Skip to main content

काठमाडौँ भ्याली क्याम्पसको रजत महोत्सव तथा उन्नाइसौँ केयु दिवस

काठमाडौँ भ्याली क्याम्पस रजत महोत्सव तथा १९ औँ ‘केयु डे’ आज एक समारोह का बिच काठमाडौँ विश्वविद्यालय धुलिखेल मा भव्य सँग मनाइयो । काठमाडौँ विश्वविद्याल को आधार स्तम्भ भएर रहेको ‘काठमाडौँ भ्याली क्याम्पस’ को स्थापना को २५ औँ वर्ष पुगेको उपलक्ष्य मा कार्यक्रम आयोजना गरिएको हो । वर्षेनी ‘केयु डे’ मनाउँदै आएपनि, भ्याली क्याम्पस र ‘केयु डे’ एकैसाथ मनाइएको सम्भवत यो पहिलो पटक हो । सन् १९८५ मा काठमाडौँ भ्याली क्याम्पस को नाम मा स्थापना भएको क्याम्पस को बृहत स्वरुप नै आज को काठमाडौँ विश्वविद्यालय हो ।

Prof. Dr. Suresh Raj Sharma, VC Kathmandu University at Kathmandu Valley Campus Silver Jubilee and 19th KU Day’नेतृ्त्व का लागि गुणस्तरिय शिक्षा’ अर्थात “Quality Education For Leadership” भन्ने लक्ष्य सहित २५ वर्ष पहिले काठमाडौँ भ्याली क्याम्पस को स्थापना भएको थियो । डा. सुरेशराज शर्मा, डा. भद्रमान तुलाधार, डा. सिताराम अधिकारी आदि लगायत को समूह ले तत्कालिन समय मा गुणस्तरिय शिक्षा प्रदान गर्ने हेतु ले, काठमाडौँ भ्याली क्याम्पस को स्थापना गरेका थिए । टियु को सम्बन्धन लिएर ‘इन्स्टिच्युट अफ ईन्जिनियरङ’ कै भवनबाट आफ्नो कक्षा सुरु गरेको काठमाडौँ भ्याली क्याम्पस स्थापना को ५-६ वर्ष पछि नै काठमाडौँ विश्वविद्यालय को रुप मा स्थापित भएको थियो ।

तोकिएको भन्दा केही ढिलो सुरु भएको कार्यक्रम मा डा. जंगबहादुर चौहान ले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रम मा काठमाडौँ विश्वविद्याल का उपकुलपति प्रोफेसर डा. सुरेशराज शर्मा तथा काठमाडौँ विश्वविद्यालय का रजिष्ट्रार फ्रोफेसर डा. भद्रमान तुलाधर ले काठमाडौँ भ्याली क्याम्पस को स्थापना देखि काठमाडौँ विश्वविद्यालय को अहिले सम्म को स्थिति बारे मा बोल्नु भएको थियो । समारोहमा, शिक्षा  देश विकास को मेरुदण्ड हो भन्ने कुरा बुझेर नै, तत्कालिन अवस्थामा दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले आफूहरुले काठमाडौँ भ्याली क्याम्पस को स्थापना गरेको बताउनु भएको थियो ।

केही गर्ने दृढ ईच्छा शक्ति भएपनि, क्याम्पस सुरु गर्दा पैसा को अभाव का कारण  पढाउने ठाउँ र आधारभुत भौतिक पुर्वाधारहरु जुटाउन धौ धौ परेको कुरा डा. शर्माले   स्मरण गर्नुभएको थियो । खाने मुखलाई जुँगा ले छेक्दैन भने झैँ, दृढ इच्छाशक्ति का कारण आफूहरु ले डा. रनबहादुर शाह तथा उद्यमी स्वर्गिय  मोहनगोपाल खेतान जस्ता २-३ जना दाता भेटेको उल्लेख गर्दै, भ्याली क्याम्पस र आफूले खेप्नुपरेको कठिनाइ तथा विश्वविद्यालय स्थापना को प्रसंग बारे चर्चा गर्नु भएको थियो ।

तत्कालिन समय मा, टियु का उपकुलपतिलाई भनेर, ‘इन्स्टिच्युट अफ ईन्जिनियरिङ’ कै भवन मा काठमाडौँ भ्याली क्याम्पस को पढाइ सञ्चालन गरिएको र तत्कालिन क्याम्पस चिफ डा. भद्रमान तुलाधर ले पाले देखि लिएर ‘एकाउन्टेन्ट’ सम्म को काम गर्नुपरेको रोचक प्रसंग उपकुलपति प्रोफेसर डा. सुरेशराज शर्माले  बताउनुभएको थियो ।

