको ब्यबसायिकताको बारेमा सोच्न लाग्छु । एअरहोस्टेस 'यती एअरलाइन्स' लेखिएको खोलले बेरिएको चकलेट र कपासका टुक्राहरु किस्तिमा बोकेर आउँछे । धन्यवाद सहित म एउटा चकलेट र दुई टुक्रा कपास निकालेर कानमा राख्छ

Listen to World Cyclist Puskar Shah's experience in his own voice. विश्वमा शान्ति फैलिरहोस् भन्ने कामना का साथ साइकल चढेर विश्व विजय गर्न ११ वर्ष अघि निस्किएका थिए पुष्कर शाह । दोलखा का पुष्कर शाह एसएलसी सकेर उच्च अध्ययन को लागि भनेर काठमाडौँ आए, तर उनको मन काठमाडौँ मा अड्न सकेन, फलस्वरुप उनी विश्व साइकल यात्रा मा निस्किए । अनि साइकल यात्रा सुरु गरेको ११ वर्षपछि उनले आफ्नो साइकल यात्रा सकिएको घोषणा गरे । काठमाडौँ साइकल सिटि सन् २०२० अभियान ले काठमाडौँ विश्वविद्यालय मा आयोजना गरेको एक कार्यक्रम मा उनै पुष्कर शाह आइएपुगेका थिए, अतिथि बनेर । उनी भन्दै थिए, हिमाल को माइनस ५ डिग्री तापक्रम देखि लिएर, मरुभुमी को ५० डिग्री तापक्रम मा दौडिएका क्षणहरु छन् । अनि फुटपाथ मा मस्त निदाएको रातहरु देखि लिएर, पाँच तारे होटल मा निन्द्रा नलागेका रातहरु छन् । हो, उनै पुष्कर शाह, जसले साइकल बाट विश्व विजय गरेको छ । आज उनकै यात्रा का रोचक अनुभवहरु हामी सुनाउँदै छौँ, उनकै आवाज मा । अफ्रिका मा लुटिएको क्षण देखि, मेक्सिको मा अपहरणमा परेका क्षणहरु उनी सम्झन्छन् । जिवन का ११ वर्ष साइकल को पाइडल खिया