Skip to main content

Exclusive : नेपाली रुपैयाँ को नोटमा प्रचण्ड को फोटो छापिने

नेपाली रुपैयाँ को नोटमा अब प्रचण्ड को फोटो छापिने भएको छ । हाम्रा प्रधानमन्त्री पुषपकमल दाहाल "प्रचण्ड" अहिले नर्वे लगायत का मुलुकहरुको को भ्रमणमा रहेकाछन् । जलस्रोत तथा विद्युत उर्जाका सम्बन्धमा छलफल गर्न नर्वे गएको भनिएपनि प्रचण्ड ले आफ्नो फोटो कागजी नोटमा छाप्ने व्यवस्था बारे पनि नर्वेका अधिकारीहरुसँग छलफल गरेका कुरा, आकारपोष्ट का नर्वेस्थित एक पाठक ले जनाएकाछन् । नर्वेबाट आकारपोष्ट ब्लग पढ्दै र कमेन्ट गर्दै आएका हाम्रा एक पाठकले यो कुरा हामीलाई जानकारी गराएकाहुन् ।

विगत १०० वर्षमा नेपाल ले जम्मा ६१० मेगावाट विद्युत उत्पादन गरेको, तर प्रधानमन्त्री प्रचण्डले १० वर्ष भित्र १० हजार मेगावाट विद्युत उत्पादन हुने कुरा केही समय पहिले बताएका थिए । स्रोत भन्छ, १० वर्ष भित्र १० हजार मेगावाट भन्ने कुरा ले नर्वेका राजा समेत छक्क परेका थिए । नेपाल को राजनितिक अस्थिरता र माओवादीको कोकल्याँटोपन देखेका, भोगेका, र माओवादी को प्रतिबध्दता को कार्यान्वायन कस्तो हुन्छ भनेर थाहा पाएका नर्वेजियनहरुलाई प्रधानमन्त्री प्रचण्ड को कुरा नपचेको भेद, अस्ति आयोजित रात्रीभोजमा उनीहरुले व्यक्त गरेका थिए । उनीहरु को सुझाव थियो, हामी सहयोग गर्न तयार छौँ, तर तत्कालिन माओवादीले गरेका राजनितिक प्रतिबद्धताहरु पहिले पुरा गरेर माओवादीले देखाओस् ।

जलविद्युत र उर्जाबारेको छलफल सँगै, प्रचण्ड ले कागजी नोट छाप्ने व्यवस्था बारेपनि छलफल र सोधखोज गरेका थिए । अहिले कागजी नोट छपाइ भइरहेको देशको कम्पनीमा बढि रुपैयाँ तिर्नुपरिरहेको तथ्य नेपाल राष्ट्र बैंकले केहिसमय पहिले सार्वजनिक गरेपछि प्रचण्डले यसबारे चासो लिएका थिए । हाम्रा देशका नेता न हुन्, कहिले आफ्नो प्रतिबद्धता पुरा गर्छन् र भनिएर सोचिएको भएपनि, हाम्रो सोचाइलाई पुर्णत असफल पार्दै, उनले नर्वेको कागजी नोट छाप्ने कम्पनीबारे सोधखोज गरिएको थियो । यो त भयो नोट छाप्ने कुरा, अझ नर्वेजियनहरुको सल्लाह अनुसार नोटमा आफ्नै फोटो छाप्न चाहेको कुरा प्रचण्ड ले बताएकाछन् । स्मरणीय रहोस्, लोकतन्त्र र गणतन्त्र को प्राप्ति सँगै नेपाली कागजी नोटबाट राजाका तस्विरहरु हटाएर सगरमाथाको फोटो राखिएको थियो ।

कागजी नोटमा सगरमाथा अस्वाभाविक लागेको तथा, सगरमाथा विश्वकै सर्वोच्च टाकुरा भएकोले सगरमाथा सबैको साझा सम्पत्ति हुने जिकिर गर्दै, नेपाली नोटमा यसको प्रयोगबाट बाहिरका मुलुक को धेरै नै चित्त दुखेको, गुनासो गर्दै नर्वेका राजाले, सगरमाथा को सट्टा राष्ट्रप्रमुख को तस्विर राख्न प्रचण्डलाई आग्रह गरेकाथिए । त्यसपछि केही बेर घोत्लिएका प्रचण्ड ले आफ्नै तस्विर राख्दा के हुन्छ भनि जिज्ञासा राखेका थिए । उनको प्रस्तावले रात्री भोजमा उपस्थित सबै कुटनिति नियोगका प्रतिनिधिहरु, नर्वेस्थित नेपाली समुदाय सबैनै जिल्ल परेका थिए । देशमा राष्ट्रपति हुँदाहुँदै किन आफ्नो नाम आफैँले सिफारिस गर्नुभएको भनेर नेपाली समुदायले राखेको जिज्ञासामा प्रधानमन्त्री प्रचण्ड ले भन्नुभयो : "ती रामवरण यादव कांग्रेसी हुन्, उनी केहिपटक मन्त्री पनि भइसकेकाछन्, संविधान सभाको चुनावपछि माओवादी सबैभन्दा ठूलो पार्टि भएको, गणतन्त्र को नारा माओवादीले मात्रै बोकेको, साथै गणतन्त्र नेपाल को प्रथम प्रधानमन्त्री भएकोले, हाम्रो महान पार्टि तथा हाम्रा हजारौँ सहिदको त्याग, तपस्या र बलिदान को लागि आफ्नो फोटो सुझाएको हुँ" ।

