Skip to main content

Apabad Movie Review [नेपाली चलचित्रमा एउटा अपवाद]

अभिभावक छोराछोरीको बारेमा एककिसिमको सपना देख्छन्, अनि छोराछोरी आफ्नो भविष्यको बारेमा बेग्लै सपना बुनिरहेकाहुन्छन् । दुई पुस्ताले आ-आफ्नै किसिमले भविष्यको सपना बुन्छन्, अनि दुवै आफूले चाहेको होस् भन्ने चाहन्छन् । तर आफूले सोचेको र भनेको जस्तो नहुँदा ‘फ्रस्ट्रेसन’ को शिकार बन्न पुगिन्छ । आफ्ना सपना र चाहनाहरु अरुले नबुझिदिँदा युवाहरुमा उत्पन्न ‘फ्रस्ट्रेसन’ र त्यसले निम्त्याउने परिणाम नै चलचित्र ‘अपवाद’को कथासार हो।

Apabad-Nepali-Movieचलचित्रको मुख्य पात्र सुयोग (राजबल्लभ कोइराला) व्यवस्थापन (Managemet) को विद्यार्थी भएपनि उसको चाहना एउटा सफल लेखक बन्ने छ । उसको बुवा (रवि गिरी) को चाहना छ, म्यानेजमेन्ट पढेको छोरोले कुनै ठूलो कम्पनीमा जागिर खाओस् । उसकी आमा (विजया गिरी) को चाहना छ, छोरोले चाँडै बिहे गरिदेओस् । सुयोगकी साथी सुनन्दा (निशा अधिकारी)को चाहना छ, सुयोगले उसको बुवाले भनेको जस्तै गरिदियोस्, अनि बचेको समयमा आफ्नो साहित्यको सोख पुरा गरोस् । बुवाको जागिर खानुपर्ने अडान अनि आफ्नो लेखक बन्ने चाहना बिच अन्तरसंघर्ष चर्किएपछि, सुयोग युके जाने चक्करमा लाग्छ । त्यसै समयमा युकेका धेरै कलेजहरु कालोसूचीमा परेपछि, झसंग हुन्छ, यदि आफ्नो कलेज नि परेको भए, घर परिवार के हुन्थ्यो भन्ने कुराले उसलाई सताउँछ । यस्तै कुराहरु सोच्दै गर्दा, उसमा ‘फ्रस्ट्रेसन’ (frustration) झन झन् बढ्दै जान्छ र आत्महत्या गर्ने नियतले खोलामा हामफाल्छ । संयोग भनौँ, उसलाई खोलाले बगाएर कुनै अन्जान ठाउँमा पुर्याइदिन्छ, जहाँ कोही मान्छे छैनन्, कोलाहाल छैन, जहाँ उसका सपनाहरुमा कोही तगारो बन्न सक्दैनन् । अन्जान जंगलमा सुयोगले के के गर्छ, उसले जंगलमा बाँच्न के कति संघर्ष गर्नुपर्छ, उसको सपनाहरु पुरा हुन्छन् वा हुँदैनन्, उसले जंगलमा के पाठ सिक्छ, खुशी भनेको के हो, दु:ख भनेको के हो आदि यावतकुराहरु जान्न भने ‘अपवाद’ हेर्नै पर्ने हुन्छ ।

चलचित्रको सुरुमै ‘अपवाद’ (Apabad) अंग्रेजी चलचित्र ‘कास्ट वे’ (Cast Away) लगायतका चलचित्रबाट प्रभावित छ भनेर उल्लेख गरिएकोछ । केही कुराहरु उक्त चलचित्रबाट प्रभावित भएको छ भन्नेकुरा स्विकार गरिएकोले, हेर्ने दर्शकहरुलाई त्यही कुराले सुरुमै प्रभावित पार्छ । सत्र थरि चलचित्रबाट चोरेर, जोडजाड पारेर चलचित्र बनाउने नेपाली चलचित्रकर्मीहरु आफ्नो चलचित्र विल्कुल फरक भएको र कहिँ कतैबाट ‘कपि’ नगरिएको जोडतोडका साथ प्रचार गर्ने सन्दर्भमा चलचित्र निर्देशक ‘सुवास कोइराला’ आफैँमा ‘अपवाद’ देखिएकाछन् । अपवादको यसप्रकारको ‘डिस्कोलजर’ वा भनौँ प्रस्ट विचारलाई हामीले स्वागत गर्नैपर्छ ।

