Skip to main content

Anonymous Took Down Nepal Government's Official Website

'इन्टरनेट स्वतन्त्रता' को नाम मा इन्टरनेटमा 'पे व्याक अपरेसन' गर्दै आएको 'अज्ञात' अर्थात 'Anonymous Operations' नामक समूहले आज नेपाल सरकार को आधिकारिक वेवसाइट http://www.nepalgov.gov.np/ लाई हमला गरेर 'डाउन' गराइदिएको छ ।

ट्विटर मा एक ट्विट मार्फत 'Anonymous Operations' नामक अज्ञात समूहले नेपाल सरकारको साइट डाउन गरेको बताएको छ । ट्विट मा भनिएको छ : "#OpEverest: http://www.nepalgov.gov.np/ seems to be DOWN! We are #Anonymous. Expect us! more info: ::: https://pastee.org/skq59 #Nepal"


राजनितिक अस्थिरता, बढ्दो अपराधिक कृयाकलाप, इन्टरनेमा गरिएको सेन्सरसिप आदि विभिन्न कारण देखाउँदै 'अज्ञात' समूहले एक विज्ञप्ति मार्फत नेपाल सरकारलाई सम्बन्धित विषयहरुमा ध्यानाकर्षण गराउन साइट डाउन गराइएको उल्लेख छ । राजनितिक दलहरु प्रति आक्रमक देखिएको अज्ञात समूहले माग पुरा नभए, नेपाली राजनितिक दलहरुको साइट पनि 'डाउन' गराइने कुरा उल्लेख गरेको छ ।

इन्टरनेटमा बाँडिएको 'अज्ञात' को विज्ञप्ति यस प्रकार छ :
EXPECT US.


नमस्कार,

हामी अज्ञात हौ| नेपालमा भईरहेका सामाजिक र राजनीतिक गतिबिधि, अन्यौल तथा ब्याप्त अब्यबस्था र भ्रस्टाचार, इन्टरनेटमा भईरहेको प्रतिबन्ध तथा जासुसीहरु प्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ| नेपालमा भईरहेको यस्ता सामाजिक, राजनीतिक अस्थिरता, बढ्दो अपराधिक क्रियाकलाप र उनीहरुलाई प्राप्त राजनीतिक संरक्षणले गर्दा आज नेपाल एउटा असफल राष्ट्रमा परिवर्तन हुदै छ| त्यसमाथि नेपालमा भईरहेको इन्टरनेटको प्रतिबन्ध तथा जासुसीले गर्दा जनताहरुले आफु सूचित हुने हकबाट बन्चित हुनु परेको छ|

जनताको युग सङ्गत प्रविधि प्रयोग गर्ने अधिकारको सरकारले संरक्षण गर्नुको सट्टा उल्टै केहि ठुला ठालुको फाइदाको लागि यो हक वन्चित गराउन खोज्नु लोकतन्त्र को विपरित हो | नेपाली जनताको हक हितको लागि र नया संविधानको निर्माणको लागि उठेको जनताको अवाज निमोठ्न खोज्नु , कुनै प्रजातान्त्रिक सरकार लाई सुहाउदैन | अहिलेको युगमा जनताको माग , इच्छा , चाहना बिना कुनै नेता , सरकार र राजनैतिक पार्टीको अस्तित्व रहदैन भन्ने आशय बुझ्नु जरुरि छ | सचेत जनताले नै सफल राष्ट्र बनाउछ | जनतालाई अँध्यारोमा राखेर , नेता, ठुला ठालुहरुले धमिलो पानिमा माछा मार्ने कु-विचार गरेको प्रस्टिएको छ |

अज्ञात एउटा बिचार हो | विचार कहिले मर्दैन | यो एक सोच हो | यसैले समाजलाई अगाडी बडाउछ | इतिहास साछी छ, यो सोचलाई मार्न खोज्दा सोच झन् बलियो हुन्छ |

