Skip to main content

Posts

Showing posts with the label Business

आफ्ना ट्याक्सीहरु नभएको यातायात कम्पनी 'उबर' (Uber), आफ्ना घर/होटलहरु नभएको तर घर भाडामा दिने कम्पनी 'एयर बि एन बी' (Airbnb) आदि 'अन डिमान्ड सर्भिस' (चाहिएको बखत तुरुन्तै सेवा) दिने कम्पनीहरुले अहिले विश्व बजारमा तहल्का मच्चाइरहेका छन् । आफैँ खाना नबनाउने तर विगत १ सय २५ वर्ष देखि आफ्ना ग्राहकलाई निरन्तर खाना ख्वाँउदै आइरहेको कम्पनी 'मुम्बई डब्बावाला'ले पनि आफ्नो सेवाबाट सबैलाई चकित तुल्याउँदै आएको छ । मुम्बई डब्बावालाका डा. पवन अग्रवालको कुरा मान्ने हो भने, न त डब्बावालाहरु पढे लेखेका छन्, न त प्रविधिकै उपयोग गर्छन् तर निरन्तर १ सय २५ वर्ष देखि काम गरिरहेकाछन्, न त कहिले डब्बा साटिन्छन्, न त डब्बावालाहरु ढिलो नै पुग्छन्, न त कहिले काम नै रोकिएको छ, डब्बावालाहरु कामलाई 'भगवान' मान्छन् । को हुन् मुम्बईका डब्बावाला? मुम्बई सहरमा, बिहान घरमा बनेको खाना, दिउँसो अफिसमा पुर्याउने व्यक्तिहरु डब्बावाला हुन् । अफिसमा काम गर्ने धेरैजसो व्यक्तिहरु घरकै खाना खान रुचाउँछन्, तर उनीहरुको अफिस २-३ घन्टा रेल चढेर जानुपर्ने हुन्छ । अत: ९ बजे अफिस पुग्न, धेर

माइक्रोसफ्टले, ४३ करोड प्रयोगकर्ता रहेको प्रोफेशनल सोसल नेटवर्किङ साइट लिङ्क्डइन २६ अर्ब डलरमा (करिब २६ खर्ब नेपाली रुपैँया) किन्ने घोषणा गरेको छ ।  माइक्रोसफ्टका अनुसार , लिङ्क्डइन छुट्टै (आफ्नै) ब्रान्डको रुपमा रहनेछ । अहिलेका लिङ्क्डइनका सिईओ जेफ विनर नै माइक्रोसफ्ट अन्तरगत रहने लिङ्क्डइन सिईओको रुपमा रहनेछन् । माइक्रोसफ्ट प्रोफेशनल क्लाउड र लिङ्क्डइन प्रोफेशनल नेटवर्क भएको उल्लेख गर्दै, लिङ्क्डइनका सिइओ जेफ विनरले माइक्रोसफ्टसँग मिलेर अझै धैरै काम गर्न सकिने कुरा आफ्नो  ब्लगमा  उल्लेख गरेकाछन् । लिङ्क्डइनका सिइओको ब्लगमा आएका कमेन्टहरु सर्सर्ती हेर्दा, लिङ्क्डइनका प्रयोगकर्ताहरु उत्साहित भएको देखिँदैन । सत्य नडेला माइक्रोसफ्टको सिइओ भएसँगै, माइक्रोसफ्टले मोबाइल, वेबमा आफ्नो पुरानो स्थान खोज्दै आएको छ ।  हालैका वर्षहरुमा आइफोन तथा एन्ड्रोइडमा रहेका पपुलर एप्सका साथै एन्ड्रोइड ओएस आदिमा लगानी गर्दै माइक्रोसफ्ट, मोबाइलमा छिरेको छ (माइक्रोसफ्टको आफ्नै मोबाइल सफल हुन सकेको भने छैन) । यसैलाई निरन्तरता दिँदै सोसल मिडिया मार्फत आफ्नो बजार बिस्तार गर्न माइक्रोसफ्टले लिङ्क्डइन किनेको

