Skip to main content

Posts

Showing posts with the label April Fool

अघिल्लो वर्षको जनवरीमा लेखिएको " एउटा फेक ट्विटर एकाउन्टको नाममा " ब्लग  वर्षैभरि  अन्यन्तै चर्चित रह्यो । सायद यसैको प्रभाव हुनुपर्छ, अघिल्लो हप्ता ईमेलमा अमेरिकी बसाइ अनुभव संगालिएको बाबुरामजीको एउटा प्राइभेट 'अनलाइन जर्नल' (डायरी) आइपुग्यो। नियमित त हैन, तर कहिलेकाँही भने तिम्रो ब्लग हेर्छु भनेर लेखिएको थियो । त्यसै  'जर्नल'मा रहेको 'अमेरिकी छलाङ्ग'का केही सम्पादित अंशहरु तल प्रस्तुत गरेकोछु । १. म यसै बसिरहेको हुन्छु, फोनमा खेलिरहेको हुन्छु, घरी ट्विटर घरी फेसबुक घरी के चलाई रहेकोहुन्छु। यसैमा भान्सामा काम गरिरहेकी मेरी प्राण प्यारीको नजर म माथि पर्छ। अनी उनी भन्छिन, "यसै फोन चलाएर बस्नु भन्दा त बरु ईन्टरनेट खोलेर मेरो फोन र ईन्सुरेन्सको अटो पे'मा राखिदिनु नि, महिनै पिच्छे सम्झिदाँको टेन्सन त हुन्न मलाई" ! म एकदम ज्ञानी पति बनेर ल्यापटप खोल्छु। पासवर्ड हालेर विण्डोज खोलि सकेको हुदैन, मेरी प्राण प्यारी भान्साबाट मर्जी हुन्छिन । "कहिले काँहि त बुढिलाई भान्सामा सहयोग गरे नि हुने नि, कहिले फोन त कहिले ल्यापटप"। २. एक जन

कसैले भन्नै परेन, आज April 1 हो भनेर । म अस्ति देखि नै याद गरेर बसेको थिएँ ।  ब्लग मा केही न केही त लेख्नुपर्‍यो, केही हदसम्म दिमाग चाट्नुपर्‍यो भनेर सोचेर बसेको थिँए । आज १ तारिख मैले छोड्ने कुरै भएन, अत: अप्रिल फूल बनाउने आइडिया खोज्ने थाले ! अप्रिल फुल बनाउने त भनियो, तर के मा बनाउने साह्रै कन्फ्युजन मा परियो । अब राजनिति को बारेमा लेखौँ भने पत्याउने कुरा केही हुँदैन, सँधै को अप्रिल फुल । खै, कुनै प्लट नै पाइएन, अप्रिल फुल बनाउने ! अप्रिल फुल बनाउने १०१ आइडिया भएको किताब खोज्दा खोज्दा हैरान भएँ तर फेला पार्न सकिन । आइडिया खोज्दा खोज्दै ३ दिन बित्यो, तर केही आइडिया भेटिएन अप्रिल फुल मनाउन ? तपाई कतै अप्रिल फूल बन्नु त भएन ? तपाई सँग केही आइडिया भए सापटि दिनुस् न मलाई, अर्को वर्ष पैँचो तिरौँला । मेरो April Fool  बनाउने १०१ आइडिया कतै भेट्नुभयो भने भन्नुहोस है मलाई ! अप्रिल फुल त बन्नुभएन, मैले आइडिया दिन्छ भन्ने सोचेर त हेर्दै हुनुहुन्न मेरो ब्लग ! हा हा हा Happy April Fool 2010.

नेपाली रुपैयाँ को नोटमा अब प्रचण्ड को फोटो छापिने भएको छ । हाम्रा प्रधानमन्त्री पुषपकमल दाहाल "प्रचण्ड" अहिले नर्वे लगायत का मुलुकहरुको को भ्रमणमा रहेकाछन् । जलस्रोत तथा विद्युत उर्जाका सम्बन्धमा छलफल गर्न नर्वे गएको भनिएपनि प्रचण्ड ले आफ्नो फोटो कागजी नोटमा छाप्ने व्यवस्था बारे पनि नर्वेका अधिकारीहरुसँग छलफल गरेका कुरा, आकारपोष्ट का नर्वेस्थित एक पाठक ले जनाएकाछन् । नर्वेबाट आकारपोष्ट ब्लग पढ्दै र कमेन्ट गर्दै आएका हाम्रा एक पाठकले यो कुरा हामीलाई जानकारी गराएकाहुन् । विगत १०० वर्षमा नेपाल ले जम्मा ६१० मेगावाट विद्युत उत्पादन गरेको, तर प्रधानमन्त्री प्रचण्डले १० वर्ष भित्र १० हजार मेगावाट विद्युत उत्पादन हुने कुरा केही समय पहिले बताएका थिए । स्रोत भन्छ, १० वर्ष भित्र १० हजार मेगावाट भन्ने कुरा ले नर्वेका राजा समेत छक्क परेका थिए । नेपाल को राजनितिक अस्थिरता र माओवादीको कोकल्याँटोपन देखेका, भोगेका, र माओवादी को प्रतिबध्दता को कार्यान्वायन कस्तो हुन्छ भनेर थाहा पाएका नर्वेजियनहरुलाई प्रधानमन्त्री प्रचण्ड को कुरा नपचेको भेद, अस्ति आयोजित रात्रीभोजमा उनीहरुले व्यक्त गरेका थिए ।