Skip to main content

काठमाडौँ विश्वविद्यालयमा बन्द माथि अर्को बन्द, परिस्थिति झनै जटिल #ku #strike #shutdown

आज आठौँ दिन पनि केयु बन्द

गत साता सम्पन्न विद्यार्थी कल्याणकारिणी परिषद को निर्वाचन पछि काठमाडौँ विश्वविद्यालय मा गरिएको तालावन्दी १ साता बितिसक्दा पनि खुल्न सकेको छैन । माओवादी समर्थित विद्यार्थी संगठन अखिल क्रान्तिकारी ले निर्वाचन खारेजी सहित विभिन्न माग राखी गत बुधबार देखि केयु मा अनिश्चितकालिन तालाबन्दी गरेको थियो । अनि बन्द खुलाउन, माथिल्लो तह मा केयु ले वार्ता गरेको गाँइगुँइ हल्ला चलेको थियो ।

ku talabandiबन्द खुलाउने प्रयास स्वरुप, केयु ले हिजो २४ गते एक सूचना जारी गर्दै निर्वाचन स्थगन को घोषणा गरेसँगै क्रान्तिकारी ले आज बाट बन्द फिर्ता लिने जनाएको छ । तर केयु ले निर्वाचन स्थगन को घोषणा गरेसँगै, विद्यार्थी कल्याणकारिणी परिषद का निर्वाचित पदाधिकारीहरुले, निर्वाचन स्थगन को घोषणा केयु ले तत्काल फिर्ता नलिए, आन्दोलन मा उत्रने चेतावनी दिँदै, हिजै देखि केयु मा थप ताला लगाइदिएका छन् । केयु अब पढ्ने हैन,  पार्टि राजनिति गरेर आफ्नो स्वार्थ पुरा गर्ने स्थान को रुप मा विकसित हुँदैछ । ku_notice

ku paper notice

फागुन २४ गते रजिष्ट्रार प्रा. डा. भद्रमान तुलाधर व्दारा जारी सूचनामा, “१७ गते सम्पन्न भएको निर्वाचन प्रकृया तत्काललाई स्थगन गर्दै र विद्यार्थी प्रतिनिधि सहितको छानविन समिति गठन गरि अवरुद्ध परिस्थितिलाई निकास दिन पहल गरिएको” भनेर लेखिएको छ । तर अखिल क्रान्तिकारी ले गरेको बन्द टार्नलाई केयु प्रशासन ले लिएको निर्णय सार्वजनिक भए लगत्तै, अस्ति को निर्वाचन का निर्वाचित पदाधिकारीहरुले, “केयु ले आधारहिन, एकपक्षिय निर्णय लिएको” भन्दै, केयु को उक्त निर्णय को भत्सर्ना गरेका छन्  । साथै, उक्त निर्णय तत्काल फिर्ता लिन चेतावनी दिएकाछन् अन्यथा जुनसुकै मुल्य चुकाउन पछि नपर्ने उनीहरुले जनाएकाछन् ।

ku notice

निर्वाचित विद्यार्थी कल्याणकारिणी परिषद का पदाधिकारीहरु ले हस्ताक्षर सहित जारी गरेको विज्ञप्ति मा, “समस्या समाधानको नाममा गरिएको पक्षपाती निर्णय तुरुन्त वदर गरी निर्वाचन परिणामलाई कार्यान्वयन गर्न जोडदार अपिल गर्दछौँ भनिएको छ” । विज्ञप्तिमा केयु ले उक्त ‘पक्षपाती निर्णय’ फिर्ता नलिए, “सम्पुर्ण विद्यार्थीहरु, नियम र विधान को कार्यान्वयन गर्न, गराउन जस्तोसुकै मुल्य चुकाउन पछि नपर्ने” कुरा उल्लेख गरिएको छ ।