चलचित्रका मध्यान्तर अघिका जंगलवरपरका केही दृश्यहरु ‘कास्ट वे’ (Cast Away) मा मिल्न गएकाछन् तर ती कुराहरु सबै प्रासांगिकछन्, नक्कलकै लागि नक्कल गरिएको भन्ने कहिँ लाग्दैन । यो एउटा चलचित्रको विशेषता हो । चलचित्रमा देखाइएको फुटेको हाँडि देखि, माछा मार्ने बल्छि, मकैको दाना र जंगलमा आत्महत्या गर्ने क्षणमा ती सबै कुरा कहाँबाट कसरी आएकाछन् भन्ने स्पष्ट देखाइएकोछ ।  चलचित्रमा यो स्थान भनेर किटान नगरिएको भएपनि, सुयोग कोशीहरुले घेरिएको टापुमा पुगेकोछ देखाइएको छ र यो कुरालाई प्रमाणित गर्न निर्देशक सफल रहेकाछन् । चलचित्र जहाँबाट सुरु हुन्छ, चलचित्रको मध्यान्तर त्यहिँ पुगेर रोकिन्छ, यसअर्थमा कथालाई ‘फ्ल्यासव्याक’मा देखाइएको छ । चलचित्रको मध्यान्तर सम्ममा चलचित्रले उठान गरेको ‘ईश्यु’लाइ देखाइएकोछ, अनि चलचित्रको दोश्रो भागमा ती समस्याहरुलाई कसरी बुझिन्छ, कसरी समाधान गर्ने प्रयास गरिन्छ, मान्छेले कसरी बुझ्छन्, मानविय संवेदना कस्तो हुन्छ, खुशीहुँदा नि किन खुशी हुन सकिँदैन भन्ने विषयहहरु समावेश गरिएको छ ।

Nepali-Movie-Apabadचलचित्र समिक्षक र चलचित्र निर्देशकहरुले ‘अपवाद’लाई कसरी मुल्यांकन गर्छन् त्यो त थाहा छैन तर एक दर्शकका हिसावले हेर्दा चलचित्र उत्कृष्ट बनेकोछ । चलचित्रको ‘क्यामरा वर्क’ देखि संगित, कथावाचन शैली सबै राम्रो छ । चलचित्रमा राखिएको गितहरु कर्णप्रिय छन् । चलचित्रमा अब यो नै हुन्छ भनेर पहिले अनुमान लाउन गाह्रो नै पर्छ । जस्तो कि चलचित्रमा सुयोगले जंगलमा आत्महत्या गर्न लाग्दा, हलका दर्शकहरुले आ-आफ्नै अडकल अनुमान लगाइरहेका थिए । कोही भन्दैथिए, डोरी चुँडिन्छ होला, कोही भन्दैथिए रुखको हाँगा भाँचिन्छ होला तर दर्शकले सोचेजस्तो भएन । चलचित्रको सुरुमै सुयोगले खोलामा हामफालेको कुरा रहेकोछ, तर देखाउनको लागि सुयोगले हामफालेको कुरा कहिँ देखाइएको छैन तर पनि दर्शकले बुझ्छन् सुयोगले हामफाल्यो !

थोरै पात्रहरु लिएर बनाइएको चलचित्रमा सबै आ-आफ्ना रोलमा जमेकाछन् यति हुँदा हुँदै पनि एकदुई ठाउँमा अझ राम्रो गर्न सकिन्थ्यो भनेजस्तो लाग्छ । सुनन्दाले सुयोगको डायरी पढ्दा, सुयोगले आफूलाई मन पराउँथ्यो भन्ने त थाहा पाउँछिन् तर त्यसघटनामा एउटा पात्रको प्रेमिकाको मनस्थिति कस्तो हुन्छ भन्ने कुरा प्रस्ट रुपमा देखाउन सकिएको छैन । चलचित्रको एउटा गितमा फेसबुक र ट्विटरको पनि चर्चा छ, सायद आफूले चलाउने भएका कारण गितमा सुयोगले गाएको होला तर न सुयोगको कोठामा कम्प्युटर देखिन्छ न कहिले फेसबुक र ट्विटर चलाएको भेटिन्छ । मेरो भन्नु, गितमै फेसबुक र ट्विटर जोडिसकेपछि, कम्प्युटर पनि कोठाको कुनामा देखाइएको भए अझ राम्रो हुन्थ्योहोला भन्ने हो । सुयोगको कथा भन्ने साहित्यिक शैली, गहन संवादमा खोट लगाउने ठाउँ छैन तर रोएको दृश्यमा भने कता कता नमिलेको देखिन्छ । तर राम्रा कुराहरुले साना तिना नराम्राकुराहरु ढाकदिन्छ भनेझेँ, यी साना मसिनाकुराहरुले चलचित्रको स्वादमा कुनै नराम्रो असर पारेको छैन ।

