बाघचाल हामी नेपालीको लोकप्रिय दिमाग ख्याउने खेल ! २० वटा बाख्रा अनि ४ वटा बाघका साथ खेलिने ‘बाघचाल’ केही महिना देखि अनलाइनमा खेल्न थालिएकोछ । सेमिकलन डेभ्लपर्स’ले निर्माण गरेको बाघचालमा यो हप्ता “बाघचाल” टुर्नामेन्ट पनि सञ्चालन गरिएकोछ । अनलाइनबाघचालमा दुईजनाको खेल अरु’ले पनि हेर्न पाउँछन्, खेलाडिहरुले आपसमा कुरा गर्न पनि पाउँछन्, अरु कोही खेलाडी छैनन् र आफू एक्लै भइएकोछ भने कम्प्युटर सँग पनि खेल्न मिल्छ ।अनलाइन बाघचालको गृहपृष्ठ (Home Page) मा अनलाइनमा चलिरहेको खेलहरुको विवरण देख्न सकिन्छ, त्यहाँबाट आफूले नयाँ खेल सुरु (create) गर्न सकिन्छ, या अरुले सुरु गर्न लागेको खेलमा प्रतिस्पर्धा पनि गर्न सकिन्छ, वा सकिएको खेलको ‘रिप्ले’ पनि हेरेर बस्न मिल्छ । त्यसबाहेक अनलाइन बाघचालको पब्लिक च्याटमा गएर बात मारेर बस्न पनि सकिन्छ ।
बाघचाल (Bagh Chal) मा बाघ र बाख्रा जनाउन बाघ र बाख्राको टाउका’को फोटो राखिएकोछ, जसबाट खेल्नेलाई एउटा रमाइलो अनुभव हुन्छ, खेलको दायाँ साइडमा कसको पालो हो, खेल सुरु भएको कति टाइम भयो, कति वटा बाख्रा बाँकी छन् भन्ने जानकारी देख्न सकिन्छ । खेलको पेज छोडेर अन्य पेजमा गइयो भने, पेजबाट ‘टुङ’ आवाज सहितको नोटिफिकेसन आउँछ । बाघचालका सामान्य नियमहरु लागु हुने बाघचाल जो सुकै’ले अनलाइनबाघचालमा गएर निशुल्क खेल्न सक्छन् ।
Play Baghchal Online: obaghchal.com