Skip to main content

रोहित, फूटबल र राष्ट्रियता #NepaliFootball #Rohit #WorldCup

"नेपाली खेलाडीमा आर्सेनल र टोटेनह्यामको चासो" यो खबर थियो नागरिक न्युजको । यो खबर को शीर्षक मात्र पढेर छाड्नु जस्तो खबर थिएन नत पढिसकेर पनि नेपालमा केही  हुँदैन  भनेर नाक खुम्च्याउनु पर्ने खबर नै थियो । नेपाली खेलाडीसँग संसारकै उत्कृष्ट क्लबको नाम जोडिएर आउनु एउटा आश्चर्यकै कुरा हो, एउटा सुखद आश्चार्य,मुटुमा सुसुप्त भै  बसेको राष्ट्रियता जुरुक्क उठ्ने किसिमको आश्चार्य । नेपाली फूटबल खेलाडी रोहित चन्द्को  सफलताको  यो खबर सुन्दा अस्ति भएको विश्वकप छनोटमा  इष्ट टिमोरबिरुद्ध नेपालको खेल हेर्नrohit-chand-nepali-football-arsenal उर्लिएको भिड मात्र हैन समस्त फूटबल प्रेमी नेपाली जनता खुशी छन् ।

खबर पुरै पढिसकेपछी लाग्यो नेपाली फूटबलले पक्कै फड्को मारेछ । विश्वकप खेलिसकेको राष्ट्र उत्तर कोरियाबिरुद्धको उत्कृष्ट प्रदर्शन, र इष्ट टिमोर बिरुद्धको सान्दार बिजयले सबै फूटबल प्रेमिको मुटु गर्वले धक्क फुलेको छ । पक्कै पनि यो सफलताको पछाडि ब्रिटिश प्रशिक्षक ग्राहम रोबर्टसको सरहानिय योगदान छ । साथै खेलाडीहरुको मेहनत र आत्मविश्वास पनि, जसले नेपाल नेपाल भन्दै दशरथ रंगशालामा उर्लिएको भिडलाई निरास फर्काएन । बरु थपिदियो आशा केही हुन्छ नेपाली फूटबलमा भन्ने । विश्वकप छनोटको खेलमा नेपालको प्रदर्शनले हौसिएका नेपाली दर्शकहरुलाई रोहित चन्दसँग आर्सनल र टोटेन्हमको नाम जोडिएर आएको खबरले झन् उत्साहित बनाएको छ ।

बिचरा हामी नेपालीहरु,साँचै हामी कठै बरा भन्न लायक प्राणी भइसक्यौँ । हो साँच्चै, कती हिंड्ने पार्टीको झन्डा बोकेर हामी, कती लड्ने यो जात त्यो जात, मलाई अधिकार मलाई अधिकार भनेर आफु आँफैसँग । कती गाली गर्नु नेताहरुलाई । कती सराप्नु पुरै सिस्टमलाई । म नेपाली हुँ भनेर कुन कुरामा गर्व गर्नु, बुद्धको देश? बुद्ध भारतमा जन्मिएका हुन भनेर खुलेआम प्रचार गरिँदा नि सरकार मौन छ । कि सुन्दर प्रकृतिक राष्ट्र, अनी खोइ त पर्यटक भित्राउने प्रयत्न? भयो राजनितिको त कुरा नगरौँ । अनी के मा गर्व गर्ने नेपालीले? कुन सुत्रमा एउटै भएर बाँधिने त हामी? तर पनि देशको माया त हुन्छ सबैलाई गर्व गर्ने ठाउँ त खोज्छ यो नेपाली मुटुले । अनि जब नेपाली मैदानमा  फूटबल, क्रीकेट खेलिन्छ तब जुर्मुरिँदै उठ्छ नेपालीको राष्ट्रियता । जोशका साथ फहराइन्छ रातो र चन्द्र तथा सूर्य अंकित झन्डा । गुन्जिन्छ  नेपाल आमाको नाम सबै कुरा बिर्सेर । त्यहाँ देखिन्छ एकता, राष्ट्रियता ,उत्साह, उमँग । बिर्सिन्छन् सबैले जतिय नारा,त्यहाँ झल्कन्छ राष्ट्रिय प्रेम । 

फूटबलको दाजोँमा क्रिकेटले छोटो समयमा नै फड्को मार्यो । उमेर समुहमा ठुलो सफलता पनि दिलाउँदै आएको छ तर पनि विश्वकपको सपना पुरा हुन सकेको छैन । आशा गरौँ त्यो सपना पनि एक दिन साकार होला । फूटबलको क्षेत्रमा यो सफलता साँच्चै गर्व गर्न लायक हो । जर्जर आर्थिक अवस्था,घृणायोग्य राजनिती ,डामाडोल अवस्थामा पनि यो सफलता हात पार्नु सानो कुरा हैन । त्यसैले त सबै नेपाली खुशी छन्, उत्साहित छन । यो सफलतासंगै । राष्ट्रका नागरिकलाई गर्व गर्ने एउटा ठाउँ चाहिन्छ । हाम्रै छिमेकी राष्ट्र भारतको कुरा गरौँ, त्यति विशाल राष्ट्र, अनेक भाषा, राष्ट्रिय भाषा हिन्दी अनि दक्षिणका मानिसलाई हिन्दी बोल्न आउँदैन तर पनि जब निलो जर्सिमा क्रीकेट टीम मैदानमा उत्रन्छ सबैको मुखमा ईन्डिया हुन्छ । एउटै धागोमा बाँधेको छ उनिहरुलाई क्रीकेटले । हामी पनि त्यही खोजी रहेछौँ,र एउटा आशाको झिल्को रोहित र नेपाली फूटबल बनेको छ ।