केही कुराको खोजी गर्नुपर्यो भन्ने लाग्ना साथ हामी गुगललाई सम्झन्छौँ । वेबमा खोजि गरिएको कुरा, मिलिसेकन्डमा खोजेर गुगलले हामीलाई नतिजा देखाइदिन्छ । तर जब हामी लोक्कल सर्चको कुरा गर्छौँ, नेपालमा हाम्रो वरिपरि भएका कुराहरुको बारेमा जान्न खोज्छौँ, त्यसबेला हामीले चित्त बुझ्दो नतिजा भेट्दैनौँ । कुनै बैंक कहाँनेर छ भनेर गुगललाई सोधे भनेँ, गुगलले मलाई उक्त बैंकको ठेगाना दिनसक्ला, म्यापमा बाटो पनि देखाइदिनसक्ला तर त्यही बैंकको एटिएम कता छ भनेर खोज्यो भने, गुगलले बताउन सक्दैन। त्यसो त आफ्नो ठाउँ वरपर, पेट्रोल पम्प कहाँछ भनेर सोध्यो भने पनि गुगल नाजवाफ हुन्छ । गुगललाई नेपालको हस्पिटल, मुभि थिएटरको बारेमा जानकारी त होला तर हस्पिटलका डाक्टरहरु अनि चलिरहेको फिल्महरुबारे हालसम्म जानकारी छैन। भन्नको मतलब, गुगलमा खोजी गर्दा हाम्रा वरिपरि भएका, हामीलाई दैनिक जिवनमा चाहिने कुराहरु भेट्न कठिन छ । यस्तै लोक्कल समस्याहरुको समाधान गर्न एनलोकेट लागि परेकोछ । एटिएम खोज्नुपर्यो ? - एनलोकेट गर्नुस् ।  पेट्रोल पम्प ? - एनलोकेट गर्नुस् ।  हस्पिटल / डाक्टर / एम्बुलेन्स ? - एनलोकेट गर्नुस् ।  फिल

झम्सिखेलको एक रेष्टुरेन्टको भित्तामा एउटा 'क्युआर' (QR) कोड टाँसिएको थियो, खानेकुरा अर्डर गर्नु भन्दा पहिले नै मैले मोबाइलमा 'क्युआर ड्रोइड' एप खोलेर उक्त 'क्युआर' कोड स्क्यान गरेँ, १२ प्रतिशत छुट भनेर स्क्यानरले देखायो । मेनु हेरेर केही खानेकुरा अर्डर गरियो, बिल तिर्नेबेला एउटा डिस्काउन्ट कार्ड देखाएँ, वेटरले १२ प्रतिशत छुट दिएको बिल ल्याए। मनमा केही शंका - उपशंका रहँदा रहँदै, एउटा इन्टरनेट कम्पनीले निकालेको डिस्काउन्ट कार्ड लिएकोथिँए, सोचेभन्दा सरल र सहज रुपमा काम गर्यो । अर्को पटक, जावलाखेलको एउटा डिपार्टमेन्ट स्टोरमा छिर्दा पनि त्यही कार्ड देखाएँ, त्यहाँ झन् गजब भयो । डिपार्मेन्ट स्टोरमा हरेक 'क्याटगोरी'का लागि फरक फरक छुट रहेछ, कार्ड मार्फत । कपडाको लागि छुट्टै, इलेक्ट्रोनिक्स सामानको लागि छुट्टै, ग्रोसरीका लागि छुट्टै छुटको व्यवस्था रहेछ। त्यसअघि उक्त डिपार्टमेन्ट स्टोर छिर्दा १ रुपैयाँ पनि छुट पाइएको थिएन। छुट पाउनु के थियो, 'दिल गार्डेन गार्डेन' भने झैँ भो । केही अघिसम्म छुटका कार्डहरुमा खासै विश्वास थिएन तर आफूले चाहेको ठाउँमा का

