Skip to main content

नेपालको कृषि क्षेत्रमा नयाँ क्रान्ति - बिजुली र फ्युलविना पानी तानेर सिँचाइ गर्ने प्रविधि विकास गरिदैं

विश्व खाद्य कार्यक्रम (World Food Program – WFP) को अनुसार भोकमरी (hunger) विश्वको सबैभन्दा ठूलो समाधान गर्न सकिने समस्या हो ! करिब १० करोड मानिसहरु अहिले खाद्यान्नको अभावमा भरपेट खान पाइराखेका छैनन् । क्लाइमेट चेन्ज (Climate Change) र बढ्दै गरेको जनसंख्याको कारणले गर्दा सन् २०५० सम्ममा यो संख्या दोब्बर भएर २० करोड पुग्ने अनुमान गरिएकोछ । यो समस्याको तत्काल समाधानको लागि विभिन्न किसिमका खाद्यान्न सहयोग कार्यक्रमहरु सञ्चालन भएपनि यसको दिर्घकालिन समाधान भने खाद्यान्न उत्पादन वृद्धि गर्नु नै हो । राम्रो सिँचाइ सुविधा उपलब्ध गराउन सके, आकाशे पानीमा भर परेर गरेको खेती भन्दा दुई देखि पाँच गुना सम्म बढि खाद्यान्न उत्पादन गर्न सकिन्छ ! तर धेरै जस्तो विकसित देशमा पानीको समस्या भएकोले सिँचाइ सुविधा उपलब्ध गराउन त्यति सजिलो भने छैन । aQysta-afbeelding

यस्तै खाद्यान्नको समस्या नेपालले पनि भोगिरहेकोछ । नेपाल खाद्यान्न आयात गर्ने देशहरु मध्येमा परे पनि अरु देश जस्तो सुख्खा छैन, नेपालमा प्रशस्त खोलानाला छन्, नेपाल जलश्रोतमा धनि छ । तर नेपालको भौगोलिक वनावटको कारणले गर्दा विशेष गरी पहाडी भूभागमा सिँचाइ सुविधा पुर्याउन गाह्रो छ । अहिले नेपालको करिब २७ प्रतिशत खेतियोग्य जमिन मात्र वर्षभरि सिञ्चित छ। पहाडी र हिमाली क्षेत्रमा यो परिणाम अझ कम भएर ४.५ प्रतिशत मात्र छ। नेपालको कुल आम्दानीको ४० प्रतिशत हिस्सा कृषि क्षेत्रले ओगटेकोछ भने ७६ प्रतिशत परिवार खेती किसानीमा निर्भर छन् । यति हुँदा हुँदै पनि समस्यालाई भिन्न दृष्टिबाट हेर्दा, अवसर त्यहीँ नै लुकेको हुन्छ भने झैँ, नेपालको पहाडी भूभागको लाभ उठाएर सिँचाइ सुविधा राम्रो पार्ने अवसर पनि छ ।

हामीले अहिले विकास गरिरहेको प्रविधिले खोलाको बेगलाई उपयोग गरेर पानी पम्प गरेर सिँचाइ गर्न सकिन्छ । हामीले विकास गरेको यो प्रविधिले करिब ३५ मिटर उचाइ सम्म विना कुनै बिजुली र फ्युल, पानी पम्प (तान्न) सकिन्छ । “वर्षा पम्प” (Barsha Pump) नामाकरण गरिएको यो प्रविधि करिब १५ हजार रुपैयाँमा स्थानियस्तर मै तयार गर्न सकिन्छ । यसको बजार मूल्य भने २० देखि ३० हजार रुपैयाँ सम्म पर्न आउँछ, जुन लगानी किसानहरुले एक वर्षमा नै उठाउन सक्छन् । सिँचाइ सुविधाबाट बढेको खाद्यान्न उत्पादनले किसानहरुको लगानी एक वर्ष भित्र उठ्छ र यस्तो सिस्टम किसानहरुले सेयर गरेर पनि उपयोग गर्नसक्छन् ।