कामना यही छ आज हामीले पनि नेपाली भनी गर्व गर्ने ठाउँ पाइयोस । अस्त व्यस्त राजनिती एउटा ठेगानमा आओस्। प्रगती होस् खेलकुद जगतमा , खेलकुदमा मात्र हैन पर्यटनमा, शिक्षामा, सबै क्षेत्रमा सुधार आओस् किनकी गर्‍यो भने सम्भव छ भन्ने कुरा नेपाली फूटबल र रोहित चन्द्ले देखाइ सकेका छन् । सलाम रोहित लगायत समस्त खेलाडिलाई । र धन्यवाद पनि अनी शुभकामना पनि निकट भविष्यमा हुन लागेको जोर्डन बिरुद्धको खेलको लागि । सम्पूर्ण नेपालीले गर्व गर्ने ठाउँ पाउन् । एकताको आधार पाउन् । चन्द्र सुर्य अँकित नेपाली झन्डा फहराउन  पाइयोस् । फेरी एकचोटि शुभकामना जोर्डनविरुध्दको खेलको  लागि नेपाली टिम र रोहितलाई ।  जय नेपाल ।

-प्रतिक

तस्विर रिपव्लिका

Comments

  1. yo khabar suner malai pani dherai khusi laageko chha

    ReplyDelete
  2. nepal ka neta haru jasta bhaye pani...nepali janata mahan chan...jay nepal

    ReplyDelete
  3. Haha tehi bhayera nepal le 9 goal khayeo. kam se kam south korea sanga kheleko jatiko ta khelnu parchha. tehi pani bhayena. paryas jari chha. best of luck

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

नागको चित्र बनाउने सजिलो तरिका [VIDEO]

आज नागपञ्चमी, नाग अकिंत चित्रहरु घरको ढोकामा गाइको गोबरले टाँसेर दुबो, फूल, अक्षता आदिले पूजा गर्ने गरिन्छ । यसरी ढोका या मूल खाबाेंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ । हिजोआज बजारमा नागका थरिथरिका, रंगीविरङ्गी चित्रहरु पाइन्छन् तर यदि तपाईले नागको चित्र भेट्नुभएको छैन वा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुस्, यो ब्लगमा नागको चित्र बनाउने सजिलो तरिकाबारे चर्चा गर्दैछु। नागको चित्र कसरी बनाउने? सादा कागजमा पहिले 'ब्र्याकेट' (    ) बनाउँदै जानुस् । पहिलो लहरमा एउटा, दोस्रोमा दुईवटा, तेस्रोमा ३ वटा, चौथोमा ४ वटा, त्यस्तै पाँचौमा ३ वटा, छैटौँमा २ वटा, र सातौँमा एउटा 'ब्र्याकेट' बनाउनुस् । त्यसपछि माथिल्लो र तल्लो लहरका ब्राकेटहरु आपसमा छड्के तरिकाले जोड्दै जानुस् । यति गरिसकेपछि, टाउको र पुच्छर बनाउनुस् । तपाईको नाग तयार हुन्छ, यसलाई अझ रंगरोगन गरेर, राम्रो बनाउन सक्नुहुन्छ । विस्तृत विवरणको लागि तलको यो भिडियो हेर्नुस् । नाग पञ्चमी के हो? कसरी मनाइन्छ? ( हाम्रो पात्रो बाट साभार) आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

सामाजिक सञ्जालको मान्यता विपरित कान्तिपुर र नागरिक दैनिक को ट्विटर @nagarikdaily @ekantipur_

तपाईले यदि ट्विटर को बारेमा सुन्नुभएको छ भने वा तपाई ट्विटरको नियमित प्रयोगकर्ता हुनहुन्छ भने तपाईलाई पक्कै थाहा होला, ट्विटर भनेको माइक्रोब्लगिङ साइट हो, जसले अहिले सूचना र समाचार को क्षेत्रमा नयाँ क्रान्ति ल्याइदिएको छ । ट्विटर मा ट्विट गरिन्छ, जुन तपाईका आफ्ना ‘फलोअर’हरु ले पढ्ने गर्छन् । सामाजिक सञ्जाल ट्विटर हँसिमजाक गर्ने ठाउँ भन्दा पनि, सुचना र समाचार थाहा पाउने गतिलो माध्यम बन्दै गएको छ भन्दा अत्युक्ति नहोला । तर के तपाईलाई नागरिक र कान्तिपुर दैनिक को ट्विटर को बारेमा थाहा छ ? तपाई यदि ट्विटर को नियमति प्रयोगकर्ता हुनुहुन्छ भने, नागरिक र कान्तिपुर को ट्विटर ‘एकाउन्ट’ को बारेमा गरिएको कुरा तपाईलाई रोचक लाग्ने मेरो अनुमान छ । के तपाईलाई थाहा छ, कान्तिपुर को ट्विटर एकाउन्ट को ट्विट ‘प्राइभेट’ गरिएको छ भने नागरिक दैनिक को ट्विटर एकाउन्ट ले केयौँ व्यक्तिलाई फलो गर्नबाट बञ्चित गरेको छ, या भनौँ ‘ब्लक’ गरेको छ । सुचना र समाचार को लागि म ट्विटरलाई हरदम पच्छ्याइरहेको हुन्छु । म विशेषगरि समाचार साइटलाई फलो गरिरहेको हुन्छु, अझ त्यो भन्दा बढि नेपालमा हुने गतिविधिको लागि नेपालीहरु र नेपाल...

Subscribe to Aakar Post