गुगल बिजनेस ग्रुप (जिबिजी) काठमाडौं कम्युनिटिको आयोजनामा आज शनिबार, नेपालमा गुगल डे पहिलोपटक मनाइँदैछ। बिहान १० देखि बेलुका ५ बजेसम्म झम्सिखेल स्थित मोक्षमा चल्ने कार्यक्रममा गुगल टेक्नोलोजीबारे छलफल तथा मोबाइल एप्स प्रदर्शनी हुनेछ। भर्खरै अनिश र मनिषाको स्टार्टअप "यल्लो नेपाल" , जिबिजीको बिजनेस स्टोरिज कम्पिटिसनको फाइनलमा पुगेकोछ। कार्यक्रममा आज यही यल्लो नेपाल, एप्स झोला, पिकोभिको, नेपाली पात्रो, एनलोकेट लगायत विविध कम्पनीहरुले आफ्नो कथा सुनाउनेछन् । नेपालमा गुगल बिजनेस ग्रुपले के गर्दैछ, नेपालमा एन्ड्रोइडको अवस्था कस्तो छ, गुगलले अनलाइनमा आएका बिजनेसहरुलाई अघि बढ्न कसरी सहयोग गर्छ, गुगल टेक्नोलोजी प्रयोग गरेर अहिले के के भइरहेकोछ, नेपालमा कुन कुन अनलाइन बिजनेस आएकाछन्/आउँदैछन् आदि विविध विषयहरुमा छलफल हुनेछ। कार्यक्रममा गुगलका तर्फबाट, दक्षिण-पूर्वी एसियाको कार्यक्रम हेर्ने इरिका ह्यान्सनको उपस्थिति हुनेछ । यसका साथै, कार्यक्रममा सर्वसाधारणलाई मोबाइल एप्सहरुको जानकारी दिनको लागि मोबाइल एप्सहरुको प्रदर्शनी राखिएकोछ। कार्यक्रमबारे अधिक जानकारीको लागि जिबिजी काठम

नेपालका खाना/रेष्टुरेन्ट पारखीहरुका लागि लक्षित गरि अनिश श्रेष्ठ र मनिषा कर्माचार्य ले सुरु गरेको ' यल्लो नेपाल ' स्टार्टअप, गुगल बिजनेस स्टोरिज कम्पिटिसनको फाइनलमा पुगेकोछ। यल्लो नेपाल एप मार्फत,  मोबाइलबाटै खानाको मेनु हेर्न, आफ्नो नजिक'को रेष्टुरेन्ट खोज्न, सस्तो डिल्स तथा डिस्काउन्ट भेट्टाउन, काठमाडौमा भइरहेका पार्टि आदि बारेमा थाहा पाउन सकिन्छ । गुगल बिजनेस ग्रुप (जिबिजी)ले केही महिना अघि सुरु गरेको बिजनेस स्टोरी कम्पिटिसनमा ५० भन्दा धेरै देशका सयौँ कम्पनीहरुलाई पछि पार्दै यल्लो नेपाल एप, कम्पिटिसनको फाइनलमा पुगेको हो। यस कम्पिटिसनको फाइनलमा यल्लो नेपाल सँगै अन्य देशका आठवटा स्टार्टअपले प्रतिस्पर्धा गर्दैछन् । गुगल'ले ९ वटा फाइनलिस्टबाट ३ वटा उत्कृष्ट स्टार्टअप पब्लिक भोटिङबाट छान्नेछ । छानिएका ३ उत्कृष्ट स्टार्टअपले गुगलबाट ५ हजार डलरको फन्डिङ पाउनेछन्, जसले स्टार्टअपलाई अघि बढ्न ठूलो भरथेग गर्नेछ । नेपालमा स्टार्टअपको कल्चर भर्खर भर्खर सुरु भएको समयमा, गुगल जस्ता ठूलो कम्पनीले साना लोकल कम्पनीलाई यसरी प्रोत्साहन गर्नु स्वागतयोग्य कुरा हो । तर गुगलका

