Skip to main content

सार्वजनिक यातायातका केही कुरा

पछिल्लो हप्ता काठमाडौँमा साझा यातायातको पुनरागमनले ठूलै चर्चा पायो । साझाले सर्वसाधारणको ताली र यातायात व्यवसायीको गाली दुबै पायो । यो ब्लगले भने, साझाको बारेमा केही कुरा गर्दैन ।

मेरो यातायातको साधन भनेको सार्वजनिक बस, माइक्रो, टेम्पुहरु आदि हुन् । जानुपर्ने ठाउँ नजिकै रहेछ भने, हिँडेरै जान रुचाउँछु, यद्दपी धुँवा, धुलोले सँधै सास्ति दिइरहन्छ ।बसमा भाडामा किचकिच गरेको खासै मन पर्दैन।

दुई हप्ता अघि एक बिहान एकान्तकुनाबाट कलंकी हुँदै बालाजु जान बसमा २० रुपैयाँ तिरेँ, कन्डक्टरले चुपचाप भाडा लिए। भाडाको लिष्ट टाँसिएको थिएन, सायद २० रुपैयाँ नै भाडा होला भन्ने लाग्यो । दिउँसो सोही रुटबाट फर्किँए, धोबीघाट कटेपछि २० रुपैँया दिँए, बालाजुबाट एकान्तकुना सम्म भनेर । कन्डक्टरले भाडा पुगेन भने, मलाई लाग्यो सायद मैले बिहान थोरै तिरेको रहेछु । मैले ५ रुपैँयाको नोट बढाएँ, उसले एकछिन हातमा लियो र फिर्ता दियो, उसले भाडा पुगेन भन्यो । मैले भाडा कति हो भनेर सोधेँ, उसले रुखो स्वरमा ३० रुपैँया भन्यो । उसले यति भनेको मात्र के थियो, मेरो मगज अकस्मात तात्यो ।३० रुपैँया त भाडा हुनैसक्दैन भन्ने मेरो अनुमान थियो।  मैले त्यो पाँच रुपैँया चुपचाप पर्समा राखेँ, अनि एकान्तकुनामा ओर्लिँए ।

ओर्लेर हिँड्न लागेको थिँए, कन्डक्टर भाडा दे, भनेर कराउन थाल्यो । उसको व्यवहारले मेरो दिमाग झनै तात्यो, अघि दिँदा नलिएको होइन, अब फेरि किन दिनु। 'लाग्दो भाडा दिनुपर्दैन?' उ कुर्लियो । तिम्लाई लाग्दो भाडा कसले दिएको थिएन, ३० रुपैँया भन्या लाग्दो भाडा हो, म पनि जंगिए ।उ लाग्दो भाडा दे, म पनि यहीँ एकान्तकुनाको हो, धेरै फूर्ति नदेखा भन्न थाल्यो । म पनि यहीँको हुँ, म लाग्दो भाडा दिन्छु, हिँड जौँ ट्राफिकसँग कुरा गर्न, बसमा भाडा लिस्ट खै? भन्दै जंगिए । अरु दिन ट्राफिक, अनि सशस्त्र प्रहरी सबै चोकमा हुन्थे, त्यो दिन रहेनछन् । ट्राफिकसँग कुरा गर्न जाउँ भन्दै रोडको अर्को छेउमा पुगियो, ट्राफिक थिएनन्। मेरो र कन्डक्टरको झगडाले बाटो लगभग जाम हुनथाल्यो । ट्राफिक प्रहरीहरु नदेखिएपछि झगडा लम्ब्याउनुको कुनै अर्थ छ जस्तो लागेन । उ लाग्दो भाडाले भनिरहेको थियो, मैले अन्तिममा फेरि त्यही ५ रुपैँयाको नोट अघि बढाएँ । उसले २५ रुपैँया लिएर फलाक्दै गाडितिर बढ्यो । त्यो दिन मेरो मगजमा कुरा खेलिरह्यो, बालाजु देखि एकान्तकुना सम्मको लाग्दो भाडा कति हो? खैर आजपनि मलाई उक्त रुटको भाडा थाहा छैन । काँडाघारी देखि सुन्धारा सम्म २३ रुपैँया अनि एकान्तकुना देखि काँडाघारी २० रुपैँया पुगिरहेकोछु । दूरीको हिसाबमा हेर्दा बालाजु देखि एकान्तकुनासम्मको भाडा पनि सोही हाराहारीमा हुनुपर्छ भन्ने लाग्छ ।