यस्तो प्रविधिमा सञ्चालन खर्च (Operating Cost) नलाग्ने भएकोले, डिजेल पम्पहरु भन्दा सस्तो पर्न आउँछ (डिजेल पम्पको लगानी उठाउन, एक किसानलाई १० वर्ष सम्म लाग्नसक्छ) । त्यसै गरि पहाडी भूभागमा नहर बनाउन र मर्मत सम्भार गरिराख्न निकै खर्च लाग्ने गर्छ । पहाडी क्षेत्रका नहर व्यवस्थापन खर्च, वर्षा पम्पको भन्दा १० गुणा सम्म बढि पर्छ । सन् २०२५ सम्ममा नेपालको जनसङ्ख्या ४ करोड १० लाख पुग्ने अनुमान गरिएकोछ र खाद्यान्न माग अहिलेको भन्दा दोब्बर हुनेछ, यस परिवेशमा खाद्यान्न उत्पादन वृद्धि गर्नको लागि यो प्रविधि लाभदायक मात्र नभइ, नितान्त जरुरी पनि छ ।

स्थानिय जनशक्तिको प्रयोग गरेर देश भित्रै बनाउन सकिने र यसको रेखदेख र मर्मतसम्भार किसानहरुले नै गर्न सक्ने भएकोले यो प्रविधिको थप सामाजिक र आर्थिक महत्व छ । कुनै पनि फ्युलको प्रयोग गर्नु नपर्ने भएकोले, वर्षा पम्प वातावरण मैत्री छ र कार्वन व्यापारको लागि उपयुक्त प्रोजक्ट पनि हुनसक्छ । डिजेल पम्पको सट्टा ‘वर्षा पम्प’को प्रयोग गरेर नेपालको पहाडी भूभागमा सिँचाइ गरेमा वार्षिक रुपमा ४० हजार मेट्रिक टनसम्म कार्वनडाइअक्साइड (CO2) उत्पादन कम गर्न सकिन्छ ।

अक्विष्टा (aQysta) ले के गर्छ?

अहिले नेदरल्याण्डमा रहेर अक्विष्टाले वर्षा पम्पको ‘डिजाइन’ र ‘डेभ्लपमेन्ट’ गरिरहेकोछ । १८ औँ शताब्दी देखि थाहा भएको तर अहिलेसम्म विश्वमा कहिँ पनि व्यवसायिक रुपमा निर्माण नगरिएको ‘स्पाइरल पम्प’मा कही परिवर्तन गरेर ‘वर्षा पम्प’को निर्माण गरिएकोछ । अक्विष्टाले हालसम्म नेदरल्यान्डमा दुईवटा ‘बिजनेस प्लान’ प्रतियोगिता जितिसकेकोछ र अहिले फिलिप्स इनोभेसन अवार्ड (Philips Innovation Award) र बिई प्रोजेक्टको फाइनल राउन्डमा प्रतिस्पर्धा गर्दैछ ।

पुल्चोक क्याम्पसको ‘मास्टर अफ साइन्स इन टेक्नोलोजी एन्ड इनोभेसन म्यानेजमेन्ट’ (Master of Science in Technology and Innovation Management – MSTIM) कार्यक्रमबाट सुरु भएको यो आइडियालाई अक्विष्टाले निरन्तरता दिएकोहो । अक्विष्टाले रोटरी क्लब, ललितपुर सँगको सहकार्यमा आउँदो अगष्टमा भैँसेपाटिमा यो प्रविधि परिक्षणको रुपमा जडान गर्ने भएकोछ ।

‘स्पाइरल पम्प’ प्रविधि बाहेक ‘पिस्टन पम्प’ प्रविधिमा पनि अक्विष्टाले काम गरिरहेकोछ र दोश्रो प्रोडक्टको रुपमा ठूलो क्षमताको सिस्टम बनाउने लक्ष्य राखेकोछ । नेपाल बाहेक लाओस, कम्बोडिया, मेक्सिको जस्ता देशहरुमा पनि यसप्रकारको प्रविधिको खाँचो रहेकोछ ।

Philips Innovation Award को फाइनलमा “वर्षा पम्प”