यो संदेश नेपाल सरकार को लाई ध्यानआकर्षण हो र सबै राजनैतिक पार्टीहरुको लागि खबरदारी हो | अज्ञातले बिर्सेको छैन जनताको आहुति | बिर्सेको छैन नेताहरुको धोका | आजको जनता लाटो छैन | माफी दिने छैन जनताले , अज्ञातले |

त्यसकारण हामीले बाध्य भएर नेपाल सरकारको यसतर्फ ध्यान आकर्षण गराउन नेपाल सरकारको आधिकारिक website: http://www.nepalgov.gov.np/ मा हमला गरेका छौ |

यस ध्यानाकर्षणलाई नजरअन्दाज गरिए , अर्को चरणमा निम्न लिखित राजनैतिक पार्टीहरुको websites मा हाम्रो गन्तब्य हुने छ |

* http://www.ucpnm.org/

* http://www.nepalicongress.org/

* http://www.cpnuml.org/

* http://www.mjfn.org/



हामी अज्ञात हौ|
हामी बिर्सिदैनौ|
हामी माफ गर्दैनौ|
हामी दस्ता हौ|
हाम्रो अपेक्छ्या गर्नुस |
हामीले यो ब्लग तयार पार्दा सम्म नेपाल सरकार को आधिकारिक वेवसाइट 'डाउन' नै रहेको छ ।


कानुनी हिसावले, साइट डाउन गरिनुलाई गैरकानुनी मानिन्छ । 'अज्ञात' समूहले 'DDoS Attack' (Distributed Denial-of-service Attack) अर्थात धेरै लोड/रिक्वेष्ट दिएर नेपाल सरकार को साइट डाउन गराएका हुन् । यही 'अज्ञात' समूहले विगत मा विलिकिक्स काण्डमा पेपल, मास्टरकार्ड, भिजा कार्ड लगायत अन्य दर्जनौँ साइटहरु डाउन गराएको थियो । साइट डाउन भएको विषयमा नेपाल सरकार को धारणा अहिलेसम्म सार्वजनिक भएको छैन ।

Comments

  1. Ghanta jasto Anonymous Nepal re!! 2-4 ota hacking techniques sikera ani Jabo tyo open ports bata DDOS attack diyera, site down garnu tah childish, atti childish kura ho!! Ani tesmathi yo Anonymous Nepal vanne group ko motto "अज्ञात एउटा बिचार हो | विचार कहिले मर्दैन | यो एक सोच हो | यसैले समाजलाई
    अगाडी बडाउछ | इतिहास साछी छ, यो सोचलाई मार्न खोज्दा सोच झन् बलियो हुन्छ
    |" yo pani choreko ho, from famous hacking group name lulzsec. jasle afno euta motto tah aruko chorcha tesle ghanta bahek aru kehi garna sakdaina!!

    ReplyDelete
  2. Well agyaat samuhale DDoS attack matra hoina, real deface garnuparyo... with the message on the website itself.DDos sounds little childish coz getting a copy of LOIC, any 10 years kid with an internet connection can take the websites down. Anyway loved the concept so we would always support website attacks of these kinds with these motivations. Thumbs up.

    ReplyDelete
  3. कानूनी र सामाजिक हिसाबमा गलत भए पनि उनिहरूको विज्ञप्ती पढ्दा भने मलाई पनि यसपाला भने "ठीकै गरेछन्" जस्तो लाग्या छ । कहीलेकाहीँ "Ethical hacking"  को भने समर्थन गर्न लाग्छ :)

    ReplyDelete
  4. What is that heck? Do they think they are really anonymous? Huh! Are they making Nepal a successful country by making the government web sites down? Well, if so they are doing some good to us. But NOT AT ALL! Government should manage to install the connection tracker on their servers and get prepared for it. Instead of recovering the attacked ones, get prepared for the expected ones.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