समग्रमा चलचित्र उत्कृष्ट बनेको छ!  नेपाली चलचित्रको क्षेत्रमा यो एउटा ‘अपवाद’ बनेर रहनेछ । कास्टवेबाट प्रभावित छ रे भनेकै भरमा अपवाद हेर्न जाउँ कि नजाउँ, भन्ने दोधारमा हुनुहुन्छ भने, मेरो सुझाव छ, हलसम्म गएर चलचित्र हेर्दा हुन्छ । चलचित्र हेरेर, बेक्कार पैसा र समय खर्च गरेछु भनेर, चुक्चुकाउनु पर्दैन । नेपाली चलचित्रलाई (Nepali Movie) माया गरौँ भन्ने ओठेभक्ति देखाउन मात्रै चलचित्र हेरौँ भनेको होइन, नेपाली चलचित्रमा आएको परिवर्तन, उठान गरेको विषयवस्तु, प्रस्तुती आदिका कारणले चलचित्र राम्रो भएकोले, चलचित्र हेरौँ भन्ने आग्रह हो । चलचित्र अपवादलाई हार्दिक बधाइ तथा शुभकामना ।

Promo of Ababad [Official Trailer]

Movie : Apabad
Director : Subash Koirala
Actors : Raj Ballav Koirala, Nisha Adhikari, Rabi Giri and Bijaya Giri
Cinematographer : Sushan Prajapati
Editor : Raju Dhungana
Music Director : Ujjwal Meghi Gurung
Lyricist : Ujjwal Meghi Gurung

Disclosure: I’m not associated with Nepali Movie Apabad.

Comments

  1. korean version ko "cast away" sanga chai kehi hadd samma "apawaad" mildo juldo chha

    ReplyDelete
  2. this movie more inspire 'castaway to moon' (korean movie) than castaway. but it's interesting to see this kind movie than masala bollywood copy movie. i hope this movie will earn money and nepali flim maker make meaning full movie. audience has brain.

    ReplyDelete
  3. esto dukha lagyo ki k vanney, fm ma kam garnu hunthyo raj dai paila ...pokhara ko manchey vanera mom dad sablai bokera lageko...........oscar nominated movie 'CASTE AWAY' ko sab chor char parera....esto ni huncha................u let us badly down.............. loot ramro vako le ppl are giving a try to nepalese movie khas ma but pathetic pathetic pathetic apabad

    ReplyDelete
  4. nepsoldier.blogspot.comAugust 1, 2012 at 11:33 AM

    not a good movie review..
    the music of movie is simply brilliant...some of the songs have been added to the movie just for the sake of adding, nevertheless full marks to the songs...


    hmmm...dont think its that good movie...
    - the characters often use english terms like "why" in the movie...they do not have the good accent and pronunciation to say it correctly... tyo vanda "kina" vane ko vaya hunthyo...ani whole movie vari, raj ballav uses "typical nepali" words ani tyo dui chaar thau ma "english word" use gareko ramro vayana...


    -too predictable story...aba k huncha vanera thykkai vanna milne...this film is similar to "into the wild" as well... those of us who went to watch the movie had a very high hope that apabaad will be able to live upto the name of "into the wild" but we were left utterly disappointed...


    -there is no need to add the last scene... kosi ko thulo marvumi jasto thau bata ghar farkeko thau ma movie end gareko vaya it would have been much better...
    tara, director le feri tei purano nepali trend lyaihale...tyo last ma "samyoganta" ending garauna parne jaruri nai chaina....


    -director ko ghar koteshwor mai ho ki nepal ma koteshwor vanda aaru ramro chok navayara ho.... count the number of scenes shot in koteshwor... kati chan hola....at lease dui darjan shots ta koteshwor mai chan hola... ali majja aayana ni , haina ra??


    -bakery cafe ko wall bata chadera janu, ali purano bichar dhara vayana ra vanya??? apabaad banna lai ali kei soch garna sakinthyo ki...


    - tyo photo hallayara diary nikeleko scene milekai chaina....actor delebrately photo hallyako jasto dekhya cha...ali milauna sakinthyo ki... ani tyo concept nai man parena malai...