प्रजातन्त्र को आगमन सँगै, टियु को  शैक्षिक क्यालेण्डर बिग्रन थालेपछि,  पहिले सम्बन्धन वा आंगिक ‘अटोनमस’ क्याम्पस बनाउने सोचिए पनि, तत्कालिन प्रधानमन्त्री कूष्णप्रसाद भट्टराई ले विश्वविद्यालय नै बनाउन सुझाउनु भएको थियो । त्यसै अनुरुप डिसेम्बर ११, १९९१ मा संसद ले काठमाडौँ विश्वविद्यालय को स्थापना गर्न दिने निर्णय गरेको थियो ।

Audience of  19th KU Day

गोजी मा करोड नहुँदै, अरबौँ रुपैँया को योजना बनाउनु र विश्वविद्यालय बनाउने सपना देख्नु त्यसबेला को सन्किपन थियो भन्दै, उपकुलपति शर्मा ले क्याम्पस बनाउन ताहाचल, चागुनारायण जस्ता ठाउँ मा पुगिएको उल्लेख गर्नुभयो । तर फेरि स्थानिय को अवरोध र पार्टिगत खिचातानी का कारण, ती दुवै ठाउँमा क्याम्पस भवन बनाउन नसकिएपछि, तत्कालिन मन्त्री केशरबहादुर विष्ट मार्फत धुलिखेल मा आइपुगिएको कुरा शर्मा ले उल्लेख गर्नुभयो । धुलिखेल नगरपालिका को, जग्गा, बाटो, बिजुली पुर्याउने प्रतिबद्धता, स्थानिय को सहयोग का कारण नै विश्वविद्यालय को जग धुलिखेल मा बस्न सफल भयो । शर्मा का अनुसार तत्कालिन समय मा बजेट अभाव भएका कारण नेपाली सेना परिचालन गरेर धुलिखेल डाँडो केही खारिएको भएपनि, सेना को बढ्दो माग का कारण सेनालाई पाल्न नसकेर अन्य विकल्प लाएरै डाँडो खारिएको बताउनु भयो ।

अधिकांश विदेशी दाताहरु को सहयोग बाट नै विश्वविद्यालय को जग बसेको उल्लेख गर्दै शर्मा ले ‘मास्टर प्लान’ अन्तर्गत करिब ८० प्रतिशत काम भनेको समय मा, र तोकिएको बजेट मै सकिएको दावी गर्नुभयो । बाँकी काम पनि योजना अनुसार चाँडै सम्पन्न हुने जानकारी पनि शर्मा ले गराउनु भयो । नेपाल मा तोकिएको समयभित्र यो मात्रै योजना मात्र सफल रहेको दावी गर्दै, भ्याली क्याम्पस बाट काठमाडौँ विश्वविद्यालय को निर्माण र वर्तमान स्थिति तथा भविष्य को योजना उल्लेख गर्नुभएको थियो । आफ्नो रिटायर हुने बेला आइसकेको कुरा उल्लेख गर्दै, नयाँ पुस्ता पनि जिम्मेवारी लिन सफल रहेको कुरा उपकुलपति शर्माले उल्लेख गर्नुभएको थियो । Ex-Registrar Dr. SitaRam Adhikariयसअघि समारोह मा विश्वविद्यालय का भुतपुर्व रजिष्ट्रार डा. सिताराम अधिकारी ले, भ्याली क्याम्पस सुरु हुँदा को समय स्मरण गर्दै, आफूले विश्वविद्यालय को आफ्नै सुविधा सम्पन्न भवन हुने, यति राम्रो सभाहल हुने कुरा कहिले नसोचेको बताउनु भएको थियो  भने विश्वविद्यालय ले यति छोटो समय मै गरेको प्रगति र मारेको फड्को को तारिफ गर्नुभएको थियो । करिब ३ सय ५० जना को सहभागिता रहेको कार्यक्रम मा प्रमुख अतिथि तथा काठमाडौँ विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष तथा पूर्व सभामुख श्री दमननाथ ढुंगाना ले, काठमाडौँ विश्वविद्यालय ले नेपाल को शैक्षिक क्षेत्र मा पुर्याएको योगदान को चर्चा गर्दै विश्विद्यालय को प्रशंसा गर्नु भएको थियो ।