नागको चित्र बनाउने सजिलो तरिका [VIDEO]

आज नागपञ्चमी, नाग अकिंत चित्रहरु घरको ढोकामा गाइको गोबरले टाँसेर दुबो, फूल, अक्षता आदिले पूजा गर्ने गरिन्छ । यसरी ढोका या मूल खाबाेंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ । हिजोआज बजारमा नागका थरिथरिका, रंगीविरङ्गी चित्रहरु पाइन्छन् तर यदि तपाईले नागको चित्र भेट्नुभएको छैन वा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुस्, यो ब्लगमा नागको चित्र बनाउने सजिलो तरिकाबारे चर्चा गर्दैछु। नागको चित्र कसरी बनाउने? सादा कागजमा पहिले 'ब्र्याकेट' (    ) बनाउँदै जानुस् । पहिलो लहरमा एउटा, दोस्रोमा दुईवटा, तेस्रोमा ३ वटा, चौथोमा ४ वटा, त्यस्तै पाँचौमा ३ वटा, छैटौँमा २ वटा, र सातौँमा एउटा 'ब्र्याकेट' बनाउनुस् । त्यसपछि माथिल्लो र तल्लो लहरका ब्राकेटहरु आपसमा छड्के तरिकाले जोड्दै जानुस् । यति गरिसकेपछि, टाउको र पुच्छर बनाउनुस् । तपाईको नाग तयार हुन्छ, यसलाई अझ रंगरोगन गरेर, राम्रो बनाउन सक्नुहुन्छ । विस्तृत विवरणको लागि तलको यो भिडियो हेर्नुस् । नाग पञ्चमी के हो? कसरी मनाइन्छ? ( हाम्रो पात्रो बाट साभार) आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

सामाजिक सञ्जालको मान्यता विपरित कान्तिपुर र नागरिक दैनिक को ट्विटर @nagarikdaily @ekantipur_

तपाईले यदि ट्विटर को बारेमा सुन्नुभएको छ भने वा तपाई ट्विटरको नियमित प्रयोगकर्ता हुनहुन्छ भने तपाईलाई पक्कै थाहा होला, ट्विटर भनेको माइक्रोब्लगिङ साइट हो, जसले अहिले सूचना र समाचार को क्षेत्रमा नयाँ क्रान्ति ल्याइदिएको छ । ट्विटर मा ट्विट गरिन्छ, जुन तपाईका आफ्ना ‘फलोअर’हरु ले पढ्ने गर्छन् । सामाजिक सञ्जाल ट्विटर हँसिमजाक गर्ने ठाउँ भन्दा पनि, सुचना र समाचार थाहा पाउने गतिलो माध्यम बन्दै गएको छ भन्दा अत्युक्ति नहोला । तर के तपाईलाई नागरिक र कान्तिपुर दैनिक को ट्विटर को बारेमा थाहा छ ? तपाई यदि ट्विटर को नियमति प्रयोगकर्ता हुनुहुन्छ भने, नागरिक र कान्तिपुर को ट्विटर ‘एकाउन्ट’ को बारेमा गरिएको कुरा तपाईलाई रोचक लाग्ने मेरो अनुमान छ । के तपाईलाई थाहा छ, कान्तिपुर को ट्विटर एकाउन्ट को ट्विट ‘प्राइभेट’ गरिएको छ भने नागरिक दैनिक को ट्विटर एकाउन्ट ले केयौँ व्यक्तिलाई फलो गर्नबाट बञ्चित गरेको छ, या भनौँ ‘ब्लक’ गरेको छ । सुचना र समाचार को लागि म ट्विटरलाई हरदम पच्छ्याइरहेको हुन्छु । म विशेषगरि समाचार साइटलाई फलो गरिरहेको हुन्छु, अझ त्यो भन्दा बढि नेपालमा हुने गतिविधिको लागि नेपालीहरु र नेपाल...

Subscribe to Aakar Post