    -best actor in the movie is "hero's dad", dherai thau ma ramro acting cha...and nisha has done good job as well.. but hero ko ali acting namileko ho ki, over acting vako ho...


    i watch a lot of western movies so i have judged this movie on basis of those...
    nepali movie ko basis ma judge garne ho vane, its good movie...
    but com'on lets try to make international standard movies!!!

    ReplyDelete
  5. नेपाली चलचीत्रमा यो एउटा नयाँ खाले आयाम भएको मलाइ लाग्दछ । मध्येकालीन हीन्दी आर्ट फील्म जस्तो अनुभुती हुन्छ । राजबल्लभले गरेको अभीनय प्रशंसा योग्य छ ।

    ReplyDelete
  6. Dont Judge the Book by its COver @Avinash

    ReplyDelete
  7. same here.. tara ma chai uthina... 2nd half was little bit better

    ReplyDelete
  8. Cast away ko 20 % matra cha. it is also Inspired by "Man vs Wild".


    Friend you will miss the slang Language . If you ever want to be wild in your Life, just watch the movie

    ReplyDelete
  9. even it is inspired by cast away, the language and the slang words expressed in the Movies , makes it Different. Fren, just watch the movie and yes you will say , there is something changed in the Industry.

    ReplyDelete
  10. 1st half herna nasakera we got up and left the hall.....Concept and story seems good but presentation eekdumai jhur.....need a lot of work.....Nepali movie needs some dedication and commitment.....think yourself is it the best work you have done....I am sorry to the director....

    ReplyDelete
  11. if u are Pre-minded that , this movies is from cast away and u are expecting that level then i would say, stop comparing with other.

    however, if u want to see the movies , Then yes go for it. U will have Your total Paisa aasual . Yeti vanna Sakchu Starting Mai Film is Inspired by Cast away vaneko cha.

    ReplyDelete
  12. the film could have been better.
    1. babu chota ko discussion: dhoka agadi ra khana khane time ma... tyo dui thau bahek aru tahu ma normal sambad chha.. so tyo sambad haru ali natural banaunu awasyak thyo
    2. picture ma khas ma keto frustation bhayera marna gako hunchha... tara dherai thau ma eklai bachna ni sakchhu bhanera keto lai feel bhako dekhako chha...
    3. ending atti nai jhur chha... mareko chora bachera auda... babu aama ..afnai kursi ma basera kritim asu jharya jasto dekhinchha.. kamse kam surprised and emotional dekhaunu parthyo..
    4. Nisha adhikari ra tesle ek arka lai man paraudaina bhanera dekhaunu waiyat thyo...
    yesta point haru dherai chha...

    dherai nakaratmak kood bata analyse gareko thanna ni sakinchha mero kura tara.. yi kura haru halka polish matra gareko bhaye huna sakne kura ho... yesta kura le film heda afai lai laaj lagchha...
    1st half ordinary,,, dherai nai mistake chha ( ramro sanga flow milyo milena ek choti ni check garya chaina)
    2nd half best... except last scenario..keta le bolda samma dami tara... babu aama surprised nai nahune...
    last song.. tyo mato futda keta ko acting (y)

    ramro film huda hudai ni polish nabhako bhayera kati paya thau ma namazza lagchha... sayad 1 week badhi diyera revise gareko bhaye .. could have been the best film... Look at LOOT .. there is no place to complain( at lease very much ignorable)

    ReplyDelete
  13. NOT FROM CAST AWAY . YOU ARE A BAD WRITER.

    ReplyDelete
  14. Maile trailer herdai Yo CAST AWAY bata impress ho ki vanne lageko thiyo. YO article padhepa6i purai tha vayo. Thanks.

    ReplyDelete
  15. नेपाली चलचित्र लुट हेरेपछी नेपाली फिल्म बाट आश गर्न सकिने धेरै स्पेस देखियो तर त्यो आश धेरै बेर टिक्न सकेन जब Chapali Height हेर्न हल पुगियो। Chapali Height मैले अहिले सम्म हेरेको फिल्म मधये सबैभनन्दा झुर र बक्बास फिल्म थियो। आज फेरी साथी हरु को शिफारिस मा "अपबाद" हेरु कि नहेरु हुँदै छ । कतै Chapali Height ले जस्तै मुर्गा त बनाउदैन यो फिल्म ले पनि ??

    ReplyDelete
  16. Ur movie review indeed gives the feel..yeah! ekchoti ta movie hernai parchha hola...:)..[nicely presented]

    ReplyDelete

Post a Comment

Popular posts from this blog

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

Subscribe to Aakar Post