समारोह मा काठमाडौँ भ्याली क्याम्पस प्रथम ब्याच का विद्यार्थी देवेश लोहनीले विश्वविद्याल ले काठमाडौँ भ्याली क्याम्पस को अस्तित्वलाई जोगाइराख्नुपर्ने बताउँदै, विश्वविद्यालय का लेटर प्याड तथा बोर्डहरु मा कहीँ कतै भ्याली क्याम्पसलाई पनि जनाइदिए राम्रो हुने थियो भन्ने कुरा व्यक्त गर्नुभएको थियो । भने अर्को वर्ष देखि काठमाडौँ भ्याली क्याम्पस नामक विद्यार्थी छात्रवृत्ति दिइने कुरा रजिष्ट्रार डा. भद्रमान तुलाधर ले बताउनु भएको थियो ।

समारोह मै काठमाडौँ विश्वविद्यालय “मास्टर प्लान” का “आर्किटेक्ट”, निल्स एक्सल पिटरसन (Niels Axel Peterson) ले पनि विश्वविद्याल निर्माण को अवस्था को बारेमा बोल्नुभएको थियो ।

Dr. Suresh Raj Sharma and Daman Nath Dhunganaसमारोह मा, रजत जयन्ती स्मारिका विमोचन गरिएको थियो भने विश्वविद्यालय को स्थापनाकाल देखि काम गर्ने कर्मचारीहरुलाई सम्मानस्वरुप नगद रु १० हजार को साथमा कदरपत्र र दोसल्ला ले सम्मान गरिएको थियो । त्यस्तै विश्वविद्यालय निर्माण को लागि जग्गा उपलब्ध गराउने स्थानिय वासिन्दालाई पनि कदरपत्र प्रदान गरिएको थियो ।

धुलिखेल नगरपालिका का तत्कालिन मेयर बेलप्रसाद श्रेष्ठ ले, काठमाडौँ विश्वविद्यालय धुलिखेल मा हुनु आफैँ मा गौरव को विषय हो भन्दै, विश्वविद्याल को निर्माण का क्रम मा भएका रोचक घटनाहरु सुनाउनु भएको थियो । कार्यक्रम मा विश्वविद्यालय सम्बन्धि डकुमेन्ट्रि देखाइने भनिएपनि, समय अभाव ले देखाउन नसकिएपछि डकुमेन्ट्रि पर्सी सोमबार बेलुकी साँझ ६ बजे नेपाल टेलिभिजन बाट प्रसारण हुने जानकारी गराइएको थियो ।

कार्यक्रम का विच विच मा विभिन्न विद्यार्थीहरु तथा शिक्षक ले सांगितिक कार्यक्रम प्रस्तुत गरेका थिए । काठमाडौँ विश्वविद्यालव्दरा आयोजित कार्यक्रमलाई रिजु श्रेष्ठ र सुदर्शन गौतम ले सञ्चालन गरेका थिए ।

Musical Presentation by Student, Department of Music
Musical Presentation by Student, Department of Music
Dance by MBA Student, Department of Management
Samuel Chhetry Playing Guitar
Musical Presentation by Student, Department of Music
KU Faculty Prachandman Sir Singing a songAll pictures by Sulabh Bista.

Comments

  1. So, happy to see KU, very very nice article, good job, bravo

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

वनेपा मा बाढि

गएराती देखि बिहान अबेर सम्म लगातार पानी परिरह्‍यो । खडेरी लागेको र गर्मी बढेका कारण पनि धेरै पछि परेको पानीले धेरैलाई आड भरोसा दिएको छ । पर्दा फिटिक्कै नपर्ने अनि पर्दा अत्याधिक पर्ने भएका कारण आज केही ठाउँको जनजिवन प्रभावित रहे । काठमाडौँ मा त थुप्रिएको फोहोर अनि त्यस माथि परेको पानी का कारण सडक मा हिँडिनसक्नु भएको छ । त्यस्तै मनोहरा खोला किनारा मा बसोबास गर्ने सुकुम्बासीहरुलाई पनि बाढि ले प्रभावित गरेको छ । यसैगरि भक्तपुर को ठिमी क्षेत्रमा पनि हनुमन्ते खोला मा आएको बाढिका कारण जनजिवन अस्तव्यस्त बनेको छ । बाढि घरभित्र पसेको छ, अनि रोड बाट पनि बाढि बगेको छ । हिम इलेक्ट्रोनिक्स, श्रद्धा नर्सिङ क्याम्पस, सा:ख टोरस्टिल को डिपो, श्यामा श्यामा धाम जलमग्न देखिन्थे । त्यस्तै वनेपा को पश्चिमी छेउ मा रहेको पुण्यमति खोला मा बाढि आएका कारण दिउँसो केही घन्टा सडक अबरुद्ध भएको थियो । खोला बाट बग्नुपर्ने पानी सडक बाट नै बग्न थालेपछि, यातायात आवागमन ठप्प बनेको थियो । पछि बेलुका ४ बजे तिर देखि एक एक ओटा गर्दै पालै पालो गाडिहरु पास गराइएको थियो । बाढि प्रभावित क्षेत्रमा उल्लेख्य मात्रामा प्रहरी परिचालन