सोसल नेटवर्किङ साइट फेसबुकले, ४५० मिलियन प्रयोगकर्ता भएको मोबाइल च्याट एप (कम्पनी) "ह्वाट्सएप" १६ बिलियन डलरमा किन्ने घोषणा गरेकोछ । फेसबुकव्दारा जारि विज्ञप्ति अनुसार फेसबुकले व्हाट्सएपलाई ४ बिलियन डलर 'क्यास' र १२ बिलियन डलर बराबरको फेसबुक सेयर दिनेछ। यसबाहेक फेसबुकले ३ बिलियन डलर आगामी ४ वर्षमा व्हाट्सएपका संस्थापक र कर्मचारीहरुलाई फेसबुक स्टकको रुपमा दिनेछ । @aakarpost १९ बिलीयन डलर भन्या १९ खर्ब नेपाली रूपैया, लगभग नेपालको ४ बर्षको बजेट ;) — Akur Rimal (@fluctuating) February 20, 2014 विगत केही समययता भएका खरिदहरु मध्ये फेसबुक र व्हाट्सएपको डिल सबैभन्दा ठूलो हो । ट्विटरमा हामीले गुगल, फेसबुक, माइक्रोसफ्ट, याहु आदिले खरिद गरेको कम्पनीहरुबारे यसरी यसलाई हिसाब गरेका थियौँ । १ ह्वाट्सएप = २ स्काइप = ६ नेस्ट = १८ टम्लर = १९ इन्स्टाग्राम = २१ भाइबर = १९ बिलियन डलर MT @ishwari : 1 WhatsApp = 2 Skype = 21 Viber = 19 Instagram = 6 Nest = 19 Billion. — Aakar Anil (@aakarpost) February 19, 2014 फेसबुकले इन्स्टाग्राम जस्तै व्हाट्सएपलाई पनि ह्वाट्सएपकै ब्रा

"वर्षदिन भयो काम सुरु गरेको, यता अफिसमा सरेको चाँहि करिब ६ महिना भयो" - केही दिन अघि थ्रेडपेन्ट्सको अफिस, बुद्धनगर पुग्दा आशिष आचार्यले भने । सँगै रहेका सविन भन्डारीले थपे, " थ्रेडपेन्ट्स डटकम डिसेम्बर ३०, २०१२ मा रजिष्टर गर्यौँ"। पूल्चोक इन्जिनियरिङ क्याम्पसमा अन्तिम वर्षमा हुँदा आशिष, सविन र आयुषलाई केही आफ्नै काम गर्नुपर्छ जस्तो लाग्दैथियो, एकदिन कुरैकुरामा अकस्मात एउटा 'आइडिया' निस्कियो, "अनलाइन टिसर्ट स्टोर" जहाँबाट आफूलाई मनपर्ने डिजाइन प्रिन्ट गर्न सकियोस् । आफूलाई मन परेको डिजाइनमा टिसर्ट लाउन नपाएको गुनासो यी तिनै जनालाई थियो, उनीहरुले पहिलोपटक पूल्चोक क्याम्पसमा आयोजना गरिएको एउटा कार्यक्रमको लागि टिसर्ट बनाए । त्यसपछि फेरि पनि पूल्चोक क्याम्पसकै विद्यार्थीहरुको लागि विभिन्न डिजाइनमा टिसर्ट बनाए, टिसर्ट चल्यो । अनलाइन टिसर्ट स्टोरको चर्चा चल्नथाल्यो, उनीहरुले होस्टलको आफ्नो कोठालाई नै आफ्नो अफिस र स्टोर बनाएर थ्रेडपेन्ट्स सञ्चालन गरे । नेपालमा थोरैमात्र यस्ता स्टार्टअप होलान् जुन क्याम्पसका होस्टलबाट विना पुँजी सुरु भएकाछन् ।