ढिला भएको बाहेक, अनि साथीहरुसँग "लिफ्ट" नलिएको खण्डमा अफिस दिनहुँ हिँडेरै जान्छु। अस्ति अफिस जान अलि ढिलो होलाजस्तो लागेर बस चढेर गएँ । ओर्लने बेला खुजुरा मिलाएर १५ रुपैँया दिँए, जुन म हिँड्ने रुटमा लाग्ने भाडा हो । एउटा सानो भाइ खलासी रहेछ, उसले कहाँबाट भनेर सोध्यो। मैले भने त्यही पछिल्लो बसस्टपबाट हो । त्यो भाइले मलाई यसरी घुरेर हेर्यो, अनि केही बर्बरायो, मानौँ मैले उसलाई भाडा नतिरि हिँडिरहेछु । बिनाकारण बिहान बिहानै आफ्नो पारो तात्यो, गर्नु त के नै थियो र, तर पनि एक दुई मुक्का लाइदिहालौँ कि भन्ने झैँ उसले बनायो ।

यी त भए आफूले पछिल्ला हप्तामा अनुभव गरेका केही प्रतिनिधि घटना । यस्ता कुराहरु दिनहुँ भइरहेकाहुन्छन्, सबैसँग घटिरहेकाछन् ।काठमाडौँ लगायत देश भरि नै सार्वजनिक यातायातमा समस्या छ ।  क्षमता भन्दा धेरै यात्रु बोक्ने, जहिँतहिँ रोक्ने भनेर सबैको सँधैको गुनासो छ । अझ रमाइलो कुरा त के छ भने, अत्यन्तै भिडभाड भएको गाडीमा सबैभन्दा पछि चढ्नेहरुले गाडीमा धेरै मान्छे कोच्यो भनेर गुनासो गर्छन् । नियम कानुन नि छ, ट्राफिक नि छन्, सबैकुरा छन् तर पनि सार्वजनिक यातायातमा समस्या छ । यातायात व्यवसायीको सिन्डिकेट चिर्न साह्रै गाह्रो छ । साझाले राम्रो सेवा र सुविधा दिँदा, हामी पनि सोही प्रकारको सेवा, सुविधा दिन्छौँ भनेर प्रतिस्पर्धामा आउनुपर्ने बेला, यातायात व्यवसायी साझाको विरोध गरिरहेकाछन्, सरकारले क्षतिपुर्ति दिनुपर्छ भन्दै ।

कहिलेकाँही एकान्तकुना चोकमा उभिएर चोकको गतिविधि नियाल्छु, चार तिरैबाट आएका सार्वजनिक सवारीसाधन, निजी सवारीसाधन अनि बटुवाहरुको हतार देखेर उदेक लाग्छ । कोही कसैलाई बाटो छोड्नेवाला छैनन्, सबै हतारमा छन् । जसको शक्ति उसको भक्ति भनेझैँ, सबै पेलेरै अघि बढ्न खोज्छन् ।

कहिलेकाँही सोच्दा यस्तो लाग्छ, सायद हामी यात्रुहरुमा पनि समस्या छ ।हामीलाई आफ्नो घर अगाडी बस रोक्नुपर्छ, झर्ने र चढ्ने बेला । बस जस्तोसुकै भिड होस्, चढ्नै पर्छ विकल्प छैन भन्दै । ट्राफिकको सुरक्षाको लागि बाइक कुदाउनेहरु 'हेल्मेट' लाउँछन्, ड्राइभर सिटबेल्ट बाँध्छन् । बाटोघाटोमा ट्राफिक नबस्ने हो भने, बस, माइक्रो आदिले ढोका पनि लगाउँदैनन्। बाटोमा ट्राफिक देखिएनन् भने बस जहाँ मनलाग्यो त्यहीँ रोकिन्छ, यात्रुको सुविधाको लागि ।  ।

यातायात व्यवसायीलाई मात्र दोष दिनुसट्टा सायद हामीले हाम्रा केही बानीमा परिवर्तन गरेमा सार्वजनिक यातायातको क्षेत्रमा परिवर्तन ल्याउन सकिन्छ कि? सम्भव भएसम्म निम्नलिखित कुराहरु लागु  गर्ने गरौँ:

क) लाग्दोभाडा जस्तो लागेन वा ठगिएजस्तो लाग्यो भने भाडा लिस्ट नहेरी, भाडा नतिर्ने । (गाडीभाडा देखिनेगरि गाडीमा टाँस्नुपर्छ भनेर भनिएको रहेछ । ट्याक्सीको लागि अलि फरक नै सोच्नुपर्ला) ।
ख) पहिले नै भिड भएको गाडीमा नचढ्ने।
ग) बस स्टप बाहेकका स्थानबाट गाडी चढ्ने/झर्ने नगर्ने ।
घ) थोत्रा र उभिन/बस्न गाह्रो हुने गाडीमा नचढ्ने ।
ङ) बाटो काट्न जेब्रा क्रसिङ, ओभरहेड ब्रिजको प्रयोग गर्ने ।

यो लिस्टमा अरु के कुरा थप्न सकिन्छ होला? कमेन्टमा जानकारी दिनुहोला । आउनुहोस् परिवर्तन आफैँबाट सुरु गरौँ ।

Comments

  1. मिनी एवं ठुला बसमा केहि यात्रु उभिएर यात्रा गर्नु स्वाभाविक नै हो तर ती टेम्पो, साना माइक्रो लगायतका सवारी हरुमा सिट क्षमता भन्दा बढी यात्रु चढ्नु, चढाउनु अनि चढ्न दिनु बिल्कुल गलत हो, ती सवारी निर्माणकर्ता हरुले यीनमा मान्छे उभिएर यात्रा गर्लान भनेर त सपनामा पनि चिताएका थिएनन होला।

    ReplyDelete
  2. कमल जि .सिApril 22, 2013 at 8:09 PM

    यातायात क्षेत्र मा काम गर्ने जुनसुकै ब्याक्ति चालक होस या सहचालक आँफु ले जनता लाई सेवा दिनु नै मेरो पेशा हो भन्ने बुज्नु पर्छ । सहचालक तथा चालक ले यात्रु सँग गरिने ब्यावहार मा परिवर्नतन ल्याउनु जरुरि छ । बिशेष गरि सार्बजानिक यातायात मा शिष्टताको अभाव छ अनि यात्रु ले पनि यातायात क्षेत्र को पेशा लाई सम्मान गर्ने बानि बसाल्नु पर्छ ।

    ReplyDelete
  3. यात्रुबाहक बसहरुलाई दोष दिने एउटा पाटो छ । तर अर्को पाटो पनि केलाएर हेर्न आवश्यक देख्छु म । हामी सबैलाई हतार हुन्छ । गाडी जति भिड भएतापनि हामीलाई चढ्नै पर्छ ? हामी अर्को गाडी पखर्नतर्फ लाग्दैनौं । अनि जसले पनि विद्यार्थीको परिचयपत्र देखाएर छुट लिने प्रचलनले गर्दा पनि गाडीसाँहुहरुले धेरै यात्रु राख्न बाध्य पो भएका हुन् कि ? <a herf="http://www.nepaliblog.net/2011/08/blog-post_19.html'>राजधानीका सडकमा रु ८ को यात्रा</b></a>

    ReplyDelete
  4. ho yo changes haru normal manche ley nai lyaunu parcha. Aru le rato batti bhako thaun ma bato katirako cha bhane, "k bhayo ta.. ma katdina.. hariyo balepachi matra katchu" bhanney soch sabai ley rakhau. Thulo change lyauna sano pariwartan batai suru garaun na. Haina ra?

    ReplyDelete
  5. Ma pani tapai jastai yatru ho. Tapaiko yo lekh lai ma swagat ra samarthan garchhu.
    Yo lekh ma bhaneka sabai kura thik chhan , aru kura byabahar ma lagu garna sakinchha tara yatru le bhariyako gadi ma chadhnu rahar hoiena badhyata ho.
    Tapai lai bhani rahanu pardaina hola tara pani bhandai chhu, gramin bheg ma matra hoena yo sahar ka 50% route ma chalne gadi yatru bhariye pachhi ma start garinchha. 1-2 jana uthera yatra garne yatru bhaye pachhi matra gadi gudna suru hunchha. Yesto abasthama starting point bhanda aru thau bata yatra garne le ubhiyera yatra garnu parne badhyata chha. Jati gadi kurda pani hune uhi ho.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite. I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…?? The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author.. I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pai...

KU Holi 2066 [Pictures]

This year also, I’ve celebrated Holi (Fagu Purnima) at Kathmandu University, Dhulikhel Kavre. This is my 3rd Holi at KU. Holi is one of the most interesting event over here. We are preserving KU Holi Culture. HAPPY HOLI !!! We have enjoyed a lot today, hope you are also enjoying the festival of colour HOLI. Once Again Happy Holi To You All. Here,  I’m posting some pictures of KU Holi 2066. Enjoy Holi !!!      11th and 13th Photo: By Shakun

Subscribe to Aakar Post