ठगाईमा उपभोक्ता

के तपाईहरुलाई थाहा छ, एनटिसि, स्पाइस र युटिएल का रिचार्ज कार्डहरुका कारण ठूलो संङ्ख्यामा उपभोक्ता ठगिएकाछन् भने व्यापारीहरु यसैबाट लाखौँ कुम्ल्याउँदै छन् । खासमा याद नगरिने तर प्राय: सँधै खड्किने कुरा हो, ब्यालेन्स ट्रान्सफर या नयाँ रिचार्ज कार्ड किन्दा त्यससँगै व्यापारीलाई दिनुपर्ने चार्ज । चाहे तपाई, १०, २०, ५० या १०० वा २०० कै रिचार्ज किन नगर्नुहोस्, व्यापारीहरु ले हामी बाट ५ रुपैँया बढि लिन्छन् । १० को रिचार्ज गर्नुपरे, १५ रुपैँया, अनि १०० को रिचार्ज गर्नु परेपनि १०५ रुपैँया । विचार गरौँ त, व्यापारीहरुले १०० रुपैँया कै कार्डबाट अधिकतम ५० रुपैँया सम्म कमाउन सक्ने रहेछन्, यदि त्यसबाट १० जनाले १०-१० रुपैँया को रिचार्ज गरेमा ! नेपाल टेलिकम ले ५० र १०० रुपैयाँ को रिचार्ज कार्डहरु भर्खरै निकालेको छ । अनि ती कार्डहरुमा अधिकतम खुद्रा मुल्य भनेर क्रमश ५१ रुपैँया र १०२ रुपैँया राखिएको छ, भ्याट सहित । तर ती कार्डहरु आम उपभोक्ता ले किन्दा भने क्रमश ५५ रुपैयाँ र १०५ रुपैँया पर्ने गरेको छ, अझ उस्तै ठाऊँमा परे १०० रुपैँया को कार्डलाई ११० रुपैँया नै लिनेगरिएको छ । के व्यापारीहरुले, साइबर क्याफे, प

पहिलो पटक मातृभुमी छाड्दा… [भाग–१]

“आप कहाँ तक जाएंगे?, रक्सौल रक्सौल” बिरगंज बसपार्कमा ओर्लन नपाइ एउटा टाङ्गावालाले सोध्यो । वास्ता गरिन, यतै तिर हो भनेर हात ले ईशारा गरेँ । १३ जुन सोमबार, बिहानको ११ बज्दै थियो, घर बाट यस्तै ८ बजे तिर हिँडिएको थियो । ब्याग भारी भएपनि बोक्न सकिने किसिमको भिर्ने ब्याग (ब्याकप्याक) थियो । त्यो ब्यागभित्र ल्यापटप सहितको अर्को ब्याग पनि अटाएको थियो । पहिलो पटक, म रक्सौल छिर्दै थिएँ, अझ भनौँ मेरो लागि पुरै नौलो यात्रा थियो । पहिलो पटक, विरानो ठाउँमा एक्लै जाने हिम्मत पलाएको थियो, तर घरमा भने साथी खोजेर जानु, एक्लै नजानु भनेर धेरै पिर गरिरहनुभएको थियो । एक्लो यात्रा गर्ने भए पनि, मनमा कुनै किसिमको डर रत्तिभर थिएन, आफूलाई भनेको ठाउँमा सकुशल पुग्छु, ठगे त्यही ५०-१०० ठग्लान्, त्यति ठगिएपनि मतलब छैन, सबै सिकिन्छ बिस्तारै भन्ने जस्तो लागिरहेथ्यो । नयाँरोडमा आएर बस चढियो, जनकपुर बिरगंजको । मिनिबस साह्रै भिड थियो, म ब्याग बोकेर भित्र छिरेँ, खलासी कराउन थाल्यो । ब्याग यता दिनु डिक्कीमा हाल्नुपर्छ, भित्र खाली छैन, मान्छे उभ्न त त्यस्तो गाह्रो छ । तर म ब्याग आफू सँगै राख्ने मनस्थितिमा थिँए । घरमा ममी