पहाडी भूभागमा सिँचाइ गर्ने उत्तम प्रविधि मानिएको वर्षा पम्प अहिले Philips Innovation Award को फाइनलमा पुगेको छ । यस प्रतियोगिताबाट जितेको पैसाले रोटरी क्लब सँग मिलेर भैँसिपाटीमा आउँदो अगस्टामा सिस्टम इन्सटल गरिनेछ । तर प्रतियोगिता जित्नको लागि भने प्रतिस्पर्धिहरुको बिचमा भोटको गणना हुने भएकोछ । यदि तपाईलाई यो प्रविधिले नेपालले आफ्नो समस्यालाई आफ्नै अवसर प्रयोग गरेर समाधान गर्न सक्छ भन्ने लाग्छ भने यो लिंकमा गएर यस प्रोजेक्टलाई भोट (लाइक) गर्न सक्नुहुन्छ ।

- प्रताप थापा

(लेखक थापा, वर्षा पम्पको अध्ययन, अनुसन्धानमा संलग्न छन् !)

फिलिप्स इनोभेसन अवार्डको फाइनलमा पुगेको अक्विष्टाको वर्षा पम्पलाई भोट गर्न आग्रह गर्दछु ! http://phia.nl/english/?page_id=259

Comments

  1. Good step towards the welfare of hillside farmers

    ReplyDelete
  2. This article is only to give an idea about the technology and its effect in general. The pump is 1.5 metres in diameter. The mechanism will be able to lift water upto a heght of 25 metres (diesel pump can pump upto 30 metres), and can deliver an output between 0.3 to 1 litres per second. The pump is more efficient between 6 and 9 rpm which translates to an optimal river flow between 0.7 to 1.05 metres/second.

    Hope this answers your question.

    ReplyDelete
  3. Guff dine sathi?

    Tetro lhamo length of small diameter pipe ko hydraulic resistance overcome garna kati rpm ma rotate garnu parcha?

    Kati pumping rate and kati head lift garcha? Tetro technical article lekne, ani single  specification pani nadine?

    A simple bucket wheel may have better efficiencly. Keep in trying.

    ReplyDelete
  4. मैले यो प्रविधिमा आशाको सानो किरण देखें । 

    ReplyDelete
  5. The concept looks really promising. Hope to see it in action soon. Good Luck for the finals !

    ReplyDelete
  6. This simple technology seems impressive. Lets see how they implement in real world. Good luck to them.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Palpasa Cafe [Review]

अपडेट: प्रकाशक'को अाग्रहमा रेडियो वाचनबाट पल्पसा क्याफेको वाचन हटाइएको छ । हामी ले विगतका केही रेडियो वाचन का शृंखला मा नारायण वाग्ले को चर्चित उपन्यास "पल्पसा क्याफे" रेडियोकर्मी अच्युत घिमिरे को आवाजमा सुनाएका थियौँ । ८ अंकमा प्रशारण गरिएको पल्पसा क्याफे का लेखक सँग "पल्पसा क्याफे" को सेरोफेरो मा गरिएको कुराकानी राख्ने योजना हाम्रो थियो तर अन्तरवार्ता को रेकर्ड अहिले फेला पार्न नसकिएकोले प्रशारण गर्न असमर्थ भएका छौँ, पछि भेटिएको खण्डमा हामी अवश्य पनि राख्ने नै छौँ । हामीले भनिरहनुपर्दैन, पल्पसा क्याफे एक उत्कृष्ट उपन्यास हो जसलाई ऐतिहासिक दस्तावेज भन्दा पनि फरक नपर्ला । रेडियोवाचन को शृंखला मा यी सम्पुर्ण अंकहरु उपलब्ध गराइदिनुहुने अच्युत घिमिरेलाई धेरै धेरै धन्यवाद । पल्पसा क्याफे त सुनिसकियो, तर यहाँहरु ले पल्पसा क्याफेलाई कसरी मुल्यांङ्कन गर्नुभयो थाहा छैन । खैर कुरो जेसुकै होस्, आज यहाँ म केही साथिहरुको ब्लगमा प्रकाशित "पल्पसा क्याफे" बारे गरिएको टिप्पणीहरु सहित उपस्थित भएको छु । साथिहरुको ब्लगमा प्रकाशित भइसकेका कुराहरुलाई एकै ठाउँमा समेट्न...

Subscribe to Aakar Post