जेठ १ अर्थात 'मे १५' देखि नेपाल मा राष्ट्रिय जनगणना सुरु भएको छ । राष्ट्रिय जनगणना को लागि देशभरि साढे आठहजार सुपरिवेक्षक खटाइएका छन् । सुपरिवेक्षकले जेठ १८ गतेसम्ममा प्रत्येक घरपरिवारको मुली, पुरुष र महिलाको तथ्याङ्क संकलन गर्नेछन् ।असार ३ देखि १३ गते हुने अन्तिम चरणको यस जनगणना मा २ करोड ८० लाख ४३ हजारभन्दा बढी जनसंख्या हुने अनुमान गरिएको छ । पहिलो राष्ट्रिय जनगणना सय वर्ष पहिले१९६८ सालमा भएको थियो । दश-दश वर्ष मा गरिने जनगणनामा मा विभिन्न विषय र क्षेत्रका बारेमा तथ्यांक लिने काम गरिन्छ । 'कोही नछुटौँ, कोही नदोहरिउँ' भन्ने नारा सहित सुरु गरिएको जनगणनामा हरेक व्यक्तिको नाम, थर, जात/जाति, लिङ्ग, उमेर, शिक्षा, पेशा लगायतको विवरण, छ महिनाभन्दा बढी समय बसोबास गर्ने स्थानबाट लिइने छ । विदेशमा रहेका परिवारको सदस्यको पूर्ण विवरण, जानुको कारण, गएको देशसमेत उल्लेख गरिनेछ । त्यसैगरी घरको बनोट, पक्की/कच्ची, क्षेत्रफल, छानोको किसिम, घरपालुवा पशु र पंक्षीसमेत उल्लेख गरिने छ, भनेर कान्तिपुर ले उल्लेख गरेको छ । पहिले पहिले को जनगणना मा घरमा रेडियो छ कि छैन भनेर सोधिन्थ्यो ...
Comments
Post a Comment