अब केयु कहिले खूल्ला यसै भन्न सकिने स्थिति छैन । त्यतिमात्र होइन, केयु मा विद्यार्थीहरु बिच झडप को श्रृंखला पनि सुरु हुन सक्ने कुरालाई नकार्न सकिँदैन । शनिबार निकालेको सूचना मा निर्वाचन ठिक छ भन्ने केयु प्रशासन ले हिजो अर्को सूचना निकालेर ‘निर्वाचन स्थगन’ भएको घोषणा गर्नु आफैँ मा दोधारे चरित्र प्रदर्शित भएकोछ । “पहिले निर्वाचनलाई सही देख्ने र पछि समस्या समाधान को निहुँ मा सोच्दै नसोची, केही व्यक्तिहरुको भरमा निर्वाचन स्थगन को घोषणा गर्नु आफैँ मा लज्जाजनक छ” – एक निर्वाचित विद्यार्थी कल्याणकारिणी परिषद पदाधिकारी ले भने  ।

आफू अन्तिम वर्ष को विद्यार्थी, परीक्षा आउन महिना दिन मात्रै बाँकी थियो, तर अब ‘केयु’ कहिले खूल्ने नै ठेगान छैन भने, हाम्रो परीक्षा कहिले हुन्छ, यसै भन्न मुस्किल छ । ‘क्यालेन्डर कहिले बिग्रेको छैन’ भनेर मख्ख पर्ने केयु प्रशासन ले यस प्रकार को निर्वाचन स्थगन को निर्णय गर्दा सबै सरोकार पक्ष सँग वार्ता गरेको भए अर्को समस्या श्रृजना हुँदैन थियो भन्ने हाम्रो बुझाइ छ ।

केयुलाई दलगत स्वार्थको लागि यसरी नै बन्द र हडताल को भुमरी मा फसाउँदै लाने हो भने, ‘केयु’ केही महिना मै ‘टियु र पियु’ मा परिणत हुने पक्का छ । विद्यार्थीलाई उक्साएर र विद्यार्थी को काँध मा टेकेर राजनितिक पार्टिहरुले केयुमा राजनिति गर्नु अत्यन्त खेदजनक र लज्जाजनक कुरा हो । देश को राम्रो मानिएको विश्वविद्यालय मा पनि बन्द र हड्ताल हुनु तथा राजनितिक अखडामा परिवर्तन हुनु अत्यन्त लज्जास्पद छ । जे हुनु भइसकेको छ, अनि केयु को निर्णय निर्वाचित पदाधिकारीहरुले पनि नमान्ने लगभग निश्चित नै छ, कारण निर्वाचन फेरि भएका राजनितिक चलखेल झनै बढ्ने उनीहरुको बुझाइ छ । समाधान के हुनसक्छ यसै भन्न मुश्किल छ ।

मलाई लाग्छ केयु मा कुनै पनि किसिम  का निर्वाचन गराइनु हुँदैन । निर्वाचन गराउनु भनेको, पार्टिगत राजनिति नै विश्वविद्यालय मा छिर्नु हो भन्ने मेरो ठहर छ । स्मरणीय रहोस यस प्रकार को निर्वाचन ४-५ वर्ष पहिले बाट मात्र सुरु भएको हो । विद्यार्थीलाई प्रजातान्त्रिक अभ्यास गर्न दिइँदा, केयु मा राजनितिक चलखेल बढेकोले, त्यस प्रकार का निर्वाचनहरु रोक्नै पर्ने आवश्यकता देखिएको छ । ४-५ वर्ष अघिसम्म निर्वाचन नगर्दा पनि केयु चलेकोथ्यो भने, अहिले पनि निर्वाचन नगर्दा केयु चल्नसक्छ  भन्ने मान्यता बाट केयु अघि बढे हुन्छ । निर्वाचन को व्यवस्था नभएपछि, पार्टिगत राजनिति विश्वविद्यालय मा छिर्न सक्दैन भन्ने हाम्रो बुझाइ छ । यस्तै बन्द हडताल हुने, पार्टिगत राजनिति हुने भएपछि बेक्कार मा के र कसका लागि चाहियो निर्वाचन ? विश्वविद्यालय भनेको शिक्षा आर्जन गर्ने ठाउँ हो, कुनै पार्टिगत राजनिति गर्ने ठाउँ होइन । केयु ले त निर्वाचन स्थगन को सूचना निकालेछ, म त भन्छु केयु ले सम्पूर्ण निर्वाचन को प्रक्रिया नै खारेज गरे हुन्छ ।

तेस्रो बाहेक सबै तस्विरहरु : आमिर जोशी

Comments

  1. Ten years back country was OK with Monarchy and now why not?Rather than what was/is OK its more important that how was/is OK.Its clearly visible now who is playing the game.......