सन् २००८ तिर म नोकिया ६३०० फोन बोक्नेगर्थेँ । त्यसबेला मलाई नोकिया जत्तिको फोन अरु कुनै छैन र नोकियाको बजारलाई कसैले हल्लाउन सक्दैन जस्तो लाग्थ्यो । तर करिब ३-४ वर्षको अन्तरालमै पासा पल्टियो । माइक्रोसफ्ट कर्पोरेसनले आज नोकियाका सम्पूर्ण 'डिभाइस', 'प्याटेन्ट लाइसेन्स' तथा 'नोकिया म्यापिङ सर्भिस' ७.२ बिलियन डलरमा किनेको घोषणा गरेकोछ । घोषणा सँगै नोकियाको 'नाम'मा अब नयाँ स्मार्टफोन नबन्ने भएकोछ । सहमति अनुसार "आशा" र "लुमिया" फोनको ट्रेडमार्क माइक्रोसफ्टमा निहित रहनेछ, भने "नोकिया" फिनिस कम्पनीकै "ब्रान्ड"को रुपमा रहनेछ, र नोकियाले आफ्नो फिचर फोन मात्र 'नोकिया' ब्रान्डको रुपमा निकाल्न पाउनेछ। टेक्नोलोजी साइट द भर्जका अनुसार , भविष्यमा बन्ने सबै विन्डोज फोनहरुलाई, माइक्रोसफ्ट ब्रान्डिङ गरिनेछ ।यसको अर्थ भनेको भविष्यमा हामीले 'नोकिया' ब्रान्डेड कुनै पनि स्मार्टफोन चलाउन पाउनेछैनौँ । Microsoft buys Nokia for $7.2 billion. Crazy stat: In 2007 Nokia's market share was 48.7%. By 2012 it had sli

केही दिन यता नेपाल स्टक एक्सचेन्ज (नेप्से) को साइटमार्फत सेयर कारोबार हुन सकेको छैन । कान्तिपुरका अनुसार नेप्सले आफ्नो सर्भरमा खराबी आउँदा कारोबार हुन नसकेको जनाएकोछ । समाचार अनुसार,  बुधबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सर्भरमा देखिएको समस्या र सर्किट ब्रेकरका कारण सेयरलगानीकर्ताले २० मिनेट मात्र कारोबार गर्न पाएका थिए । नेप्सेले सर्भरमा खराबी आएको बताइरहँदा आफूलाई ‘ह्याक्टिभिष्ट’ (Hacktivist) भनेर चिनाउने अज्ञात ह्याकर (Anonymous Hackers) हरुको समूहले भने, नेप्सेको साइटलाई आफूहरुले आक्रमण गरेको दावी गरेकाछन् । पेस्टविनमा जारी गरिएको विज्ञप्तिमा आफूहरुले ५ दिन देखि निरन्तर नेप्सेको साइटमा ‘DDoS’ (कम्प्युटरबाट एकैपटक सर्भरमा हजारौँ रिक्वेष्ट पठाएर गरिने आक्रमण) गरिरहेको बताएकाछन् । पैसाको लागि पैसाको  कारोबार गर्नु जुवा खेल्नु हो र यसले सम्पन्नलाई मात्र पक्षपोषण गर्ने भन्दै, धनि अझै धनि भइरहने र गरिब झनै गरिब भइरहने कारण नेप्सेको साइटमा आक्रमण गरेको जनाएकाछन् । नेप्सेको सर्भरमा खराबी नआइ, आफूहरुले नै नेप्सेको साइटमाथि आक्रमण गरेको दावी अज्ञात समूहले गरेको छ । पेस्टविनमा