नर्वेस्थित, आकारपोष्टका प्रतिनिधि भन्छन्, सबैलाई जिल्ल पार्दै प्रधानमन्त्री प्रचण्ड ले यसोभनेपछि, भोलिपल्टै प्रचण्डलाई नयाँ तस्विरको डिजाइन देखाइएको थियो । यस्तो कुराहरु बाहिर समाचारमा आउँदा व्यापक विरोध हुनेभएकोले अहिलेकालागि यो कुराहरु बाहिर नल्याइदिनहुन प्रचण्डले उपस्थित सबैसँग विशेष आग्रह गर्नुभएको थियो । यस्तो गोप्यखबर, आकारपोष्ट का लागि चुहाइदिनुहुने हाम्रा पाठकलाई हार्दिक धन्यवाद, प्रचण्ड बाहिर नै हुनुभएकोले सुरक्षाका कारण हामीले हाम्रा पाठकको नाम गोप्य राखेका छौँ ।

नर्वेमा आयोजित रात्रीभोज को दोस्रो दिन, माओवादि पार्टि निकट डिजाइनर (कलाकार) व्दारा गरिएको कागजी नोट को डिजाइन:


अप्रिल फुल

फोटो: इन्टरनेटमा खोजखाज गरिएको हो ।

Comments

  1. Hahaha....
    Kasto interest diyera...padeko..ekdum thulo kura ko kulasa gareko jasto...
    last ma April Fool!!
    you succeded in making me April Fool...!!
    Cheers!

    ReplyDelete
  2. aakar jee, me too.
    thanks anyway! was interesting!

    ReplyDelete
  3. हा ...हाह गजब अप्रिलफुल - आकार जी ...

    ReplyDelete
  4. आज बिहानै फेशबुकमा टाईटल मात्रै पढ्न भ्याएको थीएँ । कामको हतार भएकोले सबै पढ्न भ्याईन र मजाले झुक्कीएँ पनि (सोचे 'अब यस्तो पनि हुने भो')।

    तर अहिले भने खर्रर स्क्रोल गरेर हेर्दा नोटको स्याम्पल देख्‍ने बित्तीकै कुरा बुझेँ ।

    नोट मात्रै हैन लेखाईको शैली र यो पोष्ष्टमा रहेको व्यङ्य पनि गतीलो छ । मजा आयो । हा हा हा ।

    (बिहान टाईटल मात्रे पढ्दा त आज कति तारीख भन्ने पनि बिर्सीएछ )

    ReplyDelete
  5. haaha.. aakaara jee yo note ta maile pahile nai dhekheko bhaepani april fool ko taasomaa chai gajabai bhaechha la .

    ReplyDelete
  6. malai sanka ta lage ko thiyo any way nice!!

    ReplyDelete
  7. हा हा हा !! शीर्षक हेर्दा त अप्रिल फूल हो कि जस्तो लागेको थियो !! तर सोचेभन्दा मजाको फूल भइयो !!

    ReplyDelete
  8. Ha Ha ... I was trying to make u as a fool ..while u were trying to make fool the whole world ????

    It would be more nice if u don't keep the word अप्रिल फुल at the end of the content ...nice april fool gaming ..he. .he ..

    ReplyDelete
  9. हाहा बदो रमाइलो सँग मनाउनु भय्छ त अप्रिल फूलस डे आकार जि ले . मजा आयो पढेर .

    ReplyDelete
  10. Lau yo ta purano date (April 1st) ko post rahecha mata Sanchaiko Hola bhaner padhi baseko. April ko 8 th tarikha bhaye pani ma ta April fool bhayen ba.

    ReplyDelete
  11. पढ्दै जादा साचिकै हो जस्तो लग्यो | अप्रिल फूल पो बनाउनु भा रहेछ | हुन पनि के बेर !!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt     First Div:  SLC Result 2068  .txt     Second Div:  SLC Result 2068  .txt     Third Div:  SLC Result 2068  .txt     Unde

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

Subscribe to Aakar Post