    ReplyDelete
  2. sad and angry studentAugust 1, 2012 at 11:47 AM

    what the hell? common KU is not ur political battle ground.we came here to study. we don't care which party you belong. at least don't waste the time and energy of other students. we really need to finish our course and exam. why aren't u people understanding our problem? we have no time. plz don't be so selfish. if you people don't care about ur study or time, just leave KU and serve ur respective political parties. hami ghar ma bashna ko lagi bau-aama ko tetro paisa aafno padhai ma invest gareko ho ra? be creative people...if u want to protest, don't do bandhs and hamper others studies. student welfare council was suppose to be for our welfare but with this type of act, I don't think we are having any form of benefit.

    ReplyDelete
  3. rajnaitik party haru le shikshya lagayet kunai pani chhetra ma rajneeti lyauna khojnu sayed swavavik hola. tara bidhdhyarthi le raajneeti chhirna dinu ta swavavik nahunu parney. bidhyarthi haru bibeksheel chhan ra hunu parchhan bhanne mero thamyai chha. uniharu ko vivek le bujhnu parney ho ki yesta gatibidhi le uniharu aafai lai sab bhanda badi asar garchha. bidhyarthi haru ko ekata ma atyanta dherai shakti hunchha ra yo shakti prayog gari uniharu le yesta nachahiney gatibidhi lai rokhna prayas garnu parchha, na ki yiniharu lai badhawa dinu parchha!

    Anil, SWC pahile sthapana hunda bidhyarthi ko yo atha shakti lai sahi disha diyee bidhyarthi ko hak heet ko lagi yeslai prayog garney udesya liyee eko thiyo. aru ko ta tha chhaina, tara mero bujhai bhane tehi thiyo. sayed ahile ka SWC members ko bujhai badlisakeko chha.

    Anil, kasaiko galat bujhai ka kaaran, aafu le SWC ra kunai pani prakar ko nirbachan lai galat bhannu chahin malai ali thik lagena hai. Mann chha bhane tesbarey ma ek choti socha la. :)

    ReplyDelete
  4. पार्टिगत राजनिति नहुने भए त, निर्वाचन ठिक छ फेरि, स्पोर्टस विक देखि लिएर युथ फेस्टिबल सम्म आयोजना गर्ने ग्रुप तयार हुन्छ । अनि विद्यार्थीलाई गाह्रो पर्दा बोल्ने आवाज हुन्छ, बोल्ने माध्यम हुन्छ ।

    "तर निर्वाचन भयो कि, यस्तै राजनितिक कुरा छिराउने, बन्द मात्र गर्ने भए, केलाई निर्वाचन गर्नु ?" भन्या मात्र हो !

    ReplyDelete
  5. Hope the problem gets sorted out soon and the classes start normally.

    ReplyDelete
  6. a KU ni banda huna thalyo ra, kya bore. pahila ta hunna thiyo, its all due to politics,students n politics should be kept far apart

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

SLC Results 2068/2069 to Publish in Mid June

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year will be published in mid June (First week of Asar). According to ekantipur , the Office of the Controller of Examinations is going to publish the School Leaving Certificate (SLC) results 2068 in third week of June. Deputy Controller Ambika Pd. Regmi said, “We are trying to publish the result as soon as possible. If we go according to our plan the results would be out by the third week of June”. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results. Sites including moe.gov.np, doe.gov.np, soce.gov.np, slc.ntc.net.np etc will be publishing the results online. SLC Results 2068 can be accessed through SMS services as well. You can check SLC Results via Sparrow SMS Service after Examination Controller’s Office published the results. For example, in Sparrow SMS Service you’ve to Type SLC <space> <your symbol no.> and send it t...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

Subscribe to Aakar Post