प्रवृत्ति

विगत केही दिन यता, म भिन्नै महशुस गर्दैछु, निसास्सिएको जस्तो गुम्सिएको जस्तो । त्यो भन्दा बढि हिन भावना ले सताइरहेछ । म मष्तिष्क ले भन्दा मन ले सोच्ने भएको छु, अनि मन ले सोच्दा धेरै नै गल्तिहरु हुने रहेछन्, धेरै नै हिन भावनाहरु आउँदारहेछन् । मलाई आजकल यस्तो लाग्दैछ कि, म कुनै अनजान सभ्यताको एउटा भग्नावशेषमा बाँचेको बेमहत्व को सालिक हुँ, आकार रुपरहित शिलालेख हुँ, जसलाई कसैले पढ्न सक्दैन, बुझ्न सक्दैन, बुझेर पनि महत्व रहँदैन.... सायद म केही पनि होइन, केही होइन ! म के गरौँ, कसो गरौँ साह्रै अलमल र दुविधमा परेको छु । म धेरै रिसाउनथालेको छु, झ्वाट्ट रिस उठ्न थालेको छ अनि बुझ्दैछु हानी आफैँलाई नै भइरहेको छ । यहाँ कोही के भन्छन् कोही के, अनेक अर्थ छन् सबैका । मेरो कुरा सुन्नेहरु, सुनेर पनि बुझ्दैनन् या बुझ्नचाहँदैनन् । या म नै कुरा बुझाउन नसक्ने भएको हुँ कि जस्तो पनि लाग्छ । कुरा त हो पनि, अनि आफूले गरेका हरेक कुरा ठिक छ भन्ने ठान्छु , म अलि अल्प कुरा गर्छु, कुरा पुरा हुन पाउँदैन अनि त्यसैको धेरै अर्थ निकाल्छन्, मान्छेहरु । पुरै कुरा भन्न नसक्नु मा मेरो गल्ति हो या, आधि कुरा मात्र सुनेर अरु अ

म छोरी

म छोरी, म आइमाई जात, म नारी । आज म तृप्ती अनुभव गरिरहेको छु । मलाई लाग्छ आज मेरो जित भएको छ, आज म आनन्दले भरिपुर्ण छु । उ हेर, मेरी आमा चिच्याई चिच्याई रोइरहेकी छिन्, उता बुवा पनि त्यस्तै । साना साना भाइबहिनी चाँहि बुझ्दैनन्, यस्तो ठूलो कुरा । सायद तपाई को अनुमान मिल्न सक्छ… हो म अब यस संसार मा छैन, म मरिसेकेकी छु, हो म मरिसकेकी छु । हो, मैले आफूले आफैँलाई मृत्यु दिएकी छु र म यो गर्व को साथ बताउँदैछु । हो, मैले आत्महत्या गरेँ । अनि यही आत्महत्या को विषयमा धेरै प्रश्न उठिरहेकाछन्, मान्छेहरु कानेखुशी गर्दैछन् । त्यो छिमेकी आइमाई, उ हेर्नुस् खासखुस गर्दैछिन् । मेरो चरित्र मा दाग लगाउँदैछन्, म मा नभएको खोट र दाग पनि देखाउन खोज्दैछन् उनीहरु । समाजमा केटा ले आत्महत्या गर्‍यो भने, “टेन्सन” ले, या अरु कुनै वाहाना… अनि किशोरी केटी ले आत्महत्या गरी भने, ‘गर्भवति भएको’, कि ‘प्रेम मा धोका पाएको’ वा सिधै ‘चरित्रहिन’ भएको आरोप । मलाई पनि यस्तो लान्छना लाग्नु स्वभाविक हो । तर भित्री कुरा त कसलाई थाहा हुन्छ हैन र ? के हामी अरु को मन पढ्न सक्छौँ र ? धेरै के भन्नु तर मैले आफूलाई चाँहि मृत्यु दिँए ।

Subscribe to Aakar Post